+
+

Nepal WT vs Kyrgyzstan WT

२०८१ फागुन ५, सोमबार
Nepal WT
Nepal WT
Bimala Chaudhary(10)
1 - 0 Full Time
Kyrgyzstan WT
Kyrgyzstan WT
Nepal win by 1-0
Dasharath Stadium, Kathmandu
लाइभ अपडेट लाइन-अप
Commentry
आजको लागि लाइभ अपडेटबाट म गोविन्दराज नेपाल बिदा माग्दछु । अब बिहीबार हुने दुई खेलको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । धन्यवाद ।
Commentry
प्लेअर अफ दि म्याच : प्रीति राई (नेपाल)
Commentry
प्रतियोगितामा अब दुई दिन ग्याप रहनेछ । अब बिहीबार म्यानमार र कीर्गिस्तान तथा नेपाल र लेबनानबीच खेल हुनेछ ।
Commentry
इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई हराउन संघर्ष गर्नुपर्‍यो । विमला चौधरीले १०औं मिनेटमा गरेको गोलमा नेपालले १-० को कठिन जित निकाल्दै ३ अंक जोडेको छ । आजको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले पराजित गरेको थियो ।
Full Time
Full Time
Commentry
किर्गिज खेलाडी नागिमा तुरालिएभा समस्यामा देखिएपछि उनलाई पनि स्ट्रेचरमा राखेर मैदान बाहिर ल्याइएको छ । अहिले कीर्गिस्तान दश खेलाडीमा खेलिरहेको छ । घाइते खेलाडीला२ लिन एम्बुलेन्स नै मैदानमा आएको छ ।

substitute खेलाडी परिवर्तन 90+6'

Commentry
निशा थोकर समस्यामा छिन् । विपक्षी खेलाडीसँग जुध्दा उनको टाउकोमा चोट लागेको छ । उनलाई स्ट्रेचरमा मैदान बाहिर ल्याइएको छ ।
90+3'
corner

कर्नर किक

कीर्गिस्तानलाई कर्नर ।

90+3'
पहेंलो कार्ड

पहेंलो कार्ड

पुजा रानालाई पहेँलो कार्ड ।

substitute खेलाडी परिवर्तन 90+1'

substitute खेलाडी परिवर्तन 90+1'

substitute खेलाडी परिवर्तन 90+1'

90'
Commentry

दोस्रो हाफको अन्त्यमा ५ मिनेट इन्जुरि टाइम थप गरिएको छ ।

89'
पहेंलो कार्ड

पहेंलो कार्ड

नेपाली खेलाडी गीता रानालाई पहेँलो कार्ड ।

substitute खेलाडी परिवर्तन 88'

87'
corner

कर्नर किक

नेपाललाई कर्नर । मौकाको सदुपयोग होला।

81'
Commentry

सविता राना मगरको अर्को मिस । उनले बक्समा प्राप्त राम्रो अवसर सद्पयोग गर्न सकिनन् । उनको प्रहार पोष्ट नजिकबाट बाहिरियो ।

79'
फ्री किक

फ्री किक

नेपाललाई अट्याकिङ एरियामा फ्रिकिक ।

74'
Commentry

प्रीति राईको फ्रिकिक कीर्गिज किपर दिलनुराले पन्च गर्दै बचाइन् । त्यसपछि रिबाउण्ड बलला२ नेपाली खेलाडीले सदुपयोग गर्न सकेनन् ।

substitute खेलाडी परिवर्तन 73'

73'
फ्री किक

फ्री किक

नेपाललाई अट्याकिङ फ्रिकिक ।

substitute खेलाडी परिवर्तन 71'

Commentry
कीर्गिज खेलाडी आसेम केही समस्यामा देखिएकी छिन् । उनलाई मैदानमा सामान्य उपचारपछि मैदान बाहिर आएकी छिन् । उनलाई रिप्लेस गर्ने तयारी भइरहेको छ ।
67'
Commentry

साविालाई यहाँ अवसर । तर उनले बल पोष्टमा प्रहार गर्न सकिनन् ।

Commentry
दोस्रो हाफमा २० मिनेट सकिँदा थप गोल हुन सकेको छैन । नेपालले अट्याकिङ थर्डमा राम्रो गर्न सककेो छैन । सावित्रा भण्डारी दोस्रो हाफमा मैौान प्रवेश गरेपनि नेपालको फिनिसिङमा समस्या देखिएको छ ।
65'
Commentry

कीर्गिस्तानको लागि अवसर । तर गापारोभा अलिनाले पेनाल्टी बक्समा बल भेट्नु अघि नै नेपालकी किपर एन्जिलाले बल क्लियर गरिन् ।

64'
Commentry

नेपालले गोल गर्ने राम्रो अवसर गुमँएको छ । सविताले को क्रसमा पोष्ट नजिक रहेकी रेखा पौडेलले बललाई सहि दिशामा हान्न सकेकनन् ।

