+
+

NRT vs Church Boys United

२०८१ माघ २४, बिहीबार
NRT
NRT
Richard Wilson(25)
1 - 1 Full Time
Church Boys United
Church Boys United
Nabin Lama(63)
Church Boys win on sudden death
Pokhara Rangashala
लाइभ अपडेट लाइन-अप
Commentry
२४औं संस्करणको तेस्रो खेलको लाइभ अपडेटबाट म गोविन्दराज नेपालसहित अनलाइनखबर युनिट आजलाई बिदा माग्दछौँ । भोली हुने थण्डरबोल्ट नर्थ युनाइटेड, भारत र संकटा एफसीबीचको चौथो तथा अन्तिम प्रि क्वाटरफाइनल खेलको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । धन्यवाद।
Commentry
कुन १८ पेनाल्टी प्रहार भएको खेलमा चर्च ब्वाइज सडन डेथमा विजयी भएको छ । सुटआउटमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापा नायक बने । उनले ३ पेनाल्टी बचाउनुका साथै पेनाल्टीमा गोल समेत गरे । टिकेन्द्र प्लेअर अफ दि म्याच समेत बने । चर्च ब्वाइजले अब विभागीय टोली त्रिभुवन आर्मी एफसीसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन।
Commentry
सडन डेथमा चर्च ब्वाइजले बाजी मारेको छ । एनआरटीले खेलमा अग्रता लिएपनि जोगाउन सकेन र अन्तिममा पराजित भयो ।
Commentry
एनआरटी माइकल मगर : another save by tikendra and Church boys win.  (चर्च ब्वाइज ६-५ एनआरटी)
Commentry
चर्च ब्वाइजका किपर टिकेन्द्र आफैँ आएका छन् । र गोल पनि हाने । (चर्च ब्वाइज ६-५ एनआरटी)
Commentry
एनआरटी रिचर्ड विल्सन :ohh another save here. टिकेन्द्रले पनि लगाचार सेभ गरेका छन् । (चर्च ब्वाइज ५-५ एनआरटी)
Commentry
चर्च ब्वाइज राज भुषाल : wow another save by bishal sunar. (चर्च ब्वाइज ५-५ एनआरटी) विशालले लगातार दुई पेनाल्टी बचाइसकेका छन् ।
Commentry
एनआरटी  जन्मजय : ohhh another save here. tikendra save. (चर्च ब्वाइज ५-५ एनआरटी)
Commentry
चर्च ब्वाइज सर्ज डिका : wow nice save by bishal (चर्च ब्वाइज ५-५ एनआरटी) । अब एनआरटीलाई राम्रो मौका छ खेल जित्ने ।
Commentry
एनआरटी राजिव लोप्चन : गोल (चर्च ब्वाइज ५-५ एनआरटी)
Commentry
चर्च ब्वाइज प्रशान्त लक्षम : गोल (चर्च ब्वाइज ५-४ एनआरटी)
Commentry
एनआरटी विशाल सुनार : गोल (चर्च ब्वाइज ४-४ एनआरटी) । सुरुवाती ५-५ पेनाल्टीमा दुवै टिमले ४-४ पेनाल्टी गोलमा परिणत गरे । अब खेल सडनडेथमा पुगेको छ ।
Commentry
चर्च ब्वाइज अबायोमी फाकुनले : गोल (चर्च ब्वाइज ४-३ एनआरटी)
Commentry
एनआरटी सुमित श्रेष्ठ : गोल (चर्च ब्वाइज ३-३ एनआरटी)
Commentry
चर्च ब्वाइज अकिन्स बाफोउर : गोल (चर्च ब्वाइज ३-२ एनआरटी)
Commentry
एनआरटी जय गुरुङ : गोल (चर्च ब्वाइज २-२ एनआरटी)
Commentry
चर्च ब्वाइज मिलन राई : गोल (चर्च ब्वाइज २-१ एनआरटी)
Commentry
एनआरटी अन्जन विष्ट : गोल (चर्च १-१ एनआरटी)
Commentry
चर्च ब्वाइज सकल रेग्मी : ohh another miss penalty. सकलको प्रहारबारमाथिबाट बाहिरिएको छ ।
Commentry
एन्जल महर्जन एनआरटी : ohhh!! Angel miss penalty. एन्जलको प्रहार बाहिरिएको छ ।
Commentry
पहिलो पेनाल्टी चर्च ब्वाइज । नविन लामा : गोल (चर्च ब्वाइज १)
Commentry
मैदानकाे दक्षिणी भागकाे पाेस्टमा पेनाल्टी सुटआउट हुँदैछ । रेफ्री गोलपोष्ट निरिक्षण गर्दैछन् । दुवै टोलीका किपरहरु तयारी अवस्थामा छन् । पहिलो पेनाल्टी चर्च ब्वाइजले हान्नेछ ।
Commentry
३० मिनेटको अतिरिक्त समयमा दुवैतर्फबाट गोल हुन सकेन । १२० मिनेटको खेल १-१ को बराबरीमा सकिएको छ । अब खेलको निर्णय पेनाल्टीसुटआउटबाट हुनेछ । कसले जित्ला ? अनुमान लगाउँदै गर्नुहोस् । हामी केही बेरमा ट्राई बेकर लिएर उपस्थित हुनेछौँ ।
Full Time
Full Time
120+4'
Commentry

