

Arik Bista
Nepal, Midfielder

फ्रिकिक विशेषज्ञ एरिक विष्ट
एरिक विष्ट नेपाली राष्ट्रिय टिमका मिडफिल्डर हुन् । उनी विशेषगरी फ्रिकिकका लागि परिचित छन् । गत संस्करणको एनएसएलमा एरिकले स्पोर्टिङ इलाम विरुद्ध फ्रिकिकमा सानदार गोल गरेका थिए । उनले करिब ३५ यार्डबाट हानेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो ।
नेपाल सुपर लिग (एनएसएल) दोस्रो सिजन एरिका बुटवल लुम्बिनी एफसीको मार्की प्लेअर र कप्तान बनेका थिए । त्यसअघि उनले ललितपुर सिटी एफसीबाट पहिलो एनएसएल खेलेका थिए । तेस्रो संस्करणका लागि बुटवल लुम्बिनीले नै एरिकलाई रिटेन गरेको छ ।
क्लब फुटबलमा भने उनी पछिल्लो समय ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबको जर्सीमा खेलिरहेका छन् । चर्च ब्वाइजले पछिल्लो पटक भएको ए डिभिजन लिग जित्दा एरिक टिमकै सदस्य थिए । त्यसअघि एरिकले एपीएफ, एनआरटी लगायत क्लबबाट पनि खेलेका थिए ।
नेपालको लागि उमेर समूहको राष्ट्रिय टिमबाट खेलेका एरिकले २०७७ कात्तिक २८ मा बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालका लागि डेब्यु गरेका थिए । उनी विक्रम लामाको स्थानमा ४२औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
बाँसबारी फुटबल क्लबबाट फुटबल खेल्न सुरु गरेका एरिकले त्रिभुवन आर्मी फुटबल क्लबलबाट दुई पटक ललित स्मृति यू-१८ च्याम्पियनसिपको उपाधि जितेका थिए । त्यसपछि उनले एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए ।
एरिकले भारतको दोस्रो श्रेणीको क्लब फुटबल आई लिग समेत खेलेका छन् । उनले गत वर्ष शिलोङ लाजोङबाट आइ लिग खेलेका थिए । शिलोङबाट खेल्ने उनी दोस्रो नेपाली पुटबल खेलाडी हुन् । यसअघि नेपालका पूर्व कप्तान अनिल गुरुङले पनि शिलोङबाट क्लब फुटबल खेलेका थिए ।
प्रस्तुती : गोविन्दराज नेपाल
Read Fullसमाचार


प्लेयर्स टु वाच



