+
+

Myanmar WT vs Nepal WT

२०८१ फागुन १४, बुधबार
Nepal WT
Nepal WT
0 - 2 Full Time
Myanmar WT
Myanmar WT
Yu Per Khaing(62),Gita Rana(64)
Dasharath Stadium, Kathmandu
लाइभ अपडेट लाइन-अप
Commentry
राजेन्द्र तामाङ, मुख्य प्रशिक्षक नेपाल : वुमन्स गोल्डकप हुनु राम्रो हो । तर त्यहाँ  तीन विभाग टिम हुन्छ । त्यो बाहेक अझ बलियो टिम ल्याएर यहाँको टिमसँग प्रतिस्पर्धा गरेर बल्ल हाम्रो टिम राम्रो हुन्छ ।
Commentry
राजेन्द्र तामाङ, मुख्य प्रशिक्षक नेपाल : अब एन्फाले प्लान दिनुभाछ । अप्रिलमा फ्रेण्डील म्याच खेल्ने । अब फिफा विन्डो बाँकी नराख्ने सबैमा खेल्ने । त्यो प्लानमा चल्न सक्यो भने अली फाइदा हुन्छ । हाम्रो खेलाडी बलियो हुन्छ । स्ट्रेनथ बढ्छ । हाम्रो खेलाडीहरु पनि अर्जनाइज भइराछ । लिगहरु भइराछ । खेलहरु भइराछ । त्यो अनुसार भए हामी एएफसी एसियन कप छनोटमा राम्रो खेल्न सक्छौँ ।
Commentry
राजेन्द्र तामाङ, मुख्य प्रशिक्षक नेपाल : टुर्नामेन्ट राम्रै भयो । सुरुमा हामी भन्दा तलको टिमसँग प्रतिस्पर्धा हुँदा गोल धेरै निस्केन । दोस्रो खेल लेबनान कलियो नै थियो । युरोप अमेरिका अष्ट्रेलियामा खेल्ने खेलाडी थिए । हामीले १-० ले जित्यौँ । फाइनल पुग्यौँ । तेस्रो खेलमा हामीले सुरुवाती दुई खेल हेरेर अर्गनाइज गरेर खेल्यौँ । र सजिलो भयो । हामीले म्यानमारसँग गोल खायौँ र गोल पनि गर्‍यौँ । बराबरी भयो । त्यो हिसावमा हेर्दा आज सजिलो हुन्छ भन्ने थिएन । हामी अगाडीको जस्तो सानो गल्ती गरेर गोल नखाने प्लान थियो । हाई प्लेसिङ गर्ने बित्तिकै हाम्रो ब्यालेन्स बिग्रियो । दोस्रो हाफ राम्रै भइराथ्यो । रेखा पौडेलको स्थानमा रश्मिलाई पठाए । डिफेण्डिङमा अर्गानइज नहुने बित्तिकै पहिलो गोल भइहाल्यो । किपरको पनि पोजिसन भएन । गोल भयो । त्यसपछि पनि हार खाएन । हामीले दबाबमा राख्यौँ । चान्स पाथ्यो तर स्कोर भएन । हामी भन्दा माथिको टिमसँग खेल्दा हामीले अझै पावरफुल भएर खेल्नुपर्छ भन्ने भयो । हामीले कुन तरिकाले लगानी गर्दा कस्तो हुन्छ भन्ने थाहा पाउनुपर्छ । सबै कुरामा काम गर्न पाए राम्रो हुन्छ । म्याानमार टफ टिम हो । प्रदर्शनको रुपमा हेर्दा खेल हो हार जित हुन्छ । तर भित्र खेल्दा अलीकती तालमेल नमिल्दा हार हुन्छ । तर मैदानमा समग्रमा हामीले राम्रै खेलेको हो ।
Commentry
रेनुका : प्लेअर अफ दि टुर्नामेन्ट एक्सपेक्ट थिएन । खुशी छु । मैले गरेको मिहिनेतको फल जस्तो लाग्छ । चोटबाट ब्याक हुादा सपोर्ट पाइन । त्यो बेला सपोर्ट पाको भए राम्रो हुन्थ्यो होला ।
Commentry
रेनुका : मलाई के लाग्छ भने बाहिकरा टिमले म्याच एक्सपोजर पाउँछ हामीले त्यस्तो थिए । हामीले अहिले खेलिराछदँ । पहिला थिएन । नर्मल टिमसँग हामी राम्रो खेलिरहेका हुन्छौँ । अलीकती ठूलो टिमसँग खेल्दा गाह्रो भइराको हुन्छ । अनुभवको कारणले गर्दा होला ।
