+
+

Army vs Rising Star

२०८० माघ १०, बुधबार
Rising Star FC, Nawalparasi
Rising Star FC, Nawalparasi
0 - 1 Regular Full Time
TribhuwanArmy Club
TribhuwanArmy Club
Bharat Khawas(27)
Pokhara Rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
आर्मीका लागि निर्णायक गाेल गरेका भरत खवास प्रतियाेगिताकाे म्यान अफ दी म्याच घाेषित भएका छन् ।
Full Time
Regular Full Time
90'
Commentry

४ मिनेट इन्जुरी टाइम थप गरिएकाे छ ।

substitute खेलाडी परिवर्तन 89'

88'
Commentry

राइजिङ स्टारका फागुराम थारुले फ्रिकिक सिधै गाेलपाेस्टमा प्रहार गरेका थिए । तर आर्मीका गाेलरक्षक समित श्रेष्ठले बचाउ गरेका छन् ।

87'
फ्री किक

फ्री किक

राइजिङ स्टारले विपक्षी पेनाल्टी बक्स एरिया नजिकै फ्रिकिक पाएकाे छ ।

Commentry
खेल एकदमै राेमाञ्चक बनिरहेकाे छ । दर्शकदीर्घाबाट राइजिङ स्टारका लागि चर्काे हुटिङ बर्साइरहेका छन् ।
8‍4'
Commentry

Ohhhh! राइजिङका अमन लामाले दिएकाे पासमा फागुराम थारुले बल अगाडि बढाउँदै करिब २५ यार्डबाट हानेकाे शक्तिशाली प्रहार पाेस्टकाे थाेरै माथिबाट बाहिरिएकाे छ ।

83'
corner

कर्नर किक

राइजिङ स्टारले कर्नर पाएको छ ।

81'
Commentry

राइजिङ स्टारका फागुराम थारुले टिममेटले दिएकाे पासलाई चेसले कन्ट्राेल गर्दै पेनाल्टी बक्समा बल अगाडि बढाएका थिए । तर उनले बल प्रहार गर्नुअघि नै आर्मीका गाेलरक्षक समीत श्रेष्ठले बचाएका छन् ।

80'
corner

कर्नर किक

राइजिङ स्टारले कर्नर पाएकाे छ ।

79'
Commentry

राइजिङ स्टारका फागुराम थारुले प्रहार गरेकाे बल आर्मीका खेलाडीलाई लाग्दै पाेस्ट नजिकैबाट  बाहिरिएकाे छ ।

Commentry

substitute खेलाडी परिवर्तन 76'

Rupesh KC Defender
75'
Commentry

आर्मीका भरत खवासले विपक्षी गाेल पाेस्टमा प्रहार गरेकाे बल बाहिरिएकाे छ ।

substitute खेलाडी परिवर्तन 63'

substitute खेलाडी परिवर्तन 63'

62'
Commentry

आर्मीका भरत खवासको क्रसमा रास बहादुर मगरले पेनाल्टी बक्सबाट हेड गरेका थिए । तर राइजिङ स्टारका किपर विशाल सुनारले सहजै बल बचाए ।

58'
फ्री किक

फ्री किक

राइजिङ स्टारले फ्रिकिक पाएको छ । रुपेश केसीको प्रहार आर्मीका गोलकिपर समित श्रेष्ठले पन्च गर्दै बचाए ।

Commentry
राइजिङ स्टारकाे कप्तानी गाेलरक्षक विशाल सुनारले पाएका छन् ।

substitute खेलाडी परिवर्तन 54'

Tika Gurung Midfielder
Binod Kewat Defender
51'
Commentry

राइजिङ स्टारका फागुराम थारुले हानेको प्रहार पोष्ट भन्दा माथि गयो ।

50'
corner

कर्नर किक

आर्मीले कर्नर पाएको छ । दिनेश हेन्जनले हानेको कर्नरमा जिलेस्पी जंगको प्रहार बाहिर गयो ।

48'
फ्री किक

फ्री किक

राइजिङ स्टारले डिफेन्सिभ क्षेत्रमा फ्रिकिक पाएको छ ।

47'
Commentry

आर्मीका भरत खवासले दायाँ भागबाट बक्समा क्रस उपलब्ध गराएका थिए । क्रस लिन दौडेका जिलेस्पी जंगले बल भेट्टाउन सकेनन।

Commentry
खेलकाे दाेस्राे हाफ सुरु भएकाे छ । अहिलेसम्म त्रिभुवन आर्मी १-० ले अगाडि छ भने राइजिङ स्टार खेललाई बराबरीमा ल्याउन प्रयासरत छ ।
Second Half Time
Second Half Kick Off
Commentry
पहिलाे हाफमा विभागीय टाेली त्रिभुवन आर्मी १-० ले अगाडि छ । दाेस्राे हाफमा कसले गाेल गर्ला ?
Half Time
Half Time
45'
Commentry

पहिलाे हाफमा २ मिनेट इन्जुरी टाइम थप गरिएकाे छ ।

41'
Commentry

दिनेश हेमजङले दायाँ कर्नरबाट दिएकाे लङ पासलाई जिलेप्सीजंग कार्कीले हेडर हानेका थिए । तर, बल बाहिरिन पुग्याे ।

40'
Commentry

राइजिङ स्टारका फागुराम थारुले दायाँ साइडबाट बक्समा राम्रो क्रस दिएका थिए तर आर्मीका खेलाडीले हेड मार्फत बल क्लियर गरे ।

37'
Commentry

आर्मीका जिलेस्पी जंग कार्की र दिनेश हेन्जन फ्रिकिक हान्त तयार थिए । जिलेस्पी दौडेर अघि गएपछि दिनेशले ग्राउण्ड सट प्रहार गरेका थिए । तर उनको प्रहार सेकेण्ड बार हुादै बाहिर गयो ।

