+
+

Dangadhi vs FC Chitwan

२०८२ वैशाख ४, बिहीबार
Dhangadhi FC
Dhangadhi FC
George Prince Karki(7)
1 - 3 Full Time
FC Chitwan
FC Chitwan
Nodirbek Mavlonov(14),Jaya Gurung(45+1),Amrit Shrestha(50 (OG))
FC Chitwan won by 3-1
Dasharath Stadium, Kathmandu
लाइभ अपडेट लाइन-अप लाइभ भिडियो
Commentry
२१ लिग खेलपछि प्लेअफ पुग्ने चारवटै टिमको टुङ्गो लागेको छ । क्वालिफायर वान र एलिमिनेटरको समिकरण पनि तय भएको छ । अब शनिवार हुने ललितपुर र धनगढीबीचको क्वालिफायर वानको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । एनएसएलको आजको लाइभ अपडेटबाट म गोविन्दराज नेपाल बिदा माग्न चाहन्छु । हाम्रो साइटमा आईपीएलको पनि बल बाइ बल अपडेट जारी छ । ट्याब स्वीच गरेर हेर्न सक्नुहुनेछ । धन्यवाद, शुभ रात्री !
Commentry
प्लेअफ अफ दि म्याच : नोदिर माभलोनोभ (एफसी चितवन)
Commentry
लिगको अन्तिम खेलमा धनगढी एफसी विरुद्ध पुनरागमन जितसहित एफसी चितवन पहिलो पटक एनएसएलको प्लेअफमा प्रवेश गरेको छ । लिगको सुरुवाती दुई खेल जित्दै उत्कृष्ट सुरुवात गरेको चितवनले पछिल्ला दुई खेलमा हार व्यहोरेको थियो । तर अन्तिम लिग खेल्दै प्लेअफका लागि आफू तयार रहेको संकेत दिएको छ । योसँगै लिग चरणको खेलहरु सकिएको छ । अब चितवनले एलिमिनेटरमा पोखरा थण्डर्ससँग खेल्नेछ । त्यसअघि धनगढीले पहिलो क्वालिफायरमा साविक विजेता ललितपुर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।
Full Time
Full Time
90+5'
corner

कर्नर किक

धनगढीलाई कर्नर ।

substitute खेलाडी परिवर्तन 90+5'

Amal Knight Goalkeeper
90'
Commentry

दोस्रो हाफको अन्त्यमा ५ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

substitute खेलाडी परिवर्तन 87'

Commentry
ओलावाले रिप्लेस भएपछि धनगढीको कप्तान आर्मब्याण्ड अशोक खवासले लगाएका छन् ।

substitute खेलाडी परिवर्तन 85'

83'
Commentry

चितवनका मिलन राईले दायाँ भागबाट सेकेण्ड बार च्याप्दै हानेको प्रहार बाहिर गयो ।

77'
corner

कर्नर किक

धनगढीलाई कर्नर ।

72'
Commentry

धनगढीका तेस्रो रोजाईँका गोलकिपर सन्तोष महत आफ्नो पोजिसन छाडेर धेरै बाहिर आएका थिए । उनलाई बिट गर्दै चितनवका मिलन राईले बायाँ भागबाट क्रस गरेका थिए । बल भिक्टोर मानसारेले पाएका थिए  ।तर उनले धनगढीका डिफेण्डरलाई बिट गरेर पोष्टमा प्रहार गर्न सकेनन् ।

substitute खेलाडी परिवर्तन 70'

substitute खेलाडी परिवर्तन 70'

substitute खेलाडी परिवर्तन 67'

substitute खेलाडी परिवर्तन 67'

59'
corner

कर्नर किक

चितवनलाई कर्नर ।

50 (OG)'
Goal
FC Chitwan - Amrit Shrestha
GOAL !

Goal!!! चितवनलाई ३-१ को अग्रता । धनगढीमा अमृत श्रेष्ठले आत्मघाती गोल गरे । चितवनका भिक्टोर मानसारेले दायाँ भागबाट हानेको क्रसलाई क्लियर गर्ने क्रममा अमृतले आफ्नै पोष्टमा गोल हानेका हुन् । चितवन अब प्लेअफतर्फ लम्किरहेको छ । काठमाडौै रेजर्सको मुटुको धडकन बढ्दैछ ।

50'
corner

कर्नर किक

चितवनलाई कर्नर ।

47'
corner

कर्नर किक

धनगढीलाई कर्नर ।

Commentry
फिफाको १० वर्षे निलम्बन सकिएपछि एन्फाका पूर्व अध्यक्ष गणेश थापा आज एनएसएल हेर्न दशरथ रंगशालमा उपस्थित ।
Commentry
धनगढील तेस्रो रोजाईको गोलकिपर सन्तोष महतलाई दोस्रो हाफमा मैदान पठाएको छ । योसँगै धनगढी जारी एनएसएलमा टिममा भएका सबै खेलाडी (२२) खेलाउने पहिलो टोली बनेको छ ।
Second Half Time
Second Half Kick Off

substitute खेलाडी परिवर्तन HT'