चर्च ब्वाइजका अकिन्स केही समस्यामा छन् ।

120+2'
Commentry

एनआरटीका कप्तान अन्जन फेरि लडेका छन् । उनी विरुद्ध फल भइरहेको छ । एनआरटीले फ्रिकिक पाएको छ । ठिक भएर उठेक छन् अन्जन फ्रिकिक हान्न आफैँ तयार थिए । तर सहकर्मीलाई दिएका छन् । हेनरी पोकुको फ्रिकिक सिधै चर्च ब्वाइजका किपर टिकेन्द्रको हातमा ।

120'
Commentry

खेलको अतिरिक्त समयमको दोस्रो हाफको अन्त्यमा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ । यो समयमा गोल होला त? गोल नभए खेलमा पेनाल्टीसुटआउट हुनेछ ।

120'
Commentry

एनआरटीका कप्तान अन्जन विष्ट यहाँ समस्यामा देदिएका छन् । तर उनी केही बेरपछि आफैँ उठेर ठिक भएको संकेत गरेका छन् ।

substitute खेलाडी परिवर्तन 118'

118'
Commentry

एनआरटीका खेलाडी समस्यामा देखिएका छन् । उनका लागि मैदानमा स्ट्रेचर पनि मगाइएको थियो । तर उनी मैदानको छेउमा रहेकोले स्ट्रेचर बिना मैदान बाहिर आएका छन् ।

Commentry
सरोज तामाङको कप्तानीमा रहेको एनआरटीको अर्को टोली २५औं बुढासुब्बा गोल्डकपको फाइनल पुगेको छ । दोस्रो सेमिफाइनलमा साविक विजेता एनआरटीले युकेएफसीलाई ३-१ ले पराजित गरेको हो । अब एनआरटीले उपाधिका लागि आउने शनिवार चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ ।
114'
Commentry

चर्च ब्वाइजलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

Commentry
अतिरिक्त समयम सम्म पुग्दा दुवै टोलीका खेलाडीहरु थपिक देखिएका छन् । दुई प्रतियोगिता एकसाथ खेल्दा र ट्राभल गर्दा खेलाडीहरुमा थकान देखिएको छ ।
112'
Commentry

चर्च ब्वाइजका मिलन राईले एनआरटीका दुई खेलाडीको बिचबाट हानेको प्रहार सेकेण्ड बार छेउ हुँदै बाहिर गयो ।

