एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?

बजारको भाषामा एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा सेयर सार्ने कार्यलाई Bo to Bo (बीओ टू बीओ) सेयर ट्रान्सफर भनिन्छ । एउटा लगानीकर्ताले एउटा वा एउटा भन्दा धेरै डिम्याट खातामा आफूसँग भएका धितोपत्रहरू राख्न सक्छ । उसले यस क्रममा एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा विभिन्न कारणले उसले धितोपत्रहरू सार्न सक्छ वा जम्मा गर्न सक्छ । यसरी एउटा खाताबाट अर्को खातामा शेयर सार्नका लागि केही प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ । जुन निम्नानुसार रहेको छ ।
१. निक्षेप सदस्य (डीपी) लाई सम्पर्क गर्नुहोस्
Bo to Bo ट्रान्सफरका लागि खाताधनी (हितग्राही) ले आफ्नो डिम्याट खाता भएको डीपीलाई सम्पर्क गर्नुपर्छ ।
२. फारम भर्नुहोस्
यसपछि Bo to Bo ट्रान्सफरका लागि डीपीले उपलब्ध गराएको फारम भर्नुपर्छ । फारमको ढाँचा निम्नानुसारको रहेको हुन्छ ।
३. विवरण भर्नुहोस् :
- शेयर पठाउने डिम्याट खाता र शेयर पाउने डिम्याट खाता नम्बर
- नागरिकता नम्बर
- नाम
- बुवाको नाम
- आमाको नाम
- पति/पत्नीको नाम
- हजुरबुवाको नाम
- जन्ममिति
- स्थानान्तरण गर्नुपर्ने शेयरको विवरण
- हस्ताक्षर
४. Bo to Bo फारमहरू भरेर बुझाउनुहोस्
एक पटक फारमहरू विधिवत् रूपमा भरेर सबै विवरण रुजु गरी हस्ताक्षर गरेपछि आफ्नो शेयर रहेको डीपीमा सो फारम बुझाउनुपर्दछ । यसरी फारम भरेर बुझाउँदा पठाउने डीपीले प्रति कम्पनी रु.२५ शुल्क लिने गर्दछन् ।
५. डीपी प्रमाणीकरण
स्थानान्तरण गर्ने डीपीले फारममा भएको अनुसारले सबै विवरण डीपीसँग पहिले भएको रेकर्डसँग मेल खान्छ भनी सुनिश्चित गरेपछि डीपीहरूले स्थानान्तरण फारमहरू प्रमाणित गर्छन् ।
डीपीको प्रमाणीकरण पछि स्थानान्तरण गर्ने शेयरको एउटा ट्रेड आईडी बन्छ र त्यसलाई फारममा संलग्न गरिन्छ । उक्त ट्रेड आईडी बनेपछि सो शेयरलाई आफूले सार्न लागेको नयाँ डिम्याट खाता भएको डीपीमा प्राप्तिको सहमति लिनुपर्दछ । यसरी सहमति दिंदा प्राप्त गर्ने डीपीका कर्मचारीले हस्ताक्षर तथा छाप सहित प्राप्त गर्ने सहमति जनाउनुपर्दछ ।
६. अनुमोदन र स्थानान्तरण
पठाउने तथा प्राप्त गर्ने दुवै डीपीबाट Bo to Bo फारम प्रमाणीकरण भएपछि सोही दिन नै सो फारम सीडीएससी समक्ष पेश गर्नुपर्दछ । यदि अर्को दिन सीडीएससी समक्ष स्थानान्तरणका लागि पठाएको खण्डमा सो फारममा उल्लेख भएको ट्रेड आईडीले काम गर्दैन ।
यसरी सीडीएससीले फारममा सबै विवरण र प्रमाणीकरण जाँच गरेपछि प्रति डिम्याट खाता ट्रान्सफर शुल्क रु.१०० लिएर पठाउने डिम्याट खाताबाट पाउने डिम्याट खातामा शेयर सार्ने कार्य सम्पन्न हुन्छ । Bo to Bo ट्रान्सफर प्रक्रियाहरू एकै दिनभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । स्थानान्तरण भएकै दिनमा धितोपत्र प्रापकको डिम्याट खातामा देखिन्छ ।
धेरै पढिएका
डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?
डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...
डिम्याट खाता भनेको के हो ?
डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...
निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?
सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...
डिम्याट खाता कति प्रकारका हुन्छन् ?
डिम्याट खातालाई नेपालमा ५ किसिमबाट वर्गीकरण गरिएको छ । ती हुन् - व्यक्तिगत, संयुक्त, नाबालक (माइनर), संस्थागत र एनआरएन डिम्याट...
अनलाइन डिम्याट खाता कसरी खोल्ने ?
सीडीएससीमा आवद्धमध्ये केही डीपीले डिम्याट खाता अनलाइन खोल्न सकिने सुविधा दिएका छन् । त्यहाँ निम्नानुसार डिम्याट खाता खोल्न सकिन्छ ।...
एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?
एउटा लगानीकर्ताले एउटा वा एउटा भन्दा धेरै डिम्याट खातामा आफूसँग भएका धितोपत्रहरू राख्न सक्छ । यस क्रममा एउटा डिम्याट खाताबाट...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- डिम्याट खाता भनेको के हो ?
- डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?
- डिम्याट खाता खोल्दा के फाइदा हुन्छ ?
- अनलाइन डिम्याट खाता कसरी खोल्ने ?
- मेरो सेयर अनलाइन सेवा कसरी प्रयोग गर्ने ?
- डिम्याट खाता र ट्रेडिङ खाताबीच के भिन्नता छ ?
- डिम्याट खाता कति प्रकारका हुन्छन् ?
- एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?
- डिम्याट खातामा लाग्ने शुल्क
- एक जनाले कतिवटा डिम्याट खाता खोल्न मिल्छ ?
- गैरआवासीय र वैदेशिक रोजगारीका लागि बेग्लै डिम्याट चाहिन्छ ?
- नाबालक डिम्याट खाता भनेको के हो ?
- शारीरिक अपांगता भएकाहरूलाई डिम्याट खाता
- डिम्याट खातामा गर्न हुने/नहुने काम
- डिम्याट खाता सम्बन्धी भ्रम र यथार्थ
- डिम्याट र प्यान कार्ड : जान्नैपर्ने कुराहरू
- डिम्याट खाता कसरी बन्द गर्ने ?
- बीओआईडी भनेको के हो ?
- निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?
- भौतिक सेयर प्रमाणपत्र कसरी डिम्याट गर्ने ?
- डिम्याट खातालाई कसरी सुरक्षित राख्ने ?
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।