+
+

Lalitpur City vs Pokhara Thunders

२०८१ चैत २०, बुधबार
Lalitpur City FC
Lalitpur City FC
Jonathan Cantillana(11),Imoh Ezekiel(45+2),Jonathan Cantillana(75)
3 - 2 Full Time
Pokhara Thunders
Pokhara Thunders
Samir Tamang(42),Joe Aidoo(90+10)
LCFC win by 3-2
Dasharath Stadium, Kathmandu
लाइभ अपडेट लाइन-अप
Commentry
अर्को तनावपूर्ण खेल । अर्को ५ गोल र साविक विजेता ललितपुरको पहिलो जित । यो सँगै एनएसएलको आजको लाइभ अपडेटबाट म गोविन्दराज नेपाल बिदा माग्न चाहन्छु । हाम्रो साइटमा आईपीएलको पनि बल बाइ बल अपडेट जारी छ, ट्याब स्वीच गरेर हेर्न सक्नुहुनेछ । नमस्कार, शुभ रात्री
Commentry
प्लेअर अफ दि म्याच :
Commentry
तनावपूर्ण खेलमा जित निकाल्दै ललितपुर सिटी शीर्ष स्थानमा छ । पोखरामाथि ३-२ को जितपछि दुई खेलबाट ४ अंक जोडेको साविक विजेता ललितपुर शीर्ष स्थानमा उक्लेको छ । पोखराको भने यो लगातार दोस्रो हार हो । पोखरा पहिलो खेलमा चितवनसँग पराजित भएको थियो ।
Full Time
Full Time
90+10'
Goal
Pokhara Thunders - Joe Aidoo
GOAL !

Goal!! पोखराले गोल फर्काएको छ । मार्की समिरले दायाँ भागबाट दिएको पासमा विदेशी खेलाडी जोए आइडुले उत्कृष्ट गोल गरे । खेल रोमाञ्चक बनेको छ ।

95'
corner

कर्नर किक

पोखरालाई कर्नर ।

90+3'
फ्री किक

फ्री किक

पोखराका माइकल चुक्वुबुन्नाले हानेको फ्रिकिक पोष्ट नजिकबाट बाहिरिएको छ ।

substitute खेलाडी परिवर्तन 90+2'

90'
Commentry

दोस्रो हाफको अन्त्यमा १० मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

substitute खेलाडी परिवर्तन 90'

substitute खेलाडी परिवर्तन 90'

90'
पहेंलो कार्ड

पहेंलो कार्ड

पोखराका आयुषलाई पहेँलो कार्ड ।

substitute खेलाडी परिवर्तन 89'

Dipesh Ghale Midfielder
Aditya Shakya Midfielder

substitute खेलाडी परिवर्तन 89'

Commentry
खेल केही बेर रोकिकएो छ ।
Commentry
पोखराले किपर परिवर्तन गर्ने तयारी गरिरहेको छ  ।कृशल मोक्तान मैदान जाने तयारीमा छन् । यस्तै ललितपुरले पनि दुई खेलाडी परिवर्तन गर्ने तयारी गरिरहेको छ ।
Commentry
पोखराको किट पार्टनगर जी स्पोर्ट्सका प्रमुख सुन्दर थापा अझै रेफ्रीसँग प्रतिवाद गर्न गएका छन् । उनलाई सम्झाउन जाँदा एनएसएलका कम्पिटिसन डिरेक्टर सन्जिव मिश्रलाई नै उनले धकेलेर लडाए । सुरक्षाकर्मीहरु समेत मैदान छउ आएका छन् । खेलमा केही तनावपूर्ण स्थिती आएको छ । थापाको नाम पोखराको अफिसिलय बेन्च लिस्टमा समेत छैनन् ।
81'
Commentry

पोखराका समिर तामाङको क्रसमा कप्तान नवयुगले हानेको प्रहामा ललितपुरका किपरको राम्रो बचाउ । तर पोखराका खेलाडीहरु गोल हुनुपर्ने भनेर अपिल गरिरहेका छन् । रेफ्रीले गोल खिएनन् । यहाँ पोखराका कप्तान र मार्की असिस्ट्यान्ट रेफ्रीसँग विवाद गरिरहेका छन् ।

79'
Commentry

Nice save. ललितपुरका जोनाथान कान्टिलालनाले हानेको कर्नरमा कप्तान अनन्त तामाङले हेड हानेका थिए । तर पोखराका जोए आइडुले गोल लाइन नजिकबाट हेड मार्फत बल क्लियर गरे ।

78'
Commentry

ललितपुरले फ्रिकिक पाएको छ । जोनाथानले हानेको फ्रिकिक पवखराका खेलाडीले बचाए । बल बाहिर गएपछि ललितपुरलाई कर्नर ।

78'
पहेंलो कार्ड

पहेंलो कार्ड

ललितपुरका योगेशलाई फल गरेपछि पोखराका समिर तामाङलाई पहेँलो कार्ड ।

substitute खेलाडी परिवर्तन 77'

Nabin Lama Midfielder
Santosh Khatri Midfielder
75'
Goal
Lalitpur City FC - Jonathan Cantillana
GOAL !

