+
+

FC Chitwan vs Pokhara Thunders

२०८२ वैशाख ७, आइतबार
FC Chitwan
FC Chitwan
0 - 3 Full Time
Pokhara Thunders
Pokhara Thunders
Abhishek Limbu(63 OG),Joe Aidoo(72),Joe Aidoo(76)
FC Chitwan win by 3-0
Dasharath Stadium, Kathmandu
लाइभ अपडेट लाइन-अप लाइभ भिडियो
Commentry
एनएसएलको आजको लाइभ अपडेटबाट म गोविन्दराज नेपाल बिदा माग्न चाहन्छु । हाम्रो साइटमा आईपीएलको पनि बल बाइ बल अपडेट जारी छ । ट्याब स्वीच गरेर हेर्न सक्नुहुनेछ । धन्यवाद, शुभ रात्री !
Commentry
प्लेअर अफ दि म्याच : जोए आएडु (पोखरा थण्डर्स)
Commentry
एफसी चितवन विरुद्ध लिग चरणमा व्यहोरेको बदला लिँदै पोखरा थण्डर्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पोखराले अब फाइनल प्रवेशका लागि आउने बुधबार धनगढी एफसीसँग खेल्नेछ । यो खेलको विजेताले अर्को शनिवार ललितपुर सिटीसँग उपाधिका लागि खेल्नेछ ।
Full Time
Full Time
Commentry

substitute खेलाडी परिवर्तन 90+3'

Sakal Regmi Defender
Aayush Ghalan Midfielder
90'
Commentry

दोस्रो हाफमा ७ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

89'
corner

कर्नर किक

चितवनलाई कर्नर ।

substitute खेलाडी परिवर्तन 88'

substitute खेलाडी परिवर्तन 88'

substitute खेलाडी परिवर्तन 86'

substitute खेलाडी परिवर्तन 81'

substitute खेलाडी परिवर्तन 81'

80'
पहेंलो कार्ड

पहेंलो कार्ड

पोखराका आयुष घलान र चितवनका नोदिरलाई पहेँलो कार्ड ।

76'
Goal
Pokhara Thunders - Joe Aidoo
GOAL !

Goal!! पोखराले तेस्रो गोल गरेको छ । जोए आएडुको व्यक्तिगत दोस्रो गोल । चन्दन दासको पासमा आएडुले बक्स भित्रबाट वान टच फिनिसि गरे ।

72'
Goal
Pokhara Thunders - Joe Aidoo
GOAL !

Goal!! पोखराले अग्रता दोब्बर पारेको छ । जोए आएडुले गोल गरे । जन्मे जय धामीले दायाँ भागबाट दिएको पासमा आएडुले चितवनका छिरिङ गुरुङलाई छलाउँदै हानेको प्रहार चितवनका खेलाडीलाई लाग्दै क्रस बारमा लागेर गोल भयो । पोखरा भाग्यमानी बनेको छ । चितवनका गोलकिपर र डिफेण्डरहरु हेरेको हेरै भए ।

substitute खेलाडी परिवर्तन 70'

Chandan Das Midfielder
Sudil Rai Midfielder

substitute खेलाडी परिवर्तन 70'

69'
फ्री किक

फ्री किक

पोखरालाई एट्याकिङ एरियामा फ्रिकिक ।

68'
corner

कर्नर किक

चितवनलाई कर्नर ।

63 OG'
Goal
Pokhara Thunders - Abhishek Limbu
GOAL !

Goal!! पोखराले अग्रता लिएको छ । चितवनका अभिषेक लिम्बुले आत्मघाती गोल गरेका छन् । पोखराका स्टेफेन विनोङ समिरको शक्तिसाली प्रहार चितवनका गोलकिपर अमल नाइटले पूर्ण रुपमा क्लियर गर्न नसकेपछि पोखराका समिर तामाङले बल क्रस गरेका थिए । पोखराका कप्तान आयुष घलान बल हान्न गइरहेका थिए तर चितवनका अभिषेक लिम्बुलाई लाग्दै बल गोल भएको हो ।

60'
Commentry

जोए आएडुको फ्रिकिकमा विलियम बिएस्सीको हेडर फ्रेममा रहेन ।

59'
फ्री किक

फ्री किक

पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।

substitute खेलाडी परिवर्तन 57'

substitute खेलाडी परिवर्तन 57'

