शेयर बजारको मुनाफामा लाग्ने कर कसरी बचत गर्ने ?

शेयर कारोबार गर्दा नाफामा लाग्ने पूँजीगत लाभकर व्यक्तिगत लगानीकर्ताको हकमा दुई वटा रहेको छ भने संस्थागत लगानीकर्ता हकमा एउटा मात्रै रहेको छ । यसरी लाग्ने करलाई बचत गर्ने दुईवटा उपाय छ ।
उपाय–१ : लगानी होल्ड अवधिका आधारमा
व्यक्तिगत लगानीकर्ताले शेयर बिक्री गर्दा जहिले पनि आफूले बिक्री गर्न लागेको कम्पनी कति अवधि भयो होल्ड गरेको भनेर जान्नु जरूरी हुन्छ । तपाईंले एक करोड रकम नाफा हुने गरेर आफूले होल्ड गरेको शेयर ३६४औं दिनमा बिक्री गर्दै हुनुहुन्छ भने तपाईंले ७.५% कर तिर्नुपर्ने हुन्छ । त्यहीशेयर ३६६औं दिनमा बिक्री गर्नुभएको भए केवल ५% मात्रै तिरे हुन्थ्यो ।दुई दिनले गर्दा कर बापत प्रत्यक्ष रूपमा २.५ लाख रकम बचाउन सक्नुहुन्थ्यो ।
यसरी लगानी होल्ड अवधि हेरेर हामीले पूँजीगत लाभकरलाई कम गर्न सक्छौं ।
उपाय–२ : आय विवरण बुझाएर
हामीले हालकै अवस्थामा समेत कम्पनी तथा संस्थागत लगानीकर्ता सरह आफूले गरेको र प्रमाणित हुने खर्चहरू जस्तै बैंकको ब्याज, टीडीएस, कारोबारमा भएको क्यापिटल लस, व्यक्तिगत लेनदेनमा प्रमाणित हुने निस्सा तथा ब्याज भुक्तानी सहितको विवरण राखेर अडिटेड विवरण बुझाएको खण्डमा हामीले पहिल्यै तिरेको क्यापिटल गेन बापतको रकमलाई समायोजन गर्न सक्छौं ।
उल्लिखित दुई विधिबाट पूँजीगत लाभ बापत तिर्नुपर्ने करकम गर्न सक्छौं ।
धेरै पढिएका
शेयर कारोबार गर्दा कुन-कुन कर लाग्छ ?
लगानीकर्ताहरूले लगानीका क्रममा लाग्ने विभिन्न शुल्क जस्तैः ब्रोकर कमिसन, नेपाल धितोपत्र बोर्ड (सेबोन) शुल्क, डीपी शुल्क सँगै लगानीबाट प्राप्त हुने...
कस्तो अवस्थामा कति प्रतिशत कर तिर्नुपर्छ ?
लेनदेनको प्रकार र होल्डिङ अवधिका आधारमा शेयर बजारमा करका दर फरक हुने गर्छ ।
क्यापिटल गेन ट्याक्स भनेको के हो ?
संसारभर धेरै मुलुकमा शेयर वा धितोपत्र, कमोडिटी, विदेशी मुद्रा, घरजग्गा वा कुनै बहुमूल्य वस्तु बिक्री गर्दा हुने पूँजीगत लाभमा कर...
शेयरको कमाइ बापत तिर्नुपर्ने कर व्यक्ति र संस्थामा फरक हुन्छ ?
शेयर बजारमा प्राप्त हुने नाफामा कर अनिवार्य गरिएको हुन्छ । व्यक्ति तथा कम्पनीले शेयर कारोबारबाट हुने नाफामा फरक–फरक दरमा कर...
टीडीएस रिफन्ड कसरी पाउने ? कसरी चेक गर्ने ?
व्यक्तिगत लगानीकर्ता तथा संस्थागत लगानीकर्ताहरूले आफूले बुझाएको टीडीएस रिफन्ड पाउने विधिमा केही भिन्नता रहेको हुन्छ ।
शेयरबाट गरिने आम्दानीमा टीडीएस कतिखेर कट्टा गरिन्छ, कसले कट्टा गर्छ ?
शेयर बजारमा गरिएको लगानीबाट प्राप्त हुने कुनै पनि आम्दानीमा कर लगाइन्छ । Tax Deducted at Source,TDS को अर्थ स्रोतमा कर...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- शेयर कारोबार गर्दा कुन-कुन कर लाग्छ ?
- कस्तो अवस्थामा कति प्रतिशत कर तिर्नुपर्छ ?
- क्यापिटल गेन ट्याक्स भनेको के हो ?
- शेयरबाट गरिने आम्दानीमा टीडीएस कतिखेर कट्टा गरिन्छ, कसले कट्टा गर्छ ?
- शेयरको कमाइमा कर तिरेको प्रमाणपत्र कसरी प्राप्त गर्ने ?
- टीडीएस रिफन्ड कसरी पाउने ? कसरी चेक गर्ने ?
- शेयरको कमाइ बापत तिर्नुपर्ने कर व्यक्ति र संस्थामा फरक हुन्छ ?
- शेयर कारोबारमा ‘क्यापिटल लस’ भयो भने कर तिर्नुपर्छ ?
- शेयर बजारको मुनाफामा लाग्ने कर कसरी बचत गर्ने ?
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।