Kathmandu Vs Chitwan

Kathmandu Rayzrs FC

FC Chitwan




Full Time
खेलाडी परिवर्तन
90+3'


काठमाडौंले इन्जुरी टाइमा खेल बराबरी गरेको छ । जुनियर एनकेनगुएले बक्सको थोरै भित्रबाट गोल गरे ।

खेलको अन्त्यमा ५ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
खेलाडी परिवर्तन
89'


नवयुग मैदान प्रवेश गर्ने बित्तिकै गोल भएको छ । नवयुगले दायाँ भागबाट दिएको क्रसलाई पेनाल्टी बक्समा रहेका विमलले प्रहार गरेका थिए । उनको प्रहार काठमाडौंका कोमिलोभको खुट्टामा लाग्दै गोल भएको हो ( रुमा यो गोल विमलको भनिए पनि पछि एनएसएलको प्राविधिक समितिले आत्मघाती गोलको मान्यता दिएको हो ।)। गोलपछि चितवनका कप्तान तथा मार्की प्लेयर विशाल श्रेष्ठको खुसी । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
खेलाडी परिवर्तन
85'


खेलाडी परिवर्तन
84'


कर्नर किक
काठमाडौंलाई लगातार दुई कर्नर । कुलदिपको प्रहार चितवनका युसुफ मुबारिकले बाहिर फालेपछि काठमाडौंले कर्नर पाएको हो । कोमिलोभको हानेको कर्नर चितवनका खेलाडीले क्लियर गर्ने क्रममा बाहिर गयो । फेरी पाएको कर्नरमा कोमिलोभको सर्ट कर्नर पास राजिव लोप्चनलाई । राजिवले हानेको प्रहार चितवनका डिफेण्डरले बचाए ।

चितवनका विमलले दायाँ भागबाट हानेको प्रहार सेकेण्ड बार नजिकबाट बाहिरियो ।

काठमाडौंको कुलिदप कार्कीको लङ पासमा राजिव लोप्चनले बक्स भित्रबाट हानेको डाइभिङ हेडर चितवनका किपर विशाल श्रेष्ठले बचाए । रेफ्री द्वारा अफसाइडको संकेत ।
फ्री किक
चितवनलाई फ्रिकिक । अक्वाहले छोटो फ्रिकिक हानेका थिए ।त्यसमा विमल घर्ती मगरले हल्का टस गरेका थिए । रफिक अमिनुले बक्सभित्रबाट हान्ने प्रयास गरेपनि सफल हुन सकेनन् ।

चितवनका रफिक अमिनुले बक्स भित्रबाट बल क्रस गरेका थिए । तर क्रस लिन त्यहाँ कुनै खेलाडी भएनन् ।
कर्नर किक
चितवनलाई कर्नर । टोरिक जेबरिनले हानेको कर्नर काठमाडौंका खेलाडीले सहजै क्लियर गरे । कुनै खतरा भएन ।


काठमाडौंका कुलदिप कार्कीले दायाँ कर्नरबाट क्रस गरेका थिए । तर बक्समा काठमाडौंका कोही खेलाडीले बल भेट्न सकेनन् । कप्तान हिसुब भन्दा बल धेरै उता पुग्यो ।
पहेंलो कार्ड
काठमाडौंका आन्द्रेस नियालाई पहेँलो कार्ड ।
कर्नर किक
काठमाडौंलाई कर्नर ।

चितवनका रफिक अमिनुले बक्सको भित्रबाट हानेको प्रहार पोष्टको दिशा लिन सकेन ।
पहेंलो कार्ड
चितवनका एकराज बुढाथोकीलाई लडाएपछि काठमाडौंका कप्तान हिसुबलाई पहेँलो कार्ड ।
खेलाडी परिवर्तन
46'