Commentry
रेनुका : पहिलो हाफमा राम्रो खेलिराथ्यौँ । पहिलो गोल अप्रत्यासित भयो । त्यसपछि खेलमा असर भयो । एक गोल मात्र खाएर केही थिएन दोस्रो गोल पनि भएपनि गाह्रो भयो । टिमलाई प्रेसर पर्‍यो । एकदमै नराम्रो लागिराछ । देशको लागि खेलेको यतिका वर्ष भयो । गोल्ड मेडल ल्याउने रहर थियो । यति मिहिनेत गर्दा पनि दिन सककेा छैनौँ । एकदम नराम्रो लागेको छ ।
Commentry
राजेन्द्र तामाङ नेपाल कोच : अब पहिलो खेलमा २-२ को बराबरी राम्रै भयो । फाइनलमा पनि टफ फाइट गरेको हो । वरियता नहेरी गेम प्लानमा राम्रो थियो । एउटै समस्या पाएको अवसर ग्मायो । त्यो चान्स सदुपयवग भएको भए राम्रो हुन्थयो । हामीले अप्रत्साित गोल खायौँ ।
Commentry
तेत्सुको युकी, मुख्य प्रशिक्षक म्यानमार : नेपाली टिम अहिले राम्रो अवस्थामा छ ।
Commentry
तेत्सुरो युकी, मुख्य प्रशिक्षक म्यानमार : आजको खेल दुवै टिमका लागि राम्रो खेल भयो । हामीले घरेलु टोली नेपालसँग खेल्न पायौँ । यो राम्रो रह्यो । वन्डरफुल म्याच भयो । एन्फा अफिसियलहरुलाई धन्यवाद दिन चाहन्छु । म्यानमारबाट खेल हेरिरहेका समर्थकलाई पनि धन्यवाद । आजको खेलमा दुवै टिमले राम्रो प्रदर्शन गरे । म खेलबाट सन्तुष्ट छु । पहिलो हाफमा नेपालले राम्रो खेलेको थियो । जुन हाम्रो लागि कठिन समेत बनेको थियो । इमानदारी भएर भन्दा पहिलो हाफमा हामीले योजना अनुसार खेल्न सकेनौँ । हाफ टाइममा हामीले छलफल गर्‍यौँ र दोस्रो हाफको लागि यवजना बनायौ । खेलाडीले मेरो निर्देशन पालना गरे र राम्रो भयो । हाम्रो खेलाडीलाई धेरै धन्यवाद । मेरो विचारमा यो टुर्नामेन्ट धेरै राम्रो छ । यस प्रतियोगितामा चार राष्ट्रले प्रतिस्पर्धा गरे । चार टिम राम्रो थियो । हाम्रो म्यानमार महिला फुटबल टिमका लागि धेरै अन्तर्राष्ट्रिय खेल छैन । हामीले यस प्रतियोगितामा चार खेल खेल्न पायौँ । हाम्रो लागि राम्रो अवसर रह्यो । यो अहिलेसम्मको राम्रो टुर्नामेन्ट रह्यो ।
Commentry
उपाधि जितेको म्यानमारलाई च्याम्पियन ट्रफी प्रदान गरेसँगै इन्टरनेसनल वुमन्स च्याम्पियनसिप फुटबल सकिएको छ ।
Commentry
नेपालकी मिडफिल्डर रनेुका नगरकोटे च्याम्पियनसिपकै सर्वोत्कृष्ट प्लेअर घोषित भएका छन् ।
Commentry
प्लेअर अफ दि फाइनल म्याच :
Commentry
म्यानमारले घरेलु टोली नेपाललाई २-० ले हराएर इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ । नेपाल फेरि उपविजेतामै सिमित भएको छ । नेपाली महिला टोली अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा हारेको यो १३औं पटक हो । नेपालले १३ पटक फाइनलमा खेल्दा सबैमा पराजित भएको छ ।
Full Time
Full Time

