+
+

Three Star vs Black Bulls FC

२०८१ फागुन १, बिहीबार
Three Star Club
Three Star Club
0 - 4 Full Time
Black Bulls FC
Black Bulls FC
Kuvonchbek Olimov(25),Aslibek Orifjonov(58),Shavkatjon Sattorov(63),Saydjamol Davlatjonov(87)
Black Bulls won by 4-0 & enter the final
Pokhara Rangashala
लाइभ अपडेट लाइन-अप
Commentry
२४औं संस्करणको आहारारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनलको लाइभ अपडेटबाट म गोविन्दराज नेपालसहित अनलाइनखबर युनिट आजलाई बिदा माग्दछौँ । अब आउने शनिवार हुने नेपाल पुलिस क्लब र ब्ल्याक बुल्स एफसीबीच हुने फाइनल खेलको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । धन्यवाद।
Commentry
२४औं आहारारा पोखरा गोल्डकपको फाइनल खेल्ने दुवै टोली तय भएको छ । प्रतियोगिताको सफल क्लब नेपाल पुलिस क्लब र नयाँ टोली ब्ल्याक बुल्स यस पटकको फाइनलमा भिड्ने भएका छन् । पुलिसले जिते सर्वाधिक ७ पटक जित्ने कीर्तिमान बनाउनेछ । ब्ल्याक बुल्सले जितेमा नयाँ च्याम्पियन पाउनेछ ।
Commentry
प्लेअर अफ दि म्याच :असिलबेक ओरिपजोनोभ
Commentry
आहारारा पोखरा गोल्डकपमा पछिल्लो पटक ४-० अन्तरले हार्ने टिम पनि थ्री स्टार नै थियो । २०७७ सालमा थ्री स्टार क्वाटरफाइनलमा नेपाल पुलिससँग ४-० ले पराजित भएको थियो । त्यसपछि २०७८ मा मछिन्द्रले संकटालाई तथा २०७९ मा संकटाले एपीएफ विरुद्ध समान ४ गोल गरेको थियो । तर यी दुई खेलमा जित अन्तर ४-१ थियो ।
Commentry
पाँच पटकको च्याम्पियन थ्री स्टारको पोष्टमा ४ गोल गर्दै उज्वेकिस्तानी क्लब ब्ल्याक बुल्स एफसी फाइनल प्रवेश गरेको छ । अब ब्ल्याक बुल्सले नेपाल पुलिससँग बउने शनिवार उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ । जारी प्रतियोगितामा एकै खेलमा ४ गोल भएको यो पहिलो पटक हो ।
Full Time
Full Time
90+1'
corner

कर्नर किक

थ्री स्टारलाई कर्नर ।

90'
Commentry

दोस्रो हाफको अन्त्यमा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

87'
Goal
Black Bulls FC - Saydjamol Davlatjonov
GOAL !

Goal!! ब्ल्याक बुल्सले आज गोलको वर्षा गरेको छ । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका साइदजमोद दाभलातजोनोभले ब्ल्याक बुल्सका लागि चौथो गोल गरे । साइदजमोलको पनि यो व्यक्तिगत दोस्रो गोल हो ।

substitute खेलाडी परिवर्तन 83'

81'
corner

कर्नर किक

ब्ल्याक बुल्सलाई कर्नर ।

80'
corner

कर्नर किक

ब्ल्याक बुल्सलाई कर्नर ।

78'
पहेंलो कार्ड

पहेंलो कार्ड

ब्ल्याक बुल्सका खुसान गानीजानोभलाई पहेँलो कार्ड ।

Commentry
घाइते भए बाहिर आएका अजिजबेककै स्थानमा ब्ल्याक बुल्सले जाखोनगिर माखमुदोभलाई मैदान प्रवेश गराएको छ ।

substitute खेलाडी परिवर्तन 76'

Commentry
ब्ल्याक बुल्सका अजिजबेक केही समस्यामा छन् । उनलाई मैदानमै प्रारम्भिक उपचार पछि बाहिर लगिएको छ ।
72'
corner

कर्नर किक

ब्ल्याक बुल्सलाई कर्नर ।

Commentry
ब्ल्याक बुल्सले पनि दुई खेलाडी परिवर्तन गरेको छ । खेलमा अब करिब २० मिनेट बाँकी रहँदा ब्ल्याक बुल्स ३-० को अग्रतामा छ । पहिलो पटक आहरारा पोखरामा गोल्डकपमा सहभागि उज्वेक क्लबले फाइनल नजिक छ ।

substitute खेलाडी परिवर्तन 68'

substitute खेलाडी परिवर्तन 68'

Commentry
तीन गोल खाएपछि थ्री स्टारले एकै पटक ३ खेलाडी परिवर्तन गरेको छ । कप्तान योगेश गुरुङ बाहिर आएपछि थ्री स्टारको बर्मब्याण्ड जिवन गुरुङले लगाएका छन् ।

substitute खेलाडी परिवर्तन 66'

substitute खेलाडी परिवर्तन 66'

substitute खेलाडी परिवर्तन 66'

Rupesh KC Defender
Alex Willane Midfielder
63'
Goal
Black Bulls FC - Shavkatjon Sattorov
GOAL !

