+
+

Sahara Club vs Nepal Police Club

२०८१ माघ २२, मंगलबार
Sahara club
Sahara club
0 - 1 Full Time
Nepal Police Club
Nepal Police Club
Ujjwol Rai(36)
Pokhara Rangashala
लाइभ अपडेट लाइन-अप
Commentry
२४औं संस्करणको पहिलो खेलको लाइभ अपडेटबाट म गोविन्दराज नेपालसहित अनलाइनखबर युनिट आजलाई बिदा माग्दछौँ । भोली हुने एपीएफ र मछिन्द्र एफसीबीचको खेलको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । धन्यवाद।
Commentry
पुलिसका लागि निर्णायक गोल गरेका उज्वल राई प्लेअर अफ दि म्याच बनेका छन् ।
Commentry
आयोजक सहारा क्लबल २४औं आहारारा पोखरा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । सन्त बहादुर गुरुङले पाएको केही अवसर सदुपयोग गर्न ससक्नु सहाराका लागि महाँगो सावित भयो ।
Commentry
२४औं आहा रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । पुलिसले अब सेमिफाइनल प्रवेशका लागि ब्रिगेड ब्वाइज क्लब युकेसँग २६ माघमा खेल्नेछ । प्रतियोगितामा भोली बुधबार एपीएफ एफसी र मछिन्द्र एफसीबीच खेल हुनेछ ।
Full Time
Full Time
90+6'
फ्री किक

फ्री किक

सहारालाई फ्रिकिक ।

substitute खेलाडी परिवर्तन 90+5'

90+3'
corner

कर्नर किक

सहारालाई कर्नर ।

substitute खेलाडी परिवर्तन 90+1'

Arnould Midfielder

substitute खेलाडी परिवर्तन 90+1'

90'
Commentry

६ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

89'
पहेंलो कार्ड

पहेंलो कार्ड

substitute खेलाडी परिवर्तन 89'

Aashish Rai Midfielder
88'
पहेंलो कार्ड

पहेंलो कार्ड

पुलिसका आशिष राईलाई पहेँलो कार्ड ।

87'
corner

कर्नर किक

पुलिसलाई कर्नर ।

85'
Commentry

पुलिसका सुनिल तामाङ केही समस्यामा देखिएका थिए । उनी सामान्य ट्रिटमेन्टपछि खेल्न तयार भएका छन् ।

Commentry
सहाराले एकै पटक दुई खेलाडी परिवर्तन गरेको छ । आयोजक टोली पहिलो खेलबाटै घर फर्कन चाहँदैन । दश मिनेट भन्दा कम समय बाँकी रहँदा सहाराका खेलाडी विपक्षीमाथी दबाब बनाइरहेको छ ।

substitute खेलाडी परिवर्तन 80'

substitute खेलाडी परिवर्तन 80'

78'
corner

कर्नर किक

पुलिसलाई कर्नर ।

77'
Commentry

पुलिसका विवेक पाण्डेले हानको फ्रिकिक सहाराका माथिउले क्लियर गरे ।

76'
फ्री किक

फ्री किक

पुलिसलाई फ्रिकिक ।

74'
फ्री किक

फ्री किक

सहारालाई फ्रिकिक ।

Commentry
खेलमा अब २० मिनेट भन्दा कम समय बाँकी छ । सहारा बराबरी गोल फर्काउन प्रयासरत छ भने पुलिस यही गोललाई रक्षा गर्दै जित निकाल्न चाहन्छ ।
70'
corner

कर्नर किक

पुलिसलाई कर्नर । सहाराको कर्नर क्लियर गर्दै पुलिसका आशिष राईले बल अघि बढाएका थिए । तर पोष्टसम्म पुर्‍याउन सकेनन।

69'
corner

कर्नर किक

सहाराले कर्नर पाएको छ ।

67'
corner

कर्नर किक

पुलिसले कर्नर पाएको छ । विवेक पाण्डेको कर्नर सहाराका किपर सन्तोषले पन्च गरेका थिए । रिबाउण्डमा हानेको बल आकाशियो ।

66'
Commentry

सहाराका मुकुन्द निउरले बक्स भित्र पाएको अवसर खेर फाले । उनको प्रहार पोष्ट भन्दा बाहिर गयो ।

61'
Commentry

सहारा पुलिसको हाफमा आक्रमण बनाउँदै । सरोज टिटुङले दायाँ साइडमा बल पाएका थिए तर उनको क्रस फितलो रह्यो ।