substitute खेलाडी परिवर्तन 90+6'

90+5'
फ्री किक

फ्री किक

नेपाललाई राम्रो स्थानमा फ्रिकिक । पेनाल्टी बक्सको एजमा फ्रिकिक पाएको छ ।

90+4'
फ्री किक

फ्री किक

नेपाललाई फ्रिकिक । सावित्राले हानेको फ्रिकिक प्रहार म्यानमारकी किपरले बचाइन् ।

substitute खेलाडी परिवर्तन 90 +2'

Saru Limbu Midfielder
Commentry
दशरथ रंगशालमा आजको उपस्थिती १५ हजार ५६८ ।
90'
Commentry

दोस्रो हाफको अन्त्यमा ५ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

substitute खेलाडी परिवर्तन 89'

substitute खेलाडी परिवर्तन 89'

83'
corner

कर्नर किक

नेपाललाई कर्नर ।

71'
Commentry

राम्रो अवसर । सविता राना मगरको कर्नरमा सरु लिम्बुले बक्सबाट हानेको हेडर म्यानमारकी किपरले मुस्किलले बचाएकी छिन् ।

70'
Commentry

नेपाली रश्मिले हानेको भलि प्रहार म्यानमारकी किपरले सेभ गरिन् । उनले पूर्ण रुपमा बचाउन नसकेपछि बल बाहिर गएको छ । नेपाललाई कर्नर ।

68'
Commentry

म्यानमार लगातार आक्रमणमा । सान थव थव ले दायाँ भागबाट हानेको प्रहार बारमा लागेर बाहिरिएको छ । नेपाललाई केही राहत ।

64'
Goal
Myanmar WT - Gita Rana
GOAL !

Own Goal!! म्यानमारले अर्को गोल गरे । करिब १५ हजार दर्शक उपस्थित दशरथ रंगशालाको अवस्था पिन ड्रप साइलेन्स बनेको छ । आत्मघाती गोल भएकव छ। । फ्यु फ्युविनले हानेको लामो फ्रिकिकमा म्यानमारकी कप्तान विन थेइङ्गी तुनले बक्सको दायाँ भागबाट हानेको प्रहार नेपाली किपर एन्जिलाले रोकेकी थिइन् । तर पूर्ण रुपमा क्लियर नभएको बल रोक्न गीता राना पुगेकी थिइन् । गीतालाई लाग्दै बल गोल भएको हो । गीता रानाले बल रोक्ने प्रयास गरेपनि सफल भइनन् ।

62'
Goal
Myanmar WT - Yu Per Khaing
GOAL !

