Lalitpur City vs Dhangadhi FC

Lalitpur City FC

Dhangadhi FC




रातो कार्ड
धनगढीका जोर्ग काइसेडोलाई दोस्रो पहेँलो कार्डसहित रातो कार्ड देखाइएको छ । उनले दोस्रो क्वालिफायर खेल गुमाउनेछन् । धनगढीमा मुख्य प्रशिक्षक हुवाँ मानुएल मार्टिनेजलाई पहेँलो कार्ड ।

खेल सकिएपछि दुवै टिमका बेन्चका खेलाडीहरु अफिसियलहरु समेत मैदान प्रवेश गरेका छन् । मैदान सुरक्षाकर्मीहरु समेत प्रवेश थरेका छन् । दुवै टिमका खेलाडीहरु आक्रमक देखािएका छन् ।
रातो कार्ड
Red card after full time. ललितपुरका पेपे डिएकेटलाई खेल सकिएपछि रातो कार्ड देखाइएको छ । उनलाई दोहोरो पहेँलो कार्डसहित रातो कार्ड देखाइएको हो । ललितपुरका कप्तान अनन्त तामाङलाई पनि पहेँलो कार्ड ।
Full Time
खेलाडी परिवर्तन
90+9'


खेलाडी परिवर्तन
90+2'


खेलाडी परिवर्तन
90+2'




दोस्रो हाफमा ८ मिनेट इन्जुरी टाइम थप गरिएको छ । ललितपुर फाइनल पुग्नबाट ८ मिनेट टाढा ।
कर्नर किक
ललितपुरलाई कर्नर ।
खेलाडी परिवर्तन
83'


Goal!! पापा इबोउ केबेले सानदार गोल गर्दै ललितपुरलाई फेरि अग्रता दिलाएका छन् । केबेले मैदानको मध्यभागमा प्राप्त बललाई अघि बढाउादै धनगढीका कप्तान देवेन्द्र तामाङलाई छलाएर दुई डिफेण्डरको बिचबाट हानेको प्रहार सुनरद गोलमा परिणत भयो । धनगढीका किपरले रोक्ने कुनै अवसर पाएनन् ।
फ्री किक
धनगढीलाई कर्नर छेउमा फ्रिकिक ।
कर्नर किक
धनगढीलाई कर्नर ।
कर्नर किक
ललितपुरलाई कर्नर ।
पहेंलो कार्ड
धनगढीका कृतिशलाई पहेँलो कार्ड । ललितप्रलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

धनगढीका हिजाजीको प्रहार । तर बल आकाशियो ।
कर्नर किक
ललितपुरलाई कर्नर । कप्तान अनन्तले हानेको फ्रिकिक धनगढीका खेलाडीलाई लाग्दै बाहिर गएपछि ललितपुरले कर्नर पाएको हो ।
फ्री किक
ललितपुरलाई फ्रिकिक ।
Goal!! धनगढीले बराबरी गोल फर्काएको छ । जर्न प्रिन्स कार्कीले मैदान प्रवेश गरेलगत्तै गोल गरेका छन् । सर्जियो बार्बोजाले हानेको कर्नरमा कप्तान देवेन्द्र तामाङले हेड गरेका थिए । ललितपुरका कप्तान अनन्तले त्यसलाई क्लियर गर्ने क्रममा बल जर्ज प्रिन्सले भेट्टाए । उनले सिक्स यार्ड बक्सबाट उत्कृष्ट फिनिस गरे ।
कर्नर किक
धनगढीलाई अर्को कर्नर ।
खेलाडी परिवर्तन
61'


कर्नर किक
धनगढीलाई कर्ार ।
कर्नर किक
धनगढीलाई कर्नर ।
Goal!! ललितपुरले अग्रता लिएको छ । केरभेन्स बेलफोर्टले फ्रिकिकमा सिधै गोल हानेका छन् । ११ खेलाडीको धनगढी विरुद्ध १० खेलाडीको ललितपुरले पहिले अग्रता लिएको छ ।