111'
Commentry

अन्जनले फ्रिकिक सिधै पोष्टमा प्रहार गरे । चर्च ब्वाइजका किपर टिकेन्द्रले पन्च गर्दै संकट टारे ।

110'
फ्री किक

फ्री किक

अन्जन विष्टलाई चर्च ब्वाइजका खेलाडीले फल गरेपछि एनआरटीले बक्सको एजमा फ्रिकिक पाएको छ ।

109'
फ्री किक

फ्री किक

एनआरटीलाई फ्रिकिक ।

Commentry
अतिरिक्त समयमको दोस्रो हाफ सुरु भएको छ । अब १५ मिनेटमा पनि थप गोल नभएमा खेल पेनाल्टीसुटआउटमा जानेछ ।
Second Half Time
Extra Time Second Half Kick Off
Commentry
अतिरिक्त समयको पहिलो हाफमा कुनै गोल भएन । अब अतिरिक्त समयको दोस्रो हाफ सुरु हुनेछ ।
Half Time
Extra Time Half Time
105'
Commentry

अतिरिक्त समयको पहिलो हाफको अन्त्यमा २ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

104'
Commentry

चर्च ब्वाइजका राज भुषालको कर्नर एनआरटीका खेलाडीले क्लियर गरेका छन् ।

103'
corner

कर्नर किक

चर्च ब्वाइजका मनोज राईले लामो थ्रो हानेका थिए । बल एनआरटीका खेलाडी क्लियर गर्ने क्रममा बाहिर गएको छ । चर्च ब्वाइजलाई कर्नर ।

103'
फ्री किक

फ्री किक

चर्च ब्वाइजलाई फ्रिकिक ।

101'
Commentry

अबायोमीको सानदार एक्रोब्याटिक सट । तर फ्रेममा पर्न सकेन । त्यसपछि बक्समा राज भुषालले मुस्किलले बल भेटेपनि प्रहार गर्न सकेनन् ।

98'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर ।

98'
Commentry

चर्च ब्वाइजको लागि यहाँ निकै राम्रो अवसर हुन सक्थ्यो । तर मिलन राईले हानेको प्रहार एनआरटीका किपर विशाल सुनारले बचाए । बल पोष्ट बाहिर गएपछि चर्च ब्वाइजले कर्नर पाएको छ ।

Commentry
अतिरिक्त समयमको खेलको पहिलो हाफमा दुवै टोलीले खासै अवसर बनाउन सकेका छैनन् ।
Commentry
अतिरिक्त सममया कुनै टिमले गोल गर्ला?
92'
फ्री किक

फ्री किक

चर्च ब्वाइजले आफ्नो क्षेत्रमा फ्रिकिक पाएको छ ।

Kick Off
Extra Time Kick Start
Commentry
अतिरिक्त समयमको खेल सुरु हुन लागेको छ । जहाँ १५-१५ मिनेटको खेल हुनेछ ।
Commentry
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएको छ । पहिलो हाफमा पछि परेको चर्च ब्वाइजले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । अब ३० मिनेटको अतिरिक्त समयम थप गरिनेछ । त्यसमा पनि गोल हुन नसके खेलाडी पेनाल्टीसुटआउटमा जानेछ ।
Full Time
Regular Full Time
90+3'
Commentry

एनआरटीका हेनरी पोकु केही समस्यामा छन् ।

90+1'
Commentry

दोस्रो हाफमा मैदान प्रवेश गरेका राज भुषालले आज राम्रा अवसर पाएपनि सदुपयोग गर्न सकेका छैनन् ।

90'
Commentry

दोस्रो हाफको अन्त्यमा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ । खेल १-१ को बराबरीमा चलिरहेको छ । अब इन्जुरी टाइममा पनि कुनै गोल नभए अतिरिक्त समय थप गरिनेछ ।

88'
Commentry

चर्च ब्वाइजका प्रशान्त लक्षमले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार फ्रेममा पर्न सकेन ।