Goal!! म्यानमारले पहिले अग्रता लिएको छ । यु पर खिनले गोल गरेकी हुन् । उनले मेदानको बायाँ भागबाट एक्लै बल अघि बढाउँदै नेपालको पेनाल्टी बक्समा पुर्‍याएर चिप हानेको बल सिधै गोलमा परिणत भएको हो । नेपाली किपर एन्जिला बल रोक्ने प्रयासमा अघि बढेपनि सफल भइनन् ।

substitute खेलाडी परिवर्तन 61'

60'
पहेंलो कार्ड

पहेंलो कार्ड

म्यानमारकी स्वी यी तुनलाई पहेँलो कार्ड ।

Commentry
एक घण्टाको खेल सकिँदा पनि दुवै टोलीबाट कुनै गोल हुन सकेको छैन ।
58'
फ्री किक

फ्री किक

नेपाललाई अट्याकिङ एरियामा फ्रिकिक ।

substitute खेलाडी परिवर्तन 58'

55'
Commentry

सावित्राले बक्सबाट हानेको हेड पोष्ट नजिकबाट बाहिरियो । विमला विकको लामो पासमा सावित्राले हेड हानेकी थिइन् ।

52'
corner

कर्नर किक

म्यानमारलाई कर्नर । पुजा रानाले बल बचाउने क्रममा बाहिर गएपछि म्यानमारले कर्नर पाएको हो ।

50'
offside

अफ साइड

म्यानमारकी कप्तान विन तुन अफसाइड भएकी छन् ।

48'
फ्री किक

फ्री किक

नेपाललाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

47'
Commentry

प्रीति राईको प्रहार फ्रेममा पर्न सकेन ।

46'
Commentry

दोस्रो हाफ सुरु भएको छ ।नेपाल सुरुमै आक्रमक देखिएको छ । सावित्राले बक्स बाहिरबाट हानेको प्रहार म्यानमारका खेलाडीले ब्लक गरे ।

Second Half Time
Second Half Kick Off
Commentry
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले गोल गर्ने केही राम्रो अवसर बनाएपनि गोल भने हुन सकेन ।
Half Time
Half Time
Commentry
विन तुन र गीता मैदान भित्र प्रवेश गरेका छन् ।
Commentry
बल हान्ने प्रायसमा गीना रानासँग ठोक्किएपछि म्यानमारकी कप्तान विन थेइङ्गी तुन केही समस्यामा छिन् । उनी सँगै नेपालकी गीता राना मैदान बाहिर आएकी छन् ।
45+2'
corner

कर्नर किक

म्यानमारले कर्नर पाएको छ । यो खेलकै पहिलो कर्नर हो ।

45+1'
Commentry

नेपालले मध्यभाग नजिक पाएको फ्रिकिक गीता रानाले हानेकी थिइन् । तर म्यानमारका खेलाडीले क्लियर गरे ।

45'
Commentry

पहिलो हाफमा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।  

45'
पहेंलो कार्ड

पहेंलो कार्ड

नेपालकी रेनुका नगरकोटेलाई फल गरेपछि म्यानमारकी फ्यु फ्यु विनलाई पहेँलो कार्ड देखाइएको छ ।

44'
Commentry

गोल गर्ने अर्को राम्रो अवसर गुमेको छ । म्यानमारका खेलाडीले बल गोललाइनबाट क्लियर गरेकी छन् ।

43'
फ्री किक

फ्री किक

नेपाललाई मध्यभाग नजिक फ्रिकिक । गीता रानाको फ्रिकिकमा सविता रानाले राम्रो फस्ट टच लिन सकिनन् ।

39'
Commentry

पुजा ठिक भएर मैदान प्रवेश गरेकी छिन् ।गीता रानाले फ्रिकिक हानेकी छन् ।

37'
फ्री किक

फ्री किक

नेपाललाई डिफेन्सिभ एरियामा फ्रिकिक  । पुजा राना रोक्ने क्रममा केही समस्या छिन् । उनलाई मैदान बाहिर लगिएको छ । 

36'
Commentry

म्यानमारका फ्यु फ्यु विनले फ्रिकिक हानेकी थिइन् । बक्सबाट न ह्वेट ह्वेट वाईले हेड हानेकी थिइन् । तर बल बारमाथिबा६ बाहिर गयो । 

