Army Vs Church Boys United

TribhuwanArmy Club

Church Boys United

Full Time


अतिरित्क समयको अन्तयमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

ohh चर्च ब्वाइजले राम्रो अवसर गुमाएको छ । दायाँ साइडबाट कमल श्रेष्ठले दिएको क्रसममा बक्समा रहेका राजिव लोप्चनले हानेको प्रहार फ्रेममा पर्न सकेन । बाहिर गयो ।

खेलाडी परिवर्तन
117'



आर्मी अर्का खेलाडी जितेन्द्र कार्की समस्यामा । उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको छ ।
कर्नर किक
चर्च ब्वाइजका राजिव लोप्चनले हानेको कर्नर आर्मीका किपर समित श्रेष्ठले पन्च गर्दै बचाएका थिए । रिबाउन्डमा चर्च ब्वाइजमा मनिष जर्गाले हानेको प्रहार फितलो रह्यो आर्मीका खेलाडीले क्लियर गरे ।

आर्मीका खेलाडी समस्यामा ।
Extra Time Second Half Kick Off

Extra Time Half Time
फ्री किक
चर्चब्वाइजले फ्रिकिक पाएकाे छ । कप्तान कमल श्रेष्ठले सिधै पाेस्टमा प्रहार गरेकाे बल फ्रेममा पर्न सकेन ।


आर्मीका जिलेप्सीजंग कार्कीले हानेकाे शक्तिशाली प्रहार जर्जब्वाइजका गाेल रक्षक सन्ताेष महतले बचाए ।
खेलाडी परिवर्तन
105+1'



अतिरिक्त समयको पहिलो हाफको अन्तिममा ३ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

चर्च ब्वाइजले खेलाडी परिवर्तन गर्दै सन्ताेष खत्रीकाे ठाउँमा लाइनअपमै नभएकाे कृपाकान्त चाैधरीलाई मैदान पठाएकाे छ । मुख्य रेफ्री प्रज्वल क्षेत्रीले कृ्पालाई बाहिर पठाइदिएका छन् । सन्तोष पनि मंदान बाहिर आइसकेका छन् । मैदानमा चर्च ब्वाइजका १० खेलाडी मात्र खेलिरहेका छन् ।
Goal!!! आर्मीले फेरि अग्रता लिएको छ । रास बहादुर मगरले बसन्त जिम्बाको क्रसमा गोल गर्दै आर्मीलाई २-१ को अग्तरा दिलाए ।
कर्नर किक
आर्मीले कर्नर पाइकाे छ । वसन्त जिम्बाले प्रहार गरेकाे कर्नर चर्च ब्वाइजका गाेलरक्षक सन्ताेष महतले पन्च गर्दै बचाएका छन् ।

चर्चका समीर तामाङले दायाँ भागबाट प्रहार गरेकाे बल विपक्षी गाेल रक्षकले सहजै बचाएका छन् ।


Extra Time Kick Start

Regular Full Time
फ्री किक
आर्मीले फ्रिकिक पाएकाे छ । विमल पाण्डेले प्रहार गरेकाे बल क्लियर भएकाे छ ।
फ्री किक
चर्चब्वाइजले डिफेन्सिभ क्षेत्रमा फ्रिकिक पाएकाे छ।
फ्री किक
चर्च ब्वाइजले फ्रिकिक पाएको छ ।

खेलको अन्तिममा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
पहेंलो कार्ड
चर्चब्वाइजका कमल श्रेष्ठलाई किक हानेपछि नेपाल आर्मीका रास मगरले पहेंलाे कार्ड पाएका छन् ।

ohhh!! आर्मीले अग्तरा लिने राम्रो अवसर गुमाएको छ । विमल पाण्डेले बायाँ साइडबाट दिएको क्रसलाई सिक्स यार्ड बक्समा रहेका कप्तान जिलेस्पी जंग र रास बहादुर मगरले सदुपयोग गर्न सकेनन् । बक्समा हुलमुल हुँदा आर्मीका खेलाडी चिप्लिए र बललाई प्रहार गर्न सकेनन् ।

- Goal !! चर्च ब्वाइजले बराबरी गोल फर्काएको छ । खेल सकिन पाँच मिनेटअघि समिर तामाङले चर्च ब्वाइजका लागि बराबरी गोल फर्काएका हुन् । जारी प्रतियोगितामा समिर तामाङको यो व्यक्तिगत दोस्रो गोल हो । यसअघि उनले क्वाटरफाइनलमा नेपाल पुलिसलाई पराजित गर्दा एक मात्र निर्णायक गोल गरेका थिए ।
खेलाडी परिवर्तन
84'


फ्री किक
आर्मीका खेलाडीले पेनाल्टी बक्स नजिकै बल हातले छुन पुगेपछि चर्च ब्वाइजले फ्रिकिक पाएकाे छ । राेहन कार्कीले प्रहार गरेकाे बल आर्मीका कप्तान जिलेप्सीजंग कार्कीसँग ठाेक्किँदै क्लियर भएकाे छ ।

