+

शेयर बजार

३० च्याप्टर
Chapter - 18

कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?

२०८० चैत  १९ गते १७:२८ २०८० चैत १९ गते १७:२८

कुनै पनि कम्पनीमा लगानी गर्नुअघि कम्पनीको बारेमा धेरैभन्दा धेरै जानकारी लिनुपर्दछ । यसरी जानकारी लिनको लागि कम्पनीको विभिन्न पक्षहरूको अध्ययन तथा विश्लेषण गर्नुपर्दछ । यसरी कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन गर्नुपर्छ । यसको संक्षिप्त चर्चा यहाँ गरिएको छः

१.सूचना संकलनः कम्पनीको वार्षिक तथा त्रैमासिक प्रतिवेदनहरू र अन्य वित्तीय प्रतिवेदनहरू तथा कम्पनी सम्बन्धी विभिन्न समाचारहरू खोज्नुहोस् । यी सामग्रीहरू सामान्यतया कम्पनीको वेबसाइट, स्टक एक्सचेन्ज वा अनलाइन न्यूज पोर्टलहरूमा पाइन्छ ।

यसबाहेक पनि कम्पनीमा काम गर्ने विभिन्न तहका कर्मचारीहरूबाट समेत कम्पनीका सम्बन्धमा जानकारी तथा सूचनाहरू औपचारिक तथा अनौपचारिक रूपमा प्राप्त गर्न सकिन्छ । कम्पनीको व्यवसाय सम्बन्धी समाचार र जानकारी संकलन गर्नुहोस् । कम्पनीसँग सम्बन्धित समाचारहरूबारे अद्यावधिक हुनुहोस् ।

२. वित्तीय विवरण विश्लेषणः कम्पनीको आय विवरण, वासलात र नगद प्रवाह विवरण समीक्षा गर्नुहोस् । प्रमुख वित्तीय अनुपातहरू विश्लेषण गर्नुहोस् ।

प्रति शेयर आम्दानी (EPS) : प्रति शेयर आम्दानी एक वित्तीय सूचक हो, जसले कारोबारको नाफा आकलन गर्छ । प्रति शेयरका आधारमा कम्पनीको नाफा बुझ्नको लागि, लगानीकर्ताहरूले कम्पनीको भ्एक् मा ध्यान दिनुपर्छ । प्रति शेयर आम्दानी उच्च हुनुको अर्थ कम्पनीले राम्रो आम्दानी गरिरहेको छ भन्ने हो ।

मूल्य–आय अनुपात (P/E Ratio) : लगानीकर्ताहरूले मूल्य–आय अनुपात प्रयोग गरेर कम्पनीको मूल्यांकन गर्न सक्छन् । कम्पनीको प्रति शेयर नाफा गणना गर्दाको समयमा शेयरको बजार मूल्यलाई विभाजन गरेर गणना गरिन्छ । कम्पनीको नाफाको प्रत्येक रुपैयाँको लागि लगानीकर्ताहरूले कति तिर्न तयार छन् भन्ने कुरा मूल्य–आय अनुपातले बताउँछ । उच्च मूल्य–आय अनुपातले लगानीकर्ताले भविष्यमा महत्वपूर्ण वृद्धिको अपेक्षा गरिरहेका छन् भन्ने संकेत गर्छ । न्यूनमूल्य–आय अनुपातले कमजोर वृद्धि सम्भावनालाई संकेत गर्छ । मूल्य–आय अनुपातहरू विभिन्न व्यवसाय र उद्योग बीचमा फरक हुन सक्छ । त्यसैले मूल्यांकन गर्दा अरू सूचकहरूमा पनि ध्यान दिनुपर्छ।

मूल्य–बिक्री अनुपात (P/S Ratio): लगानीकर्ताहरूले मूल्य–बिक्री अनुपात प्रयोग गरेर कम्पनीको मूल्यांकन गर्छन् । यो बजार पूँजीकरणलाई कम्पनीको वार्षिक आम्दानीले भाग गरेर निर्धारण गरिन्छ । मूल्य–बिक्री अनुपातले लगानीकर्ता कम्पनीले प्राप्त गर्ने आम्दानीको प्रत्येक रुपैयाँको लागि कति तिर्न तयार छन् भन्ने जानकारी प्रदान गर्छ । कम अनुपातले लगानीकर्तालाई सतर्क रहन भन्छ भने ठूलो अनुपातले लगानीकर्तालाई भविष्यमा उच्च वृद्धिको सम्भावनालाई देखाउँछ ।

