+
+

Lebanon WT vs Nepal WT

२०८१ फागुन ८, बिहीबार
Lebanon WT
Lebanon WT
0 - 1 Full Time
Nepal WT
Nepal WT
Sabitra Bhandari(43)
Nepal win by 1-0
Dasharath Stadium, Kathmandu
लाइभ अपडेट लाइन-अप
Commentry
आजको लागि लाइभ अपडेटबाट म गोविन्दराज नेपाल बिदा माग्दछु । अब आइतबार हुने लिग चरणको अन्तिम दुई खेलको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । धन्यवाद ।
Commentry
प्लेअर अफ दि म्याच : सावित्रा भण्डारी साम्बा
Commentry
खेल सकिएपछि बार नाघेर खेलाडी भेट्न मैदान आएका दर्शक नै घाइते । घाइते भएपछि खेलाडीले नै स्ट्रेचर बोलाएका थिए । त्यसपछि उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर ल्याइएको थियो ।
Commentry
अब प्रतियोगिता अन्तर्गत आउने आइतबार नेपाल र म्यानमार तथा लेबनान र कीर्गिस्तानबीच खेल हुनेछ ।  नेपाल र म्यानमारलाई फाइनल अघि वार्फ जस्तै हुनेछ भने लेबनान  रकीर्गिस्तानका लागि प्रतिष्ठाको खेल हुनेछ । नेपालले लगातार दोस्रो खेल जितेपनि १ गोल भन्दा बढी गर्न सकेन । दुवै खेल नेपालले १-० को अन्तरमा जितेको हो । लेबनान विरुद्ध पनि नेपालको फिनिसिङमा उस्तै समस्या देखियो ।
Commentry
नेपाल र म्यानमार एक खेल अगावै फाइनलमा । नेपालले आफ्नो दोस्रो खेलमा लेबनानलाई पराजित गरेपछि नेपाल र म्यानमारले अन्तिम खेलमा प्रतिस्पर्धा गर्न अघि नै फाइनलमा स्थान पक्का गरेका छन् । चार राष्ट्र सहभागि प्रतियोगितामा नेपाल र म्यानमारले दुई-दुई खेल जित्दा लेबनान र कीर्गिस्तान भने दुवै खेल हार्दै फाइनल होडबाट बाहिरिए ।
Full Time
Full Time
90+1'
Commentry

ohhh!! Arabi hit the post. लेबनानकी जाहव अरबीको लङ सट बारमा लागेर फर्किएको छ । लेबनान अभागी बनेको छ ।

90'
Commentry

दोस्रो हाफको अन्त्यमा ५ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

substitute खेलाडी परिवर्तन 89'

88'
Commentry

विमला चौधरीको कर्नर लेबनानी डिफेण्डरले क्लियर गरे ।

87'
corner

कर्नर किक

सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडीलाई लागेर बाहिर गएपछि नेपाललाई कर्नर ।

85'
Commentry

आफ्नै प्रहारमा सन्तुष्ट छैनन् सावित्रा । उनले बक्स बाहिरबाट हानेको प्रहार फितलो रह्यो ।

substitute खेलाडी परिवर्तन 84'

81'
offside

अफ साइड

सावित्रा भण्डारी अफसाइड ।

79'
पहेंलो कार्ड

पहेंलो कार्ड

नेपालकी प्रीति र राई र लेबनानकी म्या रोस मान्नमालाई पहेँलो कार्ड देखाइएको छ  ।दुवै खेलाडी हात हालाहल भएपछि रेफ्रीले दुवैलाई कार्ड देखाएका हुन् ।

78'
offside

अफ साइड

रश्मी घिसिङ अफसाइड भएकी छन् ।

substitute खेलाडी परिवर्तन 76'

substitute खेलाडी परिवर्तन 74'

74'
corner

कर्नर किक

नेपाललाई फेरी कर्नर ।

73'
corner

कर्नर किक

नेपाललाई कर्नर । रेखाको प्रहार लेबनानी खेलाडीले रोक्ने क्रममा बाहिर गएपछि नेपालले कर्नर पाएको हो ।

69'
Commentry

गीता रानाले हानेको लामो प्रहार भेट्ने प्रयासमा सावित्रा र रेखा पौडेल अघि बढेका तिए । तर लेबनानी किपरले अघि बढेर बल क्लियर गरे ।

63'
फ्री किक

फ्री किक

नेपाललाई अट्याकिङ एरियामा फ्रिकिक । तर विमला चौधरीको फ्रिकिक लेबनानी डिफेण्डरले बक्सबाट सहजै क्लियर गरे ।

substitute खेलाडी परिवर्तन 63'

61'
Commentry

विमला चौधरीले हानेको कर्नर लेबनानी किपरले पन्च गर्दै बचाइन् ।

61'
corner

कर्नर किक

नेपाललाई कर्नर ।

60'
फ्री किक

फ्री किक

नेपाललाई मैदानको मध्यभागमा फ्रिकिक ।

59'
Commentry

सावित्रा भण्डारी बायाँ भागबाट दिएको क्रसमा सविता राना मगरले बक्स भित्रबाट गरेको प्रहार सटिक रहेन । उनको प्रहार बारमाथिबाट बाहिरियो ।

