+
+

Church Boys vs Nepal Police

२०८० माघ १६, मंगलबार
Church Boys United
Church Boys United
Samir Tamang(72)
1 - 0 Regular Full Time
Nepal Police Club
Nepal Police Club
Pokhara Rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
समिर तामाङले दोस्रो हाफमा गरेको गोलमा नेपाल पुलिसलाई १-० ले हराउँदै चर्च ब्वाइज २३औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनल पुगेको छ । अब चर्च ब्वाइजले त्रिभुवन आर्मी एफसीसँग दोस्रो सेमिफाइनल खेल्नेछ । पहिलो सेमिफाइनलमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीच बुधबार हुनेछ ।
Full Time
Regular Full Time
90+4'
corner

कर्नर किक

पुलिसले कर्नर पाएको छ । दिपेन्द्र विकले हानेको कर्नरमा प्रका बुढाले हेड गरेका थिए । तर उनको प्रहार फ्रेममा पर्न सकेन ।

90+3'
Commentry

पुलिसका दिपेन्द्र विकले हानेको कर्नर चर्च ब्वाइजका खेलाडीले रोकेका छन् । पुलिस गोल गर्ने प्रयास गरिरहेको छ तर सफल हुन सकेको छैन ।

90+3'
Commentry

पुलिसका दिपेन्द्र विकले हानेको कर्नरमा उज्वल राईले हानेको हेडर चर्च ब्वाइजका खेलाडीलाई लाग्दै बाहिर गएको छ । पुलिसले फेरी कर्नर पाएको छ ।

90+2'
corner

कर्नर किक

पुलिसले कर्नर पाएको छ ।

90+1'
Commentry

पुलिसलाई राम्रो मौका । उज्वल राईको पासमा ओसेन्द्र कटवालले पेनाल्टी बक्सबाट हानेको प्रहार पोष्ट भन्दा बाहिर गयो ।

90'
Commentry

खेलको अन्त्यमा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ । के पुलिसले गोल फर्काउला?

Commentry
एक गोलले पछि रहेको पुलिस बराबरी गोल फर्काउन संघर्ष गरिरहेको छ । अब खेलमा केही मिनेट इन्जुरी टाइम मात्र बाँकी छ ।
89'
corner

कर्नर किक

नेपाल पुलिसले कर्नर पाएकाे छ ।

87'
Commentry

चर्च ब्वाइजका कप्तान कमल श्रेष्ठले दायाँ साइडबाट बक्समा हानेको क्रस पुलिसका किपर शत्रुघनले बचाएका छन् ।

86'
पहेंलो कार्ड

पहेंलो कार्ड

चर्च ब्वाइजका राजिव लोप्चनले पहेँलो कार्ड पाएका छन् ।

83'
फ्री किक

फ्री किक

चर्च ब्वाइजले फ्रिकिक पाएको छ । कप्तान कमल श्रेष्ठले दायाँ साइडबाट हानेको प्रहार पुलिसका किपर शत्रुघन चौधरीले बचाए ।

substitute खेलाडी परिवर्तन 82'

81'
Commentry

चर्चब्वाइजका खेलाडी समीर तामाङ केही समस्यामा देखिएका छन् । उनलाई स्ट्रेचरकाे सहायतामा बाहिर ल्याइएकाे छ ।

79'
फ्री किक

फ्री किक

चर्च ब्वाइजका खेलाडीको ह्यान्ड भएको छ । पुलिसले फ्रिकिक पाएको छ । दिपेन्द्र विकले हानेको प्रहार विपक्षीको बक्समा कसैले छुन सकेनन् । बल बाहिर गएको छ । पुलिसले राम्रो मौका गुमाएको छ ।

76'
corner

कर्नर किक

नेपाल पुलिसले कर्नर पाएकाे छ ।

72'
Goal
Church Boys United - Samir Tamang
GOAL !

Goal!! समिर तामाङले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका छन् । पुलिसका गोलकिपर शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र बिकबीच तालमेल नमिल्दा पुलिसले आफ्नै गल्तीमा गोल खाएको छ । दिपेन्द्र बल रोक्न पछि गइरहेका थिए भने शत्रुघन बल बचाउन अघि बढिरहेका थिए । तर उनीहरुको तालमेल अभावमा चर्च ब्वाइजका समिर तामाङले बल अघि बढाउँदै पेनाल्टी बक्समा पुर्‍याएर खाली पोष्टमा आरामले गोल गरे ।