Santosh Mahat Goalkeeper
Jiyarat Sheikh Goalkeeper
Commentry
पहिलो हाफमा चितवनले सुरुमा गोल खाएपनि पुनरागमन गर्दै अग्रता लिन सफल भएको छ । जर्ज प्रिन्सको सानदार गोलमा धनगढीले अग्रता लिएको थियो । तर नोदिरले पेनाल्टीमार्फत चितवनका लागि बराबरी गोल फर्काए भने जय गुरुङले इन्जुरी टाइममा गोल गर्दै चितवनलाई अग्रता दिलाए ।
Half Time
Half Time
45+1'
Goal
FC Chitwan - Jaya Gurung
GOAL !

Goal!! चितवनले अग्रता लिएको छ । गोल गर्ने खेलाडी जय गुरुङ। छिरिङ गुरुङले दायाँ भागबाट दिएको क्रसमा भिक्टोर मानसराले छाडेको बलमा जयले गोल गरेका हुन् ।

45'
Commentry

पहिलो हाफमा २ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

45'
फ्री किक

फ्री किक

धनगढीलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

41'
Commentry

चितवनका निरज चौधरीले बक्स बाहिरबाट हानेको प्रहार क्रस बार माथिबाट बाहिरियो ।

39'
offside

अफ साइड

चितवनका खेलाडी अफसाइड ।

35'
corner

कर्नर किक

चितवनलाई कर्नर ।

34'
Commentry

भिक्टोर मानसारेको ब्याक पासमा कप्तान नोदिरले बक्स बाहिरबाट हानेको लामो सट सेकेण्ड बार छेउबाट बाहिरियो ।

Commentry
रोबर्टो कार्लोस निर्धारित समयमा नेपाल नआएपनि उनी एनएसएलकै फाइनल अघिनै नेपाल आउने आयोजक एनएसइएमले जनाएको छ ।
20'
Commentry

चितवनका अभिषेक लिम्बुको लङ सट । तर उनको प्रहार सिधै धनगढीका किपर जियराथको हात । जियारथले सहजै बचाउ गरे ।

18'
corner

कर्नर किक

चितवनलाई कर्नर ।

14'
Goal
FC Chitwan - Nodirbek Mavlonov
GOAL !

Goal!! चितवनले पेनाल्टीमा बराबरी गोल फर्काएको छ । कप्तान नोदिरले पेनाल्टीमा कुनै गल्ती गरेनन् । धनगढीका किपर जियारथले सही डाइभ हानेपनि ढिलो भए ।

13'
penalty

पेनाल्टी

Penalty!! चितवनले पेनाल्टी पाएको छ । बराबरी गोल फर्काउने अवसर छ । चितवनका छिरिङ गुरुङले हानेको बल धनगढीका अशोक खवासको हातमा लागेपछि रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टी इशारा गरे । धनगढीका खेलाडीहरुले अपिल गरेपनि रेफ्रीले पेनाल्टी नै दिए ।

Commentry
ब्राजिलियन लेजेण्ड रोवबर्टो कार्लोको नेपाल भ्रमण स्थगित भएको छ । एनएसएल आयोजक एनएसइएमले उनको १८ अप्रलिमा तय भएको नेपाल भ्रमण स्थगित भएको जानकारी गराएको छ । आयोजकले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै  उनी आकस्मिक रुपमा विरामी भएको र केही कारणले गर्दा निर्धारित समयमा आउने नसक्ने जनाएको छ । 
7'
Goal
Dhangadhi FC - George Prince Karki
GOAL !

Goal!! what a goal by GPK30!! धनगढीले अग्रता लिएको छ । जर्ज प्रिन्स कार्कीले करिब ३५ यार्ड टाढाबाट सानदार गोल गरे । उनले प्रशान्त लक्षमले आफ्नै भागबाट दिएको लामो पास चेष्टले कन्ट्रोल गरे अनी थोरै अघि बढाएर बायाँ भागबाट प्रहार गरेको बल सेकेण्ड बारमा गोल भयो । चितवनका गोलकिपर अमल नाइट थोरै अघि बढेकोले उनले बल रोक्ने अवसर नै पाएनन् ।

4'
Commentry

चितवनका शिशिर लेखीले बायाँबाट बक्समा क्रस गरेका थिए तर भिक्टोर मानसारेले बल छुनुअ३ि नै धनगढीका किपर जियारथले बचाए ।

