+
+

Birgunj vs Chitwan

२०८० मंसिर १५, शुक्रबार
Birgunj United
Birgunj United
Aikins kyei Baffour(55)
1 - 2 Full Time
FC Chitwan
FC Chitwan
Bimal Gharti Magar(28),Torric Jebrin(68)
दशरथ रंगशाला, त्रिपुरेश्वर
लाइभ अपडेट लाइन-अप
Commentry

नवप्रवेशी वीरगञ्जले भने लगातार दोस्रो खेल हारेको छ । वीरगञ्ज यसअघि धनगढी एफसीसँग पराजित भएको थियो ।

Commentry

चितवनले एनएसलको इतिहासमा नवौं खेलमा आएर पहिलो जित हात पारेको छ । पहिलो सिजनमा खेलेका ६ खेलमा ४ हार र २ बराबरी गरेको चितवनले यो सिजनमा तेस्रो खेलमा आएर जितको स्वाद चाख्न पाएको छ । जारी सिजनमा चितवन एफसी पोखरासँग १-० ले पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १-१ को बराबरीमा रोकिएको थियो ।

Full Time
Full Time
90‌+6'
substitute

खेलाडी परिवर्तन

चितवनबाट रफिक अमिनुको ठाउँमा राजेश परियार मैदान प्रवेश गरेका छन्

90‌‌+3'
पहेंलो कार्ड

पहेंलो कार्ड

वीरगञ्जका कृपाकान्त महतोले पहेँलो कार्ड पाएका छन् ।

90'
Commentry

९ मिनेटको समय थपिएको छ । खेलाडी घाइते भएकाले खेल रोकिएकाले ९ मिनेटको समय थपिएको हो ।

89'
पहेंलो कार्ड

पहेंलो कार्ड

वीरगञ्जका तासमाला गुत्साभोले पहेँलो कार्ड पाएका छन् ।

89'
substitute

खेलाडी परिवर्तन

वीरगञ्जका घाइते युवराज खड्काको ठाउँमा सुशील लामा मैदान प्रवेश गरेका छन् ।

86'
substitute

खेलाडी परिवर्तन

चितवनका उत्सव पहिलादेखि नै घाइते देखिएका थिए । उनलाई स्ट्रेचरमा बाहिर ल्याइएको छ । उनको ठाउँमा अमृत श्रेष्ठ मैदान प्रवेश गरेका छन् ।

84'
Commentry

डी बक्समा चितवनका गोल रक्षक विशाल श्रेष्ठसँग अरु २ खेलाडी जुधेर लडेका छन् । उनीहरुको उपचारका लागि मेडिकल टिम मैदान प्रवेश गरेका छन् । विशाल तत्कालै उठे पनि चितवनका मार्को इभानोभिच र वीरगञ्जका युवराज खड्का उपचारपछि मात्रै उठेका छन् । युवराजलाई सहयोगीले डोर्‍याएर मैदान बाहिर ल्याएका छन् ।

79'
substitute

खेलाडी परिवर्तन

चितवनका रोसन राना मगरलाई घाइते भएपछि स्ट्रेचरमा मैदान बाहिर ल्याइएको छ । उनको ठाउँमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका छन् ।

77'
substitute

खेलाडी परिवर्तन

वीरगञ्जले फेरि २ खेलाडी परिवर्तन गरेको छ । बिसन गुरुङको ठाउँमा सुनिल खड्का र ओबेड ओसोउको स्थानमा कृपाकान्त महतो थारु मैदान प्रवेश गरेका छन् ।

76'
corner

कर्नर किक

वीरगञ्जका विलियम ओपोकुले कर्नर प्रहार गरे । उनले प्रहार गरेको ग्राउण्ड बल डी भित्र वीरगञ्जकै खेलाडीले पाएका थिए । तर चितवनको डिफेन्स लाइनले उनलाई त्यो बल प्रहार गर्न दिएनन् ।

68'
Goal
FC Chitwan - Torric Jebrin
GOAL !

 

  • चितवनका तोरिक जेब्रिनले गोल गरेका छन् । मैदानको मध्य भागतिर विमल घर्ती मगरबाट पाएको पासलाई जेब्रिनले एक्लै अघि बढाए । वीरगञ्ञजका ४ जना डिफेन्डरलाई बिट गर्दै उनले डी बक्स बाहिरबाट बायाँ खुट्टाले हानेको प्रहार किपरको दायाँ साइटको बार नजिकैबाट जाली चुम्न पुग्यो । यो गोलसँगै चितवन २-१ ले अग्रता बनाएको छ ।

64'
पहेंलो कार्ड

पहेंलो कार्ड

वीरगञ्जका दिवाकर चौधरीले पहेँलो कार्ड पाएका छन् ।

59'
Commentry

चितवनका रफिक अमिनुको पासमा टोरिक जेब्रिनले बायाँबाट गरेकाे क्रस विमल घर्ती मगरले प्रहार गर्न खोजेका थिए । तर उनले बल भेट्नुअघि नै वीरगञ्जका डिफेन्डरले त्यसलाई क्लियर गरे ।

56'
Commentry

चितवनका रोसन राना मगरको पासमा अफ्रिय एसी क्वाहले डी बक्स बाहिरबाट गएको प्रहार किपर दीप कार्कीले पञ्च गरेर बाहिर फाले ।

55'
Goal
Birgunj United - Aikins kyei Baffour
GOAL !