36'
फ्री किक

फ्री किक

म्यानमारले अट्याकिङ एरियामा फ्रिकिक पाएको छ । 

34'
Commentry

नेपालले राम्रो अवसर गुमाएको छ । सुरुमा रेखा पौडेलको पासमा सावित्राले हानेको प्रहार म्यानमारकी किपरले रोकिन् । पूर्ण रुपमा क्लियर नभएको बल सावित्राले बक्स भित्रबाट हेड हानेकी थिइन् । रेखा सिक्यस यार्ड बक्स नजिक थिइन् । उनलाई गोल गर्ने राम्रो अवसर थियो । तर बल प्रहार गर्न सकिनन् । म्यानमारको लागि खतरा टरेको छ । 

31'
Commentry

म्यानमार किपर बक्स छाडेर अघि बढिसकेको अवस्थामा सावित्रा बल भेट्न अघि बढेकी थिइन् । राम्रो अवसर हुन सक्थ्यो ।तर म्यानमारका खेलाडीले बल क्लियर गरे ।

23'
Commentry

great save by bimala bk म्यानमारलाई यहाँ राम्रो अवसर । क्रसमा प्राप्त बलमा सान थव थवले बक्स भित्रबाट सिधै प्रहार गरेकी थिइन् । नेपाली किपर एन्जिला अघि बढिसकेको अवस्थामा डिफेण्डर विमला विकले उत्कृष्ट बचाउ गरिन् । एन्जिला बीट भइसकेको अवस्थामा विमलाले गोल लाइन नजिक पुगेर बचाएकी हुन् ।

22'
फ्री किक

फ्री किक

म्यानमारलाई फ्रिकिक । फ्यु फ्यु मिनले मध्यभागबाट सिधै नेपालको पोष्टमा प्रहार गरेकी थिइन् । उनको टिममेटले नेपाली बक्समा हेड हान्ने प्रयास गरेपनि सफल हुन सकेनन् । नेपाली किपर एन्जिलाले सहजै बचाइन् ।

20'
Commentry

म्यानमारकी युन वादीले दायाँ भागबा६ हानेको लङ सट सिधै नेपाली किपर एन्जिलाको हातमा । उनले सहजै बचाइन् ।

Commentry
नेपाल र म्यानमारबीचको फाइनल खर्ल हेर्न दशरथ रंगशालमा क्यापासिटी क्राउड छन् ।
17'
फ्री किक

फ्री किक

गीता रानालाई म्यानमारका खेलाडीले लडाएपछि नेपालले आफ्नै पेनाल्टी बक्स  बाहिर फ्रिकिक पाएको छ ।

Commentry
लिग चरणमा नेपाल र म्यानमार एक आपसमा खेलिसकेका छन् । त्यसैले दुवै टिमलाई एक-अर्काको बलियो र कमजोर पक्षबारे थाहा छ । त्यसैले दुवै टोली फाइनलमा गल्ती गर्ने पक्षमा छैनन् ।
11'
Commentry

खिन मो मो तुनले एक्लै बल अघि बढाएर हानेको प्रहार किपर एन्जिलाले डाइभ गर्दै सेभ गरिन् ।

11'
Commentry

म्यानमारका लागि युव वादीले हानेको प्रहार नेपाली किपर एन्जिलाले बचाइन् ।

9'
Commentry

सावित्राको फ्रिकिकमा सरु लिम्बुले बल भेटाएकी थिइन् तर उनले बल कन्ट्रोल गरेर प्रहार गर्न सकिनन् ।

8'
फ्री किक

फ्री किक

नेपाललाई फेरि अट्याकिङ एरियामा फ्रिकिक ।

7'
Commentry

नेपालका लागि गीता रानाले फ्रिकिक हानेकी छन् । पेनाल्टी बक्सका सावित्राले बल भेटेपनि कन्ट्रोल गर्न सकिनन् ।