आर्मीका खेलाडी दिनेश हेन्जन केही समस्यामा देखिएका छन् । उनलाई मैदानबाहिर ल्याउन स्ट्रेचर बाेलाइएकाे छ ।
पहेंलो कार्ड
आर्मीका सिद्धान्त चाैधरीलाई पहेंलाे कार्ड देखाइएकाे छ ।

चर्चब्वाइजका समीर तामाङले प्रहार गरेकाे बल पाेस्ट बाहिरएकाे छ ।
फ्री किक
चर्चब्वाइजका कमल श्रेष्ठले प्रहार गरेकाे फ्रिकिक सिक्स यार्ड बक्समा बाउन्स हुँदै पाेस्टभन्दा बाहिर गयाे ।

चर्चब्वाइजका धिरज थजालीले हानेकाे बल पाेस्टभन्दा माथिबाट बाहिरियाे ।
फ्री किक
चर्च ब्वाइजले पेनाल्टी बक्सको थोरै बाहिर फ्रिकिक पाएको छ ।
कर्नर किक
चर्च ब्वाइजले कर्नर पाएकाे छ । कप्तान कमल श्रेष्ठले हानेकाे कर्नर आर्मीका जितेन्द्र कार्कीले हेड गर्दै क्लियर गर्न खाेजेका थिए । त्यसैमा प्राप्त बल सन्ताेष खत्रीले प्रहार गरेका थिए । तर बल बाहिरियाे ।
खेलाडी परिवर्तन
74'



चर्च ब्वाइजका धिरज थजाली केही समस्यामा देखिएका छन् । उनलाई मेडिकल टाेलीले मैदान बाहिर ल्याएका छन् ।
फ्री किक
आर्मीले फ्रिकिक पाएको छ ।

कर्नर किक
चर्च ब्वाइजले कर्नर पाएकाे छ । राजीव लाेप्चनले हानेकाे बल निरज कार्कीले हेड गरेका थिए । विपक्षी गाेल रक्षकले सजिलै क्याच गरेर बचाए ।
खेलाडी परिवर्तन
64'


खेलाडी परिवर्तन
64'


Goal !! दिनेश हेन्जनको गोलमा आर्मीले अग्रता लिएको छ । आर्मीले करिब ३० यार्ड टाढा फ्रिकिक पाएको थियो । जसलाई दिनेश हेन्जनले उत्कृष्ट गोलमा परिणत गरे । उनले ग्राउण्ड सट प्रहार गरेका थिए । जसलाई चर्च ब्वाइजका किपर सन्तोस महतले रोक्ने अवसर नै पाएनन् ।
पहेंलो कार्ड
पेनाल्टी बक्स नजिकै आर्मीका दिनेश हेन्जनलाई लडाउन पुग्दा चर्च ब्वाइजका सन्ताेष खत्रीले पहेंलाे कार्ड पाएका छन् ।

कर्नर किक
आर्मीले कर्नर पाएकाे छ । दिनेश हेन्जनले प्रहार गरेकाे कर्नर विपक्षी खेलाडीले क्लियर गरे ।
फ्री किक
चर्च ब्वाइजका कमल श्रेष्ठकाे फ्रिकिक सुशिल राईले हेड गरेका थिए । तर सहायक रेफ्रीले अफसाइड संकेत गरे ।

आर्मीका रिपु भुलानले पेनाल्टी बक्समा प्रहार गरेकाे क्रस कप्तान जिलेप्सीजंग कार्कीले भेटेनन् । बल बाहिरियाे ।

फेरि आर्मीले डिफेन्सिभ एरियामा फ्रिकिक पाएकाे छ ।
फ्री किक
चर्च ब्वाइजले डिफेन्सिभ क्षेत्रमा फ्रिकिक पाएकाे छ ।

आर्मीका मिलन याेन्जनले प्रहार गरेकाे बल विपक्षी पाेस्टभन्दा माथिबाट बाहिरिएकाे छ ।
Second Half Kick Off

Half Time

पहिलाे हाफमा ३ मिनेट इन्जुरी टाइम थपिएकाे छ ।
फ्री किक
आर्मीका रिपु भुलानले गल्ती गर्न पुग्दा चर्चब्वाइजले डिफेन्सिभ क्षेत्रमा फ्रिकिक पाएकाे छ ।

आर्मीका दिनेश हेन्जनकाे गाेलपाेस्ट केन्द्रित प्रहार विपक्षी गाेल रक्षकले सजिलै रक्षा गरे ।

चर्चब्वाइजका गाेल रक्षक सन्ताेष महतले पेनाल्टी बक्सभन्दा बाहिर आएर बल क्लियर गरेका छन् ।
फ्री किक
आर्मीले फ्रिकिक पाएकाे छ । जितेन्द्र कार्कीले प्रहार गरेकाे फ्रिकिक जिलेप्सीजंग कार्कीले रिसिभ गरेका थिए । तर असिस्टेन्ट रेफ्री कृष्णकन्हैया यादवले अफसाइडकाे झण्डा देखाएका छन् ।
फ्री किक
चर्च ब्वाइजले फ्रिकिक पाएकाे छ । सञ्जित राईले प्रहार गरेकाे फ्रिकिक विपक्षीले क्लियर गरे ।

