Dhangadhi FC

Dhangadhi FC

Devendra Tamang

JUAN MANUEL MARTINEZ
खेलाडी हरु

Dhangadhi FC [BIO]
धनगढी एफसी
सुरुवाती दुवै सिजन फाइनल खेल्ने एक्लो टिम धनगढी एफसी दुवै सिजनको उपविजेता हो । राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ देखि नेपालका खेल्ने अनुभवी विदेशी खेलाडी ओलवाले आफिजलाई सम्म खेलाएको धनगढीले अझै उपाधिको प्रतिक्षामा छ ।
पहिलो संस्करणमा काठमाडौं रेजर्ससँग फाइनलम पराजित भएको धनगढी दोस्रो सिजनमा ललितपुर सिटीसँग पराजित भएको थियो । धनगढी यस पटक भने बलियो दाबेदारी पेश गर्ने लक्ष्यमा छ ।
त्यसका लागि धनगढी पनि विदेशी प्रशिक्षक भित्र्याएको छ भने नेपाली देखि विदेशी खेलाडी अनुबन्धमा पनि ध्यान दिएको छ ।
धनगढीले अघिल्लो सिजनका ओलावाले र लेवनानी फरवार्ड मोहम्मद हिजाजीलाई निरन्तरता दिँदै स्पेन र ब्राजिलसम्मका विदेशी खेलाडीलाई भित्र्याएर टिम बलियो बनाएको छ ।
यस बाहेक धनगढीले स्पेनका गोलकिपर वालिद बिरोय, ब्राजिलका फरवार्ड सर्जियो बार्बोजा, मोरोक्कँका मिडफिल्डर मोहमेद अल जाउनी र स्पेनिस डिफेण्डर जोर्ज साइसेडोलाई भित्र्याएको छ ।
धनगढीले अघिल्लो सिजन टिमकै रहेको मिडफिल्डर कृतिश रत्न छुन्जुलाई नयाँ मार्की बनाएको छ भने देवेन्द्र तामाङसहित रनदिप पौडेल र रामचन्द्र वाजीलाई रिटेन गरेको थियो ।
अकसनमा धनगढीले विवेक पौडेल, पासाङ लामा, जर्ज प्रिन्स कार्की, जियारथ शेख, प्रशान्त लक्षम जस्ता खेलाडीलाई अनुबन्ध गरेको थियो ।
धनगढीले स्पेनका युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक जुवान म्यानुएललाई पनि अनुबन्ध गरेको छ ।
धनगढी एफसी स्क्वाड
गोलकिपर : जियारथ शेख, सन्तोष महत, वालिद विरोउ*
डिफेण्डर : देवेन्द्र तामाङ, पासाङ लामा, रनदिप पौडेल, अशोक खवास, अमृत श्रेष्ठ, जोर्ज कासेइडो*
मिडफिल्डर : कृतिश रत्न छुन्जु, विवेक पौडेल, रामचन्द्र वाजी, रोहन खड्गी, हरिश राज भट्ट, प्रशान्त लक्षम, मोहमेद एल जाउनी*
फरवार्ड : जर्ज प्रिन्स कार्की, ओलावाले आफिज ओलाडिपो*, अहमद हिजाजी*, सर्जियो बार्बोजा*