6'
फ्री किक

फ्री किक

नेपाललाई अट्याकिङ एरियामा फ्रिकिक ।

4'
Commentry
नेपाललाई डिफेन्सिभ एरियामा फ्रिकिक ।
Kick Off
Kick Start
Commentry
दुवै टोलीका खेलाडीहरु मैदान प्रवेश गरेका छन्  । आजको खेल टेकचाम रन्जिता देवीले खेलाउँदैछन् । म्यानमार रातो र नेपाल निलो जर्सी लगाएर खेल्दैछन् ।
Commentry
नेपाल अहिलेसम्म म्यानमार विरुद्ध जितविहिन छ । म्यानमारसँग ५ खेल खेल्दा नेपाल तीन खेलमा पराजित भएको छ भने दुई खेल बराबरीमा सकिएको थियो । यस्तो छ अहिलेसम्मको खेलको नतिजा ।
Commentry
नेपाल र म्यानमार अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा खेल्न लागेको पनि यो दोस्रो पटक हो । यसअघि सन् २०१९ मा भारतमा भएको हिरो गोल्डकपको फाइनलमा पनि नेपाल र म्यानमार भिडेका थिए । त्यसमा म्यानमार ३-१ ले विजयी भएको थियो ।
Commentry
नेपाल र म्यानमार यस च्याम्पियनसिपमा दोस्रो पटक खेल्न लागेको हो । यसअघि समूह चरणमा यी दुई टोलीले २-२ को बराबरी खेलेका थिए ।
Commentry
म्यानमारले फाइनलमा आफ्नो बलियो टोली खेलाउँदैछ । अघिल्लो खेलबाट म्यानमारले ८ परिवर्तन गरेको छ । गोलकिपर मो म्या म्या नयिनसहित  न ह्तेट ह्तेट वाई र यु पर खिने मात्र अघिल्लो खेलबाट पहिलो रोजाईँमा छन् भने अन्य खेलाडी परिवर्तन भएका छन् ।
Commentry
फाइनल खेलका लागि दुवै टोलीले यसअघिको खेलबाट टिममा परिवर्तन गरेका छन् । नेपालले यसअघि लिग चरणमा म्यानमार विरुद्ध खेलेको टिमबाट दुई परिवर्तन गरेको छ । कप्तान एन्जिला तुम्बापो सुब्बा र फरवार्ड रेखा पौडेल पहिलो रोजाईँमा फर्किएका छन् । अन्जना राना मगर र रश्मि कुमारी घिसिङ आज बेन्चमा छन् । यस्तै म्यानमारले अघिल्लो खेलबाट ८ परिवर्तन गरेको छ ।
Commentry
खेल साँझ ६ बजे सुरु हुनेछ । हामी खेल सम्बन्धि सम्पूर्ण अपडेट लिएर उपस्थित हुनेछौँ ।
Commentry
नमस्कार ।इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फुटबलको फाइनल खेलेको  लाइभ अपडेटमा स्वागत छ । चार राष्ट्र सहभागि च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल र प्रतिक भट्ट उपस्थित भइसकेको छ ।

Upcoming match

Top Scorer

INTERNATIONAL WOMENS CHAMPIONSHIP 2025
Matches 3
Score 3
Matches 3
Score 2
Matches 2
Score 2
Matches 1
Score 1
Matches 1
Score 1
Matches 2
Score 1
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1
Matches 2
Score 1

Recent Results

२०८१ फागुन ५, सोमबार
MM
3 - 1
LB
NP
1 - 0
KG
२०८१ फागुन ८, बिहीबार
KG
0 - 5
MM
LB
0 - 1
NP
२०८१ फागुन ११, आइतबार
KG
0 - 2
LB

Players to watch

Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Ananta Tamang Defender
Lalitpur City FC
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Samir Tamang Forward
CBU
Lalitpur City FC
Mani Lama Midfielder
APF
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Arik Bista Midfielder
Butwal Lumbini FC