Jhapa Vs Ilam

Jhapa FC

Sporting Ilam De Mechi FC

Full Time

झापाले बराबरी गर्ने अवसर गुमायो । लक्ष्मण रुचालको पासमा प्रदिप लामाको हेडर इलामका गोलकिपर विकेश कुथुले बचाए । त्यसपछि इलामका डिफेण्डरले बल क्लियर गरे ।
पहेंलो कार्ड
झापाका खेलाडी प्रदिप लामालाई पहेँलो कार्ड । इलामका विराज महर्जनलाई लडाएपछि प्रदिपलाई कार्ड देखाइएको हो ।
खेलाडी परिवर्तन
इलामको खेलाडी परिवर्तन । अब्दुल्जको स्थानमा आशिष राई मैदान प्रवेश गरेका छन् ।
खेलाडी परिवर्तन
झापाका खेलाडी परिवर्तन । छिरिङ लामाको स्थानमा समिराज थोकर मैदान प्रवेश गरेका छन् ।

पहिलो खेलमै इलाम काठमाडौं रेजर्ससँग पराजित भएको थियो । के यो खेल जित्ला त?

खेलको अन्त्यमा ७ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
अन्तत: इलामले गोल गरेको छ । अमाथ एनडले गोल गर्दै इलामलाई अग्रता दिलाए । भरत खवासको पासमा अमाथको प्रहार क्युपिकले रोकेका थिए । बाउन्स भएको बलमा अमाथले नै कुनै गल्ती गरेनन् ।

पेनाल्टी मिस !! इलामका अमाथले हानेको पेनाल्टी प्रहार पोष्ट भन्दा माथिबाट बाहिरियो । सेनेगलका अमाथले पेनाल्टी हाल्नुअघि सर्बियन गोलकिपर क्युपिकले माइन्ड गेम खेलेका थिए । उनले अमाथ नजिक आएर बल बारमाथि जान्छ भनिरहेका थिए । भयो त्यस्तै ।
पेनाल्टी
इलामलाई पेनाल्टी !! झापाका योगेश गुरुङले इलामका भरत खवासलाई लडाएपछि रेफ्रीले इलामलाई पेनाल्टी दिएका छन् ।
खेलाडी परिवर्तन
77'


खेलाडी परिवर्तन
75'


खेलाडी परिवर्तन
72'



इलामले गोल गर्ने एकै पटकमा तीन मौका गुमायो । अब्दुल्लाहको पहिलो प्रहार पोलमा लागेर फर्कियो । रिबाउन्डमा फोडे कामाराले बक्स भित्रबाट गरेको शक्तिशाली प्रहार झापा गोलकिपर क्युपिकले पन्च गरे । त्यसमा फेरि रिबाउन्ड भएको बल कमाराले दिपेश घलेलाई पास दिएका थिए । तर घलेको प्रहार झापाको गोलकिपरले पञ्च गरेर पोष्टमाथिबाट बाहिर पठाइदिएका छन् ।
कर्नर किक
इलामलाई कर्नर
पहेंलो कार्ड
झापाका आवास लामिछानेलाई पहेँलो कार्ड देखाइएको छ । फोडे कामारालाई लडाएपछि आवासलाई कार्ड देखाइएको हो ।

इलामले राम्रो मौका गुमाएको छ । अमाथ एनडले मध्यभागमा पाएको पासलाई अघि बढाउँदै झापाका दुई डिफेण्डरलाई छक्काउँदै बक्सभित्रबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको छ ।

इलामका अमाथको पासमा आशिष गुरुङले बक्स भित्रबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।
कर्नर किक
इलामलाई कर्नर

झापालाई अर्को मौका । तर आवासको पासमा जोर्गे सान्चेज कानिलासले सिक्स यार्ड बक्सबाट ट्या इन गरेका थिए। तर इलाका किपर विकेथ कुथुले बचाए ।
कर्नर किक
झापालाई मौका । तर कानिलासको हेडर इलामका गोलकिपर विकेश कुथुले बिफल पारे । बल बाहिर गएपछि झापाले कर्नर पाएको छ । तर लक्ष्मण रुचालको कर्नर इलामका खेलाडीले क्लियर गरे ।

