Sri Lanka vs Nepal ICC Men's T20 World Cup, 2024 - 24th Match
२०८१ जेठ ३०, बुधबार
06:15 am

श्रीलंका
VS

नेपाल
Match abandoned
Central Broward Park & Broward County Stadium
ICC Men's T20 World Cup, 2024
Chris Gaffaney, Richard Kettleborough

नेपालले अब सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्नेछ । नेपाल समूह डीबाट शीर्ष दुईमा रहँदै सुपर-८ मा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ । समूह डी मा दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगिसकेको छ ।

आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् ।

अपडेट ६ बजे : मैदानमा पूर्णरुपमा वर्षा रोकिएको छैन । सिमसिमे वर्षा जारी । कभरमाथिको पानी सुकाउने काम भई रहेको छ । कभर हट्न सकेको छैन । नेपाली समर्थकले रंगशालामा नेपाल नेपाल भनेर उत्साह थपेका छन् ।

अपडेट ६ बजे : मैदानमा पूर्णरुपमा वर्षा रोकिएको छैन । सिमसिमे वर्षा जारी । कभरमाथिको पानी सुकाउने काम भई रहेको छ । कभर हट्न सकेको छैन । नेपाली समर्थकले रंगशालामा नेपाल नेपाल भनेर उत्ुसाह थपेका छन् ।

अपडेट ५ : ५१ - मैदानमा सिमसिमे पानी पुन पर्न थालेको छ ।

अपडेट : नेपाली समय ५ : ४२ र अमेरिका (७ः५७)
- अम्पायरले नेपाली समय अनुसार ६ : १५ मा मैदान निरिक्षण गर्नेछन् । त्यसपछि खेल बारे थप जानकारी हुनेछ ।

अपडेट बिहान ५ : ३३ - अहिले मैदानमा कभरमाथिको पानी सुकाउने काम भई रहेको छ । मैदानका कर्माचारी र सुपरसोफरको सहयोगमा पानी सुकाउने काम तीव्र गतिमा भएको छ ।

अम्पायरले मैदानको निरिक्षण गरेका छन् । मैदानका कर्माचारी पानी सुकाउन लागेका छन् । कभर भने हटाइएको छैन ।

मैदानमा वर्षा रोकिएको छ । मैदानका कर्माचारी पानी सुकाउन थालेका छन् । पुनः वर्षा नभएमा खेल हुने सम्भावना रहन्छ ।

भर्खर उठेका नेपाली समर्थकहरुलाई अमेरिकाबाट त्यति राम्रो समाचार छैन । वर्षा रोकिएको छैन । निरन्तर भारी वर्षा भएको छ । मैदानको धेरै ठाउँमा पानी जमेको छ । यद्यपी रंगशालामा नेपाल नेपाल भनेर स्वर गञ्जिन थालेको छ ।

अमेरिकाको फ्लोरिडामा बिहान देखिनै निरन्तर वर्षा भएको छ । मौसम पूर्वाअनुमानका अनुसार खेलको समयमा पनि वर्षा हुनेछ ।

नेपाल र श्रीलंका दुबै पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अंकका साथ सुपर ८ मा स्थान पक्का गरेको छ ।

नमस्कार । आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेलमा तपाईंहरुलाई स्वागत छ । सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क रंगशालामा अहिले भारी वर्षा भएको छ । मैदानको पिच कभरले ढाकिएको छ ।
श्रीलंका
नेपाल