58'
फ्री किक

फ्री किक

लेबनानलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

53'
offside

अफ साइड

नेपाली खेलाडी अफसाइड ।

Commentry
पुजा राना केही समस्यामा देखिएकी छन् । उनी आफ्नै टिममेट समिक्षा चौधरीसँग ठोक्किएर लडेकी हुन् ।
49'
फ्री किक

फ्री किक

लेबनानलाई अट्याकिङ एरियामा फ्रिकिक ।

Second Half Time
Second Half Kick Off

substitute खेलाडी परिवर्तन HT'

Zahwa Arabi Midfielder
Cynthia Salha Midfielder
Commentry
पहिलो हाफमा नेपालले एक गोलको अग्रता लिएको छ । दोस्रो हाफमा नेपालले गोल थप्ला वा लेबनानले गोल फर्काउला?। केही बेरको ब्रेकपछि हामी पुन: लाइभ अपडेट लिएर उपस्थित हुने छौँ ।
Half Time
Half Time
45+3'
Commentry

सावित्रालाई अर्को अवसर । उनले बक्सबाट गरेको प्रहार लेबनानी किपरले बचाइन्  ।

45'
Commentry

पहिलो हाफमा २ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

43'
Goal
Nepal WT - Sabitra Bhandari
GOAL !

Goal!! नेपालले अग्रता लिएको छ । सावित्रा भण्डारीले बक्स बाहिरबाट हानेको प्रहार लेबनानी खेलाडीलाई डिफ्लेक्ट हुँदै गोल भएको हो ।  फराह एल तयारले बल रोक्ने प्रयास गरेपनि सफल भइनन् । लेबनानी गोलकिपर मार्सेली  स्काइकीले कुनै अवसर पाइनन् ।

41'
Commentry

रेखा पौडेल र प्रीति राई केही समस्यामा । फिजियोले सामान्य उपचार गरेपछि दुवै खेलाडी उठेर बाहिर गएका छन् । दुवै खेलाडी मैदान फर्किएका छन् ।

40'
Commentry

नेपालका दुई खेलाडी मैदानमा लडिरहेका छन् ।

38'
Commentry

विमलाको कर्नरमा बक्समा कुनै नेपाली खेलाडीले भेट्टाउन सकेनन् ।

38'
corner

कर्नर किक

नेपाललाई कर्नर । विमला चौधरी कर्नर हान्ने तयारीमा ।

37'
Commentry

लेबनानकी क्रिस्टी मालोफले करिब ३० यार्ड टाढाबाट हानेको प्रहार फस्ट बार नजिकबाट बाहिरियो ।

36'
फ्री किक

फ्री किक

लेबनानलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

31'
Commentry

लेबनानका लागि राम्रो अवसर थियो । क्रिस्टीले बायाँ भागबाट दिएको क्रस लिन लएला बक्सतर्फ अघि बढेकी थिइन् तर उनले बल भेट्न सकिनन् । एन्जिलाले अघि बढेर बचाउ गरिन् ।

26'
Commentry

नेपाल लगातार आक्रमण गर्दैछ तर फिनसिङ चुस्त हुन सकेन । रेखा पौडेलले बक्सको दायाँ भागबाट हानेको प्रहार लेबनानी किपरले पूर्ण रुपमा बचाउन नसक्दा रिबाउण्डमा साविधा भण्डारीले हानेको प्रहार फितलो रह्यो । उनको प्रहार फ्रेममा पर्न सकेन ।

26'
Commentry

नेपालको गोलको राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेन । सविता राना मगरले दायाँ भागबा६ दिएको क्रसलाई विमला चौधरीले हेड गर्ने प्रयास गरेपनि सफल भइन् । बक्समा अनमार्क रहेकी रेखा पौडेलले पनि बल प्रहार गर्न सकिनन् ।

22'
Commentry

सावित्राले बक्स बाहिरबाट हानेको प्रहार फितलो रह्यो । रेखा पौडेलले दिएको ब्याक पासमा उनको प्रहार फ्रेममा पर्न सकेन ।

18'
Commentry

सविता राना मगरको लामा पासमा रेखाले हेड गर्ने प्रयास गरेपनि सफल हुन सकिनन् । लेबनानी किपर  मार्सेल स्काइकीले बचाइन् । मार्सेल केही समस्यामा देखिएकी छन् ।

18'
Commentry

सविता राना मगरको लामा पासमा रेखाले हेड गर्ने प्रयास गरेपनि सफल हुन सकिनन् । लेबनानी किपर  मार्सेल स्काइकीले बचाइन् । मार्सेल केही समस्यामा देखिएकी छन् ।