डेब्ट–इक्विटी अनुपातः कम्पनीको कुल ऋण र शेयरधनीको इक्विटीको तुलना गरेर डेट–इक्विटी अनुपातले व्यवसायको पूँजी संरचना देखाउँछ । यसले कम्पनीको पूँजी दायित्वमा कति स्टक र कति ऋण छ भन्ने देखाउँछ । ठूलो डेट–इक्विटी अनुपातले ऋणमा ठूलो निर्भरता संकेत गर्छ । यसले जोखिम बढाउन सक्छ । यो अनुपातलाई लगानीकर्ताले कम्पनी दिगो छ कि छैन, जोखिम स्तर र वित्तीय स्थिरता जाँच गर्न प्रयोग गर्छन् ।

इक्विटीमा प्रतिफल (ROE): इक्विटीमा प्रतिफलले कम्पनीको मुनाफालाई शेयरधनीको इक्विटीसँग तुलना गर्छ । कम्पनीको खुद आयलाई इक्विटीले विभाजन गरेपछि च्इभ् प्राप्त हुन्छ । इक्विटीमा प्रतिफलले नाफा कमाउनका लागि कम्पनीले आफ्ना शेयरधनीको पैसा कति राम्रोसँग प्रयोग गरेको छ भन्ने देखाउँछ । उच्च च्इभ् ले पूँजीको प्रभावकारी प्रयोग भएको छ भन्ने संकेत गर्छ ।

सम्पत्तिमा प्रतिफल (ROA): यसले कम्पनीको स्वामित्वमा भएका सबै सम्पत्तिहरूको मूल्यको तुलनामा व्यवसाय कत्तिको लाभदायक छ भन्ने कुराको मूल्यांकन गर्छ । यो व्यवसायको कुल सम्पत्तिबाट खुद आय घटाएर निकालिन्छ । कुनै व्यवसायले आफ्नो सम्पत्ति लगानीबाट कति पैसा कमाउँछ भन्ने कुरा च्इब् ले देखाउँछ । बढी च्इब् ले सुदृढ नाफा र सम्पत्तिको उचित उपयोगलाई जनाउँछ । यो एउटै क्षेत्रका व्यवसायहरूको कार्यसम्पादन मूल्यांकन गर्न वा समयसँगै कम्पनीको वित्तीय स्वास्थ्यको अनुगमन गर्नका लागि उपयोगी सूचक हो ।

३. प्रतिस्पर्धी विश्लेषणः
कम्पनीको वित्तीय कार्यसम्पादनलाई उही उद्योगका प्रतिस्पर्धीहरूसँग तुलना गर्नुहोस् । कम्पनीको आयवृद्धि, नाफा र नियम–कानूनको परिपालनाको सन्दर्भमा कसरी काम गरिरहेको छ हेर्नुहोस् । कम्पनीको शेयर मूल्य र प्रतिस्पर्धात्मक क्षमता बारे विचार गर्नुहोस् ।

४. व्यवस्थापन र नेतृत्वः
कम्पनीको व्यवस्थापन टोलीको क्षमता र विज्ञतालाई मूल्यांकन गर्नुहोस् । उनीहरूले विगतमा कुनै चुनौतीलाई सफलतापूर्वक समाधान गरेका थिए कि ? पहिल्याउने प्रयास गर्नुहोस् ।
कम्पनीका सञ्चालक, कम्पनीको शेयर स्वामित्व संरचनालाई हेर्नुहोस् । यसले शेयरधनीहरूको चासो र व्यवस्थापनको शैली मेल खान्छ कि खाँदैन भन्ने संकेत गर्छ ।

५. समग्र उद्योग विश्लेषणः
कम्पनी सम्बद्ध उद्योग क्षेत्र फैलँदो अवस्थामा छ कि संकुचित हुँदैछ भन्ने विषयलाई राम्रोसँग विश्लेषण गर्नुहोस् । कुनै नियामकीय वा प्राविधिक परिवर्तन हुँदैछ कि विचार गर्नुहोस् । कम्पनीका उत्पादन वा सेवा समग्र उद्योगको उद्देश्य अनुरूप छ कि छैन हेर्नुहोस् ।

