+
+

Butwal Lumbini FC vs Dhangadhi FC

२०८१ चैत १९, मंगलबार
Butwal Lumbini FC
Butwal Lumbini FC
Kenta Hara(31)
1 - 4 Full Time
Dhangadhi F.C.
Dhangadhi F.C.
Ahmad Hijazi(6),Kritish Ratna Chhunju(75),Ahmad Hijazi(90+6),Sérgio Barboza(90+9)
Dasharath Stadium, Kathmandu
लाइभ अपडेट लाइन-अप
Commentry
एनएसएलको आजको लाइभ अपडेटबाट म गोविन्दराज नेपाल बिदा माग्न चाहन्छु । हाम्रो साइटमा आईपीएलको पनि बल बाइ बल अपडेट जारी छ, ट्याब स्वीच गरेर हेर्न सक्नुहुनेछ । नमस्कार, शुभ रात्री
Commentry
प्लेअर अफ दि म्याच : अहमद हिजाजी (धनगढी एफसी)
Commentry
अहमद हिजाजीले दुई गोल गरेपछि साविक उपविजेता धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्दै एनएसएल २०२५ मा सानदार सुरुवात गरेको छ । बुटवल भने लगातार दुई खेलमा जितविहिन छ । बुटवलले पहिलो खेलमा झापा एफसीसँग बराबरी खेलेको थियो ।
Full Time
Full Time
90+9'
Goal
Dhangadhi F.C. - Sérgio Barboza
GOAL !

GOAL!! It\\\'s again dhangadhi. धनगढीका लागि चौथो गोल । यस पटक ब्राजिलियन खेलाडी सर्जियो बार्बोजाले गोल गरे ।

90+6'
Goal
Dhangadhi F.C. - Ahmad Hijazi
GOAL !

GOAL!! Again Hijaji. हिजाजीले व्यक्तिगत दोस्रो गोल गरेका छन् । धनगढीलाई ३-१ को अग्रता । मोहमेद अल जाउएनीले मैदानको मध्यभागबाट दिएको लामो पासमा हिजाजीले बुटवलको बकसमा पुग्दै वान टचमा गोल गरे ।

90+4'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीका अमृत श्रेष्ठलाई पहेँलो कार्ड ।

90+3'
Commentry

धनगढीका मोहमेद अल जाउएनी केही समस्यामा छन् । उनका लागि मैदानमै स्ट्रेचर लगिएको छ ।

substitute खेलाडी परिवर्तन 90+2'

90'
Commentry

दोस्रो हाफमा ९ मिनेट इन्जुरी टाइम थप गरिएको छ  ।

90'
Commentry

धनगढीका लागि अवसर । अल जाउएनीले हानेको प्रहार बुटवलका किपर दीपले बचाए । बल बाहिर गएपछि धनगढीले कर्नर पाएको छ  ।

substitute खेलाडी परिवर्तन 84'

substitute खेलाडी परिवर्तन 84'

75'
Goal
Dhangadhi F.C. - Kritish Ratna Chhunju
GOAL !

Goal!! धनगढीले अग्रता लिएको छ । मार्की कृतिश रत्नले गोल गरे । कृतिशले बुटवलका दुई खेलाडीलाई छलाउँदै बल बक्स भित्र पुर्‍याउँदै आकर्षक गोल गरे ।

73'
Commentry

बुटवलका मनिष सेढाईँको प्रहार बारमा लागेर फर्कियो ।

substitute खेलाडी परिवर्तन 71'

substitute खेलाडी परिवर्तन 71'

Pradip Lama Midfielder
Fatteman Ghale Midfielder
71'
corner

कर्नर किक

धनगढीलाई कर्नर ।

69'
पहेंलो कार्ड

पहेंलो कार्ड

बुटवलका सरोज तामाङ र धनगढीका एल जाउएनीलाई पहेँलो कार्ड ।

66'
पहेंलो कार्ड

पहेंलो कार्ड

बुटवलका मनिष सेढाईँलाई पहेँलो कार्ड ।

66'
corner

कर्नर किक

धनगढीलाई कर्नर ।

62'
Commentry

हेड कोलिजन यहाँ । बुटवलका मनिष सेढाईँ र धनगढीका कप्तान देवेन्द्र मैदानमा लडेका छन् । सामान्य ट्रिटमेन्ट पछि उनीहरु मैदान बाहिर आएका छन् । दुवै फेरि मैदान प्रवेश गरे ।

59'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीका हिजाजीलाई पहेँलो कार्ड ।

59'
Commentry

सरोजले हाने फ्रिकिक  । तर धनगढीको वाल पार गर्न सकेन ।

57'
फ्री किक

फ्री किक

बुटवललाई बक्स नजिक फ्रिकिक । राम्रो स्थानमा फ्रिकिक पाएको छ । गोल गर्ने राम्रो अवसर छ  ।कप्तान मनिष डाँगी फ्रिकि हान्ने तयारीमा छन् । सरोज तामाङ पनि तयारीमा छन् । कसले हान्छन्?

