+
+

Church Boys United vs Tribhuwan Army FC

२०८१ माघ २८, सोमबार
Church Boys United
Church Boys United
Raj Bhusal(89)
1 - 0 Full Time
TribhuwanArmy Club
TribhuwanArmy Club
Church Boys defeated TAFC by 1-0 & enter the SF
Pokhara Rangashala
लाइभ अपडेट लाइन-अप
Commentry
२४औं संस्करणको आहारारा पोखरा गोल्डकपको तेस्रो क्वाटरफाइनलको लाइभ अपडेटबाट म गोविन्दराज नेपालसहित अनलाइनखबर युनिट आजलाई बिदा माग्दछौँ । भोली हुने भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । धन्यवाद।
Commentry
प्लेअर अफ दि म्याच : मिलन राई (चर्च ब्वाइज युनाइटेड)
Commentry
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका राज भुषालले अन्तिम सममया गरेको निर्णायक गोलमा साविक विजेता त्रिभुवन आर्मी एफसीलाई पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल प्रवेश गरेको छ । चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिससँग पहिलो सेमिफाइनल खेल्नेछ ।
Full Time
Full Time
90+6'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर ।

45+3'
फ्री किक

फ्री किक

आर्मीलाई फ्रिकिक । जर्ज प्रिन्सको प्रहार सिधै चर्च ब्वाइजका किपर टिकेन्द्रको हातमा ।

90'
Commentry

दोस्रो हाफको अन्त्यमा ५ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

89'
Goal
Church Boys United - Raj Bhusal
GOAL !

Goal!! चर्च ब्वाइजले डेड लक तोडेको छ । निर्धारित समयम सकिन एक मिनेट अगाडि राज भुषालले गोल गर्दै अग्रता दिलाएका छन् । नविन लामाको कर्नरमा राजले हेड मार्फत गोल गरे । आर्मीका किपर विकेश र डिफेण्डरले कुनै अवसर नै पाएनन् ।

89'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर ।यो मौका बन्न सक्छ ।

Commentry
खेलमा अब निर्धारित समयमको ५ मिनेट मात्र बाँकी छ । दुवै टोलीबाट गोल हुन सकेको छैन । निर्धारित समयमा गोल नभए खेलमा ३० मिनेट अतिरिक्त समय थप गरिनेछ ।
Commentry
मैदानमा दाजुभाई । आर्मीका जर्ज प्रिन्स कार्की निराजन धामीको स्थानमा मैदान प्रवेश गरेपछि कप्तान जिलेस्पी जंग कार्कीले आर्मब्याण्ड आफ्नो दाईलाई दिएका छन् । साथै जिलेस्पीले आफ्नो दाईको पाउ समेत छोएका छन् ।

substitute खेलाडी परिवर्तन 81'

78'
Commentry

आर्मीका गोलकिपर विकेश कुथु यहाँ केही समस्यामा देखिएका छन् । उनलाई मैदानमै मेडिकल ट्रिटमेन्ट दिइएको छ ।

77'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर ।

76'
offside

अफ साइड

चर्च ब्वाइजलाई अवसर । तर यहाँ अफसाइड । समिरको प्रहार गोल भएपनि असिस्ट्यन्ट रेफ्रीले अफसाइड झण्ड उठाए ।

74'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर ।

64'
corner

कर्नर किक

आर्मीलाई कर्नर ।

61'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर । नविन लामाको कर्नरमा अकिन्स हेड हानेका थिए । तर बल फ्रेममा पर्न सकेन ।

substitute खेलाडी परिवर्तन 60'

57'
Commentry

अवसर बनाउँदै चर्च ब्वाइज । राज भुषालको पासमा मिलन राईको हेडर पोष्टमा लागेर फर्कियो । त्यसपछि आर्मीका किपर विकेशलाई लाग्दै बल रोकियो ।

Commentry
दोस्रो हाफको सुरुवाती ५ मिनेटमै दुवै टोलीले गोल गर्ने राम्रो अवसर पाएका थिए । तर फिनिसिङ हुन नसक्दा अग्रता लिने अवसर गुमाएका छन् ।
53'
Commentry

आर्मीका दिशान्त राईको प्रहार चर्च ब्वाइजका किपर टिकेन्द्रले बचाएका थिए । खतरा टरेको छ ।

50'
Commentry

आर्मीका दिनेश हेन्जनले हानेको फ्रिकिकले चर्च ब्वाइजको 'वाल' पार गर्न सकेन ।

49'
फ्री किक

फ्री किक

आर्मीलाई अट्याकिङ एरियामा फ्रिकिक ।

48'
Commentry

ohh!! whata a miss चर्च ब्वाइजले गोल गर्ने सुन्दर अवसर गुमाएको छ । चर्च ब्वाइज टु भर्सेस वानको स्थितीमा थियो ।  अबायोमी फाकुनलेलेल दायाँ भागबाट दिएको क्रसमा अनमार्क रहेका समिरको प्रहा फितलो रह्यो । उनको प्रहार पोष्ट भन्दा बाहिर गयो ।