36'
फ्री किक

फ्री किक

आर्मीले पेनाल्टी बक्सको थोरै बाहिर फ्रिकिक पाएको छ ।

35'
फ्री किक

फ्री किक

आर्मीले फ्रिकिक पाएको छ । दिनेश हेन्जनले हानेको प्रहार पेनाल्टी बक्समा आर्मीका खेलाडीले भेटेपनि पोष्टमा प्रहार गर्न सकेनन् ।

33'
Commentry

आर्मीका जिलेस्पी जंग कार्कीले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बल राइजिङका खेलाडीलाई ब्लक भएर फर्केको थियो । रिबाउन्डमा उनले फेरी प्रहार गरेको बल पनि राइजिङकै खेलाडीले रोके ।

27'
Goal
TribhuwanArmy Club - Bharat Khawas
GOAL !

Goal!! कप्ताा भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका छन् । उनले क्रसमा पा्रप्त बलमा पेनाल्टी बक्सबाट डाइभिङ हेड गर्दै गोल गरेका हुन् ।

23'
Commentry

आर्मीका दिनेश हेन्जनले विक्षीको बक्समा राम्रो क्रस मिलाएका थिए तर जिलेस्पी जंग कार्कीले बल भेट्न सकेनन् ।

13'
Commentry

ohhh!! आर्मीका भरत चौधरीको पासमा कप्तान भरत खवासले पेनाल्टी बक्सबाट हेड गरेका थिए तर बल पोष्टभन्दा माथि गयो । आर्मीले गोलको अवसर गुमाएको छ । हेड गर्दा लडेपछि भरत केही समस्या देखिएका थिए । उनलाई मेडिकल टिमले सामान्य ट्रिटमेन्ट गरेपछि मैदान बाहिर आएर मैदान प्रवेश गरिसकेका छन्

12'
Commentry

आर्मी कमल थापाले करिब २५ यार्डबाट सिधा प्रहार गर्दै भाग्य परिक्षण गरेका थिए । तर बल फ्रेममा पर्न सकेन ।

Commentry
त्रिभुवन आर्मीले यसपटक अधिकांश नयाँ खेलाडी मैदानमा उतारेकाे छ । मिडफिल्डर सेसेहाङ यस पटक मच्छिन्द्रबाट खेल्दैछन् । खेलकाे सुरुआतमा आर्मी र राइजिङ स्टारबीच खेल प्रतिस्पर्धात्मक देखिएकाे छ ।
9'
Commentry

ohh!! आर्मीलाई राम्रो मौका  । तर जिलेस्पी जंग कार्कीले बक्समा बल पाएपनि पोष्टको दिशा दिन सकेनन् ।

7'
फ्री किक

फ्री किक

राइजिङ स्टारले फ्रिकिक पाएको छ । मध्यभाग नजिक प्राप्त फ्रिकिक रुपेश केसीले प्रहार गरेका थिए । तर त्यसले आर्मीलाई खासै खतरा भएन ।

5'
Commentry

राइजिङ स्टारका कप्तान विनोद केवतले दायाँ भागबाट लङ सट प्रहार गरेका थिए । तर उनको प्रहार फ्रेममा पर्न सकेन ।

Commentry
  • राइजिङ स्टारले सेताे निलाे र त्रिभुवन आर्मीले राताे जर्सी लगाएर खेल्दैछन् ।
Kick Off
Kick Start
Commentry
  • विभागीय टिम नेपाल आर्मीलाई भरत खवासकाे कप्तानी सम्हाल्दैछन् । याे टिम आहारारा पाेखरा गाेल्डकपमा १५ औं सहभागिता हाे । टिममा भरतसँगै राष्ट्रिय टिमबाट खेलेका जिलेप्सीजंग कार्की, दिनेश हेन्जन र विमल पाण्डे पहिलाे राेजाइँमा खेल्दैछन् । विकेश कुथु टिम लाइनअपमा छैनन् ।
Commentry
नवलपरासीकाे राइजिङ स्टार क्लब यस पटक आहारारा पाेखरा गाेल्डकपमा डेब्यू गर्दैछ । राइजिङ स्टारकाे कप्तानी विनाेद केवतले सम्हाल्दैछन् । याे टिममा ए डिभिजन लिग खेलिसकेका विशाल सुनार र रुपेश केसी पनि छन् ।
Commentry
नमस्कार पोखराबाट यहाँहरुलाई स्वागत छ । २३औं आहारारा पोखरा गोल्डकप अन्तर्गत दोस्रो खेलमा आज त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार एफसी, नवलपरासीबीच प्रतिस्पर्धा हुँदैछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Aaha RARA Pokhara gold cup 

Gillespye Jung Karki Kathmandu Rayzrs
Matches 2
Score 2
Dinesh Hemjan Kathmandu Rayzrs
Matches 2
Score 2
Matches 2
Score 2
Ashish Chapagain Kathmandu Rayzrs
Matches 1
Score 2
Matches 1
Score 2
Samir Tamang Pokhara Thunders
Matches 2
Score 2
Matches 1
Score 1
Bharat Khawas TAFC

Matches 1
Score 1
Dipesh Ghale Lalitpur City FC
Matches 3
Score 1
Matches 1
Score 1

Recent Results

२०८० माघ ९, मंगलबार
SCP
1 - 2
TSC
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ११, बिहीबार
MFC
0 - 1
JYC
२०८० माघ १२, शुक्रबार
NPC
2 - 0
APF
२०८० माघ १३, शनिबार
0 - 2
TSC

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Aayush Ghalan Midfielder
Pokhara Thunders