एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?

योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा लगानी गर्ने एक अनुशासित र व्यवस्थित तरिका हो । एसआईपी (SIP) मा लगानीकर्ताले निश्चित म्युचुअल फन्ड योजनामा निर्धारित अन्तरालमा (मासिक, त्रैमासिक, अर्धवार्षिक) नियमित रूपमा लगानी गर्छ ।
लगानीकर्तालाई सबै खाले बजार अवस्थामा भाग लिने अवसर यसले दिन्छ । लगानीको रकम स्थिर रहँदा वा मूल्य कम हुँदा समयसँगै औसत लागतका आधारमा म्युचुअल फन्डको धेरै इकाई र मूल्य उच्च हुँदा थोरै इकाई खरिद गरिन्छ । SIP ले वित्तीय अनुशासनलाई बढावा दिन्छ र दीर्घकालीन सम्पत्ति निर्माणमा सघाउ पुर्याउँछ ।
SIP नेपाली लगानीकर्तामा लोकप्रिय हुँदैछ किनकि यसले बजारको अस्थिरता र समयको बारेमा चिन्ता नगरी अनुशासित ढंगले लगानी गर्न मद्दत गर्छ । म्युचुअल फन्डद्वारा प्रस्तावित प्रणालीगत लगानी योजनाहरू दीर्घकालीन रूपमा लगानीको संसारमा प्रवेश गर्ने सजिलो उपाय हो । यो लामो अवधिको लगानीका लागि महत्वपूर्ण छ । प्रतिफल अधिकतम गर्नको लागि यसमा चाँडै लगानी सुरु गर्नुपर्छ ।
SIP ले कसरी काम ?
SIP मार्फत गरिने लगानी विस्तारै समय अनुसार मासिक वा त्रैमासिक रूपमा निश्चित रकम लगानी गर्न सकिन्छ । यसमा लगानीको औसत लागत निकाल्दै चक्रवृद्धि ब्याजको फाइदा लिन सकिन्छ । जबसम्म तपाईंको लगानी भइरहन्छ तपाईंको पैसा समयसँगै कम्पाउन्डिङको नियमानुसार बढ्दै जान्छ । बजार तपाईंको समय अनुसार हैन समय अनुसार तपाईं बजारमा जोडिनु आवश्यक छ ।
लगानीकर्ताले SIP छनोटको लागि आवेदन दिनुपर्ने हुन्छ । यसमा लगानीकर्ताले SIP मिति, योजनाको रकम, समयावधि र मासिक किस्ता जस्ता आवश्यक जानकारी उपलब्ध गराउनुपर्छ । लगानीकर्ताले आफ्नो सुविधाको आधारमा चेक वा अनलाइनको माध्यमबाट लगानी रकम पठाउन सक्छन् ।
SIP क्याल्कुलेटरले तपाईंलाई SIP मार्फत गरिएको लगानीमा प्रतिफल अनुमान गर्न सिकाउँछ । SIP क्याल्कुलेटर लगानीकर्तालाई सम्भावित म्युचुअल फन्डहरूको सामान्य प्रतिफलको जानकारी दिने गरी डिजाइन गरिएको हुन्छ । यद्यपि म्युचुअल फन्ड योजनाबाट आउने वास्तविक प्रतिफल विभिन्न कारकहरूमा निर्भर रहन्छ । SIP क्याल्कुलेटर अपेक्षित वार्षिक प्रतिफलको आधारमा तपाईंको वित्तीय लक्ष्य प्राप्त गर्न SIP रकम गणना गर्ने अनलाइन उपकरण हो ।
धेरै पढिएका
एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?
योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा...
म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?
म्युचुअल फन्ड भनेको धेरै साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी स्टक, बन्ड र अन्य धितोपत्रहरूमा लगानी गर्ने संयन्त्र हो...
नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?
नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual...
लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?
लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर...
ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?
कोष प्रबन्धकहरूले सक्रिय वा निष्क्रिय रूपमा कोष व्यवस्थापन गर्न सक्छन् । अधिकांश ईटीएफ (Exchange Traded Fund, ETF) हरू एक निश्चित...
म्युचुअल फन्डको न्याभ भनेको के हो ? स्टक मूल्य र न्याभमा के फरक छ ?
NAV भनेको म्युचुअल फन्डको प्रति इकाई वास्तविक मूल्य हो जसलाई खुद सम्पत्ति मूल्य (Net Asset Value, NAV) भनिन्छ ।
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?
- नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?
- म्युचुअल फन्डका लागि नयाँ हुनुहुन्छ ? यसरी गर्नुहोस् लगानी
- मिडक्याप, स्मल क्याप र लार्जक्याप फन्ड बीचको फरक के हो ?
- डेब्ट फन्ड भनेको के हो ?
- हाइब्रिड फन्ड भनेको के हो ?
- इन्डेक्स फन्ड भनेको के हो ?
- के गैरआवासीय नेपालीहरूले म्युचुअल फन्डमा लगानी गर्न पाउँछन् ?
- डाइरेक्ट रेगुलर म्युचुअल फन्डबीच के भिन्नता छ ?
- एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?
- लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?
- ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?
- फन्ड म्यानेजरले कसरी काम गर्छन् ? कति शुल्क लाग्छ ?
- उपयुक्त म्युचुअल फन्ड कसरी छनोट गर्ने ?
- म्युचुअल फन्डका फाइदा/बेफाइदा के के हुन् ?
- म्युचुअल फन्डको न्याभ भनेको के हो ? स्टक मूल्य र न्याभमा के फरक छ ?
- नेपालमा म्युचुअल फन्डको इतिहास
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।