डिम्याट खाता खोल्दा के फाइदा हुन्छ ?

१. धितोपत्र विद्युतीय रूपमा राख्न सकिन्छः डिम्याट खाताको मुख्य काम भनेको धितोपत्रहरू विद्युतीय रूपमा राख्नु हो । यसबाट धितोपत्र हराउने, चोरी हुने, च्यातिने, जल्ने वा अन्य किसिमबाट नष्ट भएर जाने जोखिम कम हुन्छ ।
२.खरिद-बिक्रीमा सहजताः दोस्रो बजारमा कारोबार गर्नका लागि डिम्याट खाता अनिवार्य गरिएको छ । स्टक एक्सचेन्जमा ब्रोकर मार्फत कारोबार गर्दा खरिद गरेपछि आफ्नो डिम्याट खातामा धितोपत्र -शेयर, ऋणपत्र, म्युचुअल फन्ड) प्राप्त गर्न र बिक्री गरेको हो भने धितोपत्र हस्तान्तरण गर्न सजिलो हुन्छ ।
३. राफसाफ प्रक्रिया छिटोः डिम्याट खाता सञ्चालन आएपछि दोस्रो बजारमा भएको कारोबार छिट्टै राफसाफ हुन थालेको छ । कारोबार भएको तेस्रो दिनमै बिक्रीकर्ताको बैंक खातामा नगद र खरिदकर्ताको डिम्याट खातामा धितोपत्र जम्मा हुन्छ । यसले बजारको कारोबारलाई चुस्त बनाएको छ ।
४.थोरै लागतः धितोपत्रको अभौतिकीकरणले गर्दा कारोबार शुल्क पनि क्रमशः घट्दै आएको छ । थोरै शुल्कमा करोडौं रुपैयाँको धितोपत्र किनबेच गर्न सकिन्छ ।
५.सुरक्षित र पारदर्शीः डिम्याट खाताले लगानीकर्तालाई उच्चस्तरको सुरक्षा प्रदान गर्छ । धितोपत्र घट-बढको विवरण पनि पारदर्शी किसिमले अभिलेख गरिएको हुन्छ ।
६. पोर्टफोलियो व्यवस्थापनमा सहजता: तपाइँले सजिलैसँग आफ्नो लगानी पोर्टफोलियो अनलाइन मार्फत व्यवस्थापन गर्न सक्नुहुन्छ । डिम्याट स्टेटमेन्टले तपाइँको होल्डिङ र खरिद-बिक्रीको विस्तृत रेकर्ड प्रदान गर्छ । जसले पोर्टफोलियो व्यवस्थापनलाई सरल बनाउँदै लैजान्छ ।
७.बोनस शेयर र नगद लाभांशः सीडीएसको प्रणालीमा अभिलेख व्यवस्थित हुने हुँदा कम्पनीले दिने बोनस शेयर तथा नगद लाभांश समयमै डिम्याट खाता र बैंक खातामा आउँछ ।
८.जुनसुकै स्थानबाट पहुँचः तपाइँले आफ्नो डिम्याट खातालाई इन्टरनेट सुविधा भएको जुनसुकै स्थानबाट सञ्चालन गरी लगानी व्यवस्थापन गर्न सक्नुहुन्छ ।
९.ऋण सुविधाः धेरै बैंक तथा वित्तीय संस्थाहरूले तपाइँको डिम्याट खातामा भएको धितोपत्र रोक्का राखेर ऋण दिने गर्छन् । डिम्याट खातामा यसरी धितोपत्र रोक्का राख्न पनि सजिलो छ ।
१०.आईपीओ आवेदनः कम्पनी वा सरकारले सर्वसाधारणका लागि धितोपत्रको प्राथमिक निष्काशन (आईपीओ) गर्दा डिम्याट खाता आवश्यक हुन्छ । डिम्याट खाता भएका लगानीकर्ताहरूले आईपीओमा सजिलै लगानी गर्न सक्छन् ।
११. करको हिसाब-किताबः पूँजीगत लाभ कर गणना र त्यसको अभिलेख पनि डिम्याट खाताबाट सजिलै गर्न सकिन्छ ।
यसबाहेक लगानीकर्ताले डिम्याट खाता खोल्दा, नवीकरण गर्दा, धितोपत्र रोक्का राख्दा, लेनदेन गर्दा लाग्ने शुल्कका बारेमा थाहा पाइराख्नुपर्छ ।
धेरै पढिएका
डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?
डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...
डिम्याट खाता भनेको के हो ?
डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...
निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?
सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...
डिम्याट खाता कति प्रकारका हुन्छन् ?
डिम्याट खातालाई नेपालमा ५ किसिमबाट वर्गीकरण गरिएको छ । ती हुन् - व्यक्तिगत, संयुक्त, नाबालक (माइनर), संस्थागत र एनआरएन डिम्याट...
अनलाइन डिम्याट खाता कसरी खोल्ने ?
सीडीएससीमा आवद्धमध्ये केही डीपीले डिम्याट खाता अनलाइन खोल्न सकिने सुविधा दिएका छन् । त्यहाँ निम्नानुसार डिम्याट खाता खोल्न सकिन्छ ।...
एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?
एउटा लगानीकर्ताले एउटा वा एउटा भन्दा धेरै डिम्याट खातामा आफूसँग भएका धितोपत्रहरू राख्न सक्छ । यस क्रममा एउटा डिम्याट खाताबाट...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- डिम्याट खाता भनेको के हो ?
- डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?
- डिम्याट खाता खोल्दा के फाइदा हुन्छ ?
- अनलाइन डिम्याट खाता कसरी खोल्ने ?
- मेरो सेयर अनलाइन सेवा कसरी प्रयोग गर्ने ?
- डिम्याट खाता र ट्रेडिङ खाताबीच के भिन्नता छ ?
- डिम्याट खाता कति प्रकारका हुन्छन् ?
- एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?
- डिम्याट खातामा लाग्ने शुल्क
- एक जनाले कतिवटा डिम्याट खाता खोल्न मिल्छ ?
- गैरआवासीय र वैदेशिक रोजगारीका लागि बेग्लै डिम्याट चाहिन्छ ?
- नाबालक डिम्याट खाता भनेको के हो ?
- शारीरिक अपांगता भएकाहरूलाई डिम्याट खाता
- डिम्याट खातामा गर्न हुने/नहुने काम
- डिम्याट खाता सम्बन्धी भ्रम र यथार्थ
- डिम्याट र प्यान कार्ड : जान्नैपर्ने कुराहरू
- डिम्याट खाता कसरी बन्द गर्ने ?
- बीओआईडी भनेको के हो ?
- निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?
- भौतिक सेयर प्रमाणपत्र कसरी डिम्याट गर्ने ?
- डिम्याट खातालाई कसरी सुरक्षित राख्ने ?
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।