

Anjal Shrestha
Nepal, Goalkeeper

एन्जल श्रेष्ठ गोलकिपर हुन् । उनी घरेलु फुटबल विभागीय टोली नेपाल एपीएफ क्लबबाट खेल्ने गर्छन् । उमेर समूहको टिमबाट आएका एन्जलेल बी डिभिजन हुँदै ए डिभिजन लिग समेत खेलेका छन् । पछिल्लो समय एन्जलले पोष्टमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । हाल उनी एपीएफको पहिलो रोजाईँको गोलकिपरको रुपमा छन् । उनी भर्खरै नेपालको राष्ट्रिय टिममा समेत समावेश भएका छन् । अष्ट्रेलियन प्रशिक्षक म्याट रोसको आगमनपछि राष्ट्रिय टिमको क्याम्प हुँदै उनी अन्तिम टोलीमा पर्न सफल भए । सिंगापुरसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियासँगको खेलका लागि उनी पहिलो पटक सिनियर टिममा समावेश भएका छन् । नेपालका कप्तान किरण चेम्जोङ नै पहिलो रोजाईँको गोलकिपर भएकोले एन्जलका लागि सिनियर टिमबाट डेब्यु गर्न समय लाग्न सक्छ । तर उनी अन्य सिनियर खेलाडीसँग भन्दा पनि आफ्नो प्रतिस्पर्धा आफैँसँग रहेको र सधैँ बेस्ट दिनका लागि प्रयास गर्ने बताउँछन् । राष्ट्रिय टिममा परेपछि सानै देखिको सपना पूरा भएको मान्ने एन्जलले अझै धेरै गर्न बाँकी भएको बताए । उनले यो स्थानसम्म आइपुग्दा आफूले करियरमा धेरै उतारचढाव व्यहोरेको पनि बताए ।
एन्जल तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि झापा एफसीमा अनुबन्ध भएका छन् । यसअघि उनले एनएसएलको दोस्रो संस्करण काठमाडौं रेजर्सबाट खेलेका थिए । काठमाडौं रेजर्समा एन्जल भन्दा अगाडि अभिषेक बराल र जियारथ शेख रहेपनि उनले दोस्रो संस्करणमा खेल्ने अवसर पाएका थिए । पहिलो रोजाईँका किपर अभिषेक बरलाको प्रदर्शन स्थिर नहुँदा तेस्रो रोजाईँका एन्जलले सिधै अवसर पाएका थिए ।
अब हुन लागेको तेस्रो संसक्रणको एनएसएलमा एन्जल झापा एफसीमा अनुबन्ध भएका छन् ।
Read Fullसमाचार


प्लेयर्स टु वाच



