+
+

Dhangadhi Vs Butwal [LIVE]

LIVE
२०८० मंसिर १४, बिहीबार
Dhangadhi FC
Dhangadhi FC
Afeez Olawale(90+3)
1 - 0 Full Time
Butwal Lumbini FC
Butwal Lumbini FC
दशरथ रंगशाला, त्रिपुरेश्वर
लाइभ अपडेट लाइन-अप
Commentry

बुटवल लुम्बिनीको भने यो दोस्रो हार हो । पहिलो खेलमा बुटवल ललितपुर सिटी एफसीसँग पराजित भएको थियो ।

Commentry

आज बुटवलमाथि १-० को जितसँगै धनगढी अंक तालिकाको शीर्ष स्थानमा छ । लगातार दोस्रो खेल जितेको धनगढीले यसअघि पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-१ ले पराजित गरेको थियो ।

Full Time
Full Time
90+6'
Commentry

धनगढीले रोहण कार्कीको ठाउँमा हेमन्त श्रेष्ठलाई मैदान पठाएको छ ।

90+5'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीको बेञ्चमा रहेका एक जना अफिसियललाई रेफ्रीले पहेँलो कार्ड देखाएका छन् ।

90+3'
Goal
Dhangadhi FC - Afeez Olawale
GOAL !

धनगढीका सब्स्टिच्युट खेलाडी अफिज ओलावलेले गोल गरेका छन् । उनलाई अहमद हिजाजीले पास उपलब्ध गराएका थिए । बुटवलका किपर अघि बढेको मौका सदुपयोग गर्दै ओलावलेले सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।

90'
Commentry

७ मिनेटको समय थपिएको छ । अहिलेसम्म कुनै टिमले गोल गर्न सकेका छैनन् । यो थपिएको समयमा होला त गोल ?

89'
Commentry

बुटवलका चन्दन दासले प्रहार गरेको बल धनगढीका पञ्च गरे । रिबाउन्डमा आशिष लामाले गरेको प्रहार बाहिर गयो ।

87'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीका निशान लिम्बुले मैदान प्रवेश गर्ने वित्तिकै कार्ड पाएका छन् ।

87'
फ्री किक

फ्री किक

87'
substitute

खेलाडी परिवर्तन

धनगढीका आशिष चौधरीका ठाउँमा निशान लिम्बु मैदान प्रवेश गरेका छन् ।

86'
Commentry

धनगढीका रिचर्ड ओसीले पहेँलो कार्ड पाएका छन् । उनले बल अघि बढाउँदै गरेका बुटवलका स्टेफनलाई डी बक्स नजिकै फल गरेका थिए ।

substitute खेलाडी परिवर्तन 84'

Chandan Das Midfielder
Serge Song Forward
80'
Commentry

बुटवलका सरोज तामाङले फल गरेपछि धनगढीका रन्दिप पौडेल घाइते भए । उनलाई फिजियोले मैदानमै उपचार गरेका छन् । यहाँ धनगढीले फ्रिकिक पाए पनि त्यो फ्रिकिप बुटवलका डिफेन्डरले क्लियर गरे ।

76'
Commentry

धनगढीका अहमद हिजाजले डी बक्स भित्रैबाट डियान्जी फलाउलाई हेडर पास दिएका थिए । तर बुटवलका डिफेन्डरले अवरोध गरेपछि त्यो बल क्लियर भयो ।

73'
Commentry

धनगढीका अफिज ओलावलेले बुटवलका दुई जना डिफेन्डरलाई बिट गर्दै डी बक्समा लगेर गरेको प्रहार फस्ट बार नजिकैबाट बाहिर गयो ।

71'
Commentry

बुटवलका आशिष लामाले धनगढीका ३ जना डिफेन्डरलाई बिट गर्दै क्रश गरेको बल निराजन धामी र स्टेफनले डी बक्स भित्र भेट्न सकेनन् ।