72'
Commentry

पुलिसका प्रविण थापाले प्रहार गरेकाे बल भेट्न प्रकाश बुढा पेनाल्टी बक्समा पुगेर ट्यापिङ गर्ने प्रयास गरेका थिए । तर बल छुन सकेनन् ।

70'
Commentry

चर्चब्वाइजका सन्ताेष खत्रीले करिब २५ यार्डबाट हानेकाे लामाे प्रहार पाेस्ट नजिकबाट बाहिरियाे

69'
Commentry

चर्चब्वाइजका कप्तानसमेत रहेकाकमल श्रेष्ठले प्रहार गरेकाे बल विपक्षी पाेस्टभन्दा धेरै माथिबाट गयाे ।

Commentry
चर्च ब्वाइजले दोस्रो हाफमा नेपाल पुलिसमाथि लगातार दबाब बनाउँदै आक्रमण गरेपनि गोल गर्न सकेको छैन ।
68'
Commentry

चर्चब्वाइजका समीर तामाङले पेनाल्टी बक्समा प्रहार गरेकाे लङ क्रस राजु लाेप्चनले प्रहार गरेका थिए । तर बल टार्गेटमा पर्न सकेन ।

67'
फ्री किक

फ्री किक

डिफेन्सिभ एरियामा चर्चब्वाइजले फ्रिकिक पाएकाे छ ।

65'
corner

कर्नर किक

चर्च ब्वाइजले कर्नर पाएकाे छ । कप्तान कमल श्रेष्ठले प्रहार गरेकाे बल समीर तामाङले रिसिभ गरेर बाइसाइकल किक हानेका थिए । तर गाेल हुन सकेन ।

64'
Commentry

ohh double save by police keeper !! चर्च ब्वाइजका प्रशान्त लक्षमले पेनाल्टी बक्सबाट हानेको प्रहार पुलिसका शत्रुघन चौधरीले बचाउने प्रयास गरेका थिए । तर पूर्ण क्लिय रगर्न नसकेको प्रहार बारमा लागेर फर्कियो । रिबाउन्डमा समिर तामाङले हानेको प्रहार पनि पुलिसका किपर शत्रुघनले बचाए । बल बचाउने क्रममा बाहिर गएपछि चर्च ब्वाइजले कर्नर पाएको छ ।

63'
फ्री किक

फ्री किक

चर्च ब्वाइझले फ्रिकिक पाएको छ ।

substitute खेलाडी परिवर्तन 62'

substitute खेलाडी परिवर्तन 62'

substitute खेलाडी परिवर्तन 59'

Commentry
पहिलो हाफको खेल सुस्त बनेपछि दोस्रो हाफको सुरुवाती दश मिनेट चर्च ब्वाइजले पुलिसलाई दबाबमा राखेको छ । चर्च ब्वाइजले आक्रमण गरेपनि गोल गर्न भने सकेको छैन ।
57'
फ्री किक

फ्री किक

चर्च ब्वाइजले डिफेन्सिभ एरियामा फ्रिकिक पाएको छ ।

56'
Commentry

ohhh!! पुलिसका गोलकिपर शत्रुघन चौधरी अघि बढेको अवस्थामा चर्च ब्वाइजका प्रशान्त लक्षमले पेनाल्टी बक्स बाहिर बल पाएका थिए । तर उनले खाली पोष्टमा हानेको प्रहार फ्रेममा पर्न सकेन ।

56'
फ्री किक

फ्री किक

पुलिसले डिफेन्सिभ एरियामा फ्रिकिक पाएको छ ।

55'
corner

कर्नर किक

चर्च ब्वाइजका कप्तान कमल श्रेष्ठले बायाँ साइडबाट हानेको कर्नर पुलिसका मान बहादुर परियारले क्लियर गरे ।

54'
फ्री किक

फ्री किक

चर्च ब्वाइजका कप्तान कमल श्रेष्ठले हानेको फ्रिकिक पुलिसका कप्तान राम वाजीले क्लियर गर्ने प्रयास गरेका थिए । तर उनको हेडर पूर्ण रुपमा क्लियर नहुँदा अन्जन राईले बचाउन खोजेपनि सकेनन् । बल बाहिर गएपछि चर्च ब्वाइजले कर्नर पाएको छ ।

53'
फ्री किक

फ्री किक

चर्च ब्वाइजले पेनाल्टी बक्स नजिक दायाँ साइडमा  फ्रिकिक पाएको छ ।

51'
Commentry

चर्च ब्वाइजलाई राम्रो अवसर । समिर तामाङले दायाँ साइडबाट दिएको क्रसमा विपक्षीको बक्समा रहेका राजिव लोप्चनले बललाई पोष्टतर्फ हान्न सकेनन् । उनको प्रहार फितलो रह्यो । पुलिसले संकट टारेको छ ।

