Pokhara Vs Lalitpur

Pokhara Thunders

Lalitpur City FC

Full Time
कर्नर किक
ललितपुरका कर्नर किक । दिनेश हेन्जनको कर्नर किकमा ओमालाजाले हानेर प्रहार पोष्ट नजिकबाट बाहिरियो । ललितपुरलाई गोल गर्दै खेल जित्ने राम्रो मौका थियो तर ओमालाजा चुके ।
फ्री किक
ललितपुरलाई फ्रिकिक । के यहाँ गोल होला त? निखिल कदमले हानेको प्रहार पोखराका खेलाडीलाई लागेर बाहिर गएको छ । ललितपुरलाई कर्नर किक ।

पोखराका सन्जिव विष्टले बक्स बाहिरबाट प्रहार गरेको बल ललितपुरका ओमालाजाले क्लियर गर्ने क्रममा बल बाहिर गएको छ । पोखरालाई कर्नर । सुरज ज्युको कर्नर किक । ललितपुरलाई कुनै समस्या भएन ।

खेलको अन्त्यमा तीन मिनेटको इन्जुरी टाइम थप गरिएको छ । गोल होला त ?
कर्नर किक
पोखरालाई कर्नर र सुरज ज्युले हानेको कर्नर ललितपुरका खेलाडीले क्लियर गरिदिए ।

पोखराका जोए आइडुले बल अगाडि बढाउँदै बक्स बाहिर पुर्याए आफैँ प्रहार गरेको बल सिधै ललितपुरका किपर बाल्टुसको हातमा ।

खेलाडी परिवर्तन
पोखराका लागि खेलाडी परिवर्तन । अभिषेक लामा स्टेफेन पापा अनोरको स्थानमा मैदान प्रवेश गरेका छन् ।

पोखराका आयुष घलान र ललितपुरका विवेक पौडेल जुध्दा दुवैलाई सामान्य समस्या ।

पोखरा जोए आइडु सन्जिव विष्टको पासमा करिब ३० यार्डबाट गरेको प्रहार पोष्ट भन्दा थोरैमाथिबाट बाहिरिएको छ ।

पोखराका आयुष घलानले उत्कृष्ट ड्रिबल गर्दै बक्स भित्रबाट प्रहार गरेको बल ललितपुरका किपर जेफ्री बाल्टुसले सहजै बचाए । बल हानेपछि लडेका आयुषलाई यहााा समस्या देखिएको छ ।उनी सामान्य उपचारपछि मैदान बाहिर गएर भित्र आएका छन् ।
फ्री किक
पोखराका कप्तान दिनेश राजवंशीले करिब २५ यार्डबाट हानेको फ्रिकिक बार भन्दा माथिबाट बाहिरियो ।
फ्री किक
पोखरालाई फ्रिकिक । आयुष घलालने दायाँ कर्नरबाट हानेको फ्रिकिक फ्रांकलिन टालाले सहुपयोग गर्न सकेनन् ।
फ्री किक
ललितपुरका ओमालाजा करिमले मध्यभागबाट फ्रिकिक प्रहार गरेका थिए । तर बक्समापुगेका अनन्त तामाङले भेट्न सकेनन् ।
खेलाडी परिवर्तन
69'



पोखराका मार्की आयुष घलानले बक्स बाहिरबाट हानेको लेफ्ट फुटेट सट क्रस बार थोरै माथिबाट बाहिरियो ।
खेलाडी परिवर्तन
62'



ललितपुरका दिनेश हेन्जनले दायाँ भागबाट क्रस उपलब्ध गराएका थिए । तर बक्समा रहेका सहकर्मीले भेट्न सकेनन् र बल बाहिर गयो ।

पोखराका आयुष घलानले करिब २० यार्डबाट हानेको लङ प्रहार पोष्ट भन्दा धेरै माथि गयो । कुनै खतरा भएन ।

ललितपुरका फरवार्ड इमोहले पोखराका दुई डिफेण्डरको बिचबाट बल अघि बढाउँदै पेनाल्टी बक्समा पुर्याएका थिए । तर उनले बल प्रहार गर्न नपाउँदै पोखराका खेलाडीले बल क्लियर गरे ।

पोखराका दिपेश आले मगरले पेनाल्टी बक्सबाट मवसेसका लागि क्रस गरेका थिए । तर मोसेसको हेडरले पोष्टको दिशा लिन सकेन ।



फ्री किक
पोखरालाई फ्रिकिक । सुरज ज्युले पास दिएपछि पदम भट्टराईले हानेको प्रहार ललितपुरका खेलाडीले क्लियर गरे ।

पोखराका फ्रांकलिन टालाले लामो पास पेनाल्टी बक्समा दिएका थिए । त्यसमा मोसेसले दिपेश बले मगरलाई हेड मार्फत पास दिएका थिए । तर दिपेशले बल कन्ट्रोल गरेर हान्न सकेनन् ।