GOAL!! ललितपुरले तेस्रो गोल गरेको छ । जोनाथन कान्टिलालनाले गोल गर्दै ललितपुरको अग्रता ३-१ बनाएका छन् ।

Commentry
विपक्षी खेलाडीसँग ठोक्किएपछि ललितपुरका योगेश केही समस्यामा छन् ।
70'
corner

कर्नर किक

पोखरालाई कर्नर ।

66'
corner

कर्नर किक

पोखरालाई कर्नर । सुदि राईको प्रहार ललितपुरका किपरले रोक्ने क्रममा बाहिर गएपछि पोखराले कर्नर पाएको हो ।

substitute खेलाडी परिवर्तन 64'

Sudil Rai Midfielder
Commentry
दुवै टिमका समर्थकहरु आज बाजागाजासहित आफ्नो टिमलाई सर्मथन गर्न दशरथ रंगशालमा आएका छन् ।  
57'
corner

कर्नर किक

पोखरालाई अर्को कर्नर ।

56'
Commentry

पोखराका आयुषको कर्नर ललितपुरका किपर बाल्टुसले बचाए ।

56'
corner

कर्नर किक

पोखरालाई फेरि कर्नर ।

55'
corner

कर्नर किक

पोखरालाई कर्नर ।

51'
Commentry

स्टेफेन विनोङको फ्रिकिक सिधै ललितपुरका किपर बाल्टुसको हातमा । किपराई कुनै गाह्रो भएन सहजै बचाउ गरे ।

50'
फ्री किक

फ्री किक

पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।

47'
फ्री किक

फ्री किक

ललितपुरलाई अट्याकिङ एरियामा फ्रिकिक ।

Second Half Time
Second Half Kick Off
Commentry
इमोहको इन्जुरी टाइम गोलपछि ललितपुरले पहिलो हाफमा अग्रता बनाएको छ ।  हाफ टाइम ब्रेकअघिको यो गोल ललितपुरका लागि मनोबल बढाउने गोल बन्न सक्छ ।
Half Time
Half Time
45+3'
Commentry

ललितपुरलाई अर्को राम्रो अवसर । तर मणि लामाले बक्स भित्रबाट बललाई फ्रेममा प्रहार गर्न सकेनन् ।

45+2'
Goal
Lalitpur City FC - Imoh Ezekiel
GOAL !

Goal!! ललितपुरले फेरि अग्रता लिएको छ । यस पटक इमोह इजेकेलले गोल गरेका छन् । जोनाथान कान्टिलानाले मैदानको मध्यभागबाट दिएको लामो पासमा इमोहले पोखराका खेलाडीलाई बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा सहजै गोल गरे । केही बेरपछि नै ललितपुरले फेरि अग्रता लिएको छ ।

45'
Commentry

पहिलो हाफमा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

42'
Goal
Pokhara Thunders - Samir Tamang
GOAL !

Goal!! पोखराले बराबरी गोल फर्काएको छ । मार्की प्लेअर समिर तामाङले पोखराका लागि गोल गरे । आयुष घलानले बाया भागबाट दिएको क्रसमा कप्तान नवयुग श्रेष्ठको सुरुको प्रहार ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले पूर्ण रुपमा क्लियर गर्न नसकेपछि रिबाउण्डमा समिरले गोल गरेका हुन् । गोलपछि युवा फरवार्ड समिरले समरसल्ट हान्दै सानदार पाराले सेलेब्रेसन गरेका छन् ।

41'
फ्री किक

फ्री किक

ललितपुरलाई अट्याकिङ एरियामा फ्रिकिक ।

Commentry
नवयुग मैदान प्रवेश गरेपछि आयुष घलानले कप्तानको आर्मब्याण्ड नवयुगलाई दिएका छन् ।

substitute खेलाडी परिवर्तन 39'

Commentry
पोखराले घाइते खेलाडीलाई रिप्लेस गर्ने तयारी गरेको छ । नवयुग मैदान प्रवेश गर्नेछन् ।
36'
Commentry

पोखराका खेलाडी विशाल तामाङ घाइते भइका छन् । उनलाई स्ट्रेचरमा राखेर बाहिर ल्याइएको छ ।

31'
फ्री किक

फ्री किक

पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।

29'
corner

कर्नर किक

ललितपुरलाई कर्नर । कप्तान अनन्त तामाङले हानेको फ्रिकिक पोखराका खेलाडीले क्लियर गर्न खोज्दा बाहिर गएको छ ।

29'
फ्री किक

फ्री किक

ललितपुरलाई अ६्याकिङ एरियामा फ्रिकिक ।

27'
Commentry

ललितपुरका आदित्य शा्कयले दायाँ भागबा६ हानेको क्रस सिधै पोखराका किपर प्रिसोले बचाए । इमोह नजिक रहेपनि बल भेट्न सकेनन् ।

23'
फ्री किक

फ्री किक

ललितपुर सिटीलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

19'
पहेंलो कार्ड

पहेंलो कार्ड

ललितपुरका इमोह इजेकेललाई पहेँलो कार्ड देखाइएको छ ।

17'
corner

कर्नर किक

ललितपुरलाई कर्नर ।

16'
फ्री किक

फ्री किक

पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।

13'
फ्री किक

फ्री किक

पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।

11'
Goal
Lalitpur City FC - Jonathan Cantillana
GOAL !