50'
फ्री किक

फ्री किक

चर्च ब्वाइजले डिफेन्सिभ एरियामा फ्रिकिक पाएको छ ।

49'
Commentry

नेपाल पुलिसका उज्वल राईले करिब २५ यार्डबाट हानेको लामो प्रहार क्रस बार माथिबाट बाहिर गयो ।

Second Half Time
Second Half Kick Off
Commentry
पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफमा कुन टिमले गोल गर्ला ?
Half Time
Half Time
45+2'
corner

कर्नर किक

चर्च ब्वाइजका कप्तान कमल श्रेष्ठले हानेको कर्नरमा गौरब श्रेष्ठले हेड गरेका थिए । तर उनको प्रहार क्रस बार भन्दा केही माथिबाट बाहिर गयो ।

40+1'
Commentry

Missed !! चर्चब्वाइजका सन्ताेष खत्रीले दायाँ साइडबाट हानेकाे प्रहार विपक्षी गाेल रक्षक शत्रुधन चाैधरीले डाइभ हान्दै बचाएका छन् ।

45'
Commentry

पहिलाे हाफमा २ मिनेट इन्जुरी टाइम थप गरिएकाे छ ।

44'
फ्री किक

फ्री किक

चर्चब्वाइजले डिफेन्सिभ एरियामा फ्रिकिक पाएकाे छ ।

41'
corner

कर्नर किक

नेपाल पुलिसले कर्नर पाएकाे छ । उज्वल राईले प्रताप गुरुङलाई पास दिएका थिए । प्रतापले हानेकाे प्रहार चर्चब्वाइजका खेलाडीसँग ठाेक्किँदै फर्किएकाे छ ।

40'
फ्री किक

फ्री किक

नेपाल पुलिसले डिफेन्सिभ क्षेत्रमा फ्रिकिक पाएकाे छ ।

39'
offside

अफ साइड

चर्चब्वाइजका खेलाडी अफसाइड भएका छन् ।

37'
Commentry

चर्चब्वाइजका समीर तामाङ केही समस्यामा देखिएका छन् । मेडिकल टाेली मैदान प्रवेश गरेकाे छ ।

33'
फ्री किक

फ्री किक

नेपाल पुलिसले फ्रिकिक पाएकाे छ ।

substitute खेलाडी परिवर्तन 32'

Commentry
पहिलो आधा घण्टाको खेल सकिँदा दुवै टोलीले गोलका लागि राम्रो अवसर बनाउन सकेका छैनन् । खेल गोलरहित बराबरीमा चलिरहेको छ ।
27'
Commentry

चर्चब्वाइजले डिफेन्सिभ क्षेत्रमा फ्रिकिक पाएकाे छ ।

26'
Commentry

चर्चब्वाइजका राजीव लाेप्चनकाे पासमा सन्ताेष खत्रीले पेनाल्टी बक्समा बल प्रहार गर्न खाेजेका थिए । तर विपक्षी गाेलरक्षकले बचाएका छन् ।

24'
Commentry

चर्च ब्वाइजका कृपाकान्त चाैधरीकाे क्रसमा समीर तामाङले हानेकाे हेडर टार्गेटमा पर्न सकेन ।

Commentry

17'
Commentry

चर्चब्वाइजका समीर तामाङले प्रहार गरेकाे बल विपक्षी गाेल रक्षकले सजिलै बचाउ गरेका छन् ।

10'
फ्री किक

फ्री किक

चर्च ब्वाइजले दायाँ कर्नर साइडमा फ्रिकिक पाएकाे छ । कमल श्रेष्ठले सिधै पाेस्टमा हानेका प्रहार पुलिसका गाेलरक्षक शत्रुधन चाैधरीकाे हातमा पुगेकाे छ ।

10'
Commentry

चर्च ब्वाइजका कमल श्रेष्ठले दायाँ कर्नरबाट हानेकाे बल पाेस्टभन्दा बाहिर बाहिरिएकाे छ ।

8'
फ्री किक

फ्री किक

नेपाल पुलिसले फ्रिकिक पाएकाे छ । प्रताप गुरुङले प्रहार गरेकाे फ्रिकिक चर्चब्वाइजका खेलाडीले क्लियर गरे ।