Goal!! ब्ल्याक बुल्सले अग्रता तेब्बर पारेको छ । सात्तोरोभले गोल गरेका हुन् । बक्स बाहिर बल पाएका उनले थ्री स्टारका तीन खेलाडीलाई छक्याउँदै पेनाल्टी बक्स भित्र बल पुर्‍याएर आकर्षक गोल गरे । प्रतियोगितामा यो उनको व्यक्तिगत दोस्रो गोल हो ।

58'
Goal
Black Bulls FC - Aslibek Orifjonov
GOAL !

Goal!! उज्वेकिस्तानको ब्ल्याक बुल्सले अग्रता दोब्बर पारेको छ । असिलबेक ओरिफजोनोभले बक्सभित्रबाट उत्कृष्ट गोल गर्दै अग्रता २-० बनाएका हुन् । इस्लोमजोनले दायाँ भागबाट दिएको क्रसमा असिलबेकले थ्री स्टारका दुई डिफेण्डरलाई बिट गर्दै गोल गरेका हुन् । गोलकिपर अभिषेक बरालले रोक्ने कुनै अवसर पाएनन् ।

55'
फ्री किक

फ्री किक

थ्री स्टारलाई अट्याकिङ एरियामा फ्रिकिक । विपक्षीको पेनाल्टी बक्स बाहिर पाएको फ्रिकिक कमल श्रेष्ठले प्रहार गरेका थिए तर उज्वेकी क्लबका किपर जासुरबेकले पन्च गर्दै बचाए ।

54'
पहेंलो कार्ड

पहेंलो कार्ड

ब्ल्याक बुल्सका अब्दुसालोमलाई पहेँलो कार्ड ।

51'
फ्री किक

फ्री किक

थ्री स्टारलाई अट्याकिङ एरियामा फ्रिकिक ।

48'
corner

कर्नर किक

ब्ल्याक बुल्सलाई कर्नर ।

47'
Commentry

ब्ल्याक बुल्सका हसिलबेकको कर्नरमा सात्तोरोभको हेडर पोष्टमाथिबाट बाहिरियो ।

47'
corner

कर्नर किक

ब्ल्याक बुल्सलाई कर्नर ।

Second Half Time
Second Half Kick Off
Commentry
पहिलो हाफमा कुभोनचबेकको गोलमा उज्वेक क्लब ब्ल्याक बुल्सले अग्रता लिएको छ । दोस्रो हाफमा ब्ल्याक बुल्सले अग्रता कायम राख्ला वा थ्री स्टारले गोल फर्काउला ? केही बेरको ब्रेकपछि हामी फेरि लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ ।
Half Time
Half Time
45+1'
corner

कर्नर किक

ब्ल्याक बुल्सलाई कर्नर ।

45'
Commentry

पहिलो हाफमा २ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

43'
Commentry

ब्ल्याक बुल्सका असिलबेकको लङ सट पोष्टभन्दा माथिबाट बाहिरियो ।

41'
corner

कर्नर किक

थ्री स्टारलाई फेरि कर्नर ।

41'
corner

कर्नर किक

थ्री स्टारलाई कर्नर । कमल श्रेष्ठ कर्नर हान्न तयार छन् ।

37'
Commentry

फोडोे फोफानाको सट । बक्सबाहिरबाट उनको हानेको सट टार्गेटमा रहेन ।

31'
corner

कर्नर किक

ब्ल्याक बुल्सलाई कर्नर ।

30'
corner

कर्नर किक

ब्ल्याक बुल्सलाई कर्नर ।

29'
Commentry

थ्री स्टारका लागि कमल श्रेष्ठ र खेमराज श्रेष्ठ फ्रिकिक हान्न तयार थिए । खेमराजले हानेको फ्रिकिक पोष्ट भन्दा केही बाहिर गयो ।

29'
फ्री किक

फ्री किक

थ्री स्टारलाई अट्याकिङ एरियामा फ्रिकिक ।

25'
Goal
Black Bulls FC - Kuvonchbek Olimov
GOAL !