आर्मीका रिपु भुलानले हानेकाे सट पाेस्टकाे दिशा लिन सकेन ।

आर्मीका दिनेश हेन्जनले दिएकाे क्रस कप्तान जिलेप्सीजंग कार्कीले रिसिभ गर्न सकेनन् ।
फ्री किक
चर्चब्वाइजले डिफेन्सिभ क्षेत्रमा फ्रिकिक पाएकाे छ ।
फ्री किक
आर्मीका जितेन्द्र कार्कीले मैदानको मध्यभाग नजिकबाट फ्रिकिक प्रहार गरेका थिए । तर चर्च ब्वाइजका खेलाडीले पेनाल्टी बक्सबाट क्लियर गरे ।

आर्मीका दिनेश हेन्जनले प्रहार गरेकाे शक्तिशाली प्रहार क्रस बार भन्दा माथिबाट बाहिरियो ।
खेलाडी परिवर्तन
21'



आर्मीका कप्तान भरत खवास केही समस्या देखिएका छन् । मेडिकल टाेली मैदान प्रवेश गरेकाे छ । उनले आर्मब्यान्ड जिलेप्सीजंग कार्कीलाई दिएका छन्। भरतलाई स्ट्रेचरमा मैदानबाहिर ल्याइएकाे छ ।
अफ साइड
टिममेटले दिएकाे बल रिसिभ गर्ने क्रममा आर्मीका कप्तान भरत खवास अफसाइड भएका छन् ।
फ्री किक
चर्च ब्वाइजले फ्रिकिक पाएकाे छ ।
कर्नर किक
चर्च ब्वाइजले फेरी कर्नर पाएको छ । कमल श्रेष्ठले हानेको कर्नर आर्मीका जितेन्द्र तामाङले क्लियर गर्न प्रयास गरेका त्यसपछि रास बहादुर मगरले क्लियर गरे ।
कर्नर किक
चर्च ब्वाइजले कर्नर पाएको छ । कमल श्रेष्ठले प्रहार गरेकाे बल टिममेट प्रशान्त लक्ष्मणले रिसिभ गरेर गाेल पाेस्टकाे दिशा दिएका थिए । तर विपक्षी गाेलरक्षक समित श्रेष्ठले पन्च गर्दै उत्कृष्ट बचाउ गरे । चर्चले फेरि कर्नर पायाे ।
फ्री किक
चर्च ब्वाइजले फ्रिकिक पाएको छ ।कप्तान कमल श्रेष्ठले सिधै पोष्टमा प्रहार गरेका थिए । आर्मीका समित श्रेष्ठले बल पूर्ण रुपमा क्लियर गर्न नसकेपछि डिफेण्डरले बल क्लियर गरेका थिए र बल बाहिर गरेपछि चर्च ब्वाइजले कर्नर पाएको छ ।

आर्मीका दिनेश हेन्जनले हानेको फ्रिकिक प्रहार आफ्नै टिममेटलाई लागेर मैदान बाहिर पुगेको छ ।
फ्री किक
आर्मीले फ्रिकिक पाएको छ ।

चर्च ब्वाइजका कप्तान कमल श्रेष्ठले हानेको फ्रिकिकमा बायाँ साइडबाट सुशिल राईले हेड गरेका थिए । तर सिक्स यार्ड बक्समा बल उनका टिममेटले भेटाउन सकेनन् र आर्मीका खेलाडीले बल क्लियर गरे ।
फ्री किक
चर्च ब्वाइजले फ्रिकिक पाएको छ ।

आर्मीका दिनेश हेन्जनले हानेको कर्नर चर्च ब्वाइजका खेलाडीले क्लियर गरे ।
कर्नर किक
आर्मीले कर्नर पाएको छ ।
फ्री किक
चर्च ब्वाइजले डिफेन्सिभ एरियामा फ्रिकिक पाएको छ ।
Kick Start



- आर्मी भरत खवासको कप्तानीमा मैदान उत्रँदैछ । गोलकिपर विकेश कुथु आज पनि बेन्चमा छन् । यस्तै चर्च ब्वाइजको कप्तानी कमल श्रेष्ठले गर्दैछन् । नियमित कप्तान अनन्त तामाङ आज पनि बेन्चमा छन् । चर्च ब्वाइजले आज जिवन गुरुङ र सुशिल राई दुई नयाँ खेलाडी थप गरेको छ र दुवै खेलाडी पहिलो रोजाईँमा खेल्दैछन् ।


- खेलका लागि आर्मी र चर्च ब्वाइजको टोली मैदान प्रवेश गरेको छ । आर्मी रातो-कालो तथा चर्च ब्वाइज सेतो जर्सी लगाएर खेल्दैछ । आजको खेल प्रज्वल क्षेत्रीले खेलाउँछैन । असिस्टेन्ट रेफ्रीमा किसन कनैया यादव र शुक्र तामाङ छन् भने नविन्द्र महर्जन फोर्थ अफिसियलमा छन् । रिजर्भ असिस्६ेन्ट अफिसियलमा रेशम गुरुङ छन् ।