Goal!! ललितपुरले अग्रता लिएको  छ । जोनाथान कान्टिलालाने हानेको कर्नर  बक्समा पोखराका किपर प्रिसोलाई डिफ्लेक्ट हुँदै गोल भएको हो ।

10'
corner

कर्नर किक

ललितपुरलाई कर्नर ।

Commentry
आज पोखराको कप्तान नवयुग श्रेष्ठ बेन्चमा छन् । आयुष आयुष घलानले पोखराको कप्तानी गर्दैछन् । पहिलो सिजन ट्यालेन्ट हन्टबाट पोखरामा अनुबन्ध भएका आयुष दोस्रो सिजन पोखराको मार्की प्लेअर थिए ।
6'
corner

कर्नर किक

ललितपुरलाई कर्नर  ।

4'
Commentry

पोखराका स्टेफेन विनोङ समिरले बायाँ भागबाट एक्लै बल अघि बढाउँदै विपक्षीको पेनाल्टी बक्समा पुर्‍याएका थिए । राम्रो अवसर थियो । तर उनले बल प्रहार गर्नुअघि नै ललितपुरका कप्तान अनन्तले बल क्लियर गरे ।

Kick Off
Kick Start
Commentry
दुवै टिमको पहिलो रोजाईँ यस्तो छ ।                                                                              
Commentry
ललितपुर सिटी र पोखरा थण्डर्सबीचको खेलको प्रिभ्यू पढ्न यहाँ क्लिक गर्नुहोला ।
Commentry
पोखरा र चितवनबीचको पहिलो खेलमा विदेशी खेलाडीको कागजी प्रकृयामा समस्या हुँदा निर्धारित समयम भन्दा १८ मिनेट ढिला सुरु भएको थियो ।
Commentry
साविक विजेता ललितपुरले पहिलो खेलमा दुई गोलको अग्रता लिएर पनि इन्जुरी टाइममा पेनाल्टीमा गोल खाँदा काठमाडौंसँग अंक बाड्न बाध्य भएको थियो ।
Commentry
राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङले ललितपुरको कप्तानी गर्नेछन् भने पोखराको कप्तानी नवयुग श्रेष्ठले गर्दैछन् ।
Commentry
ललितपु र पोखरा दुवै आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोली पहिलो जितको खोजीमा छन् । यसअघि उद्घाटन खेलमा ललितपुरले काठमाडौं रेजर्ससँग २-२ को बराबरी खेलेको थियो भने पोखरा पहिलो खेलमा एफसी चितवनसँग पराजित भएको थियो ।
Commentry
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हामी यस खेल र खेलाडीको बारेमा सम्पुर्ण अपडेट दिँदै जानेछौँ ।
Commentry
नमस्कार नेपाल सुपर लिग (एनएसएल) २०२५ को पाँचौ दिनको लाइभ अपडेटमा स्वागत छ । एनएसएलको पाँचौ दिन आज ललितपुर सिटी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिए। म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

२०८२ वैशाख १३, शनिबार
LFC
18:00

Top Scorer

Nepal Super League 2025
Ahmad Hijazi Dhangadhi FC
Matches 2
Score 5
Amadou Diop Kathmandu Rayzrs
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 4
Score 3
Joe Aidoo Pokhara Thunders
Matches 2
Score 3
Jonathan Cantillana Lalitpur City FC
Matches 2
Score 3
Torric Jebrin FC Chitwan
Matches 2
Score 2
Imoh Ezekiel Lalitpur City FC
Matches 2
Score 2
George Prince Karki Dhangadhi FC
Matches 6
Score 2
Nodirbek Mavlonov FC Chitwan
Matches 2
Score 2
Jaya Gurung FC Chitwan
Matches 6
Score 1

Recent Results

२०८१ चैत १६, शनिबार
LFC
2 - 2
२०८१ चैत १७, आइतबार
0 - 0
JFC
२०८१ चैत १८, सोमबार
FCC
2 - 0
२०८१ चैत १९, मंगलबार
1 - 4
DFC
२०८१ चैत २०, बुधबार
LFC
3 - 2

Players to watch

Butwal Lumbini FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Ananta Tamang Defender
Lalitpur City FC
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Samir Tamang Forward
CBU
Lalitpur City FC
Mani Lama Midfielder
APF
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Arik Bista Midfielder
Butwal Lumbini FC