Commentry
दोस्रो हाफमा दुवै टोली अग्रता लिने होडमा छन् ।
57'
Commentry

धनगढीका हिजाजीको प्रहार सिधै बुटवलका किपर दीपको हातमा ।

Second Half Time
Second Half Kick Off

substitute खेलाडी परिवर्तन HT'

Commentry
पहिलो हाफमा दुवै टोलीले एक-एक गोल गरेका छन् । खेलको पाँचौ मिनेटमै हिजाजीले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । तर बुटवलका केन्टा हाराले खेलको आधा घण्टापछि बराबरी गोल पर्काए । दोस्रो हाफमा कुन टिमले गोल थप्ला?
Half Time
Half Time
45+1'
corner

कर्नर किक

धनगढीलाई कर्नर ।

45'
Commentry

पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ  ।

38'
Commentry

फत्तेमानको लङ सट । बुटवलका फत्तेमानले बक्स बाहिरबाट हानेको प्रहार धनगढीका किपर वालिदले बचाए ।

substitute खेलाडी परिवर्तन 32'

31'
Goal
Butwal Lumbini FC - Kenta Hara
GOAL !

Goal!! बुटवलले बराबरी गोल फर्काएको छ । जापानी खेलाडी केन्टा हाराले बराबरी गोल गरेका हुन् ।

30'
Commentry

धनगढीका किपर वालिदको राम्रो बचाए । बुटवललाई कर्नर । बुटवलका सरोज तामाङले हानेको बल धनगढीका जोर्जले क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गएपछि वालिदले बचाएका थिए ।

27'
Commentry

ohh!! हिजाजीको प्रहार पोष्टमा लागेर फर्केको छ । धनगढी अभागी यहाँ । हिजाजीले बाया भागबाट एक्लै अघि बढाउँदै पेनाल्टी बक्समा पुर्‍याएर हानेको प्रहार सेकेण्ड बारमा लागेर फर्केको छ । रिबाउण्डमा कृतिशले हानेको प्रहार बुटवलका खेलाडीलाई लागेर फर्कियो । धनगढीको खेलाडी र बेन्चबाट ह्यान्डको अपिल थियो तर रेफ्रीले नकारिदिए ।

23'
फ्री किक

फ्री किक

बुटवललाई अट्याकिङ एरियामा फ्रिकिक ।

19'
Commentry

धनगढीका हिजाजीको प्रहार बाहिरिएको छ । बार्बोजाले दायाँ भागबाट दिएको क्रसमा हिजाजीले बक्सबाट हानेको प्रहार बाहिर गएको हो  ।

18'
Commentry

धनगढीलाई अर्को अवसर हुन सक्थ्यो । मार्की कृतिशको पासमा जर्ज प्रिन्सले बक्स भित्रबाट हानेको प्रहार फितलो रह्यो । बुटवलका किपर दीपले सहजै बचाए ।

15'
corner

कर्नर किक

बुटवललाई कर्नर । कप्तान मनिष डाँगीले अघि बढाउँदै बक्सबाट क्रस गरेको बल धनगढीका कप्तान देवेन्द्रले बचाए । बल बाहिर गएपछि बुटवललाई कर्नर ।

9'
Commentry

केन्टा हाराले हानेको फ्रिकिक पोष्टभन्दा माथिबाट बाहिरियो ।

8'
फ्री किक

फ्री किक

बुटवल लुम्बिनीलाई अट्याकिङ एरियामा फ्रिकिक ।

6'
Goal
Dhangadhi F.C. - Ahmad Hijazi
GOAL !

