+

डिम्याट खाता

२१ च्याप्टर
Chapter - 13

डिम्याट खातामा गर्न हुने/नहुने काम

२०८० चैत  १३ गते १४:२० २०८० चैत १३ गते १४:२०

१. धितोपत्रको विवरणहरू सधैं सुरक्षित राख्नुपर्छ । समय–समयमा डिम्याट खातामा भएको विवरण प्रिन्ट निकालेर सुरक्षित राख्नु बुद्धिमानी हुन्छ ।
२. आफ्नो नाम, ठेगाना वा अरू कुनै विवरणमा परिवर्तन भएको छ भने सोही अनुरूप आफ्नो डिम्याट खातामा परिवर्तन गर्नुपर्छ/गर्न लगाउनुपर्छ ।
३. आफूसँग भएका सबै धितोपत्र अभौतिकीकरण गर्न नबिर्सनुहोस् । यो तपाइँको जिम्मेवारी हो ।
४. आवश्यकता भन्दा बाहेक धेरै डिम्याट खाता नखोल्नुहोस् । धेरै खाता भएमा तपाइँलाई लगानी व्यवस्थापन गर्न असहज हुन्छ ।
५. आफ्नो डिम्याट खाताको मेरो शेयरको पासवर्ड अरूलाई नदिनुहोस् । कसैले तपाइँको पासवर्ड थाहा पायो भने, उसले तपाइँको खाताबाट सबै लेनदेनहरू गर्न र विवरण हेर्न सक्छ ।
६. डिम्याट खातामा हुने खर्चको लागि नगद भुक्तान नगर्नुहोस् । यस्तो भुक्तानीको अभिलेख राख्न र अनुगमन गर्न गाह्रो हुन्छ ।
७. हस्ताक्षर गरेर डीआईएस खाली छोड्नु भनेको खाली चेक दिनु बराबर हो । यो तपाइँको लगानीको लागि असुरक्षित हुनसक्छ ।

लगानीकर्ताले गर्नुपर्ने कार्य
१. आफ्नो होल्डिङ्ग अद्यावधिक राख्नुहोस् । तपाइँले धितोपत्र खरिद–बिक्री गर्नुभयो वा ठेगाना परिवर्तन गर्नुभयो वा अरू विवरणहरू परिवर्तन भए भने आफ्नो ब्रोकरलाई सूचित गर्नुपर्छ ।
२. भौतिक प्रमाणपत्रहरू सुरक्षित गर्नुहोस् । कुनै कारणले शेयर प्रमाणपत्र नै राख्नुहुन्छ भने त्यसलाई सुरक्षित ढंगले राख्नुहोस् ।
३. तपाइँसँग प्यान कार्ड छ भने डीपी र ब्रोकरलाई पनि उपलब्ध गराउनुहोस् । डिम्याट खाता र ट्रेडिङ्ग खातासँग प्यानलाई आवद्ध गराउँदा कर सम्बन्धी विवरण स्वतः अद्यावधिक हुन्छ ।
४. पावर अफ अटर्नी (मञ्जुरीनामा/अख्तियारनामा)को दुरुपयोग हुनसक्छ । पावर अफ अटर्नीमा के के गर्न दिने हो, कहिलेसम्म दिने हो राम्ररी खुलाउनुपर्छ ।
५. तपाइँले लगानी गर्न लागेको धितोपत्रहरू (शेयर, म्युचुअल फन्डका एकाइ वा ऋणपत्र स्टक एक्सचेन्जमा सूचीकरण भएको हुनुपर्छ ।
६. धितोपत्रहरू खरिद वा बिक्री गर्ने सम्झौता भएपछि मात्र डिम्याट खाता मार्फत शेयर हस्तान्तरण गर्नुुपर्छ ।
डिम्याट खाता वित्त बजारका अरू भण्डारण प्रणाली जत्तिकै सुरक्षित छ । विश्वसनीय र प्रतिष्ठित निक्षेप सदस्य (डीपी) सँग यो सेवा लिंदा अझै भरपर्दो हुन्छ । एक डिम्याट र ट्रेडिङ खाता खोलेर निर्वाध कारोबार गर्नुहोस् ।

धेरै पढिएका

डिम्याट खाता

डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?  

डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...

डिम्याट खाता

डिम्याट खाता भनेको के हो ?

डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...

डिम्याट खाता

निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?

सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...

डिम्याट खाता

डिम्याट खाता कति प्रकारका हुन्छन् ? 

डिम्याट खातालाई नेपालमा ५ किसिमबाट वर्गीकरण गरिएको छ । ती हुन् - व्यक्तिगत, संयुक्त, नाबालक (माइनर), संस्थागत र एनआरएन डिम्याट...

डिम्याट खाता

अनलाइन डिम्याट खाता कसरी खोल्ने ?

सीडीएससीमा आवद्धमध्ये केही डीपीले डिम्याट खाता अनलाइन खोल्न सकिने सुविधा दिएका छन् । त्यहाँ निम्नानुसार डिम्याट खाता खोल्न सकिन्छ ।...

डिम्याट खाता

एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?

एउटा लगानीकर्ताले एउटा वा एउटा भन्दा धेरै डिम्याट खातामा आफूसँग भएका धितोपत्रहरू राख्न सक्छ । यस क्रममा एउटा डिम्याट खाताबाट...

0 %

पढिसक्नुभयो !