53'
पहेंलो कार्ड

पहेंलो कार्ड

विपक्षीको पेनाल्टी बक्समा हातले बल रोकेपछि नेपालकी विमला चौधरीलाई पहेँलो कार्ड देखाइएको छ ।

51'
Commentry

सावित्रा भण्डारीको पहिलो प्रहार फितलो रह्यो । उनको प्रहार फ्रेममा पर्न सकेन ।

Commentry
विमला विक मैदान बाहिर बएपछि विमला चौधरी लेफ्ट ब्याकमा झरेर खेलिरहेकी छन् ।
Commentry
Samba is back. नेपालले हाफ टाइममा खेलाडी परिवर्तन गरेको छ  । डिफेण्डर विमला विकको स्थानमा सावित्रा भण्डारी साम्बा मैदान प्रवेश गरेकी छन् । अब दोस्रो हाफमा नेपालले कति गोल थप्ला?
Second Half Time
Second Half Kick Off

substitute खेलाडी परिवर्तन HT'

Commentry
पहिलो हाफमा नेपालले एक गोलको अग्रता लिएको छ । नेपाल गोल गर्ने धेरै अवसर बनाएपनि फिनिसिङ राम्रो हुन सकेन । यस्तै पोष्ट पनि बाधक बन्यो । कीर्गिस्तानले डिफेन्सिभ खेल्दै काउन्टर अट्याकको रणनीतिमा खेलिरहेको छ ।
Half Time
Half Time
45+2'
Commentry

ohh what a miss. double woodwork. रश्मि घिसिङले पेनाल्टी बक्स बाहिरबाट हानेको लङ सट बारमा लागेर फर्किएपछि रिबाउण्डमा सविता राना मगरले हानेको बल पनि बारमै लागेर फर्कियो । नेपाल दुई पटक कभागी रह्यो । त्यसपछि पनि अनमार्क रहेकी रेखा पौडेलले बक्स भित्रबाटै हानेको प्रहार कीर्गिज डिफेण्डर अडेलाइडा माइरजालिएभाले गोललाइन नजिकबाट बचाइन्  ।

45+2'
Commentry

प्रीति राईले पेनाल्टी बक्स बाहिरबाट आफ्नो भाग्य परिक्षण गरेकी थिइन् । तर उनको प्रहार फ्रेममा पर्न सकेन ।

45'
Commentry

पहिलो हाफमा २ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

44'
फ्री किक

फ्री किक

नेपाललाई अट्याकिङ एरियामा फ्रिकिक ।

41'
Commentry

रेखा पौडेललाई अर्को अवसर । बक्सबाट उनले हानेको प्रहार बार भन्दा धेरै माथिबाट बाहिरियो ।

40'
Commentry

पुजा रानाको फ्रिकिकमा बक्समा रहेकी रेखा पौडेलले हानेको प्रहार फ्रेममा पर्न सकेन ।

40'
फ्री किक

फ्री किक

नेपाललाई फ्रिकिक ।

39'
Commentry

रेखाले एक्लै बल अघि बढाउादै पेनाल्टी बक्समा पुर्‍याएकी थिइन् तर आफैँ लडिन् ।

substitute खेलाडी परिवर्तन 38'

29'
Commentry

रेखा पौडेलको पावरफुल सट सिधै कीर्गिज किपरको हातमा । किपर तथा कप्तान दिलनुरा केही समस्यामा देखिएकी छन् ।

Commentry
कीर्गिस्तानले काउन्टर अट्याकमा गोल गर्ने प्रयास गरिरहेको छ । तर नेपालको पोष्टसम्म बल पुर्‍याउन कीर्गिज खेलाडीलाई निकै चुनौती छ ।
28'
Commentry

रेनुका नगरकोेटेको कर्नर कीर्गिज खेलाडीले क्लियर गरे ।

27'
corner

कर्नर किक

प्रीति राईको प्रहार कीर्गिज किपरले सेभ गर्ने क्रममा बाहिर गएपछि नेपालले कर्नर पाएको छ ।

22'
corner

कर्नर किक

नेपाललाई फेरि कर्नर । विमला चौधरीको कर्नर क्लियर गर्ने क्रममा बाहिर गएपछि कर्नर पाएको हो । विमलाको कर्नर प्रहार कीर्गिज किपरले बचाइन् ।

21'
corner

कर्नर किक

नेपालले कर्नर पाएको छ । रश्मिले बक्स भित्रबाट हानेको प्रहार ङ्कीर्गिज खेलाडीलाई लागेर बाहिरिएपछि नेपालले कर्नर पाएको हो ।