वीरगञ्जका विलियम ओपोकु आसिदुले प्रहार गरेको कर्नरमा एकिन्स केइले हेडरबाट सुन्दर गोल गरे  । यो गोलसँगै खेल १-१ बराबरीमा पुगेको छ ।

'
substitute

खेलाडी परिवर्तन

पहिलो हाफमा १-० ले पछि परेको वीरगञ्ज दुई खेलाडी परिवर्तनसहित दोस्रो हाफमा मैदान प्रवेश गरेको छ । वीरगञ्जका हान्स कोफेको ठाउँमा युवराज खड्का र सुदीप गुरुङको ठाउँमा जय गुरुङ मैदान प्रवेश गरेका छन् ।

Second Half Time
Second Half Kick Off
Commentry

दोस्रो हाफको खेलका लागि खेलाडीहरू मैदान प्रवेश गर्ने तरखर गर्दै छन् ।

Commentry

पहिलो हाफमा वीरगञ्जमाथि चितवन हावी देखिएको छ र चितवनले १-० को अग्रता पनि लिएको छ । दोस्रो हाफमा वीरगञ्ज खेलमा फर्किएला त ?

Half Time
Half Time
45'
Commentry

पहिलो हाफमा २ मिनेटको समय थपिएको छ ।

44'
corner

कर्नर किक

वीरगञ्जका विलिय ओपुकुले प्रहार गरेको बल चितवनका डिफेन्डरले क्लियर गरे ।

41'
corner

कर्नर किक

चीतवनका तोरिक र जेब्रिनले प्रहार गरेको बल वीरगञ्जका किपर तथा कप्तान दीप कार्कीले पञ्च गरे । रिबाउन्डमा रोसन राना मगरले प्रयास गरेका हुन् । तर उनी सफल भएनन् ।

34'
Commentry

वीरगञ्जका हान्स कोफीको प्रहार चितवनका किपर विशाल श्रेष्ठले पञ्च गरेर क्लियर गरे ।

32'
Commentry

चितवनका तोरिक जेब्रिनले दिएको पासमा रफिक अमिनुले प्रहार गरेको बल वीरगञ्जका किपर दीप कार्कीको हातमा पर्‍यो ।

28'
Goal
FC Chitwan - Bimal Gharti Magar
GOAL !

विमल घर्ती मगरले सेन्टर नजिकै रोसन राना मगरबाट पास पाएको बल एक्लैले अघि बढाए । उनले ३ जना डिफेन्डरलाई बिट गर्दै बल डी बक्समा पुर्‍याए । वीरगञ्जका किपर अघि बढे र बिट भए । नेट खाली भएपछि विमलले कुनै हतार गरेनन् । उनले आरामले बललाई ६ यार्ड बल नजिकै पुर्‍याए । त्यहाँबाट बललाई पोस्टतिर छाडिदिएर उनी सेलिब्रेसनका लागि कर्नर तिर कुदे ।

22'
फ्री किक

फ्री किक

 

  • वीरगञ्जका तासमाला गुस्ताभोले चितवनका रफिक अमिनुलाई डी बक्स बाहिर लडाएपछि पाएको फ्री किक चितवनका तोरिक जेब्रिनले प्रहार गरे । त्यो प्रहार किपरले पञ्च गरे । रिबाउण्डमा उत्सव राईले गरेको प्रहार वीरगञ्जका डिफेन्डरले क्लियर गरेका थिए । त्यस क्रममा कर्नर भए पनि त्यसको फाइदा चितवनले उठाउन सकेन ।

15'
Commentry

वीरगञ्जका फरवार्ड हान्स कोफीले बल अघि बढाएका थिए । तर चितवनका किपर विशाल श्रेष्ठले क्लियर गरे ।

13'
Commentry

चितवनका रफिक अमिनुले डी बक्स बाहिर दाया साइटबाट वीरगञ्जका डिफेन्डर तास्मालोभ गुत्साभोलाई बिट गर्दै प्रहार गरेको बल पोलभन्दा केही टाढाबाटै बाहिर गएको छ ।

7'
Commentry

चितवनका टोरिक जेब्रियनले हानेको प्रहार सेकेण्ड बार हुँदै बाहिरिएको छ ।

3'
फ्री किक

फ्री किक

खेलको तेस्रो मिनेटमा नै वीरगञ्जले २५ यार्डबाट फ्री किक पाएको छ । वीरगञ्जका विलियमका ओपोकुले प्रहार गरेको फ्रिकिकले लागेर चितवनका रफिक अमुनिय डी बक्समा लडेपछि रेफ्रीले खेल रोके । सामान्य उपचार पछि अमुनिय ठिक भएर खेल्न थालेका छन् ।

Kick Off
Kick Start
Commentry

 

  • नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भीम थापाप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि १ मिनेट मौन धारण गरिएको छ । थापाको बिहीबार राति निधन भएको थियो ।

Commentry

 

  • खेलका लागि वीरगञ्ज निलो जर्सीमा र चितवन सेतो जर्सीमा मैदान प्रवेश गरेका छन् ।

Commentry

एफसी चितवनको याे तेस्रो खेल हो । यसअघि चितवन एफसी पोखरासँग १-० ले पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १-१ को बराबरीमा रोकिएको थियो ।

Commentry

पहिलो खेलमा धनगढी एफसीसँग पराजित भएको वीरगञ्जको यो दोस्रो खेल हो ।

Commentry

नमस्कार । नेपाल सुपर लिग एनएसल फुटबलमा वीरगञ्ज युनाइटेड र एफसी चितवनबीचको खेलको लाइभ अपटेडमा तपाईँलाई स्वागत छ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City FC
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Ahmad Hijazi Dhangadhi FC
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 3
Score 3
Afeez Olawale Dhangadhi FC
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Rafiq Aminu FC Chitwan
Matches 2
Score 3
Arik Bista Butwal Lumbini FC
Matches 2
Score 2

Recent Results

२०८० मंसिर ८, शुक्रबार
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
FCC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Arik Bista Midfielder
Butwal Lumbini FC