

Jeffery Willy Marcel Baltus
France, Goalkeeper

जेफ्री बाल्टुस गोलकिपर हुन् । ३३ वर्षीय बाल्टुस लगातार दोस्रो सिजन नेपाल सुपर लिग (एनएसएल) खेल्न नेपाल आएका छन् ।
दोस्रो संस्करणमा ललितपुर सिटी एफसीबाट खेल्दै च्याम्पियन बेका उनी तेस्रो सिजन पनि ललितपुर सिटीकै जर्सीमा देखिनेछन् । ललितपुरलाई दोस्रो सिजन च्याम्पियन बनाउन मदत गरेका बाल्टुस आफैँ बेस्ट गोलकिपर घोषित भएका थिए ।
फ्रान्समा जन्मेका बाल्टुससँग युरोपका विभिन्न क्बलहरुमा फुटबल खेलेको अनुभव छ ।
सन् २०११ बाट व्यावसायिक पुटबल खेल्न सुरु गरेका बाल्टुसले फ्रान्सको दोस्रो, तेस्रो र चौथो डिभिजनको लिग फुटबल खेलिसकेका छन् ।
उनले फ्रेन्च लिग वान क्लब अजुरेबाट क्लब फुटबल सुरु गरेका थिए । अजुरेको एकेडेमीकोबाट आएका बाल्टुसले फ्रान्सको यू-१७ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । उनले फ्रान्सको दोस्रो, तेस्रो र चौथो डिभिजनमा गरी १०० भन्दा बढी खेले खेलेका छन् ।
एनएसएलको दोस्रो सिजन खेल्न आउनुअघि उनले फ्रान्सको तेस्रो श्रेणीको क्लब एफसी राउनका लागि खेलेका थिए ।
ललितपुर सिटीबाट एनएसएलको दोस्रो सिजन जितेपछि उनले बेल्जियम तेस्रो श्रेणीको क्लब रोएल स्टेके सेन्ट जर्ज सरमुस क्लबबाट खेलेका थिए ।
Read Fullसमाचार


प्लेयर्स टु वाच