49'
फ्री किक

फ्री किक

पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।

Second Half Time
Second Half Kick Off
Commentry
पहिलो हाफमा दुवैतर्फबाट कुनै गोल हुन सकेन । दुवै टिमले केही मुभ बनाएपनि गोल गर्न भने सकेनन् । अब दोस्रो हाफमा कुन टिमले गोल गर्ला?
Half Time
Half Time
45+1'
फ्री किक

फ्री किक

चितवनलाई अट्याकिङ एरियामा फ्रिकिक ।

45'
Commentry

पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

44'
offside

अफ साइड

पोखराका खेलाडी अफसाइड ।

43'
Commentry

पोखराका कप्तान आयुष घलानको सट । तर उनले बक्स बाहिरबाट हानेको प्रहार फितलो रह्यो ।

42'
फ्री किक

फ्री किक

पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।

40'
corner

कर्नर किक

पोखरालाई कर्नर ।

39'
फ्री किक

फ्री किक

चितवनलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

38'
पहेंलो कार्ड

पहेंलो कार्ड

चितवनका कप्तान टोरिकलाई पहेँलो कार्ड ।

37'
Commentry

चितवनका नोदिरको पावरफुल फ्रिकिक । तर उनले सेकेण्ड बार च्यापेर हानेको पावरफुल सट क्रस बार माथिबाट बाहिरियो ।

36'
फ्री किक

फ्री किक

चितवनलाई अट्याकिङ एरियामा फ्रिकिक ।

30'
Commentry

चितवनका निरज चौधरीको एक्रोब्याटिक प्रहास । उनले विपक्षीको बक्सको लाइनबाट हानेको एक्रोब्याटिक सट सिधै पोखराका किपरको हातमा ।

29'
Commentry

पोखराका जोए आएडुको अर्को लङ सट । तर बल फ्रेममा परेन । बल आकाशियो ।

28'
Commentry

चितवनका कप्तान टोरिक जेबरिनले बकस बाहिरबाट हानेको प्रहा सिधै पोखारका किपर प्रिसोको हातमा । प्रिसोले सहजै बल बचाए ।

26'
Commentry

चितवनका नोदिर माभलोनोभको लङ सट । उनले मध्यभागको आर्क नजिकबाट हानेको प्रहार फ्रेममा रहेन आकाशियो ।

23'
Commentry

चितवनका सुमित श्रेष्ठले बायाँ भागबा६ बल अघि बढाउँदै सिक्स यार्ड बक्समा पुर्‍याएर हानेको प्रहार साइड नेटिङ भएको छ ।

Commentry
सुरुवाती २० मिनेट भित्र पोखरा लगातार आक्रमणमा देखिएको छ । तर फिनिसिङ चुस्त हुन सकेको छैन ।
18'
offside

अफ साइड

चितवनका भिक्टोर मानसारे बल अघि बढाउँदै । तर अफसाइड भएका छन् ।

16'
Commentry

पोखराका सुदि राईको क्रसमा जोए आएडुले बक्स भित्र पुर्‍याएर हानेको प्रहार टार्गेटमा रहन सकेन ।

13'
फ्री किक

फ्री किक

पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।

11'
Commentry

पोखराका जोए आएडुको अर्को सट । कप्तान आयुष घलानको ब्याक पासमा आएडुले बक्स बाहिरबाट हानेको प्रहार फ्रेममा पर्न सकेन ।

6'
Commentry

shot & save!! पोखराका कप्तान आयुष घलानको पासमा जोए आएडुले बक्स बाहिरबाट हानेको प्रहार चितवनका किपर अमल नाइटले बचाएका छन् । बल बाहिर गएपछि पोखरालाई कर्नर ।

