+

म्युचुअल फण्ड

१७ च्याप्टर
Chapter - 11

लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?

२०८० चैत  १९ गते १९:०१ २०८० चैत १९ गते १९:०१

लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर वा म्युचुअल फन्डमा लगानी गरिन्छ । उदाहरणका लागि कुनै लगानीकर्ताले आफ्नो सम्पूर्ण पूँजी म्युचुअल फन्डमा एकै पटक राख्न चाहन्छ भने यसलाई लमसम म्युचुअल फन्ड लगानी भनिन्छ र एकचोटि रकम भुक्तान पछि उक्त लगानीकर्ताले अर्को कुनै पनि मासिक, त्रैमासिक किस्ता बुझाउनुपर्दैन ।

लमसम लगानी भनेको म्युचुअल फन्डमा गरिने लगानीको एउटा प्रकार हो । जसले लगानीकर्तालाई एकमुष्ट लगानी गरी प्रतिफल प्राप्त गर्न मद्दत गर्छ । ठूला तथा दीर्घकालीन लगानी गर्ने लगानीकर्ताले सामान्यतया एकमुष्ट लगानी गरेको पाइन्छ । एकमुष्ट लगानी गर्दा विशेषगरी दीर्घकालीन रूपमा वृद्धि हुने अनुमान गरिन्छ र बजार अत्यधिक अस्थिर हुँदा पनि लगानीकर्ता फाइदामा रहन्छन् ।

एकमुष्ट लगानी एकमुष्ट भुक्तानी भनेको के हो ?

एकमुष्ट (SIPs) लगानी भन्नाले वित्तीय उपकरणमा एकै पटक पर्याप्त रकम लगानी गर्नु हो । यस्ता उपकरणहरू म्युचुअल फन्ड, स्टक वा बन्ड हुनसक्छन् । यस प्रकारको लगानीमा सम्पूर्ण रकम एकै पटकमा लगानी गरिन्छ । अर्कोतर्फ एकमुष्ट भुक्तानीले विभिन्न उद्देश्यका लागि गरिएको खरिदमा एकै पटकको भुक्तानीलाई जनाउँछ ।

एकमुष्ट लगानीका विशेषताहरू के के हुन् ?

.  व्यवस्थित लगानी योजना (SIPs) विपरीत एकमुष्ट लगानीले एक पटक गरेको लगानी पर्याप्त छ भन्ने निश्चित गर्छ र कुनै किसिमको दोस्रो लगानीका किस्ता हुँदैनन् ।

.  एकमुष्ट रकम लगानी अन्तर्गत म्युचुअल फन्ड योजनामा सुरुमै सम्पूर्ण रकम लगाइन्छ ।

.  Lumpsum लगानीकर्ताहरूले बजारमा कहिले प्रवेश गर्ने भन्ने निर्णय गर्नुपर्छ । लगानीको समयले प्रतिफलमा प्रभाव पार्न सक्छ । अनुकूल अवधिमा बजारमा प्रवेश गर्दा उच्च प्रतिफल दिन सक्छ तर यसले लगानीकर्ताहरूलाई बजार अस्थिरतामा नकारात्मक असर गर्छ ।

४. Lumpsum लगानीहरूमा सामान्यतया SIP को तुलनामा प्रशासनिक कार्यहरू कम हुन्छन् । आवधिक योगदानहरू वा बारम्बार लेनदेनहरू सेटअप गर्न आवश्यक हुँदैन । लगानी प्रक्रियालाई सरल र सहज हुन्छ । अधिक प्रतिफल प्राप्त गर्ने गरी लागि एकमुष्ट लगानी गर्न सकिन्छ ।

पूँजी संरक्षण वा तत्काल लगानी प्राथमिकतामा पर्दा एकमुष्ट लगानी लाभदायक हुनसक्छ । यद्यपि लागत–औसतको अभावले जोखिमपूर्ण हुन सक्छन् । लमसम र SIP लगानीहरू बीचको छनोट लगानीकर्ताको वित्तीय लक्ष्य, जोखिम सहनशीलता र लगानी क्षितिजसँग मिल्दोजुल्दो हुनुपर्छ ।

एकमुष्ट लगानी SIP बीच अन्तर

म्युचुअल फन्डमा लगानी गर्नका लागि एकमुष्ट र व्यवस्थित लगानी योजना (SIP) मार्फत लगानी गर्नु दुई भिन्न दृष्टिकोणहरू हुन् । यहाँ तिनीहरू कसरी फरक हुन् भन्ने कुरालाई उल्लेख गरिएको छ ।

एकमुष्ट लगानी र व्यवस्थित लगानी योजनामा कसरी प्रतिफल प्राप्त हुन्छ भन्ने कुरालाई उदाहरणको रूपमा प्रस्तुत गरिएको छ । यहाँ प्रस्तुत प्रतिफल अनुमानित हो । जसमा म्युचुअल फन्डहरूको सेवा शुल्कहरू गणना गरिएको छैन । वास्तविक प्रतिफलको गणनाका लागि तपाईंले सम्बन्धित म्युचुअल फन्डको कार्यालयमा आफूले लिन चाहेको योजना अनुसारको प्रतिफल गणना गराउन सक्नुहुन्छ ।

उदाहरणका लागि एक लगानीकर्ताले कुनै म्युचुअल फन्डको योजना अन्तर्गत एकमुष्ट लगानी रु.५ लाखको गर्छ भने वार्षिक १२ प्रतिशतको रिटर्नले २० वर्ष पछि उक्त लगानीकर्ताले ४३ लाख २३ हजार १४७ रुपैयाँको प्रतिफल सहित ४८ लाख २३ हजार १४७ रुपैयाँ फिर्ता पाउँछ । तल उल्लेख गरिएको तस्बिरमा एकमुष्ट लगानीको प्रतिफलको हिसाब राखिएको छ ।

तर, सोही ५ लाखलाई २० वर्षको व्यवस्थित लगानी योजनामा लगानीकर्ताले मासिक रूपमा लगानी रु. २०८४ गर्छ भने वार्षिक १२ प्रतिशतको रिटर्नले २० वर्षपछि उक्त लगानीकर्ताले १५ लाख ८२ हजार ६४ रुपैयाँको प्रतिफल सहित २० लाख ८२ हजार ६४ रुपैयाँ फिर्ता पाउँछ । तल उल्लेख गरिएको तस्बिरमा व्यवस्थित लगानी योजनामा गरिएको लगानी प्रतिफलको हिसाब राखिएको छ ।

 

धेरै पढिएका

म्युचुअल फण्ड

एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?

योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा...

म्युचुअल फण्ड

म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?

म्युचुअल फन्ड भनेको धेरै साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी स्टक, बन्ड र अन्य धितोपत्रहरूमा लगानी गर्ने संयन्त्र हो...

म्युचुअल फण्ड

नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?

नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual...

म्युचुअल फण्ड

लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?

लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर...

म्युचुअल फण्ड

ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?

कोष प्रबन्धकहरूले सक्रिय वा निष्क्रिय रूपमा कोष व्यवस्थापन गर्न सक्छन् । अधिकांश ईटीएफ (Exchange Traded Fund, ETF) हरू एक निश्चित...

म्युचुअल फण्ड

म्युचुअल फन्डको न्याभ भनेको के हो ? स्टक मूल्य र न्याभमा के फरक छ ?

NAV भनेको म्युचुअल फन्डको प्रति इकाई वास्तविक मूल्य हो जसलाई खुद सम्पत्ति मूल्य (Net Asset Value, NAV) भनिन्छ ।

0 %

पढिसक्नुभयो !