59'
Commentry

सहारा मुभ बनाउने प्रयास गर्दै । तर फिनसिङमा सफल हुन सकेन । दुई विदेशी खेलाडीले राम्रो प्रयास गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेका छैनन् ।

58'
Commentry

सामान्य ट्रिटमेन्टपटि भक्त ठिक भएर मैदान प्रवेश गरेका छन् ।

57'
Commentry

पुलिसका भक्त जंग खड्का केही समस्यामा देखिएका छन् । उनलाई मेडिकल टोलीले हेरेपछि बैदान बाहिर आएका छन् ।

56'
फ्री किक

फ्री किक

सहारालाई फ्रिकिक । कप्तान सुशिल लामाले हानेको फ्रिकिक पुलिसका गोलकिपर सत्रुघनले पन्च गर्दै बचाए ।

substitute खेलाडी परिवर्तन 54'

54'
पहेंलो कार्ड

पहेंलो कार्ड

पुलिसका सन्जिव लामालाई पहेँलो कार्ड देखाइएको छ ।

53'
पहेंलो कार्ड

पहेंलो कार्ड

सहाराका माथिउलाई पहेँलो कार्ड ।

52'
Commentry

पुलिस समस्यामा देखिएको छ । पुलिसका अर्का खेलाडीलाई पनि स्ट्रेचरमा मैदान बाहिर ल्याइएको छ । विकास विक मैदान प्रवेश गर्न वार्म अफ गरिरहेका थिए ।

51'
offside

अफ साइड

पुलिसका खेलाडी अफसाइड भएका छन् ।

49'
फ्री किक

फ्री किक

पुलिसका उज्वल राईको फ्रिकिक फितलो रह्यो । पोष्टको दिशा दिन सकेनन् ।

48'
Commentry

पुलिसका निरज खड्का केही समस्यामा देखिएका छन् । उनलाई मैदान बाहिर ल्याउन स्ट्रेचर मगाइएको छ । उनलाई मैदान बाहिर ल्याइएको छ ।  आशा गरौँ उनलाई केही भएको छैन ।

47'
फ्री किक

फ्री किक

पुलिसले फ्रिकिक पाएको छ ।

Commentry
खेलको दोस्रो हाफ सुरु भएको छ। आयोजक सहाराले गोल फर्काउला वा पुलिसले वाजी मार्ला ?
Second Half Time
Second Half Kick Off
Commentry
पहिलो हाफको खेल सकिएको छ । उज्वल राईको गोलमा पुलिसले आयोजक टोलीमाथि १-० को अग्रता लिएको छ । पहिलो हाफमा पुलिस र सहारा दुवै गोल गर्ने केही अवसर बनाएका थिए । तर फिनिसिङमा चुस्त रहन सकेन । पुलिसका उज्वल राईले कर्नरबाट सिधै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
Half Time
Half Time
45+2'
फ्री किक

फ्री किक

पुलिसलाई फ्रिकिक । किपर सत्रुघद्द आफैँ फ्रिकिक हान्दैछन् ।

45'
Commentry

पहिलो हाफको अन्त्यमा २ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

43'
फ्री किक

फ्री किक

सहाराले फ्रिकिक पाएको छ र वििलयमले छिटो बल चलाएका छन् ।

42'
Commentry

पुलिसका आशिष राई पेनाल्टी बक्स बाहिरबाट आफ्नो भाग्य परिक्षण गर्दै  ।तर बल बार भन्दा माथिबाट बाहिरिएको छ ।

41'
फ्री किक

फ्री किक

पुलिसलाई फ्रिकिक ।

40'
पहेंलो कार्ड

पहेंलो कार्ड

पुलिसका सन्जिव लामालाई फल गरेपछि सहाराका विशोन गुरुङलाई पहेँलो कार्ड देखाइएको छ ।

39'
offside

अफ साइड

पुलिसका खेलाडी अफसाइड भएका छन् ।

36'
Goal
Nepal Police Club - Ujjwol Rai
GOAL !