Kick Off
Kick Start
Commentry
दुवै टिमका खेलाडीहरु मैदान प्रवेश गरेका छन् । चितवन निलो र पोखरा अरेन्ज रङको जर्सी लगाएर खेल्दैछ ।
Commentry
आजको खेलमा दुवै टिममा नेपाली प्रशिक्षक छन् । पोखराका पूर्व प्रशिक्षक नविन न्यौपाने चितवनको प्रशिक्षक छन् भने सुमन श्रेष्ठ यस सिजन पोखराको प्रशिक्षक छन् ।
Commentry
आजको खेल फिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलाउनेछन् । नानीराम थापा मगर र माधव खत्री असिस्ट्यान्ट रेफ्रीमा छन् भने फोर्थ अफिसियलमा नविन्द्र महर्जन छन् ।
Commentry
पोखरा थण्डर्स पहिलो रोजाईँ : प्रिसो (गोलकिपर), आयुष घलान (कप्तान), समिर तामाङ, साइदोस्तोभ जाभारोभ, सुदिल राई, गौरव श्रेष्ठ, पदम भट्टराई, जोए आएडु, विलियम बिएस्सी, स्टेफेन समिर विनोङ, जन्मेजय धामी
Commentry
एफसी चितवन : अमल नाइट (गोलकिपर), टोरिक जेबरिन (कप्तान), रोशन राना मगर, शिशिर लेखी, निरज चौधरी, छिरिङ गुरुङ, सुमित श्रेष्ठ, नोदिर माभलोनोभ, भिक्टोर मानसारे, अभिषेक लिम्बु, जोनाथान क्याम्पबेल
Commentry
चितवनका विदेशी खेलाडी टोरिक जेबरिन आज पहिलो रोजाईँमा फर्कँदै टिमको कप्तानी गर्नेछन् । यसअघि उनले चोटका कारण दुई खेल खेलेनन् । नियिमत कप्तान अन्जन विष्ट पनि चोटकै कारण अघिल्लो खेलमा खेलेका थिएनन् । उता पोखराको कप्तानी आयुष घलानले गर्नेछन् भने नवयुग बेन्चमा छन् । दुवै टिमले पहिलो रोजाईँमा ५ विदेशी खलेाडी नै राखेका छन् । पोखराका विदेशी खेलाडी माइकल चुक्वुबुन्ना भने आज लाइनअपमै छैनन् ।
Commentry
अफिसियल लाइन अफ :
Commentry
चिनवन पहिलो पटक एनएसएलको प्लेअफमा खेल्न लागेको हो भने पोखरा लगातार दोस्रो पटक प्लेअफमा पुगेको हो ।
Commentry
लिग चरणमा चितवन र पोखरा आफ्नो पहिलो खेलमै आमने सामने भएका थिए । जहाँ चितवनले पोखरालाई २-० ले पराजित गरेको थियो । विदेशी खेलाडीको वर्क परमिट विवादले उक्त खेल निर्धारित समय भन्दा १८ मिनेट ढिला सुरु भएको थियो ।
Commentry
चितवन लिग चरणमा तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको थियो । चितवनले ६ मध्ये ३ खेलमा जित हात पार्दा १ बराबरी र २ हारको नतिजासहित १० अंक जोडेको थियो । यस्तै लिगमा चौथो स्थानमा रहेको पोखराले २ जित २ बराबरी र २ हारको नतिजासहित ८ अंक जोडेको थियो ।
Commentry
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हामी यस खेल र खेलाडीको बारेमा सम्पुर्ण अपडेट दिँदै जानेछौँ ।
Commentry
नमस्कार । नेपाल सुपर लिग (एनएसएल) २०२५ को लाइभ अपडेटमा स्वागत छ । आज प्लेअफ चरण अनतर्गत एलिमिनेटर खेल हुँदैछ । एलिमिनेटरमा एफसी चितवन र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

२०८२ वैशाख १०, बुधबार
DFC
18:00

Top Scorer

Nepal Super League 2025
Ahmad Hijazi Dhangadhi FC
Matches 2
Score 5
Amadou Diop Kathmandu Rayzrs
Matches 4
Score 4
Joe Aidoo Pokhara Thunders
Matches 2
Score 3
Jonathan Cantillana Lalitpur City FC
Matches 2
Score 3
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 2
Torric Jebrin FC Chitwan
Matches 2
Score 2
Imoh Ezekiel Lalitpur City FC
Matches 2
Score 2
George Prince Karki Dhangadhi FC
Matches 5
Score 2
Nodirbek Mavlonov FC Chitwan
Matches 2
Score 2
Jaya Gurung FC Chitwan
Matches 6
Score 1

Recent Results

२०८१ चैत १६, शनिबार
LFC
2 - 2
२०८१ चैत १७, आइतबार
0 - 0
JFC
२०८१ चैत १८, सोमबार
FCC
2 - 0
२०८१ चैत १९, मंगलबार
1 - 4
DFC
२०८१ चैत २०, बुधबार
LFC
3 - 2

Players to watch

Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Ananta Tamang Defender
Lalitpur City FC
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Samir Tamang Forward
CBU
Mani Lama Midfielder
APF
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Arik Bista Midfielder
Butwal Lumbini FC