Kathmandu Rayzrs FC

Kathmandu Rayzrs FC

Kuldip Karki

Patrick De Wilde
खेलाडी हरु

Kathmandu Rayzrs FC [BIO]
काठमाडौं रेजर्स एफसी
काठमाडौं रेजर्स एनएसएलको पहिलो संस्करणको च्याम्पियन टोली हो । दोस्रो संस्रकणमा तेस्रो भएको काठमाडौं यस पटक पुरानो साख फर्काउने लक्ष्यमा छ ।
राष्ट्रिय टिमका युवा मिडफिल्डर रोहन कार्कीलाई मार्की प्लेअर बनाएको काठमाडौंले यस पटक खेलाडी अक्सन र विदेशी खेलाडी नियुक्तिमा ध्यान दिएको छ ।
तीन खेलाडी रिटेन गरेको काठमाडौंले सबै विदेशी खेलाडी नयाँ भित्र्याएको छ । दोस्रो सिजन खेलेका दिपेश गुरुङ, कुलदिप कार्की र अभिषेक बराललाई रिटेन गरेको काठमाडौले अक्सनमा भाग्यमानी बन्दै राष्ट्रिय टिमका फरवार्ड जिलेस्पी जंग कार्की सहित राष्ट्रिय टिमबा६ खेलिसकेका मिडफिल्डर दिनेश हेन्जनलाई अनुबन्ध गर्न सफल भएको थियो ।
यस बाहेक काठमाडौंले आशिष चापागाईँ, कमल श्रेष्ठ, दिवाकर चौधरी, अन्जल महर्जन, भरत चौधरी, मौसम मगर, पुष्कर खड्का र पेम्बा दोर्जी लामालाई अनुबन्ध गर्यो ।
काठमाडौंले यस पटक फ्रान्स देखि सेनेगलसम्मका विदेशी खेलाडीलाई अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ । जसमा फ्रान्सका मिडफिल्डर भिनसेन्ट कोजिएलो मुख्य नाम हुन् । बुण्डेसलिगा र प्रेन्च लिग खेलिसकेका उनी काठमाडौका लागि हेर्न लायक खेलाडी बन्न सक्छन् ।
यस बाहेक काठमाडौंले सेनेगलका गोलकिपर चिएख गुए, डिफेण्डर बेकरी माने र विंगर अमादोउ डिओपलाई अनुबन्ध गर्यो भने सियरालियोनका फरवार्ड बुया टुरेलाई अनुबन्ध गरेको छ ।
यस्तै नेपालमा आहारारा गोल्डकप लगायत नकआउट प्रतियोगिता खेलेका उज्वेकिस्तानका डिफेण्डर अलीजोन अलिजोनोभलाई पनि काठमाडौंले अनुबन्ध गरेको छ ।
नयाँ खेलाडीलाई विश्वास गरेको काठमाडौंले यस पटक कोचिङ स्टाफ पनि परिवर्तन गरेको छ । यसअघि लगातार दुई सिजन बालगोपाल महर्जन काठमाडौंको मुख्य प्रशिक्षक थिए । यस पटक भने क्लबले बेल्जियमबाट युइएफए प्रो लाइसेन्स कोच प्याट्रिक विल्डेलाई अनुबन्ध गरेको छ । यस्तै मेघराज केसी टेक्निकल डिरेक्टरको भूमिकामा छन् ।
काठमाडौं रेजर्स स्क्वाड
गोलकिपर : अभिषेक बराल, मौसम मगर, चिएख गुए*
डिफेण्डर : कुलदिप कार्की, कमल श्रेष्ठ, दिवाकर चौधरी, अन्जल महर्जन, पुष्कर खड्का, पेम्बा दोर्जी, बेकरी माने*, अलिजोन अलिजोनोभ*, सन्देश क्षेत्री
मिडफिल्डर : रोहन कार्की, दिपेश गुरुङ, दिनेश हेन्जन, भरत चौधरी, भिनसेन्ट कोजिएलो*
फरवार्ड : जिलेस्पी जंग कार्की, आशिष चापागाईँ, बुया टुरे*, अमादोउ डिओप*, प्रिभियस सुनुवार