+
+

Nepal Police Club vs Black Bulls FC

२०८१ फागुन ३, शनिबार
Nepal Police Club
Nepal Police Club
Shisir Chaudhary(74)
1 - 3 Full Time
Black Bulls FC
Black Bulls FC
Jakhongir Akhmadov(40),Aslibek Orifjonov(59),Shavkatjon Sattorov(66)
Black Bulls win the match by 3-1 & become CHAMPIONS
Pokhara Rangashala
लाइभ अपडेट लाइन-अप
Commentry
पुरस्कार वितरण समारोहसँगै २४औं संस्करणको आहारारा पोखरा गोल्डकपको फाइनल खेलको लाइभ अपडेटबाट म गोविन्दराज नेपालसहित अनलाइनखबर युनिटलाई बिदा माग्दछौँ । अर्को संस्करणमा फेरि भेट्नेछौँ । धन्यवाद ।
Commentry
च्याम्पियन ब्ल्याक बुल्स एफसीले नगद १२ लाख १ हजार प्राप्त गरेको छ ।
Commentry
उपविजेता नेपाल पुलिस क्लबले नगद ६ लाख १ हजार प्राप्त गरेको छ ।
Commentry
एमभिपी अवार्ड : साभकातजोन सात्तोरोभ (ब्ल्याक बुल्स एफसी) । उनी सर्वाधिक गोलकर्ता समेत बनेका थिए । उनले टेलजी स्कुटर प्राप्त गरेका छन् ।
Commentry
बेस्ट कोच : अब्दुलाअजिज निशोनबाएभ (ब्ल्याक बुल्स एफसी)
Commentry
बेस्ट फरवार्ड : अजिजबेक  खुर्सोनबोएभ (ब्ल्याक बुल्स एफसी)
Commentry
बेस्ट मिडफिल्डर : राम वाजी (नेपाल पुलिस क्लब)
Commentry
बेस्ट डिफेण्डर : अलिजोन अलिजोनोभ (ब्ल्याक बुल्स एफसी)
Commentry
बेस्ट गोलकिपर : जासुरबेक राजाबोभ (ब्ल्याक बुल्स)
Commentry
फेयर प्ले अवार्ड : थण्डरबोल्ट नर्थ युनाइटेड, भारत ।
Commentry
सर्वाधिक गोलकर्ता : साभकातजोन सात्तोरोभ (ब्ल्याक बुल्स एफसी) । उनले प्रतियोगिताभर ३ गोल गरेका थिए ।
Commentry
इमर्जिङ प्लेअर अवार्ड : सन्जिव लामा (नेपाल पुलिस क्लब)
Commentry
अब विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण समारोह हुँदैछ । कसले पाउला सर्वोत्कृष्ट खेलाडीको अवार्ड  र टेलजी स्कुटर ?
Commentry
अब विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण समारोह हुँदैछ । कसले पाउला सर्वोत्कृष्ट खेलाडीको अवार्ड  र टेलजी स्कुटर ?
Commentry
अब विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण समारोह हुँदैछ । कसले पाउला सर्वोत्कृष्ट खेलाडीको अवार्ड  र टेलजी स्कुटर ?
Commentry
अब विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण समारोह हुँदैछ । कसले पाउला सर्वोत्कृष्ट खेलाडीको अवार्ड  र टेलजी स्कुटर ?
Commentry
ब्ल्याक बुल्सका कप्तान जाखोनगिर अख्मादोभ प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
Commentry
आहारारा पोखरा गोल्डकपले लगातार दोस्रो पटक नयाँ विजेता पाएको छ । यसअघि गत वर्ष भएको २३औं संस्करणमा त्रिभुवन आर्मी क्लबले उपाधि जितेको थियो ।
Commentry
उज्वेकिस्तानको ब्ल्याक बुल्सले  २४औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ । ६ पटकको विजेता नेपाल पुलिसलाई ३-१ ले पराजित गर्दै ब्ल्याक बुल्स पहिलो सहभागितामै च्याम्पियन बनेको हो । आहारारा पोखरा गोल्डप जित्ने ब्ल्याक बुल्स नवौँ क्लब बनेको छ । कीर्तिमानी सातौं पटक उपाधि जित्ने पुलिसको लक्ष्य यसपटक अधुरै रह्यो । ११औं पटक फाइनल खेलेको पुलिस पाँचौ पटक फाइनलमा पराजित भएको हो ।
Full Time
Full Time
90+7'
फ्री किक