Goal!! उज्वेकिस्तानी क्लब ब्ल्याक बुल्सले अग्रता लिएको छ । ब्ल्याक बुल्सका लागि कुभोनचबेक ओलिमोभले गोल गरे ।

Commentry
गत वर्ष पनि फाइनल पुगेको थ्री स्टार लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ ।२३औं संस्करणको फाइनलमा थ्री स्टार आर्मीसँग पराजित भएको थियो ।
17'
Commentry

कमल श्रेष्ठको कर्नरमा  एलेक्सको पाएको बल एक्रोब्याटिक प्रहार गरेका थिए तर उनको प्रहार फ्रेममा पर्न सकेन ।

17'
corner

कर्नर किक

थ्री स्टारलाई कर्नर ।

15'
फ्री किक

फ्री किक

ब्ल्याक बुल्सका लागि कप्तानअखमादोभले फ्रिकिक हानेका थिए । तर थ्री स्टारका खेलाडीले क्लियर गरिदिए ।

14'
पहेंलो कार्ड

पहेंलो कार्ड

थ्री स्टारका पुष्कर खड्कालाई पहेँलो कार्ड । ब्ल्याक बुल्सलाई फ्रिकिक ।

12'
Commentry

थ्री स्टारका कमल श्रेष्ठले हानेको फ्रिकिक सिधै विपक्षी टोलीका किपर जासुरबेकको हातमा । उनले सहजै बचाए ।

11'
फ्री किक

फ्री किक

थ्री स्टारलाई अट्याकिङ एरियामा फ्रिकिक ।

7'
Commentry

ब्ल्याक बुल्सका अखमादोभले दायाँ भागबाट हानेको फ्रिकिकमा सात्तोरोभले पेनाल्टी बक्समा बल भेटेका थिए तर उनको प्रहार सटिक हुन सकेन ।

6'
फ्री किक

फ्री किक

ब्ल्याक बुल्सलाई अट्याकिङ एरियामा फ्रिकिक।

4'
फ्री किक

फ्री किक

ब्ल्याक बुल्सलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

2'
Commentry

ब्ल्याक बुल्सका इस्लोमजोनबाट पहिलो सट प्रहार । उनले करिब ३० यार्डबाट हानेको प्रहार फ्रेममा पर्न सकेन ।

Kick Off
Kick Start
Commentry
फिफा धुनसँगै दुवै टोलीका खेलाडीहरु मैदान प्रवेश गरेका छन् । थ्री स्टार निलो र ब्ल्याक बुल्स एफसी रातो जर्सी लगाएर खेल्दैछ ।
Commentry
यस खेलको विजेताले सर्वाधिक सफल टोली तथा ६ पटकको विजेता नेपाल पुलिस क्लबसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । पुलिसले पहिलो सेमिफाइनलमा चर्च ब्वाइजलाई हराएर फाइनलमा स्थान बनाइसकेको छ ।
Commentry
थ्री स्टार नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब (६) पछि ५ पटकको च्याम्पियन टोली हो । गत संस्करणको फाइनिस्ट थ्री स्टारले यस पटक अझ राम्रो नतिजा ल्याउने लक्ष्यमा छ । थ्री स्टारले पछिल्लो पटक २०७५ सालमा उपाधि जितेको थियो ।
Commentry
थ्री स्टार र ब्लयाक बुल्स एफसी पहिलो पटक आहरारा पोखरा गोल्डकपमा भिड्न लागेका हुन् । उज्वेकिस्तानी टोलीले पहिलो पटक नेपालमा आएर कुनै नकआउट प्रतियोगिता खेलिरहेको छ ।
Commentry
थ्री स्टार र ब्ल्याक बुल्स दुवै एक-एक खेल जित्दै सेमिफाइनल पुगेका हुन् । ५ पटकको विजेता थ्री स्टारले क्वाटरफाइनलमा मछिन्द्र एफसीलाई पेनाल्टीसुटआउटमा पराजित गरेको थियो । यस्तै पहिलो पटक नेपालमा आएर खेलिरहेको ब्ल्याक बुल्सले भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई हराएर सेमिफाइनल पुगेको हो ।
Commentry
खेल पोखरा रंगशालमा २:३० बजे सुरु हुनेछ । हामी खेलको अपडेटसहित सम्पूर्ण जानकारीहरु दिँदै जानेछौँ ।
Commentry
नमस्कार । मोफसलकै प्रतिष्ठित आहारारा पोखरा गोल्डकपको २४औं संस्करणको अनलाइन लाइभ अपडेटको दशौँ दिनमा पर्यटकिय नगरी पोखराबाट स्वागत छ । आज प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्लयाक बुल्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

Top Scorer

AAHA RARA Pokhara Gold Cup 
2025
Matches 3
Score 3
Matches 2
Score 2
Matches 3
Score 2
Aditya Shakya Lalitpur City FC
Matches 2
Score 1
Matches 1
Score 1
Nabin Lama Lalitpur City FC
Matches 1
Score 1
Ujjwol Rai Jhapa FC
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1

Recent Results

२०८१ माघ २२, मंगलबार
SCP
0 - 1
NPC
२०८१ माघ २३, बुधबार
APF
0 - 2
MFC
२०८१ माघ २४, बिहीबार
NRT
1 - 1
CBU
२०८१ माघ २५, शुक्रबार
TNU
3 - 1
SFC
२०८१ माघ २६, शनिबार
0 - 2
NPC

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Aayush Ghalan Midfielder
Pokhara Thunders