87'
Commentry

एनआरटीका गोलकिपर विशाल सुनार आफैँ पेनाल्टी बक्स बाहिर आएर बल क्लियर गरेका छन् ।

substitute खेलाडी परिवर्तन 86'

85'
Commentry

ohh!!! चर्च ब्वाइजले अर्को चान्स मिस गरेको छ । मिलन राईको पासमा राज भुषालले हानेको प्रहार सिधै एनआरटीका गोलकिपर विशाल सुनारको हातमा ।

84'
offside

अफ साइड

एनआरटीका अन्जन अफसाइड भएका छन् ।

82'
Commentry

एनआरटीका हेनरी पोकुले सिधै चर्च ब्वाइजको पोष्टमा प्रहार गरेका थिए । तर बल सिधै किपर टिकेन्द्रको हातमा । उनले सहजै बचाए ।

81'
फ्री किक

फ्री किक

एनआरटीलाई फ्रिकिक । जय गुरुङ फ्रिकिक हान्ने तयारीमा थिए । तर उनले हेनरी पोकुलाई प्रिकिक हान्न दिए ।

79'
Commentry

चर्च ब्वाइजलाई राम्रो अवसर । तर राज भुषालले सदुपयोग गर्न सकेनन् । उनले नवनि लामालाई पास दिए । अनलमार्क रहेका नविनको प्रहार सिधै एनआरटीका किपर विशाल सुनारको हातमा । चर्च ब्वाइजले अर्को अवसर गुमाएको छ ।

76'
Commentry

मैदान बाहिर गएका मनिष जर्घा मगर ठिक भएर मैदान भित्र आएका छन् । जुन चर्च ब्वाइजका लागि राम्रो संकेत हो ।

74'
corner

कर्नर किक

चर्च ब्वाइजका लागि कर्नर । नविन लामाको कर्नरमा कप्तान सर्ज डिकाले बक्सबाट हानेको हेडर फ्रेममा पर्न सकेन । डिका आफैँ निराश छन् ।

74'
Commentry

चर्च ब्वाइज अहिले १० खेलाडीमा रहेर खेलिरहेको छ ।

73'
Commentry

चर्च ब्वाइजका खेलाडी मनिष जर्घा मगर केही समस्यामा छन् ।उनलाई स्ट्रेचरमै राखेर मैदान बाहिर थप उपचारका लगिएको छ ।

72'
Commentry

नेपाली फुटबलकै वर्तमान समयमा स्टार खेलाडी अन्जन विष्ट, जो राष्ट्रिय टिमका लागि संयुक्त रुपमा सर्वाधिक गोलकर्ता हुन् । उनी खेल्दा पनि दर्शक भने न्युन उपस्थित छन् ।

Commentry
चर्च ब्वाइज र एनआरटी अहिले एकै साथ मवफसलका दुई चर्चित प्रतियोगिता आहारारा पोखरा गोल्डकप र बुढासुब्बा गोल्डकप खेलिरहेको छ । यसरी एकै टिमले दुई प्रतियोगिता एकसाथ खेल्नु कति जायज होला? ए डिभिजन लिग नहुँदा मोफसलकै गोल्डकपहरुले नै नेपाली फुटबल धानेको छ । एकै खेलाडी हरेक गोल्डकप जस्तोमा फरक -फरक टिमबाट खेलिरहेका छन् । लिग नहुँदा पनि खेलाडी कुन क्लबबाट खेल्ने टुङ्गो छैन ।
68'
फ्री किक

फ्री किक

चर्च ब्वाइजलाई सेन्टर भागमा फ्रिकिक प्राप्त भएको छ ।

63'
Goal
Church Boys United - Nabin Lama
GOAL !