फ्री किक

पुलिसलाई फ्रिकिक । उज्वेक खेलाडीलाई पहेँलो कार्ड ।

90+5'
corner

कर्नर किक

ब्ल्याक बुल्सलाई कर्नर ।

90+2'
फ्री किक

फ्री किक

पुलिसलाई मध्यभागमा फ्रिकिक । किपर सत्रुघनले आफैँ आएर फ्रिकिक हानेका छन्  ।तर ब्ल्याक बुल्सले क्लियर गरेको छ ।

90'
Commentry

दोस्रो हाफको अन्त्यमा ६ मिनेट इन्जुरी टाइम थप गरिएको छ । पुलिसले दुई गोल फर्काउन सक्ला त?

substitute खेलाडी परिवर्तन 89'

Niraj Khadka Midfielder
Bibek Pandey Midfielder

substitute खेलाडी परिवर्तन 85'

82'
फ्री किक

फ्री किक

पुलिसलाई फ्रिकिक ।

78'
Commentry

पुलिस लगातार आक्रमण बनाउँदै । विकास विकले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको बल टार्गेटमा रहन सकेन ।

74'
Goal
Nepal Police Club - Shisir Chaudhary
GOAL !

Goal!! पुलिसले गोल फर्काएको छ । शिशिर चौधरीले उज्वल राईको फ्रिकिकमा हेडमार्फत गोल गरे । ब्ल्याक बुल्स ३-१ को अग्रतामा । के पुलिसले कमब्याक गर्ला । ब्ल्याक बुल्सले प्रतियोगितामा पहिलो गोल व्होरेको छ ।

73'
फ्री किक

फ्री किक

पुलिसलाई अट्याकिङ एरियामा फ्रिकिक ।

substitute खेलाडी परिवर्तन 72'

66'
Goal
Black Bulls FC - Shavkatjon Sattorov
GOAL !

Goal!! ब्ल्याक बुल्सले तेस्रो गोल गरेको छ । साभकातजोन सात्तोरोभले गोल गरेका हुन् । प्रतियोगितामा उनको यो व्यक्तिगत तेस्रो गोल हो ।

63'
Commentry

पुलिसका सन्जिव लामाको लङ सट । करिब २५ यार्डबाट हानेको प्रहार बारभन्दा केही माथिबाट बाहिरियो ।

substitute खेलाडी परिवर्तन 60'

Manish Sedai Midfielder
59'
Goal
Black Bulls FC - Aslibek Orifjonov
GOAL !

Goal!! ब्ल्याक बुल्सले अग्रता दोब्बर पारेको छ । असिलबेक ओरिफजोनोभले पेनाल्टी बक्सबाट गोल गरेका हुन् । प्रतियोगिताको उनको यो व्यक्तिगत दोस्रो गोल हो । ६ पटकको विजेता पुलिस अब दबाबमा छ ।

57'
फ्री किक

फ्री किक

पुलिसलाई मैदानको मध्यभागमा फ्रिकिक । किपर सत्रुघनले आफै फ्रिकिक प्रहार गरेका छन्  ।तर ब्ल्याक बुल्सका खेलाडीले क्लियर गरिदिए ।

52'
पहेंलो कार्ड

पहेंलो कार्ड

पुलिसका सन्जिव लामालाई पहेँलो कार्ड । ब्ल्याक बुल्सलाई फ्रिकिक ।

substitute खेलाडी परिवर्तन 47'

Second Half Time
Second Half Kick Off
Commentry
पहिलो हाफमा उज्वेक क्लब ब्ल्याक बुल्स एफसीले अग्रता लिएको छ । दोस्रो हाफमा ६ पटकको च्याम्पियन पुलिसले बराबरी गोल फर्काउला वा ब्ल्याक बुल्सले गोल थप्ला ? केही बेरको ब्रेकपछि हामी दोस्रो हाफको लाइभ अपडेट लिएर फेरि उपस्थित हुनेछौँ ।
Half Time
Half Time
48'
फ्री किक

फ्री किक

पुलिसले मैदानको मध्यभाग नजिक पाएको फ्रिकिक किपर सत्रुघनले प्रहार गरेका छन् । तर ब्ल्याक बुल्सका किपर जासुरबेक राजाबोभले सहजै बचाउ गरे ।

45'
Commentry

पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

Commentry
पुलिसले यस प्रतियोगितामा पहिलो गोल व्यहोरेको हो । यसअघि तीन खेलमा ४ गोल गर्दा क्लिनसिट राखेका किपर सत्रुघनले बफ्नै गल्तीमा गोल खान पुगे । ब्ल्याक बुल्सको भने यो आठौं गोल हो ।
40'
Goal
Black Bulls FC - Jakhongir Akhmadov
GOAL !