Goal!! अहमद हिजालीले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका छन् । अहमेद अल जाउएनीले दिएको लङ पासमा हिजाजीले बक्सबाट वान टचमै गोल गरे । बुटवलका गोलकिपर दीप कार्कीले बल रोक्ने कुनै अवसर नै पाएनन् । फोटो : विकास श्रेष्ठ

2'
फ्री किक

फ्री किक

बुटवललाई अट्याकिङ एरियामा फ्रिकिक ।

Kick Off
Kick Start
Commentry
दुवै टोलिको पहिलो रोजाईा यस्तो छ ।                                                  
Commentry
बुटवल लुम्बिनी र धनगढी एफसीबीच खेलको प्रिभ्यू पढ्न यहाँ क्लिक गर्नुहोला ।
Commentry
बुटवलका जापान देखि इंग्ल्याण्डसम्मका खेलाडी छन् । जापानका केन्टा हारा, इंग्ल्याण्डका एडम मिटर र नाथन माभिला, स्कटल्याण्डका फ्रांक रोस, घानाका फिलिप अजा र नाइजेरियामा इजेकेल तामारा छन् ।
Commentry
ओलावाले आफिज लगातार तेस्रो र अहमद हिजाली दोस्रो पटक धनगढीबाट खेल्दैछन् । यस्तै धनगढीले स्पानिस गोलकिपर वालिद विरोउ र डिफेण्डर जोर्ग काइसेडो, ब्राजिलियन फरवार्ड सर्जियो बार्बोजा र मोरोक्कोका मिडफिल्डर मोहमेद एल जाउएनीलाई अनुबन्ध गरेको छ ।
Commentry
धनगढी यसअघि लगातार दुई पटक फाइनल पुगेर पनि पराजित भएको थियो । पहिलो संस्करणमा काठमाडौं रेजर्स र दोस्रो संस्करणमा ललितपुर सिटी एफसीसँग फाइनल पराजित भएको धनगढी यस पटक उपाधि जित्ने लक्ष्यमा छ ।
Commentry
दुवै टिममा विदेशी प्रशिक्षक छन् । बुटवलमा भुटानी प्रशिक्षक पुष्प लाल शर्मा छन् । धनगढीले पहिलो पटक विदेशी खेलाडी अनुबन्ध गरेको हो । स्पानिस प्रशिक्षक हुवा मानुएल मार्टिनेजको प्रशिक्षकमा धनगढी खेल्दैछ ।
Commentry
बुटवलका कप्तान एरिक विष्टले पहिलो खेलमा रातो कार्ड सामना गरेपछि आजको खेल खेल्दैनन् । मार्की प्लेअर मनिष डाँगीले बुटवल लुम्बिनीको कप्तानी गर्नेछन् । यस्तै धनगढीको कप्तानी डिफेण्डर देवेन्द्र तामाङले गर्नेछन् ।
Commentry
बुटवल लुम्बिनीको यो लगातार दोस्रो खेल हो भने धनगढी पहिलो खेल खेल्दैछ । बुटवल यसअघि झापा एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो । आजको खेलपछि हरेक टोलीले कम्तीमा एक खेल खेल्नेछन् ।
Commentry
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हामी यस खेल र खेलाडीको बारेमा सम्पुर्ण अपडेट दिँदै जानेछौँ ।
Commentry
नमस्कार नेपाल सुपर लिग (एनएसएल) २०२५ को चौथो दिनको लाइभ अपडेटमा स्वागत छ । एनएसएलको चौथो दिन आज बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिए। म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

२०८१ चैत २१, बिहीबार
JFC
18:00
२०८१ चैत २२, शुक्रबार
FCC
18:00
२०८१ चैत २३, शनिबार
14:30
DFC
18:00
LFC
२०८१ चैत २४, आइतबार
JFC
18:00
FCC

Top Scorer

Nepal Super League 2025
Jonathan Cantillana Lalitpur City FC
Matches 2
Score 3
Ahmad Hijazi Dhangadhi FC
Matches 1
Score 2
Aditya Shakya Lalitpur City FC
Matches 1
Score 1
Niraj Chaudhary FC Chitwan
Matches 1
Score 1
Kritish Ratna Chhunju Dhangadhi FC
Matches 1
Score 1
Joe Aidoo Pokhara Thunders
Matches 1
Score 1
Samir Tamang Pokhara Thunders
Matches 1
Score 1
Amadou Diop Kathmandu Rayzrs
Matches 1
Score 1
Vincent Koziello Kathmandu Rayzrs
Matches 1
Score 1
Kenta Hara Butwal Lumbini FC
Matches 2
Score 1

Recent Results

२०८१ चैत १६, शनिबार
LFC
2 - 2
२०८१ चैत १७, आइतबार
0 - 0
JFC
२०८१ चैत १८, सोमबार
FCC
2 - 0
२०८१ चैत १९, मंगलबार
1 - 4
DFC
२०८१ चैत २०, बुधबार
LFC
3 - 2

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Lalitpur City FC
Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Butwal Lumbini FC
Samiraj Thokar Midfielder
Jhapa
Jhapa
FC Chitwan
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Aayush Ghalan Midfielder
Pokhara Thunders