दोस्रो हाफको सुरुमै इलामलाई मौका । अमाथ एनडले बक्सबाहिरबाट अगाडि बढाएको थिए । तर उनी बलमा पुग्नुअघि नै झापाका गोलकिपर स्टेफन क्युपिकले बचाए ।
Second Half Kick Off



Half Time
कर्नर किक
झापालाई कर्नर ।फर्नान्डो टोरेसले कर्नरलाई समानदारलाई पास दिएका थिए । उनको प्रहार पोष्टको दिशा लिन सकेन ।

इलामका इब्राहिमसँग टाउको जुध्दा झापाका छिरिङ लामा घाइते भएका छन् । उनलाई मैदानमै मेडिकल ट्रिटमेन्ट दिइएपछि मैदान बाहिर आएका छन् ।

पहिलो हाफको अन्त्यमा दुई मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

झापालाई अवसर । झापाका अन्जन विष्टको हेटर क्रस बारमा लागेर फर्केपछि अग्रता लिने मौका गुमायो । छिरिङ लामाले उपलब्ध गराएको लामो पासमा बक्स भित्रबाट अन्जनले हेड गरेका थिए । तर बार बाधक बन्यो ।

फोडे कामाराले दायाँ भागबाट दिएको पासमा भरत खवासले बक्सको लाइनबाट हानेको प्रहार पोष्टमाथिबाट बाहिरियो ।

इलामले बायाँ भागबाट राम्रो अवसर बनाइरहेको छ । तर फिनिसिङ राम्रो हुन सकेको छैन ।

झापाका छिरिङ लामा बल प्रहार गर्दै । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
पहेंलो कार्ड
झापाका फर्नान्डो टोरेसलाई पहेँलो कार्ड ।

इलामका इब्राहिमले पेनाल्टी बक्स भित्र बाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।
फ्री किक
झापाले बक्स बाहिर फ्रिकिक पाएको छ । गोल गर्ने अवसर छ । तर फर्नान्डो टोरेसको प्रहार इलामका खेलाडीले ब्लक गरिदिए ।
कर्नर किक
झापाका छिरिङ लामाले बक्स भित्रबाट प्रहार गरेको बल विमल पाण्डेले क्लियर गर्दा बाहिर गएपछि झापाले कर्नर पाएको थियो । लक्ष्मण रुचालको कर्नर इलामका डिफेण्डरले क्लियर गरे ।
अफ साइड
इलामको लागि गोल गर्ने राम्रो मौका । तर असिस्टेन्ट रेफ्रीले अफसाइड झण्डा देखाइदिए । फोडे कामाराले गोल गरेपनि मान्यता पाएन ।

इलामका फोडे कामाराले बक्सभित्रबाट भरत खवासका लागि क्रस निकालेका थिए । तर भरतले बल भेट्न सकेनन् ।

झापाका लागि गोल गर्ने राम्रो अवसर । जोर्गे सान्चेजले इलामका गोलकिपर विकेश कुथुसँग वान भर्सेस वानको अवस्थामा किपरलाई बिट गरेको प्रहार पोष्ट नजिकबाट बाहिरियो ।
फ्री किक
झापाका छिरिङ लामाले इलामका अमाथलाई लडाएपछि इलामले बक्सका बाहिर फ्रिकिक पाएको छ । तर इलामका फोडे कामाराको प्रहार पोष्ट माथिबाट बाहिरियो ।

इलामका भरत खवासले राम्रो मुभ बनाएका थिए । तर पेनाल्टी बक्स भित्रबाट उनले फिनिस गर्न सकेनन् ।
Kick Start



अन्जन विष्ट झापाको मार्की तथा कप्तान हुन् । इलामको कप्तानी गोलकिपर विकेश कुथुले गर्दैछन् ।

झापा र इलाम दुवै नयाँ टिम हुन् । यो खेललाई इस्टर्न डर्बी पनि भनिन् । झापाले एनएसएलमा पहिलो खेल खेल्दैछ भने इलामको यो दोस्रो खेल हो । इलाम यस सिजनको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग १-० ले पराजित भएको थियो ।

नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ को पाँचौ खेलमा आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच खेल हुँदैछ ।