Goal!! चर्च ब्वाइजले बराबरी गोल फर्काएको छ । नविन लामाले पेनाल्टीमा कुनै गल्ती गरेनन् । उनले सहजै गोल गरे ।

substitute खेलाडी परिवर्तन 63'

Raj Bhusal Midfielder
63'
penalty

पेनाल्टी

चर्च ब्वाइजलाई पेनाल्टी ।

60'
Commentry

नविन लामाको कर्नर एनआरटीका खेलाडीले सहजै क्लियर गरे ।

60'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर ।

substitute खेलाडी परिवर्तन 59'

58'
Commentry

चर्च ब्वाइजलाई राम्रो अवसर । मनिष जर्घा मगरको क्रसमा बक्समा मिलन राईले हेड हानेका थिए । तर टार्गेटमा रहन सकेन । चर्च ब्वाइजका लागि अवसर गुमेको छ ।

56'
corner

कर्नर किक

एनआरटीलाई कर्नर ।

55'
Commentry

मैदान बाहिर आएका कृतिश रत्न छुन्जु सामान्य उपचार पछि मैदान प्रवेश गरेका छन् ।

54'
Commentry

एनआरटीका जन्मजय धामीको क्रसमा कप्तान अन्जन विष्टको हेडर पोष्टको दिशा लिन सकेन ।

52'
Commentry

एनआरटीका खेलाडी कृतिश रत्न छुन्जु केही समस्यामा देखिएका छन् ।

Commentry
एनआरटीको अर्को टिम अहिले धरानमा जारी २५औं बुढासुब्बाको सेमिफाइनल खेलिरहेको छ । एनआरटी र युकेएफसीबीचको खेलको पहिलो हाफ १-१ को बराबरीमा चलिरहेको छ ।
48'
फ्री किक

फ्री किक

चर्च ब्वाइजलाई फ्रिकिक ।

46'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर ।

Second Half Time
Second Half Kick Off
Commentry
रिचर्ड विल्सनको गोलमार्फत पहिलो हाफमा एनआरटीले अग्रता लिएको छ । पहिलो हाफमा दुवै टोलीले पोष्टमा धेरै आक्रमण गर्न सकेनन् । दुवै टिमले केही अवसर पाएपनि फिनिसिङ चुस्त हुन सकेन । अब दोस्रो हाफमा चर्च ब्वाइजले बराबरी गोल फर्काउला वा एनआरटीले गोल थप्ला? हामीसँगै रहनुहोला केही समयको ब्रेकपछि लाइभ अपडेट लिएर आउनेछौँ ।
Half Time
Half Time
45+3'
corner

कर्नर किक

एनआरटीलाई कर्नर ।

45+2'
फ्री किक

फ्री किक

चर्च ब्वाइजलाई फ्रिकिक ।

45+2'
फ्री किक

फ्री किक

चर्च ब्वाइजलाई फ्रिकिक ।

45+1'
Commentry

अग्रता दोब्बर पार्ने प्रयासमा एनआरटी । रिचर्ड विल्सन बल अघि बढाउँदै विपक्षीको पेनाल्टी बक्समा थिए । तर चर्च ब्वाइजमा किपर टिकेन्द्रले बचाए ।

45'
Commentry

पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

42'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर ।

41'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर ।

41'
Commentry

चर्च ब्वाइजका मनोज रनई लामो थ्रो गर्ने प्रयासमा छन् । एनआरटीका हेनरी पोकु केही समस्यामा हुँदा थ्रो गर्न ढिलाई भएको छ । सिधै पोष्टमा थ्रो । तर एनआरटीका खेलाडीले हेड मार्फत क्लियर गरेका छन् ।

40'
फ्री किक

फ्री किक

चर्च ब्वाइजलाई फ्रिकिक ।

40'
फ्री किक

फ्री किक

एनआरटीलाई फ्रिकिक ।

Commentry
अग्रता लिएपछि एनआरटीले खासै गोलको मुभ बनाउन सकेको छैन । चर्च ब्वाइज भने बराबरी गोल फर्काउने प्रयास गरिरहेको छ ।
38'
Commentry

