FC Chitwan

खेलाडी हरु

FC Chitwan [BIO]
एफसी चितवन
एनएसएलको सुरुवाती दुई सिजन राम्रो प्रदर्शन गर्न नसकेको टिम हो एफसी चितवन । तर तेस्रो संस्करणका लागि भने चितवनले नेपाली र विदेशी खेलाडी अनुबन्धमा निकै मिहिनेत गरेको छ ।
राष्ट्रिय टिमका लागि सर्वाधिक १३ गोल गरेका फरवार्ड अन्जन विष्टलाई मार्की प्लेअर बनाएको चितवनले रिटेन्सन देखि अक्सन र विदेशी खेलाडी अनुबन्धमा राम्रो गर्यो । पेपमार चितवनको टिम पनि सन्तुलित देखिएको छ ।
दोस्रो सिजनमा मार्की तथा गोलकिपर विशाल श्रेष्ठसहित छिरिङ गुरुङ र रोशन राना मगरलाई रिटेन गरेको चितवनले त्यसबाहेक सबै नयाँ टिम बनाएको छ ।
मार्कीसहित प्रशिक्षक पनि चेन्ज गर्दै चसतवनले नविन न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
यस्तै विदेशी खेलाडीमा चितवनमा नेपालमा खेलिसकेका दुई खेलाडी देखि जमैकन राष्ट्रिय टिम र अमेरिकाको उमेर समूहको टिमबाट खेलिसकेका खेलाडी छन् ।
चितवनले अघिल्लो सिजनका टोरिक जेबरिनलाई यस सिजन पनि भित्र्याएको छ भने मछिन्द्र एफसीबाट यस वर्ष नकआउट फुटबलमा राम्रो खेलेका युसफ मलिकलाई पनि अनुबन्ध गरेको छ । यस बाहेक चितवनले जमैकाका लागि खेलिसकेका गोलकिपर अमल नाइट, अमेरिकाको उमेर समूहबा६ खेलेका भिक्टोर मानसारे, अमेरिकाकै जोनाथन क्याम्पबेल र उज्वेकिस्तानका नोदिरबेकलाई अनुबन्ध गरेको छ ।
चितवन टिमको विशेषता के छ भने घरेलु फुटबलका दुई क्लब मछिन्द्र र एनआरटीबाट मोफसलमा खेलेका धेरै खेलाडीहरु यही टिममा छन् ।
अन्जनसँगै एनआरटीमा खेलेका सुमित श्रेष्ठ, अभिषेक लिम्बु, जय गुरुङ, शिशिर लेखी जस्ता खेलाडी चितवनमा छन् । यस्तै गोलकिपर विशालसँग मछिन्द्रमा खेलेका रोशन राना मगर, छिरिङ गुरुङ, प्रदिप भण्डारी अनी युसुफ मलिक छन् । यी १० खेलाडीसँगै अन्य ५ विदेशीको साथ रहने चितवनमा घरेलु फुटबलका मिलन राई र निरज चौधरी पनि छन् । जसले गर्दा चितवनको टिम पेपरमा बलियो देखिएको छ भने सबै पोजिसनमा सन्तुलित छ ।
गोलकिपरमा विशाल र प्रदिप मछिन्द्रबाट खेल्छन् उनीहरुलाई अमलको साथ हुनेछ ।
यस्तै डिफेन्समा एनआरटीबाटै सँगै खेल्ने अभिषेक र सुमितसहित छिरिङ गुरुङ हुनेछन् भने अमेरिकन क्याम्पबेलको साथ हुनेछ ।
मिडफिल्डमा जय, शिशिर, निरज र मिलनसँगै टोरिक जेबरिन र नोदिरबेक हुनेछन् भने फरवार्डमा अन्जनलाई युसुफ र भिक्टोर मानसरेले साथ दिनेछन् ।
यस बाहेक चितवनले लोकल स्टारको रुपमा रोजल दाहाल र ट्यालेन्ट हन्टबाट रुकी गणेश नेपालीलाई अनुबन्ध गरेको छ ।
एफसी चितवन स्क्वाड
गोलकिपर: विशाल श्रेष्ठ, प्रदिप भण्डारी, अमल नाइट*
डिफेण्डर : अभिषेक लिम्बु, सुमित श्रेष्ठ, छिरिङ गुरुङ, विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङ्गतान, जोनाथन क्याम्पबेल*
मिडफिल्डर : रोशन राना मगर, मिलन राई, शिशिर लेखी, जय गुरुङ, निरज चौधरी, नोदिरबेक माभलोनोभ*, टोरिक जेबरिन*
फरवार्ड : अन्जन विष्ट, मलिक युसुफ*, भिक्टोर मानसारे*
लोकल स्टार : रोजल दाहाल
रुकी : गणेश नेपाली