17'
Commentry

रेखालाई विपक्षी खेलाडीले बक्समा लडाएपछि नेपाली खेलाडीहरुले पेनाल्टी अपिल गरेका थिए । तर रेफ्रीले नकारिदिए ।

15'
Commentry

प्रीति राईको राम्रो प्रयास । उनले करिब ३५ यार्डबाट सिधै पोष्टमा प्रहार गरेको बल बारभन्दा थोरै माथिबाट बाहिर गयो ।

12'
Commentry

लेबनानलाई राम्रो अवसर थियो । नेपालकी किपर एन्जिला अघि बढेको अवस्थामा लेबनानकी लएला इस्कानदारको एन्जिलालाई बिट गर्दै पेनाल्टी बक्सको बायाँ भागबाट हानेको प्रहार पोष्ट नजिकबाट बाहिरियो ।

10'
Commentry

विमला चौधरीले राम्रो अवसर पाएकी थिएकी । तर विमलाको प्रहार फ्रेममा पर्न सकेन । सविता राना मगरको लामो पासमा विमलाले पेनाल्टी स्पटक नजिकबाट हानेको प्रहार बारमाथिबाट बाहिर गयो ।

9'
corner

कर्नर किक

एन्जिलाको राम्रो बचाउ । लेबनानकी लएला इस्कान्दारको पासमा क्रिस्टी मालोउफले हानेको प्रहार एन्जिलाले बचाएकी छन् । बल बाहिर गएपछि लेबनानले कर्नर पाएको छ ।

Commentry
लेबनानको टिममा आज चार परिवर्तन गरिएको छ । पहिलो खेलमा नखेले टिएना जाबेर, क्रिस्टि मालोउफ र पिलार ख्याउरीसँगै पहिलो खेलमा बेन्चमा रहेकी सिन्तिया साल्ह आज पहिलो रोजाईँमा खेलेका छन् ।
Kick Off
Kick Start
Commentry
नेपाल र लेबनान दुवै टोलीका खेलाडीहरु मैदान प्रवेश गरेका छन् । लेबनान रातो र नेपाल सेतो जर्सी लगाएर खेल्दैछ ।
Commentry
लेबनानसँगको खेलअघि वार्म अप गर्दै नेपाली टोली
Commentry
लेबनानको पहिलो रोजाई यस्तो छ । पहिलो खेल नेखेलका क्रिस्टी मालुफ र टिएना जाबेर आज पहिलो रोजाईामा खेल्दैछन् ।
Commentry
आज नेपालले पहिलो रोजाईँमा दुई परिवर्तन गरेको छ । पहिलो खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेकी सावित्रा भण्डारी साम्बा आज पहिलो रोजाईँमा खेल्दैछिन् । यस्तै डिफेण्डर समिक्षा घिमिरे पनि पहिलो रोजाईामा खेल्नेछिन् । पहिलो खेलमा घाइते भएकी डिफेण्डर निशा थोकर र फरवार्ड रश्मि कुमारी घिसिङको स्थानमा समिक्षा र सावित्रा पहिलो रोजाईँमा खेल्न लागेकी हुन् ।
Commentry
आजै भएको पहिलो खेलमा कीर्गिस्तानलाई ५-० ले हराएर म्यानमारले लगातार दोस्रो जित हात पारेको थियो ।
Commentry
नेपालले पहिलो खेलमा कीर्गिस्तानलाई १-० ले पराजित गरेको थियो भने लेबनान म्यानमारसँग ३-१ ले पराजित भएको थियो । आजको खेलमा जित हात पारे नेपालसँगै म्यानमारले पनि फाइनलमा स्थान बनाउनेछ ।
Commentry
खेल साँझ ६ बजे सुरु हुनेछ । यस खेलको सम्पूर्ण अपडेट दिँदै जानेछौँ ।
Commentry
नमस्कार । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फुटबलको लाइभ अपडेटमा स्वागत छ । चार राष्ट्र सहभागि च्याम्पियनसिपको म्याच डे टु को दोस्रो खेलमा आज घरेलु टोली नेपालले लेबनासँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छ ।

Upcoming match

Top Scorer

INTERNATIONAL WOMENS CHAMPIONSHIP 2025
Matches 3
Score 3
Matches 3
Score 2
Matches 2
Score 2
Matches 1
Score 1
Matches 1
Score 1
Matches 2
Score 1
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1
Matches 2
Score 1

Recent Results

२०८१ फागुन ५, सोमबार
MM
3 - 1
LB
NP
1 - 0
KG
२०८१ फागुन ८, बिहीबार
KG
0 - 5
MM
LB
0 - 1
NP
२०८१ फागुन ११, आइतबार
KG
0 - 2
LB

Players to watch

Butwal Lumbini FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Ananta Tamang Defender
Lalitpur City FC
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Samir Tamang Forward
CBU
Lalitpur City FC
Mani Lama Midfielder
APF
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Arik Bista Midfielder
Butwal Lumbini FC