ललितपुरका लागि अर्को मौका थियो । दिनेश हेन्जनको पासमा अनिल महर्जनले बक्स भित्रबाट हानेको क्रस पोखराका गोलकिपर प्रिसोको हातमा ।

ललितपुरका लागि मौका थियो । तर दिनेश हेन्जनले बक्स भित्रबाट गरेको प्रहार पोखराका फ्रांकलिन क्युएटे टालाले हेडमार्फत क्लियर गरिदिए ।
Second Half Kick Off


Half Time
फ्री किक
आयुषलाई फल गरेपछि प्राप्त फ्रिकिक पोखराका एन्जल महर्जनले फ्रिकिक प्रहार गरेका थिए । तर बल सेकेण्ड बार भन्दा बाहिर गयो ।
पहेंलो कार्ड
ललितपुरका सन्जित राईले पोखराका आयुष घलानलाई लडाएका छन् । सन्जितलाई पहेँलो कार्ड देखाइएको छ ।

पहिलो हाफको अन्त्यमा तीन मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

पोखराका लागि आयुष घलानको पासमा बक्स भित्र रहेको मोसेसले हानेको हेडर पोस्ट नजिकबाट बाहिरियो ।
फ्री किक
पोखरालाई फ्रिकिक । सुरज ज्यु ठकुरीले हानेको फ्रिकिकमा कुनै खतरा भएन ।

ललितपुरका निखिल कदमको क्रसमा बक्समा रहेको इमोहले भेट्न सकेनन् । पोखराका गोलकिपर प्रिसोले सहजै बचाए ।
फ्री किक
पोखरालाई फ्रिकिक । सुरज ज्यु ठकुरीको प्रहार सिधै पेनाल्टी बक्समा । तर कसैले भेट्न नसकेपछि बल बाहिर गयो ।
फ्री किक
ललितपुरलाई अर्को फ्रिकिक । ओमालाजा करिमले बायाँ भागबाट सिधै पोष्टमा फ्रिकिक हानेका थिए । तर सेकेण्ड बार नजिकबाटै बाहिरियो ।
कर्नर किक
ललितपुरलाई कर्नर । निखिल कदमले हानेको कर्नर पोखराका पदम भट्टराईले बचाए ।
कर्नर किक
ललितपुरलाई अर्को कर्नर । निखिलको कर्नरमा अनन्तले हेडरले पोष्टको दिशा लिन सकेन ।
कर्नर किक
ललितपुरलाई कर्नर किक । अनिल महर्जनको कर्नरमा अनन्तले बक्स भित्रबाट हानेको हेडर पोखराका गोलकिपर प्रिसोले पन्च गरेर बारमाथिबाट बाहिर पठाए ।

ललितपुरका सेसेहाङको लङ पासमा बक्समा रहेका इमोहले हेड गर्ने प्रयास गरेका थिए । तर पोखराका किपर प्रिसोले बचाए ।
फ्री किक
पोखरालाई फ्रिकिक । कप्तान दिनेशले फ्रिकिक नहानी सट पास दिए ।


ललितपुरका निखिल कदमले बायाँ भागबाट क्रस उपलब्ध गराएका थिए । तर पेनाल्टी बक्समा रहेका इमोह र दिनेश हेन्जनले हेड गर्ने प्रयास गरेपनि बल भेट्टाउन सकेनन् ।
फ्री किक
ललितपुरलाई फ्रिकिक । निखिल कदमले फ्रिकिक प्रहार गरेका थिए । त्यसमा कप्तान अनन्तले गरेको हेडर सिधै पोखराको किपर प्रिसोको हातमा ।
कर्नर किक
पोखरालाई कर्नर । सुरज ज्यु ठकुरीको कर्नर प्रहारमा कप्तान दिनेशले हेड गरेका थिए । तर ललितपुरका खेलाडीले क्लियर गरे ।


ललितपुरका इमोह इजेकेलको क्रस पोखराका कप्तान दिनेश राजवंशीले गोल लाइन नजिकबाट क्लियर गरेका छन् ।
खेलाडी परिवर्तन
19'



ललितपुरका सनिश श्रेष्ठ घाइते भएका छन् । उनी मैदान बाहिर आएका छन् । सम्भवत उनको स्थानमा अर्को खेलाडी मैदान प्रवेश गराउने तयारी छ । ललितपुर मैदानमा १० खेलाडीमा खेलिरहेको छ ।



पोखराको लागि राम्रो अवसर । मोसेसको दायाँ भागबाट सेकेण्ड बार च्यापेर हानेको बल बारमा लागेर फर्कियो । ललितपुरको लागि संकट टरेको छ ।

पोखराका स्टेफेन कोजोले बल अगाढि बढाउँदै पेनाल्टी बक्ससम्म पुर्याएका थिए । राम्रो अवसर थियो तर ललितपुरका डिफेण्डर ओमालामा करिमले क्लियर गरे ।
Kick Start