Commentry
चर्च ब्वाइजका कप्तान अनन्त तामाङ पूर्ण रुपमा फिट नरहेकोले आज बेन्चमा छन् । कमल श्रेष्ठले चर्च ब्वाइजको कप्तानी गर्दैछन् । पुलिस राम वाजीको कप्तानीमा खेल्दैछ ।
Kick Off
Kick Start
Commentry
खेल केहीबेरमा सुरु हुँदैछ । चर्च ब्वाइजका खेलाडीहरु सेताे र नेपाल पुलिसका खेलाडीहरु राताे जर्सीमा मैदान प्रवेश गरेका छन् । आजकाे खेलकाे मुख्य रेफ्री प्रज्वल क्षेत्री छन् भने सहायक रेफ्रीमा माधव खत्री र किसन कन्हैया यादव छन् ।
Commentry
राष्ट्रिय टिमका डिफेण्डर खेलाडी अनन्त तामाङको कप्तानीमा रहेका चर्च ब्वाइजमा राष्ट्रिय टिमबाटै खेलिसकेका कमल श्रेष्ठ पनि छन् । यस्तै नेपाल सुपर लिगका राइजिङ प्लेअर रोहन कार्की, नेपाल सुपर लिगमा राम्रो प्रदर्शन गरेका सन्तोष खत्री, डिफेण्डर सन्जित राई र राजिव लोप्चन तथा कृपा कान्त चौधरी पनि चर्च ब्वाइजबाट खेल्दैछन् । यू१९ टिमका प्रशान्त लक्षम र समिर तामाङ पनि यस टिममा छन् ।
Commentry
शहीद स्मार ए डिभिजन लिगको पछिल्लो संस्करणको विजेता चर्च ब्वाइजले लगातार दोस्रो पटक आहारारा पोखरा गोल्डकप खेल्दैछ । गत वर्ष पोखरामा डेब्यु गरेका चर्च ब्वाइज सेमिफाइनलसम्म पुगेको थियो । तर बिवाईएसी युएसएसँग पराजित हुँदै बाहिरिएको थियो ।
Commentry
नेपाल पुलिलस क्लबले अहिलेसम्म २२ मध्ये २१ पटक आहारारा गोल्डकप खेल्दा ११ पटक फाइनलमा खेलेको थियो । जसमा मनाङसँगै सर्वाधिक ६ पटक उपाधि जितेको छ । पुलिसले २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट भएको पहिलो स्स्करण नै जितेको थियो भने २०६४ देखि २०६६ सम्म लगातार तीन पटक उपाधि जितेर ह्याट्रिक पनि गरेको थियो । पछिल्लो पटक पुलिसले २०७४ सालमा उपाधि जितेको थियो ।
Commentry
नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच गत वर्ष २२औं संस्करणमा खेल भएको थियो । जसमा चर्च ब्वाइजले पहिलो खेलमै पुलिसलाई २-१ ले पराजित गरेको थियो । त्यसबेला अनन्त तामाङ र अन्जन विष्टले गोल गरेका थिए । अनन्त हाल चर्च ब्वाइजकै कप्तान छन् भने अन्जनले संकटा क्लबबाट २३औं आहारारा खेलेका थिए । चर्च ब्वाइजले अनन्तकै कप्तानीमा ए डिभिजन लिगको उपाधि जितेको थियो ।
Commentry
आहाराराको सर्वाधिक सफल टिममध्ये एक नेपाल पुलिस क्लबले प्रिक्वाटरफाइनलमा अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० ले हराएर क्वाटरफाइनल पुगेको हो भने चर्च ब्वाइज बाई पाउँदै सिधै क्वाटरफाइनल पुगेको हो ।
Commentry
नमस्कार स्वागत छ । २३औं आहारारा पोखरा गोल्डकप अन्तर्गत आज अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Aaha RARA Pokhara gold cup 

Gillespye Jung Karki Kathmandu Rayzrs
Matches 2
Score 2
Dinesh Hemjan Kathmandu Rayzrs
Matches 2
Score 2
Matches 2
Score 2
Ashish Chapagain Kathmandu Rayzrs
Matches 1
Score 2
Matches 1
Score 2
Samir Tamang Pokhara Thunders
Matches 2
Score 2
Matches 1
Score 1
Bharat Khawas TAFC

Matches 1
Score 1
Dipesh Ghale Lalitpur City FC
Matches 3
Score 1
Matches 1
Score 1

Recent Results

२०८० माघ ९, मंगलबार
SCP
1 - 2
TSC
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ११, बिहीबार
MFC
0 - 1
JYC
२०८० माघ १२, शुक्रबार
NPC
2 - 0
APF
२०८० माघ १३, शनिबार
0 - 2
TSC

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Aayush Ghalan Midfielder
Pokhara Thunders