+

शेयर बजार

३० च्याप्टर
Chapter - 17

बुल मार्केट र बियर मार्केट भनेको के हो ?

२०८० चैत  १९ गते १७:१२ २०८० चैत १९ गते १७:१२

बुल मार्केट

कम्पनीको मूल्यमा लगातारको वृद्धि, एक्सचेन्जका परिसूचकमा देखिएको निरन्तर वृद्धि, लगानीकर्ताहरूको सम्पत्तिमा भएको वृद्धि, लगानीकर्ताको उत्साह, अर्थतन्त्रप्रतिको विश्वास बुल मार्केटको विशेषता हो । बुल मार्केटको समयमा प्रायः सबै कम्पनीका शेयरको मूल्य बढ्छ ।

समग्र आर्थिक अवस्था र कम्पनीको नाफामा लगानीकर्ताहरूको दृष्टिकोण सकारात्मक हुन्छ । यस किसिमको अनुकूल भावनाले भविष्यमा लाभको अपेक्षा गर्दै लगानीकर्ताहरूलाई शेयरहरू किन्न र होल्ड गर्न पे्ररित गर्छ । बुल मार्केट प्रायः आर्थिक विस्तार, न्यून बेरोजगारी र कम्पनीहरूले राम्रो आम्दानी गरेको समयमा देखा पर्छ ।

शेयर मूल्यको तीव्र वृद्धिले लगानीकर्तामा आत्मविश्वास बढाउँदै लैजान्छ । आत्मविश्वास बढ्दै जाँदा लगानीकर्तामा लालच पनि बढ्दै जान्छ, कम्पनीका शेयरको मूल्य अधिक हुन थाल्छ । बजारको पछिल्लो न्यूनतम विन्दुबाट २० प्रतिशतले बढेमा वा दुई महिनासम्म लगातार बढेमा बुल मार्केट भनिन्छ ।

नेपालमा बुल मार्केटको इतिहास

१. पहिलो बुल–May 1998 – Nov. 2000 (३० महिना)
२. दोस्रो बुल– Apr. 2004 – Aug. (५२ महिना)
३. तेस्रो बुल–Mar. 2012 – Jul. 2016 (५२ महिना)
४. चौथो बुल– Nov. 2019 – Aug. 2021  (२० महिना)

विशेषताः सम्पत्तिको बढ्दो मूल्य, लगानीकर्ताको आशावाद र अर्थतन्त्रमा विश्वास बुल मार्केटको विशेषता हो । स्टक मूल्य माथि जान्छ, भविष्यमा अझै वृद्धि हुन्छ भन्ने लगानीकर्ताको विश्वास हुन्छ ।

लगानीकर्ताको व्यवहारः बुल मार्केटमा लगानीकर्ताहरू सामान्यतया शेयरहरू किन्न र भविष्यको लाभको आशमा होल्ड गर्न इच्छुक हुन्छन् ।

आर्थिक सन्दर्भः बुल मार्केट प्रायः आर्थिक विस्तार, न्यून बेरोजगारी र कम्पनीले उच्च आय गरिरहेको बेलामा देखा पर्छ ।

बियर मार्केट

सामान्यतया बजारको पछिल्लो उच्च विन्दुबाट २० प्रतिशतभन्दा बढीले घटेमा वा दुई महिनासम्म लगातार सूचीकृत कम्पनीको मूल्यमा गिरावट आएमा नेप्से परिसूचक लगातार घटेमा यस्तो अवस्थालाई बियर मार्केट भनिन्छ । यो व्यापक निराशा, लगानीकर्ताहरूको आत्मविश्वासमा कमी र समग्र आर्थिक अवस्थामा ह्रास भएको समयमा देखा पर्छ ।

बियर मार्केटमा स्टकको मूल्य घट्छ र लगानीकर्ताहरू घाटा सीमित गर्न थाल्छन् । यो गिरावट आर्थिक मन्दी, उच्च बेरोजगारी, कम्पनीको आयमा गिरावट वा लगानीकर्ताको मनोभाव कमजोर बनाउने अन्य कारणहरूबाट प्रभावित हुन्छ । बियर मार्केट लगानीकर्ताका लागि चुनौतीपूर्ण हुनसक्छ । उनीहरूले पूँजी जोगाउन र अशान्त वित्तीय वातावरणबाट पार पाउन रक्षात्मक रणनीति अँगाल्नुपर्छ ।

नेपालमा बियर मार्केटको इतिहास

१. पहिलो बियर – Dec. 2000 – Mar. 2004 (३९ महिना)
२. दोस्रो बियर – Sep. 2008 – Feb. 2012 (४१ महिना)
३. तेस्रो बियर –Aug. 2016 – Oct. 2019 (३८ महिना)
४. चौथो बियर – Sep. 2021 – Oct. 2023  (Running)

विशेषताः सूचीकृत कम्पनीको घट्दो मूल्य, निराशा र अर्थव्यवस्थामा विश्वासको कमि बियर मार्केटको विशेषता हो । यसमा स्टकको मूल्य घट्छ र आर्थिक सम्भावना बारे अनिश्चितता बढ्दै जान्छ ।

लगानीकर्ताको व्यवहारः बियर मार्केटमा लगानीकर्ताले घाटा सीमित गर्न वा थप गिरावटबाट बच्न शेयर बेचेर बजारबाट बाहिरिन सक्दछन् ।

आर्थिक सन्दर्भः बियर मार्केट प्रायः आर्थिक मन्दी, उच्च बेरोजगारी र कम्पनीहरूको घट्दो नाफासँग जोडिएको हुन्छ ।

धेरै पढिएका

शेयर बजार

दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?

दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई...

शेयर बजार

शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय

स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा...

शेयर बजार

कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?

कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन...

शेयर बजार

शेयर बजारका लगानीकर्ता

धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन्...

शेयर बजार

वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?

वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार...

शेयर बजार

शेयरको फेस भ्यालु भनेको के हो ?

जसरी केन्द्रीय बैंकले कागजी नोट जारी गर्दा त्यसमा मूल्य लेखिएको हुन्छ त्यसैगरी शेयरको पनि मूल्य तोकिएको हुन्छ । यसलाई अंकित...

0 %

पढिसक्नुभयो !