Kick Off
Kick Start
Commentry
दुवै टिमका खेलाडीहरु मैदान प्रवेश गरेका छन् । धनगढी पहेँलो र चितवन निलो जर्सी लगाएर खेल्दैछ ।
Commentry
आजको खेल फिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलाउनेछन् । नानी राम थापा मगर र किसन कनैया यादव असिस्टयान्ट रेफ्रीमा छन् भने नविन्द्र महर्जन फोर्थ अफिसियलमा छन् ।
Commentry
धनगढीको लागि आजको खेल क्वालिफायर अघि वार्म अफ जस्तै हुनेछ । त्यसैले धनगढीले दोस्रो रोजाईँकै टोली मैदान उतारेको छ । पहिलो रोजाईँमा एक मात्र विदेशी खेलाडी ओलावाले खेल्दैछन् । चितवनका लागि भने आजको खेल गर या मरकै अवस्थामा छ ।
Commentry
आजको खेलको अफिसियल लाइनअफ ।आज दुवै टिमको कप्तानी विदेशी खेलाडीले गर्दैछन् । धनगढीको आर्मब्याण्ड आफिज ओलावलाले लगाउनेछन् भने चितवनको कप्तानी नोदिरले गर्दैछन् ।चितवनका नियमित कप्तान अन्जन विष्ट आज बेन्चबाट सुरुवात गर्दैछन् ।
Commentry

यस्तो छ दुवै टिमको पहिलो रोजाईँ।

Commentry
लिग चरणको अन्तिम खेलअघि यस्तो छ अंकतालिका :
Commentry
नेपाल सुपर लिग (एनएसएल) २०२५ को अहिलेसम्मको खेलको लाइभ अपडेट (कमेन्ट्री) खेल र खेलाडीको विवरण अंकतालिका र नतिजा यहाँ क्लिक गरेर हेर्न सक्नु हुनेछ ।  
Commentry
चितवन ५ खेलबाट ७ अंकसहित पाँचौ स्थानमा छ । चितवनलाई प्लेअफ पुग्न धनगढी विरुद्ध बराबरी नतिजा नै पर्याप्त हुनेछ । धनगढी पराजित भएमा चितवन लिग चरणबाटै बाहिरिनेछ भने काठमाडौं रेजर्स प्लेअफ पुग्नेछ । ६ खेल नै खेलिसकेको काठमाडौं ८ अंकसहित हाल चौथो स्थानमा छ । ६ खेलबाट ८ अंक नै रहेको पोखरा थण्डर्स काठमाडौंलाई गोल अन्तरमा पछि पार्दै प्लेअफ पुगिसकेको छ ।
Commentry
यसअघि दुई पटकको उपविजेता धनगढी ५ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा छ । आज जित वा बराबरीले धनगढीले शीर्ष स्थानमा रहेर लिग सकाउनेछ । धनगढीले क्वालिफायर वानमा ललितपुर सिटी एफसीसँग खेल्ने पक्का भइसकेको छ ।
Commentry
धनगढी र चितवन दुवैको यो अन्तिम लिग खेल हो ।  यस खेलपछि  प्लेअफ पुग्ने चौथो टोलीको टुङ्गो लाग्ने भएकोले प्रतिक्षित बनेको छ । यसअघि नै तीन टिम प्लेअफमा स्थान बनाइसकेका छन् ।
Commentry
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हामी यस खेल र खेलाडीको बारेमा सम्पुर्ण अपडेट दिँदै जानेछौँ ।
Commentry
नमस्कार नेपाल सुपर लिग (एनएसएल) २०२५ को लाइभ अपडेटमा स्वागत छ । आज लिग चरणको २१औं खेलमा धनगढी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ । यो लिगको अन्तिम खेलपनि हो । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

२०८२ वैशाख १०, बुधबार
DFC
18:00

Top Scorer

Nepal Super League 2025
Ahmad Hijazi Dhangadhi FC
Matches 2
Score 5
Amadou Diop Kathmandu Rayzrs
Matches 4
Score 4
Joe Aidoo Pokhara Thunders
Matches 2
Score 3
Jonathan Cantillana Lalitpur City FC
Matches 2
Score 3
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 2
Torric Jebrin FC Chitwan
Matches 2
Score 2
Imoh Ezekiel Lalitpur City FC
Matches 2
Score 2
George Prince Karki Dhangadhi FC
Matches 5
Score 2
Nodirbek Mavlonov FC Chitwan
Matches 2
Score 2
Jaya Gurung FC Chitwan
Matches 6
Score 1

Recent Results

२०८१ चैत १६, शनिबार
LFC
2 - 2
२०८१ चैत १७, आइतबार
0 - 0
JFC
२०८१ चैत १८, सोमबार
FCC
2 - 0
२०८१ चैत १९, मंगलबार
1 - 4
DFC
२०८१ चैत २०, बुधबार
LFC
3 - 2

Players to watch

Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Ananta Tamang Defender
Lalitpur City FC
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Samir Tamang Forward
CBU
Mani Lama Midfielder
APF
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Arik Bista Midfielder
Butwal Lumbini FC