चर्च ब्वाइजका नविन लामाले करिब २५ यार्डबाट हानेको फ्रिकिक बार भन्दा माथिबाट बाहिरियो ।

38'
Commentry

चर्च ब्वाइजका नविन लामाले करिब २५ यार्डबाट हानेको फ्रिकिक बार भन्दा माथिबाट बाहिरियो ।

37'
फ्री किक

फ्री किक

चर्च ब्वाइजलाई राम्रो स्थानमा फ्रिकिक ।

31'
Commentry

मिलन राईले करिब ३५ यार्ड टाढाबाट हानेको फ्रिकिक पोष्टको फ्रेममा पर्न सकेन ।

30'
फ्री किक

फ्री किक

चर्च ब्वाइजलाई फ्रिकिक ।

29'
Commentry

चर्च ब्वाइजका अबायोमीको हेडरले पोष्टको दिशा लिन सकेन । चर्च ब्वाइज बराबरी गोल फर्काउने प्रयासमा छ ।

28'
फ्री किक

फ्री किक

एनआरटीलाई आफ्नो क्षेत्रमा फ्रिकिक ।

25'
Goal
NRT - Richard Wilson
GOAL !

Goall!! एनआरटीले अग्रता लिएको छ । रिचर्ड विल्सले गोल गरेका हुन् । कृतिश रत्न छुन्जुले बक्स भित्रबाट हानेको प्रहार चर्च ब्वाइजका किपर टिकेन्द्रले रोकेका थिए । तर पूर्ण रुपमा क्लियर नभएको बललाई विल्सनले ट्याप इन गर्दै गोलमा परिणत गरे ।

23'
Commentry

चर्च ब्वाइजका अबायोमी केही समस्यामा देखिएका छन् । उनलाई मैदान बाहिर ल्याइएको छ ।

23'
फ्री किक

फ्री किक

एनबरटीका एन्जल महर्जनले सिधै पोष्टमा फ्रिकिक प्रहार गरेका थिए । तर चर्च ब्वाइजका किपर टिकेन्द्रले डाइभिङ गर्दै बचाउ गरे ।

22'
पहेंलो कार्ड

पहेंलो कार्ड

चर्च ब्वाइजमा मनोज राईलाई पहेँलो कार्ड ।

Commentry
एनआरटीका केही खेलाडीहरु धरानमा खेलेर आएकोले पनि पोखरामा सोचे अनुसार खेल्न सकेका छैनन् । पहिलो रोजाईँका केही खेलाडीहरु नभएपनि ४ विदेशी खेलाडीको साथमा चर्च ब्वाइजले एनआरटीलाई टक्कर दिइरहेको छ ।
14'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर ।

9'
Commentry

चर्च ब्वाइज मुभ बनाइरहेको छ । यस पटक अबायोमी फाकुनलेले बायाँ भागबाट अगाडि बढाउँदै डेड लाइनबाट उत्कृष्ट क्रस निकालेका थिए । तर नविन लामाको प्रहार एनआरटीका किपर विशालले बचाए ।

7'
Commentry

चर्च ब्वाइजलाई यहाँ राम्रो अवसर । तर मिलन राईले पेनाल्टी बक्सको एजबाट हानेको भली बार भन्दा धेरै माथिबाट बाहिरियो । चर्च ब्वाइजले अवसर गुमाएको छ ।

6'
Commentry

एनआरटीका रिचर्ड विल्सनको हेडर । सिधै चर्च ब्वाइजका किपर टिकेन्द्रको हातमा । टिकेन्द्रलाई कुनै मुस्किल भएन ।