69'
substitute

खेलाडी परिवर्तन

धनगढीका तर्फबाट एकै पटक ३ खेलाडी परिवर्तन । कमल श्रेष्ठको ठाउँमा रन्दिप पौडेल, आशिष चौधरीको ठाउँमा दियाग्ने फलाउ  अविशेष गुरुङको ठाउँमा अफिज ओलावले मैदान प्रवेश गरेका छन् ।

65'
Commentry

धनगढीका मनोज राईले कर्नर नजिकैबाट लामो थ्रो गरे । उनको त्यो थ्रो फोडे फोफेनाले हेड गरे । त्यो बल  डी बक्सको लाइनमा आशिष चौधरीले भेट्टाएर प्रहार गरे । डिफेन्डरलाई लागेर फर्कियो ।

substitute खेलाडी परिवर्तन 63'

Commentry

55'
Commentry

धनगढीका रोहण कार्कीको प्रहार पोष्टमाथिबाट बाहिर गयो ।

54'
Commentry

लुम्बिनीका पासाङ लामाले डी बक्सबाट हानेको प्रहार बाहिर गयो ।

52'
corner

कर्नर किक

सरोज तामाङले दिएको पासमा जिलेस्पी जंग कार्कीले डी बक्सभित्रबाट गरेको शक्तिशाली प्रहार धनगढीका किपरले पञ्च गरेपछि बुटवलले कर्नर पाएको थियो । मणि लामाले हानेको त्यो प्रहार धनगढीले क्लियर गरेकाे छ ।

46'
Commentry

बुटवलका जिलस्पे ज‌ंग कार्कीले डी बक्सबाहिरबाट गरेको प्रहार पोष्ट नजिकैबाट गुडेर बाहिर गयो ।

Second Half Time
Second Half Kick Off
Commentry

एनएसएल आयोजकले दर्शकलाई पुरस्कारको व्यवस्था पनि गरेको छ । आयोजकका अफिसियल फोटोग्राफरले खिचेको फ्यान मोमेन्टको फोटो मध्ये उत्कृष्ट फोटो छानिएका दर्शकले फ्यान अफ दि म्याच हुँदै नगद ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

Commentry

एनएसएल फुटबल मात्र नभएर गीत, संगीत र नृत्यको संगम पनि बनेको छ । खेलमा कुनै टिमले गोल गरेपछि मात्र होइन, हाफ टाइममा समेत चियर लिडरहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेर समर्थकलाई मनोरञ्जन प्रदान गर्ने गरेका छन् ।

Half Time
Half Time
45+1'
Commentry

बुटवलका स्टेफिनले आशिष लामाको पास पाएका थिए । उनकाे प्रहार सेकेन्ड बार हुँदै बाहिर गयो ।

45'
Commentry

पहिलो हाफमा एक मिनेट समय थपिएको छ ।

44'
offside

अफ साइड

बुटवलका सरोज तामाङले डीबक्स भन्दा केही बाहिरबाट बल अघि पास दिएका थिए । तर बल लिन गएका सर्जे सङ अफसाइड भए ।

39'
corner

कर्नर किक

स्टेफिनको प्रहार किपरले पञ्च गरेपछि लुम्बिनीले कर्नर पाएको थियो । त्यो कर्नर मणिकुमार लामाले प्रहार गरे । जसलाई धनगढीका डिफेन्डरले रोके ।

36'
Commentry

धनगढीका मोहमद हिजाजीको प्रहार बुटवलका किपरले पञ्च गरे । रिबाउन्ड बलमा अविशेष गुरुङ्ले प्रहार गरेका थिए । त्यो बल दोस्रो बार हुँदै बाहिर गयो ।

35'
Commentry

एरिक विष्टले कर्नरबाट प्रहार गरेको बल जिलेस्पी जंग कार्कीले हेड गरेका थिए। तर त्यो बल धनगढीका अविशेष गुरुङले गोल लाइनबाट हेड गरेर बचाए ।

33'
Commentry

बुटवलका फरवार्ड जिलेस्पीजंग कार्कीले डी बक्सबाहिर मणि लामाबाट बल पाएका थिए । कार्कीले त्यसलाई प्रहार पनि गरेका हुन् । तर त्यो प्रहार सिधै धनगढीका किपर मोहमद ताहाको हातमा पुग्यो ।

