शेयरको कमाइ बापत तिर्नुपर्ने कर व्यक्ति र संस्थामा फरक हुन्छ ?

शेयर बजारमा प्राप्त हुने नाफामा कर अनिवार्य गरिएको हुन्छ । व्यक्ति तथा कम्पनीले शेयर कारोबारबाट हुने नाफामा फरक–फरक दरमा कर तिर्छन् । तपाईंले शेयरमा लगानी गर्नुभएको छ र किनेको भन्दा बढी मूल्यमा बेच्नुभयो भने प्राप्त गरेको लाभमा कर तिर्नुपर्छ ।
तपाईं व्यक्तिगत लगानीकर्ता हुनुहुन्छ भने करको दर तपाईंको डिम्याट खातामा होल्डिङ भएको अवधिमा निर्भर हुन्छ । शेयरको बिक्रीबाट प्राप्त हुने पूँजीगत लाभमा व्यक्तिलाई दीर्घकालीन र अल्पकालीन गरी दुई भिन्न दरमा कर लगाइन्छ । दीर्घकालीन पूँजीगत लाभमा ५% कर लाग्छ ।
दीर्घकालीन भन्नाले लगानीकर्ताले ३६५ दिनभन्दा बढी शेयर होल्ड गरी राखेको हुनुपर्छ । त्यसैगरी छोटो अवधिको पूँजीगत लाभमा ७.५% कर तिर्नुपर्छ । छोटो अवधि वा अल्पकालीन भन्नाले लगानीकर्ताले ३६५ दिनभित्र आफ्नो स्टकहरू बिक्री गर्ने लगानी भन्ने बुझिन्छ ।
शेयरको बिक्रीबाट हुने पूँजीगत लाभमा लाग्ने करको दर संस्थागत लगानीकर्ताको हकमा १०% रहेको छ । संस्थागत लगानीकर्ताले यसरी भुक्तान गरेको पूँजीगत लाभकरलाई एड्भान्स करको रूपमा लिई वर्षको अन्तिममा समायोजन गर्न पाउँछन् ।
धेरै पढिएका
शेयर कारोबार गर्दा कुन-कुन कर लाग्छ ?
लगानीकर्ताहरूले लगानीका क्रममा लाग्ने विभिन्न शुल्क जस्तैः ब्रोकर कमिसन, नेपाल धितोपत्र बोर्ड (सेबोन) शुल्क, डीपी शुल्क सँगै लगानीबाट प्राप्त हुने...
कस्तो अवस्थामा कति प्रतिशत कर तिर्नुपर्छ ?
लेनदेनको प्रकार र होल्डिङ अवधिका आधारमा शेयर बजारमा करका दर फरक हुने गर्छ ।
क्यापिटल गेन ट्याक्स भनेको के हो ?
संसारभर धेरै मुलुकमा शेयर वा धितोपत्र, कमोडिटी, विदेशी मुद्रा, घरजग्गा वा कुनै बहुमूल्य वस्तु बिक्री गर्दा हुने पूँजीगत लाभमा कर...
शेयरको कमाइ बापत तिर्नुपर्ने कर व्यक्ति र संस्थामा फरक हुन्छ ?
शेयर बजारमा प्राप्त हुने नाफामा कर अनिवार्य गरिएको हुन्छ । व्यक्ति तथा कम्पनीले शेयर कारोबारबाट हुने नाफामा फरक–फरक दरमा कर...
टीडीएस रिफन्ड कसरी पाउने ? कसरी चेक गर्ने ?
व्यक्तिगत लगानीकर्ता तथा संस्थागत लगानीकर्ताहरूले आफूले बुझाएको टीडीएस रिफन्ड पाउने विधिमा केही भिन्नता रहेको हुन्छ ।
शेयरबाट गरिने आम्दानीमा टीडीएस कतिखेर कट्टा गरिन्छ, कसले कट्टा गर्छ ?
शेयर बजारमा गरिएको लगानीबाट प्राप्त हुने कुनै पनि आम्दानीमा कर लगाइन्छ । Tax Deducted at Source,TDS को अर्थ स्रोतमा कर...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- शेयर कारोबार गर्दा कुन-कुन कर लाग्छ ?
- कस्तो अवस्थामा कति प्रतिशत कर तिर्नुपर्छ ?
- क्यापिटल गेन ट्याक्स भनेको के हो ?
- शेयरबाट गरिने आम्दानीमा टीडीएस कतिखेर कट्टा गरिन्छ, कसले कट्टा गर्छ ?
- शेयरको कमाइमा कर तिरेको प्रमाणपत्र कसरी प्राप्त गर्ने ?
- टीडीएस रिफन्ड कसरी पाउने ? कसरी चेक गर्ने ?
- शेयरको कमाइ बापत तिर्नुपर्ने कर व्यक्ति र संस्थामा फरक हुन्छ ?
- शेयर कारोबारमा ‘क्यापिटल लस’ भयो भने कर तिर्नुपर्छ ?
- शेयर बजारको मुनाफामा लाग्ने कर कसरी बचत गर्ने ?
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।