Commentry
युवा खेलाडीहरुले भरिएको कीर्गिस्तानी टिममा गोलकिपर कप्तान दिलनुरा अबिल्ला नै सबैभन्दा सिनियर खेलाडी हुन् । उनी २३ वर्षका भइन् ।
18'
Commentry

प्रीति राईको लेफ्ट फुटेट फ्रिकिकमा बक्समा रहेकी रेखा पौडेलले हानेको प्रहार कीर्गिज गोलकिपरले बचाइन् ।

17'
फ्री किक

फ्री किक

नेपाललाई अट्याकिङ एरियामा फ्रिकिक । प्रिती राई फ्रिकिक हान्ने तयारीमा छिन् ।

Commentry
सुरुवात देखि नै दबाब बनाएको नेपालले पहिलो मिनेटमै गोलको खाता खोलेको छ । कीर्गिस्तानलाई मैदानको बिच भागबाट बल कटाउन कठिन परिरहेको छ ।
10'
Goal
Nepal WT - Bimala Chaudhary
GOAL !

Goal!! नेपालले अग्रता लिएको छ । विमला चौधरीले गोल गरेकी हुन् । सविता राना मगरले दायाँ भागबाट दिएको उत्कृष्ट क्रसमा विमलाले हेड मार्फत गोल गरेकी हुन् ।

6'
Commentry

सविता राना मगरले राम्रो अवसर गुमाएकी छिन् । रेखा पौडेलले पोष्ट नजिकबाट हानेको प्रहार कीर्गिज किपरले पन्च गरेकी थिइन् । रिबाउण्डमा सविताले हानेको प्रहार पोष्ट बाहिर गयो ।

6'
Commentry

सविता राना मगरले बक्स बाहिरबाट सिधै पोष्टमा प्रहार गरेकी थिइन् । कीर्गिज किपरले सहजै बचाइन् ।

Commentry
नेपाल ४-४-२ फर्मेसनमा खेल सुरु गरेको छ । रेखा पौडेल र रश्मि कुमारी घिसिङ फरवार्ड पोजिसनमा खेल्दैछन् ।
Kick Off
Kick Start
Commentry
नेपालको प्लेइङ ११ ।  कीर्गिस्तानको प्लेइङ ११
Commentry
दुवै टोलीका खेलाडीहरु मैदान प्रवेश गरेका छन् । नेपाल निलो र कीर्गिस्तान सेतो जर्सी लगाएर खेल्दैछ ।
Commentry
फ्रान्सबाट आज बिहान नेपाल आइपुगेकी सावित्रा भण्डारी आज पहिलो रोजाईँमा छैनन् । उनले बेन्चबाट खेल सुरु गर्दैछिन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्राले आज रेस्ट गर्ने प्रि म्याच कन्फेरेन्समा बताएका थिए । सावित्राले पनि खेलको अवस्था अनुसार खेल्ने नखेल्ने बताएकी थिइन् ।
Commentry
आजको खेलको मुख्य रेफ्री कनिका बर्मन छन् । यस्तै रिओहलाङ धार र देबला देवी एलाङबाम सहायक रेफ्रीमा छन् । रन्जिता देवी टेकचाम फोर्थ अफिसियलको भूमिकामा छन् ।
Commentry
फिफा वरियतामा नेपाल १०३ र कीर्गिस्तान १२८औं वरियतामा छ ।
Commentry
नेपाल र कीर्गिस्तान महिला फुटबलमा ६ वर्षपछि खेल्न लागेका हुन् । यसअघि सन् २०१९ मा भएको नादेज्दा कपमा नेपालले कीर्गिस्तानलाई ८-२ को फराकिलो अन्तरले पराजित गरेको थियो । त्यसपछि आजको खेल दोस्रो भेट हुनेछ ।
Commentry
नमस्कार । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फुटबलको पहिलो दिनको लाइभ अपडेटमा फेरि स्वागत छ । चार राष्ट्र सहभागि च्याम्पियनसिपको दोस्रो खेलमा घरेलु टोली नेपाल र कीर्गिस्तानबीच हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छ ।

Upcoming match

Top Scorer

INTERNATIONAL WOMENS CHAMPIONSHIP 2025
Matches 3
Score 3
Matches 3
Score 2
Matches 2
Score 2
Matches 1
Score 1
Matches 1
Score 1
Matches 2
Score 1
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1
Matches 2
Score 1

Recent Results

२०८१ फागुन ५, सोमबार
MM
3 - 1
LB
NP
1 - 0
KG
२०८१ फागुन ८, बिहीबार
KG
0 - 5
MM
LB
0 - 1
NP
२०८१ फागुन ११, आइतबार
KG
0 - 2
LB

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Mani Lama Midfielder
APF
Aayush Ghalan Midfielder
Pokhara Thunders
Manish Dangi Midfielder
Machhindra FC
Arik Bista Midfielder
Butwal Lumbini FC