48'
Commentry

आर्मीले राम्रो अवसर गुमाएको छ । कप्तान जिलेस्पीले दायाँ भागबाट दिएको क्रसलाई निराजधान धामीले हेड हान्ने प्रयास गरेका थिए । उनले छोएको बल दिशान्तले भेट । दिशान्तको प्रहार चर्च ब्वाइजका किपर टिकेन्द्रले बचाए ।

Second Half Time
Second Half Kick Off
Commentry
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले गोल गर्ने केही अवसर पाए पनि फिनिसिङ राम्रो हुन सकेन । केही बेरको ब्रेकपछि हामी दोस्रो हाफको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ ।
Half Time
Half Time
45+2'
फ्री किक

फ्री किक

चर्च ब्वाइजलाई अट्याकिङ एरियामा फ्रिकिक ।

45'
Commentry

पहिलो हाफको अन्त्यमा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

40'
Commentry

आर्मी अवसर बनाउँदै । दिनेश हेन्जनले बायाँ भागबाट विपक्षीको बक्समा क्रस गरेका थिए । तर टिममेटले भेटाउन सकेनन् । चर्च ब्वाइजका किपर टिकेन्द्रले बचाउ गरे ।

37'
Commentry

आर्मीका दिनेश हेन्जनको फ्रिकिकलाई विपक्षीको बक्समा रहेका टिममेटले सदुपयोग गर्न सकेनन् ।

36'
फ्री किक

फ्री किक

आर्मीलाई अट्याकिङ एरियामा फ्रिकिक । चर्च ब्वाइजका अकिन्स खुशी छैनन् । उनी रेफ्रीसँग प्रतिवाद गर्दैछन् । तर रेफ्री नविन महर्जनले आर्मीलाई फ्रिकिक दिएका छन् ।

substitute खेलाडी परिवर्तन 35'

Anil Bomjan Midfielder
Fatteman Ghale Midfielder

substitute खेलाडी परिवर्तन 35'

Dishant Rai Midfielder
33'
Commentry

आर्मी दुई खेलाडी परिवर्तनको तयारीमा छ ।

Commentry
सुरुको आधा घण्टाको खेल सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन्  । दुवैले केही अवसर सिर्जना गरेपनि फिनिसिङ हुन सकेको छैन । धेरै खेलाडीहरुमा इन्जुरी कन्सर्न देखिएको छ ।
30'
Commentry

आर्मीको लगातार आक्रमण । कप्तान जिलेस्पीको पासमा दिनेश हेन्जनको प्रहार टार्गेटमा पर्न सकेन ।

29'
फ्री किक

फ्री किक

आर्मीलाई अट्याकिङ एरियामा फ्रिकिक । दिनेश हेन्जनको फ्रिकिकमा निराजन धामीले बक्सबाट हेडर गरेको थिए । तर बल बारको थोरैमाथिबाट बाहिरियो ।

28'
फ्री किक

फ्री किक

चर्च ब्वाइजलाई सेन्टर भागमा फ्रिकिक ।

26'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर । नविन लामाको फ्रिकिक रोक्ने क्रममा आर्मीका खेलाडीले बल बाहिर पुर्‍याएपछि चर्च ब्वाइजलाई कर्नर ।  चर्च ब्वाइझका अबायोमीले बल भेट्न सकेनन् ।

26'
फ्री किक

फ्री किक

चर्च ब्वाइजलाई अट्याकिङ एरियामा फ्रिकिक ।

substitute खेलाडी परिवर्तन 25'

Raj Bhusal Midfielder
Rohan karki Midfielder
23'
फ्री किक

फ्री किक

चर्च ब्वाइजलाई अट्याकिङ एरियामा फ्रिकिक । नविन लामाको फ्रिकिकमा मिलन राईले बक्समा पुगेर हेड गरेका थिए तर बल फ्रेममा पर्न सकेन ।

23'
Commentry

चर्च ब्वाइज दश खेलाडीमा खेलिरहेको छ । रोहन कार्की अझै मैदान बाहिर उपचार गराइरहेका छन् । रोहन ठिक देखिएका छैनन् । उनलाई परिवर्तन गर्ने तयारी भइरहेको छ ।

21'
Commentry

ohh!!! आर्मीङ्का कप्तान जिलेस्पीको पासमा दिनेश हेन्जनको हेडर । चर्च ब्वाइजका किपर टिकेन्द्रले गोललाइनबाट बचाए । टिकेन्द्र पोष्ट भन्दा भित्र पुगेपनि उनले हात र बललाई अगाडि नै राखेका थिए ।

Commentry
खेलाडीहरु लगातार सम्यामा देखिएका छन् । लगातार जसो नकआउट प्रतियोगिता खेल्दा खेलाडीमा चोट देखिन चालेको छ । चर्च ब्वाइजका रोहन कार्कीलाई मैदान बाहिर ल्याएर ट्रिटमेन्ट गरिँदैछ ।
13'
corner

कर्नर किक

चर्च ब्वाइजलाई कर्नर ।

11'
Commentry

चर्च ब्वाइजका समिरले बायाँ भागबाट हानेको प्रहार सिधै आर्मीका किपर विकेशको हातमा । विकशले सहजै बचाए ।