६. SWOT विश्लेषणः
संगठनको आन्तरिक शक्ति र कमजोरी, बाह्य अवसर र जोखिमको अध्ययनलाई SWOT (Strength Weakness Opportunities and Threat, SWOT) विश्लेषण भनिन्छ । यसले परियोजना वा व्यवसायमा प्रभाव पार्ने कारकतत्वहरू पत्ता लगाउन र मूल्यांकन गर्न मद्दत गर्छ । व्यावसायिक कम्पनीले यी चार तत्वको जाँच गरेर आफ्नो शक्ति प्रयोग गर्ने, कमजोरीहरू समाधान गर्ने, अवसरहरूको सदुपयोग गर्ने र जोखिम न्यूनीकरण गर्ने रणनीति बनाउने गर्छन् । यसले अन्ततः उनीहरूको लक्ष्य र उद्देश्यहरू पूरा गर्ने निर्णय गर्न मद्दत गर्छ ।

७. लाभांशः
कम्पनीले विगतमा वितरण गरेको लाभांश भुक्तानी अनुपात विश्लेषण गर्नुहोस् । निरन्तर रूपमा एकनाशको वा प्रत्येक वर्ष बढाएर लाभांश वितरण गर्ने कम्पनी दीर्घकालीन लगानीका लागि उपयुक्त हुन्छन् ।

८. शेयर मूल्यांकनः
कम्पनीको शेयर वास्तविक भन्दा कम मूल्यमा, उचित मूल्यमा वा अधिक मूल्यमा कारोबार भइरहेको छ केलाउनुहोस् । नगद प्रवाह समायोजन विधि, लाभांश समायोजन विधि, तुलनात्मक कम्पनी विश्लेषण लगायत विभिन्न मूल्यांकन विधिको बारेमा जानकारी लिनुहोस् ।

९. जोखिम मूल्यांकनः
नियामकीय परिवर्तन, आर्थिक अवस्था वा प्रतिस्पर्धात्मक जोखिम जस्ता कम्पनीको शेयर मूल्यलाई असर गर्न सक्ने सम्भावित जोखिम पहिचान र मूल्यांकन गर्नुहोस् ।

१०. भविष्यको वृद्धि सम्भावनाः
कम्पनीको वृद्धि क्षमता विचार गर्नुहोस् । भविष्यमा वृद्धिलाई तीव्र बनाउने गरी कम्पनीका लागि नयाँ बजार छ कि छैन ? कम्पनीले नयाँ उत्पादन गर्दैछ वा नयाँ रणनीति बनाएको छ कि छैन, हेर्नुहोस् ।

११. अनुगमन र समीक्षाः
निरन्तर रूपमा कम्पनीको कार्यसम्पादन र समाचारहरूको निगरानी गर्नुहोस् । परिवर्तनशील परिस्थिति अनुसार आफ्नो लगानी निर्णयलाई समायोजन गर्नुहोस् ।
शेयर विश्लेषण गर्न वित्तीय कौशल, उद्योगको ज्ञान र तपाईंको आफ्नै लगानी लक्ष्यहरू र जोखिम सहनशीलतालाई स्पष्ट रूपमा बुझेको हुनुपर्छ । तपाईं विश्लेषणको कुनै पनि पक्षमा अनिश्चित हुनुहुन्छ भने विज्ञसँग परामर्श गर्न सक्नुहुन्छ ।

अर्को शीर्षक

लगानी रणनीति

धेरै पढिएका

शेयर बजार

दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?

दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई...

शेयर बजार

शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय

स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा...

शेयर बजार

कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?

कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन...

शेयर बजार

शेयर बजारका लगानीकर्ता

धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन्...

शेयर बजार

वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?

वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार...

शेयर बजार

बजारमा सही कम्पनी वा स्टक कसरी छनोट गर्ने ?

आफ्नो सबै लगानी एउटै स्टकमा मात्रै नगर्नुहोस् । पोर्टफोलियो विविधीकरणले विभिन्न स्टकमा जोखिम वितरण गर्न मद्दत गर्न सक्छ । विभिन्न...

0 %

पढिसक्नुभयो !