29'
Commentry

बुटवलका सर्जे सङ्ले दायाँ साइटबाट दिएको पास जिलेस्पी जंग कार्कीले हेड गरेका थिए । तर बल पोस्टभन्दा केही माथिबाट बाहिर गयो ।

25'
Commentry

धनगढीका आशिष चौधरीका पासमा अहमद हिजाजले हानेकाे प्रहार बुटवलका डिफेन्डरले रोके  ।

23'
Commentry

अविशेष गुरुङले डी बक्सको लाइनबाट दिएको पास फोडेले दाया साइटबाट पोष्टमा प्रहार गरेका थिए । तर त्यसलाई किपरले बचाए ।

20'
फ्री किक

फ्री किक

एरिक विष्टले डी बक्स नजिकैबाट हानेको फ्रिकिक धनगढीका गोल रक्षकले बचाए ।

18'
corner

कर्नर किक

बुटवलका मणिकुमार लामाले २८ यार्ड नजिकैबाट गरेको शक्तिशाली प्रहार धनगढीका गोल रक्षक मोहमद ताहाले बताउने क्रममा बाहिर गयो । तर यो कर्नर किकको फाइदा बुटवलले लिन सकेन ।

15'
पहेंलो कार्ड

पहेंलो कार्ड

बुटवलका स्टेफनलाई धकेलेपछि धनगढीका कमल श्रेष्ठले पहेँलो कार्ड पाएका छन् ।

10'
corner

कर्नर किक

धनगढीका आषिश चौधरीले बायाँ कर्नरबाट बल अघि बढाएका थिए । तर त्यो बललाई सरोज तामाङले क्लियर गरेपछि पाएको कर्नर कमल श्रेष्ठले प्रहार गरेका थिए । तर त्यसलाई किपरले बचाए ।

Commentry

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

6'
पहेंलो कार्ड

पहेंलो कार्ड

बुटवलका सरोज तामाङले पहेँलो कार्ड पाएका छन् ।

4'
Commentry

बुटवलका स्टेफनले समिर बिनोङले बायाँ कर्नरबाट तीन जना डिफेन्डरलाई बिट गर्दै बललाई ६ यार्ड बक्समा पुर्‍याएका थिए । तर त्यहाँ धनगढीका डिफेन्डरले उनलाई प्रहार गर्न दिएनन । र बल क्लियर भयो ।

1'
फ्री किक

फ्री किक

खेल सुरु भएकाे पहिलाे मिनेटमै धनगढीले फ्रिकिक पाएकाे थियो । कमल श्रेष्ठले गरेको प्रहार बुटवलका खेलाडीले क्लियर गरेपछि धनगढीले कर्नर पायो । तर त्यो कर्नरको फाइदा धनगढीले उठाउन सकेन ।

Kick Off
Kick Start
Commentry

  धनगढी एफसी पहेँलो जर्सीमा र बुटवल लुम्बिनी मरुन जर्सीमा मैदान प्रवेश गरेका छन् ।

Commentry

  धनगढीको कप्तानमा देवेन्द्र तामाङ छन् भने बुटवल लुम्बिनीको कप्तानी एरिक विष्टले गर्दैछन् ।

Commentry

आफ्नो पहिलो खेलमा धनगढीले वीरगञ्ज युनाइटेड एफसीलाई २-१ ले हराएको थियो भने बुटवल लुम्बिनी ललितपुर एफसी सिटीसँग २-0 ले पराजित भएको थियो ।

Commentry

नमस्कार । नेपाल सुपर लग एनएसलको धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीचको खेलको लाइभ अपडेटमा तपाईँलाई स्वागत छ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City FC
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Ahmad Hijazi Dhangadhi FC
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 3
Score 3
Afeez Olawale Dhangadhi FC
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Rafiq Aminu FC Chitwan
Matches 2
Score 3
Arik Bista Butwal Lumbini FC
Matches 2
Score 2

Recent Results

२०८० मंसिर ८, शुक्रबार
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
FCC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Arik Bista Midfielder
Butwal Lumbini FC