What a goal!! पुलिसले अग्रता लिएको छ । उज्वल राईले हानेको कर्नर सिधै गोल भएको छ । उज्वलले माथि उठाएर कर्नर हानेका थिए । सहाराका गोलकिपर सन्तोष महतले बल रोक्ने कुनै अवसर नै पाएनन् ।

35'
corner

कर्नर किक

पुलिसले कर्नर पाएको छ ।

34'
Commentry

पुलिसका उज्वल राईको फ्रिकिक । बारभन्दा थोरै माथिबाट बाहिरियो ।

33'
फ्री किक

फ्री किक

पुलिसले फ्रिकिक पाएको छ । दुवै टोलीका खेलाडीबीच केही वादविवाद । रेफ्रीले कन्ट्रोल गरेका छन् ।

32'
फ्री किक

फ्री किक

फ्रिकिक सहारालाई ।

31'
Commentry

यहाँ पुलिसलाई मौका थियो । तर बक्समा रहेका विवेक पाण्डेको प्रहार फितलो रह्यो । पोष्टमा प्रहार गर्न सकेनन् ।

28'
Commentry

ohh! सहारालाई अर्को राम्रो अवसर । आर्नोल्डको पासमा सन्त बहादुर गुरुङले बक्सबा६ हानेको प्रहार सेकेण्ड बार छेउबाट बाहिर गएको छ ।

27'
offside

अफ साइड

पुलिसका खेलाडी अफसाइड ।

26'
फ्री किक

फ्री किक

पुलिसले फ्रिकिक पाएको छ ।

25'
Commentry

पुलिसका सुजन मगर मैदानमा लडेका छन् । यहाँ उनलाई मेडिकल ट्रिटमेन्ट दिइएको छ । उनी मैदान बाहिर आउँदैछन् ।

24'
Commentry

सहाराले अर्को राम्रो अवसर गुमाएको छ । विलियमको पासमा सन्त बहादुर गुरुङले बायाँ साइडबाट हानेको बल पोष्टभन्दा माथिबाट बाहिरियो ।

22'
Commentry

सहारालाई राम्रो मौका थियो । आर्नोल्डले हानेको बल पुलिसको बक्स भित्र मुकुन्द निउरेले पाएका थिए । तर उनले बललाई पोष्टमा प्रहार गर्न सकेनन् ।

21'
फ्री किक

फ्री किक

पुलिसलाई अर्को फ्रिकिक । करिब ३५ यार्ड टाढा फ्रिकिक । उज्वल राईले हानेको प्रहार सिधै सहाराका किपर सन्तोष महतको हातमा । उनले बल सहजै बचाउ गरे ।

20'
फ्री किक

फ्री किक

पुलिसले आफ्नो हाफमा फ्रिकिक पाएको छ ।

18'
Commentry

पुलिसका लागि यहाँ मौका हुन सक््थयो । विवेक पाण्डेले दायाँ साइडको पेनाल्टी बक्सबाट हानेको प्रहारले पोष्टको दिशा लिन सकेन ।

17'
Commentry

पुलिसका उज्वल राईले करिब ३० भन्दा टाढाबाट सिधै पोषुटमा चार्ज गरेका थिए । तर बल पोष्टभन्दा माथिबाट बाहिरियो ।

16'
Commentry

पुलिसका सुजन मगरले अफसाइड भनेर बल छाडेका थिए । तर असिस्टेन्ट रेफ्रीले झण्डा उठाएनन् । यहाँ मौका हुन सक्थ्यो ।

12'
Commentry

सहाराका कप्तान सुशिल लामाले करिब २५ यार्डबाट हानेको लङ सट सिधै पुलिसका किपर सत्रुघनको हातमा । उनले सहजै बचाए ।

Commentry
प्रतियोगिताकै सर्वाधिक सफल मध्येको एक नेपाल पुलिस क्लब  र आयोजक टोलीबीच खेल हुँदा पनि दर्शकको उपस्थिति भने पोखरा रंगशालमा पातलो छ । दुवै टोलीमा नयाँ खेलाडीहरु छन् भने नाम चलेका स्टार खेलाडीहरु छैनन् ।
10'
offside

अफ साइड

पुलिसका खेलाडी अफसाइड ।

Commentry
सहाराका दुई विदेशी खेलाडी विलियम र आर्नोल्ड अगाडि खेलिरहेका छन् । यी दुई खेलाडी पुलिसका लागि खतरा बन्न सक्छन् ।
5'
Commentry

ohh! सहाराले राम्रो चान्स पाएको थियो । विलियम सेसेगनोनले पेनाल्टी बक्सबाट हानेको फ्रि प्रहार पुलिसका गोलकिपर सत्रुघनले बचाए । पुलिसका लागि खतरा टरेको छ ।

4'
Commentry

पुलिसका कप्तान राज वाजीले राइटसाइडबाट क्रस दिएपनि त्यसलाई लिन उनका टिममेट थिएनन् । बल सहाराका खेलाडीले क्लियर गे ।