Second Half Kick Off
Half Time

पहिलो हाफको अन्त्यमा दुई मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।
फ्री किक
काठमाडौंलाई फ्रिकिक । बक्सको ठिक बाहिर पाएको फ्रिकिकमा जुनिएर एनकेनगुएले गरेको प्रहार क्रस बारको थोरैमाथिबाट बाहिरिँदा काठमाडदंले अग्रता लिने अवसर गुमायो ।

उत्सव राईको पासमा विमल घर्ती मगरले बक्स बाहिरबाट हानेको लेफ्ट फुटेट सट पोष्ट नजिकबाट बाहिरिए ।
पहेंलो कार्ड
काठमाडौंका अन्जन राईलाई पहेँलो कार्ड । चिवनका रफिक अमिनुलाई फल गरेपछि अन्जनलाई पहेँलो कार्ड देखाइएको छ । चितवनलाई फ्रिकिक । अक्वाहको फ्रिकिक बक्स भित्र । तर काठमाडौंका किपर अभिषेकले सहजै क्लियर गरे ।

चितवनका गोलकिपर विशालले दिएको लामो पासमा रोशन राना मगरले बक्स नजिकबाट हानेको भलि सिधै काठमाडौंका किपर अभिषेक बरालको हातमा ।
पहेंलो कार्ड
काठमाडौंका कप्तान हिसुब थपलियालाई लडाएपछि चितवनका विमल घर्ती मगरलाई पहेँलो कार्ड । काठमाडौंले फ्रिकिक पाएको छ । हिसुब आफैले हानेको फ्रिकिक चितवनका गोलकिपर विशाल श्रेष्ठले बचाएका छन् ।
फ्री किक
काठमाडौंलाई फ्रिकिक । चितवनका रोशन राना मगरले आन्द्रेस नियालाई लडाएपछि काठमाडौंले करिब २५ यार्डमा फ्रिकिक पाएको छ । कोमिलोभको फ्रिकिकले चितवनको \'वाल\' पार गर्न सकेन ।
फ्री किक
काठमाडौंलाई फ्रिकिक । कोमिलोभले हानेको फ्रिकिक चितवनका डिफेण्डरले क्लियर गर्ने क्रममा बाहिर गयो ।

चितवनका रोशन राना मगरले बक्स भित्रबाट गरेको प्रहार सेकेण्ड बारको छेउबाट बाहिरियो ।

काठमाडौंका सोखरुखले बक्सबाहिरबाट गरेको प्रहार सेकेण्ड बार नजिकबाट बाहिरियो ।

काठमाडौंका कोमिलोभले बक्स बाहिरबाट प्रहार गरेको बल सिधै चितवनका किपर विशाल श्रेष्ठको हातमा । विशाललाई बल रोक्न कुनै गाह्रो भएन ।

फ्री किक
अमित तामाङले उत्सव राईलाई फल गरेपछि चितवनलाई फ्रिकिक । टोरिक जेबरिनले बक्समा रहेका अक्वाहलाई पास दिएका थिए । तर उनको प्रहार कोमिलोभले क्लियर गरे ।

चितवन सुरुमै आक्रामक देखिएको छ । छिरिङ गुरुङले बक्स बाहिरबाट गरेको क्रस सिधै काठमाडौंका किपर अभिषेक बरालको हातमा ।
Kick Start

काठमाडौं र चितवन दुवै टिममा एक-एक खेलाडी परिवर्तन भएका छन् । काठमाडौंमा प्रशान्त अवस्थीको स्थानमा अन्जन राई तथा चितवनमा राजेश परियारको स्थानमा रोशन राना मगर पहिलो रोजाईँमा खेल्दैछन् ।

एनएसएल २०२३ को यो छैटौं खेल हो भने काठमाडौं र चीतवन दुवैको दोस्रो खेल हो । काठमाडौंले पहिलो खेलमा इलामलाई १-०ले हराएको थियो भने चितवन पहिलो खेलमा पोखरा थण्डर्ससँग १-० ले पराजित भएको थियो ।