1'
offside

अफ साइड

पहिलो मिनेटमै एनआरटीका खेलाडी अफसाइड ।

Kick Off
Kick Start
Commentry
फिफा धुनसँगै दुवै टोलीका खेलाडी मैदान प्रवेश गरेका छन् । एनआरटी हरियो र चर्च ब्वाइज सेतो जर्सी लगाएर खेल्दैछ ।
Commentry
चर्च ब्वाइजको पहिलो रोजाईँको टिम धरानमा रहेकोले विदेशी खेलाडी सर्ज डिकाले आहारारा गोल्डकपका टिमको कप्तानी गर्दैछन् ।  यस टिममा राष्ट्रिय टिमबाट खेलिसकेका नविन लामा र राष्ट्रिय टिममा समावेश भइसककेा गोलकिपर टिकेन्द्र सिंह थापा छन् । चर्च ब्वाइजले कप्तान डिकासहित  अकिन्स बाफोउर, इजरायल डोकु र अबायोमी ओलुवासेउन फाकुन्ले गरी ४ विदेशी खेलाडीलाई पहिलो रोजाईँमा खेलाएको छ ।
Commentry
अन्जनको कप्तानी रहेको एनआरटीका गोलकिपर विशाल सुनार, सुमित श्रेष्ठ, जय गुरुङ, कृतिश रत्न छुन्चु, जन्म जय धामी, शिशिर लेखी जस्ता खेलाडी छन् । रिचर्ड विल्सन र हेनरी धेनेबु पोकु दुई विदेशी खेलाडी पहिलो रोजाईँमा खेल्दैछन् ।
Commentry
एनआरटीको दुई टोली आज एक दिन मोफसलको दुई चर्चित फुटबल प्रतियोगिता खेल्दैछ । अन्जन विष्टको कप्तानीमा पोखरामा आहारारा पोखरा गोल्डकप खेल्न लागेको एनआरटी बुढासुब्बा गोल्डकपमा आज युकेएफसीसँग सेमिफाइनल खेल्दैछ । त्यहाँ सरोज तामाङले एनआरटीको कप्तानी गर्दैछन् । यसैगरी चर्च ब्वाइज पनि धरानमा बुढासुब्बा गोल्डकप खेलिरहेको छ । अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजको पहिलो रोजाईँको टोली बुढासुब्बा गोल्डकपको फाइनलमा पुगिसकेको छ ।
Commentry
एनआरटी र चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपमा प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो । पछिल्लो दुई संस्करणमा चर्च ब्वाइजले सहभागिता जनाउँदा एनआरटी सहभागि भएको थिएन । एनआरटी भने दशकपछि आहारारा पोखरा गोल्डकपमा पुनरागमन गर्दैछ । २३औं संस्करणमा चर्च ब्वाइज सेमिफाइनलमाबाट बाहिरिएको थियो ।
Commentry
नमस्कार । मोफसलकै प्रतिष्ठित आहारारा पोखरा गोल्डकपको २४औं संस्करणको अनलाइन लाइभ अपडेटको तेस्रो दिनमा स्वागत छ । प्रतियोगिताको तेस्रो प्रिक्वाटरफाइनल खेलमा आज न्युरवड टिम (एनआरटी) र ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

Top Scorer

AAHA RARA Pokhara Gold Cup 
2025
Matches 3
Score 3
Matches 2
Score 2
Matches 3
Score 2
Aditya Shakya Lalitpur City FC
Matches 2
Score 1
Matches 1
Score 1
Nabin Lama Lalitpur City FC
Matches 1
Score 1
Ujjwol Rai Jhapa FC
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1

Recent Results

२०८१ माघ २२, मंगलबार
SCP
0 - 1
NPC
२०८१ माघ २३, बुधबार
APF
0 - 2
MFC
२०८१ माघ २४, बिहीबार
NRT
1 - 1
CBU
२०८१ माघ २५, शुक्रबार
TNU
3 - 1
SFC
२०८१ माघ २६, शनिबार
0 - 2
NPC

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Arik Bista Midfielder
Butwal Lumbini FC