फ्री किक
ललितपुरलाई पेनाल्टी बक्स बाहिर फ्रिकिक ।
पहेंलो कार्ड
धनगढीका जोर्ग साइसेडोलाई पहेँलो कार्ड ।
फ्री किक
ललितपुरलाई अट्याकिङ एरियामा फ्रिकिक ।
पहेंलो कार्ड
ललितपुरका पेपे डिएकेटलाई पहेँलो कार्ड ।

धनगढीका सन्तोष खत्रीको लङ सट । तर क्रस बारमाथिबा६ बाहिरियो ।

धनगढीका दिपेश राईको एक्रोब्याक सट । तर पोष्टको थोरै नजिकबाट बाहिरियो ।
Second Half Kick Off


Half Time

shot goes wide. ललितपुरका केर्भेन्स बेलफोर्टले बक्स बाहिरबाट हानेको प्रहार पोष्ट भन्दा बाहिर ।

पहिलो हाफमा ५ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

धनगढीलाई अवसर । तर कृतिश रत्नको क्रसमा हिजाजीले बक्स भित्रबाट हानेको प्रहार आकाशियो ।

ललितपुरका दुई खेलाडीलाई छलाउादै धनगढीका कृतिशले पेनाल्टी बक्स भित्रबाट हानेको प्रहार आकाशियो । राम्रो अवसर थियो तर कृतिशले सटिक प्रहार गर्न सकेनन् ।


आदिश्यले फ्रिकिक पास इमोह इजेकेललाई दिए । इमोहले बायाँ भागबाट बल छलाउँदै क्रस दिएका थिए तर खासै खतरा भएन ।
फ्री किक
ललितपुरलाई फेरि अट्याकिङ एरियामा फ्रिकिक । यस पटक इमोहसँगै आदित्य शाक्य फ्रिकिका लागि तयार छन् ।

ललितपुरका इमोह इजेकेलको फ्रिकिक धनगढीका खेलाडीले क्लियर गरे ।
फ्री किक
ललितपुरलाई अट्याकिङ एरियामा फ्रिकिक ।
फ्री किक
ललितपुरका लागि सनिश फ्रिकिक प्रहार गर्दै ।
पहेंलो कार्ड
धनगढीका मोहम्मद जाउएनीलाई पहेँलो कार्ड देखाइएको छ ।
रातो कार्ड
Red card!! ललितपुरका मणिलाई रातो कार्ड । यहाँ ड्रामा भएको छ । बल हान्ने क्रममा धनगढीका मोहमम्द अल जाउएनीले ललितपुरका मणि कुमार लामालाई खुट्टाले छातिमा हानेका थिए लडेपछि मणिको खुट्टाले मोहम्मदलाई छातीमा लागेको देखिएको थिए । रेफ्री उमेश बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि मणिलाई सिधै रातो कार्ड देखाए । मोहम्मद मैदानमा लडिरहेका छन् । उनलाई पहेँलो कार्ड देखाउने तयारी भइरहेको छ । ललितपुरका खेलाडी तथा बेन्च रेफ्रीसँग प्रतिवाद गरिरहेका छन् ।

धनगढीका लागि वालिदको फ्रिकिकका कृतिशको हेडर फ्रेममा पर्न सकेन ।
फ्री किक
धनगढीलाई डिफेन्सिभ एरियामा फ्रिकिक । गोलकिपर वालिद फ्रिकिक हान्न अघि बढेका छन् ।
कर्नर किक
धनगढीलाई कर्नर ।

ललिपुरका पेपे डिएकेटले गोलकिपरलाई ब्याकपास दिएका थिए । धनगढीका हिजाजी बल खोस्न जाँदै तर ललितपुरका किपर जेप्री बमल्टुसले बल क्लियर गरे ।

ललितपुरका लागि मणिको फ्रिकिक प्रहार । धनगढीका खेलाडीले रवकेका थिए । त्यसमा ललितपुरका पापा इबोउले अक्रोब्याटिक प्रहार गरे । पेनाल्टी बक्समा रहेका बेलफोर्टले पननि त्यही शैलीमा एक्रोब्याटिक प्रहार गरे । तर फ्रेममा पर्न सकेन ।
फ्री किक
ललितपुरलाई अट्याकिङ एरियामा फ्रिकिक ।
Kick Start