3'
Commentry

पुलिसका सुजन मगरले राइड साइडबाट दिएको क्रस सहारको पोष्टको साइडबाट बाहिरिएको छ ।

Kick Off
Kick Start
Commentry
प्रमुख अतिथिले मुख्य रेफ्री नविन्द्र महर्जनलाई बल हस्तानतरण गरेपछि अब खेल सुरु हुने तयारीमा छ । उद्घाटन समारोहको कार्यक्रम रहेको आजको खेल तोकिएको समय भन्दा आधा घण्टा बढी ढिलो सुरु हुँदैछ ।
Commentry
फिफा धुनसँगै दुवै टोलीका खेलाडीहरु मैदान प्रवेश गरेका छन् । सहारा ग्रिन कलर र पुलिस रेड कलर जर्सी लगाएर मैदान उत्रिएको छ ।
Commentry
नेपाली राष्ट्रिय फुटबल टिम तथा मछिन्द्र क्लबका डिफेण्डर सनिश श्रेष्ठलाई सहारा क्लबले सम्मान गरेको छ । सहारा क्लबले २४औं आहा रारा पोखरा गोल्डकपको उद्घाटनको अवसरमा वर्षको उत्कृष्ट खेलाडी सम्मानबाट सनिशलाई सम्मान गरेको हो । पुरस्कार राशी ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गरेका छन् । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले हरेक वर्ष एक जना राष्ट्रिय टोलीको फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । सहारा क्लबले यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलानलाई सम्मान गरेको थियो ।
Commentry
सहारा क्लब प्लेइङ ११: सन्तोष महत, सुशिल लामा, संगम ठकुरी, सरोज टिटुङ, विशोन गुरुङ, सन्त बहादुर गुरुङ, मुकुन्द निउरे आर्नोल्ड, माथिउ, विलियम सेसेगनोन, हेमन्त तामाङ । पुलिस प्लेइङ ११ : सत्रुघन चौधरी, राम वाजी, शिशिर चौधरी, भक्त जंग खड्का, सुनिल तामाङ, निरज खड्का, सन्जिव लामा, उज्वल राई, आशिष राई, विवेक पाण्डे, सुजन मगर ।
Commentry
नेपाल पुलिस क्लब राम वाजीको कप्तानीमा मैदान उत्रँदैछ भने घरेलु टोली सहाराको कप्तानी सुशिल लामाले गर्नेछन् । सहाराले ३ विदेशी खेलाडी पहिलो रोजाईँमा खेलाएको छ ।
Commentry
नेपाल पुलिलस क्लबले अहिलेसम्म २३ मध्ये २२ पटक आहारारा गोल्डकप खेल्दा ११ पटक फाइनलमा खेलेको थियो । जसमा मनाङसँगै सर्वाधिक ६ पटक उपाधि जितेको छ । पुलिसले २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट भएको पहिलो संस्करण नै जितेको थियो भने २०६४ देखि २०६६ सम्म लगातार तीन पटक उपाधि जितेर ह्याट्रिक पनि गरेको थियो । पछिल्लो पटक पुलिसले २०७४ सालमा उपाधि जितेको थियो ।
Commentry
नमस्कार । मोफसलकै प्रतिष्ठित आहारारा पोखरा गोल्डकपको २४औं संस्करणको अनलाइन लाइभ अपडेटमा स्वागत छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब, पोखरा र विभागीय टोली नेपाल पुलिस क्लबबीच हुनेछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

Top Scorer

AAHA RARA Pokhara Gold Cup 
2025
Matches 3
Score 3
Matches 2
Score 2
Matches 3
Score 2
Aditya Shakya Lalitpur City FC
Matches 2
Score 1
Ram Chandra Wajee Dhangadhi FC
Matches 1
Score 1
Nabin Lama Lalitpur City FC
Matches 1
Score 1
Ujjwol Rai Jhapa FC
Matches 1
Score 1
Shisir Chaudhary FC Chitwan
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1

Recent Results

२०८१ माघ २२, मंगलबार
SCP
0 - 1
NPC
२०८१ माघ २३, बुधबार
APF
0 - 2
MFC
२०८१ माघ २४, बिहीबार
NRT
1 - 1
CBU
२०८१ माघ २५, शुक्रबार
TNU
3 - 1
SFC
२०८१ माघ २६, शनिबार
0 - 2
NPC

Players to watch

Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Ananta Tamang Defender
Lalitpur City FC
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Samir Tamang Forward
CBU
Lalitpur City FC
Mani Lama Midfielder
APF
Manish Dangi Midfielder
Machhindra FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Arik Bista Midfielder
Butwal Lumbini FC