Goal!! ohh mistake by goalie satrughan. ब्ल्याक बुल्सले अग्रता लिएको छ । कप्तान जाखोनगिर अख्मादोभले बक्स बाहिरबाट हानेको फ्रिकिक पुलिसका किपर सत्रुघनको हातमै परेको थियो । तर उनले बल पन्च नगरी समा्तन खोजेका थिए । बल पूर्ण रुपमा क्लियर गर्न नसकेपछि गोल भएको हो ।

39'
फ्री किक

फ्री किक

पुलिसका प्रज्वल चौधरीले बल ह्याण्ड गरेपछि ब्ल्याक बुल्सलाई फ्रिकिक । प्रजवललाई पहेँलो कार्ड ।

31'
फ्री किक

फ्री किक

पुलिसलाई फ्रिकिक ।

Commentry
सुरुवाती आधा घण्टाको खेल सकिएको छ । दुवै टोलीले गोलका लागि राम्रो मुभ बनाउन सकेका छैनन् । पहिलो गोल कुन टिमले गर्ला ?
28'
Commentry

कप्तान वाजीको फ्रिकिक । ब्ल्याक बुल्सका खेलाडीलाई लागेर बल विपक्षीको बक्समा पुगेको थियो । तर ब्ल्याक बुल्सका खेलाडीले क्लियर गरे ।

28'
पहेंलो कार्ड

पहेंलो कार्ड

ब्ल्याक बुल्सका कुभोनचबेकलाई पहेँलो कार्ड । पुलिसलाई फ्रिकिक । कप्तान राम वाजी आफैँ तयार हुँदैछन् फ्रिकिक हान्न ।

24'
फ्री किक

फ्री किक

पुलिसलाई अट्याकिङ एरियामा फ्रिकिक । शिशिर चौधरीको प्रहार उज्वेक टिमका खेलाडीबाट क्लियर ।

22'
Commentry

पुलिसका विवेक पाण्डे र उज्वल राई फ्रिकिक हान्न तयारी अवस्थामा । विवेकले हानेको प्रहार ब्ल्याक बुल्सका कप्तान जाखोनगिरले क्लियर गरे ।

21'
फ्री किक

फ्री किक

पुलिसलाई अट्याकिङ एरियामा फ्रिकिक ।

19'
Commentry

अजिजबेकमाथि फल भएको भन्दै उज्वेक टिमका खेलाडी र बेन्चबाट पेनाल्टीको अपिल । तर रेफ्री प्रज्वल क्षेत्रीले अस्वीकार गरिदिए ।

17'
Commentry

गोलकिपर सत्रुघन आफैँ फ्रिकिक हान् अघि बढेका छन् । तर उनको प्रहार ब्ल्याक बुल्सका खेलाडीले पोष्टसम्म पुग्न दिएनन् ।

17'
फ्री किक

फ्री किक

पुलिसलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

15'
Commentry

मनिष सेढाईको लङ सट । तर उनको प्रहार पोष्ट नजिकबाट बाहिरियो ।

Commentry
फाइनलमा खेलमा दर्शकहरुको राम्रो उपस्थिती अनी आहराराको सफल क्लब नेपाल पुलिस क्लब मैदानमा । उज्वेक क्लबलाई पुलिसले हराउँदै कीर्तिमानी सातौं पटक उपाधि जित्ला?
13'
फ्री किक

फ्री किक

ब्ल्याक बुल्सलाई अट्याकिङ एरियामा फ्रिकिक ।

12'
फ्री किक

फ्री किक

पुलिसलाई अट्याकिङ एरियामा फ्रिकिक ।

5'
फ्री किक

फ्री किक

पुलिसलाई मध्यभाग नजिक फ्रिकिक  ।

3'
Commentry

ohh!! पुलिसलाई मौका । क्रसमा प्राप्त बलमा अरुण गाहाको हेडर पोष्टमा लागेर फर्कियो । ब्ल्याक बुल्सको संकट टरेको छ ।

