+
Home Sports Football Samit Shrestha

Samit Shrestha
Nepal, Goalkeeper

Full Name: Samit Shrestha
Nationality: Nepal
Position: Goalkeeper

समित श्रेष्ठ गोलकिपर हुन् । उनी विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट घरेलु फुटबल खेल्ने गर्छन् । राष्ट्रिय टिमबाट खेलिसकेका विकेश कुथु आर्मीको पहिलो रोजाईँको गोलकिपर रहेकोले समितले क्लबमा धेरै अवसर पाएका छैनन् । तर विकेश चोटका कारण खेल्न नसक्दा र अनुपस्थित हुँदा समितले आर्मीको पोष्ट सम्हाल्दै आएका छन् । गतवर्ष पोखरामा आयोजना भएको २३औं आहारारा पोखरा गोल्डकपमा आर्मीलाई च्याम्पियन बनाउन समितले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपाल सुपर लिगको तेस्रो संस्करणका लागि समित साविक विजेता ललितपुर सिटी एफसीमा अनुबन्ध भएका छन् । यस टिममा च्याम्पियन गोलकिपर जेफ्री बाल्टुस पनि छ । समितले एनएसएलको दोस्रो सिजनमा स्पोर्टिङ इलाम एफसी टिममा थिए । यस पटक उनलाई ललितपुरले भित्र्याएको हो ।

Read Full