8'
Commentry

चर्च ब्वाइजले राम्रो अवसर गुमाएको छ । मिलन राईले बायाँ भागबा६ दिएको क्रसमा अबायोमी फाकुनलेले बक्सबाट हानेको प्रहार पोष्ट बाहिर गयो ।

6'
corner

कर्नर किक

आर्मीलाई कर्नर । दिनेश हेन्जनको कर्नरलाई चर्च ब्वाइजका अकिन्सले क्लियर गरे ।

5'
Commentry

चर्च ब्वाइजका नविन लामाले हानेको फ्रिकिक सदुपयोग भएन ।

4'
फ्री किक

फ्री किक

चर्च ब्वाइजलाई फ्रिकिक ।

Kick Off
Kick Start
Commentry
फिफाको धुनसँगै दुवै टोलीका खेलाडीहरु मैदान प्रवेश गरिसकेका छन् । चर्च ब्वाइज सेतो र त्रिभुवन आर्मी हरियो जर्सी लगाएर खेल्दैछन् ।
Commentry
चर्च ब्वाइज प्लेइङ ११ : टिकेन्द्र, डिका, अकिन्स, गौरव, मनोज, रोहन, नविन, मनिष, मिलन, अबायोमी, समिर त्रिभुवन आर्मी प्लेइङ ११ : विकेश, विमल, आयुष, भरत, आभिष्कार, निरज, कुन्साङ, फत्तेमान, दिनेश, निराजन, जिलेस्पी
Commentry
उता चर्च ब्वाइजको कप्तानी विदेशी खेलाडी सर्ज डिकाले नै गर्नेछन् । चर्च ब्वाइजले दुई टिम बनाएर धरानमा बुढासुब्बा र पोखरामा आहारारा पोखरा गोल्डकप एकै पटक खेलेको थियो । सर्ज डिकाकै कप्तानीमा चर्च ब्वाइजले एनआरटीलाई पोखरामा हराएको थियो । तर अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइज भने त्यही एनआरटीसँग बुढासुब्बाको फाइनलमा पराजित भयो । बुढासुब्बामा खेलेका समिर तामाङ र रोहन कार्की पहिलो रोजाईँमा खेल्दैछन् ।
Commentry
राष्ट्रिय टिमका फरवार्ड समेत रहेका जिलेस्पी जंग कार्कीको कप्तानीमा आर्मीले खेल्दैछ । टिममा विकेश कुथु, नवयुग श्रेष्ठ, दिनेश हेन्जन, विमल पाण्डे जस्ता राष्ट्रिय टिमका अनुभव भएका खेलाडीहरु छन् । यस्तै केही समयअघि मात्रै राष्ट्रिय टिममा डेब्यु गरेका निराजन धामी पनि आर्मीबाट खेल्दैछन् भने जिलेस्पीका दाई जर्ज प्रिन्स पनि यस पटक टिममा फर्किएका छन् ।
Commentry
यी दुई टोली लगातार दोस्रो वर्ष आहारारा पोखरा गोल्डकपमा खेल्न लागेका हुन् । गत वर्ष भएको २३औं संस्करणको सेमिफाइनलमा आर्मी र चर्च ब्वाइज भिडेका थिए जहाँ चर्च ब्वाइजलाई २-१ ले हराएर आर्मी फाइनल पुगेको थियो । यस पटक आर्मीले पहिलो प्रतिद्वन्दीमै चर्च ब्वाइजलाई पाएको हो ।
Commentry
ए डिभिजन लिगको विजेता चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई सडनडेथमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । गत वर्षको विजेता आर्मी भने बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । आर्मीले गत वर्ष फाइनलमा थ्री स्टारलाई हराएर उपाधि जितेको थियो ।
Commentry
खेल पोखरा रंगशालमा २:३० बजे सुरु हुनेछ । हामी खेलको अपडेटसहित सम्पूर्ण जानकारीहरु दिँदै जानेछौँ ।
Commentry
नमस्कार । मोफसलकै प्रतिष्ठित आहारारा पोखरा गोल्डकपको २४औं संस्करणको अनलाइन लाइभ अपडेटको सातौं दिनमा स्वागत छ । आज प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड र साविक विजेता त्रिभुवन आर्मी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

Top Scorer

AAHA RARA Pokhara Gold Cup 
2025
Matches 3
Score 3
Matches 2
Score 2
Matches 3
Score 2
Aditya Shakya Lalitpur City FC
Matches 2
Score 1
Matches 1
Score 1
Nabin Lama Lalitpur City FC
Matches 1
Score 1
Ujjwol Rai Jhapa FC
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1

Recent Results

२०८१ माघ २२, मंगलबार
SCP
0 - 1
NPC
२०८१ माघ २३, बुधबार
APF
0 - 2
MFC
२०८१ माघ २४, बिहीबार
NRT
1 - 1
CBU
२०८१ माघ २५, शुक्रबार
TNU
3 - 1
SFC
२०८१ माघ २६, शनिबार
0 - 2
NPC

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Aayush Ghalan Midfielder
Pokhara Thunders