'
फ्री किक

फ्री किक

पुलिसलाई डिफेन्सिभ एरियामा फ्रिकिक । किपर सत्रुघनले आफैँ फ्रिकिक हानेका छन् ।

Commentry
फाइनल खेल सुरु भएको छ । आज दर्शकको उपस्थित पनि बढेको छ । करिब ४ हजारको संख्यामा दर्शक उपस्थित छन् र यो संख्या अझै बढ्ने क्रममा छ ।
Kick Off
Kick Start
Commentry
फिफा धुनसँगै दुवै टिमका खेलाडीहरु मैदान प्रवेश गरेका छन् । पुलिस निलो र ब्ल्याक बुल्स रातो जर्सी लगाएर खेल्दैछ ।
Commentry
२४औं आहारारा पोखरा गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले टेलजी स्कुटर प्राप्त गर्नेछन् । कसले पाउला यो स्कुटर ?अनुमानलगाउँदै गर्नुहोस्। फाइनल खेल केहिबेरमा सुरु हुनेछ।
Commentry
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र विधागत उत्कृष्ट खेलाडीहरुले पनि नगद पुरस्कार र अवार्ड प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्तामा ब्ल्याक बुल्सका साइदजमोल दाभालातजोनोभ र साभकातजोन सात्तोरोभ छन् । दुवैले २-२ गोल गरेका छन् । यस्तै पुलिसबाट उज्वल राई, विवेक पाण्डे, राम वाजी र सन्जिव लामाले एक-एक गोल गरेका छन् ।
Commentry
च्याम्पियन टोलीले १२ लाख १ हजार नगद प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख १ हजार हात पार्नेछ ।
Commentry
पुलिसले उपाधि जितेमा कीर्तिमानी सातौं पटक च्याम्पियन बन्नेछ । ब्ल्याक बुल्सले जितेमा पहिलो सहभागितामै च्याम्पियन बन्नेछ र आहाराराले नयाँ विजेता पाउनेछ । अहिलेसम्म ८ क्लबले आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ ।
Commentry
पुलिस क्लब र ब्ल्याक बुल्सबीचको खेलको प्रिभ्यूका पढ्न यहाँ क्लिक गर्नुहोस्
Commentry
नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकपकै सर्वाधिक सफल टोली हो । पुलिसले अहिलेसम्म २४ संस्करणमध्ये २३ संस्करण खेलेको छ । जसमा मनाङ मर्स्याङ्दी समान सर्वाधिक ६ पटक उपाधि जितेको छ । पुलिसले क्याराभान गोल्डकपको नाममा २०५८ सालमा सुरु भएको पहिलो संस्करण जितेको थियो । त्यसपछि २०५९ सालमा पनि च्याम्पियन बनेको पुलिस २०६० देखि २०६३ सम्म लगातार उपविजेता बनेको थियो  ।२०६३ मा सहभागि नभएको पुलिसले २०६४ देखि ६६ सम्म लगातार जितेर उपाधिमा ह्याट्रिक गरेको थियो । पुलिसले पछिल्लो टक २०७४ सालमा उपाधि जितेको थियो ।
Commentry
नेपाल पुलिस क्लब र ब्ल्याक बुल्स एफसी पहिलो पटक आहरारा पोखरा गोल्डकपमा भिड्न लागेका हुन् । उज्वेकिस्तानी टोलीले पहिलो पटक नेपालमा आएर कुनै नकआउट प्रतियोगिता खेलिरहेको छ ।
Commentry
पुलिसले ए डिभिजन लिग विजेता चर्च ब्वाइजलाई सेमिफाइनलमा १-० ले पराजित गर्दै ११औं पटक फाइनलमा स्थान बनाएको छ । ब्ल्याक बुल्सले भने पाँच पटकको च्याम्पियन थ्री स्टारलाई ४-० ले हराएर पहिलो सहभागितामै फाइनल पुगेको हो ।
Commentry
पुलिस र ब्ल्याक बुल्सबीचको खेल पोखरा रंगशालमा २:३० बजे सुरु हुनेछ । हामी खेलको अपडेटसहित सम्पूर्ण जानकारीहरु दिँदै जानेछौँ ।
Commentry
नमस्कार । मोफसलकै प्रतिष्ठित आहारारा पोखरा गोल्डकपको २४औं संस्करणको अनलाइन लाइभ अपडेटको अन्तिम दिनमा पर्यटकिय नगरी पोखराबाट स्वागत छ । आज फाइनल खेल हुँदैछ । सर्वाधिक सफल टिम नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

Top Scorer

AAHA RARA Pokhara Gold Cup 
2025
Matches 3
Score 3
Matches 2
Score 2
Matches 3
Score 2
Aditya Shakya Lalitpur City FC
Matches 2
Score 1
Matches 1
Score 1
Nabin Lama Lalitpur City FC
Matches 1
Score 1
Ujjwol Rai Jhapa FC
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1

Recent Results

२०८१ माघ २२, मंगलबार
SCP
0 - 1
NPC
२०८१ माघ २३, बुधबार
APF
0 - 2
MFC
२०८१ माघ २४, बिहीबार
NRT
1 - 1
CBU
२०८१ माघ २५, शुक्रबार
TNU
3 - 1
SFC
२०८१ माघ २६, शनिबार
0 - 2
NPC

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Aayush Ghalan Midfielder
Pokhara Thunders