+

शेयर बजार

३० च्याप्टर
Chapter - 8

शेयरको फेस भ्यालु भनेको के हो ?

२०८० चैत  १९ गते १३:४५ २०८० चैत १९ गते १३:४५

जसरी केन्द्रीय बैंकले कागजी नोट जारी गर्दा त्यसमा मूल्य लेखिएको हुन्छ त्यसैगरी शेयरको पनि मूल्य तोकिएको हुन्छ । यसलाई अंकित मूल्य (फेस भ्यालु वा पार भ्यालु) भन्छन् । यो नाम मात्रको मूल्य हो किनभने शेयर बजारमा कारोबार हुँदा अंकित मूल्यभन्दा कम वा बढीमा कारोबार हुन सक्छ । शेयरको अंकित मूल्य १०, ५० र १०० रुपैयाँ राख्ने चलन छ ।

पहिले कागजी शेयर जारी हुने समयमा प्रमाणपत्रमा यति रुपैयाँको शेयर भनेर छाप्ने गरिन्थ्यो । शेयरको अंकित मूल्य, बुक भ्यालु र बजार मूल्यलाई तलको चित्रले प्रष्ट पार्छ ।

उदाहरणको लागि सोल्टी होटल SHL को शेयर र म्युचुअल फन्डका एकाइको अंकित मूल्य प्रति कित्ता १० रुपैयाँ हो । हाथवे इन्भेष्टमेन्ट कम्पनी HATHWAY को अंकित मूल्य ५० रुपैयाँ हो । नेप्सेमा सूचीकृत अरू कम्पनीका शेयरको अंकित मूल्यप्रति कित्ता १०० रुपैयाँ रहेको छ ।

अंकित मूल्यको उद्देश्यहरू
कानूनी र लेखाः खासगरी कानूनी र लेखा उद्देश्यका लागि अंकित मूल्य प्रयोग गरिन्छ । कम्पनी गठन हुने समयमा यसको प्रारम्भिक शेयरधनीलाई शेयर जारी गर्दा कसले कति पूँजी लगाउने भन्ने हिसाब राख्नका लागि अंकित मूल्यको प्रयोग हुन्छ । यसैबाट कम्पनीमा कसको कति हिस्सा छ भन्ने निर्धारण हुन्छ ।

लाभांश गणनाः कम्पनीले लाभांश वितरण गर्दा उक्त कम्पनीको प्रति कित्ता शेयरको अंकित मूल्यको आधारमा गणना गरी वितरण गरिन्छ । उदाहरणका लागि, कम्पनीको अंकित मूल्य १०० रुपैयाँ छ र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ भने शेयरधनीले प्रति शेयर ५ रुपैयाँ भुक्तानी पाउँछन् ।

जारी मूल्यः प्रारम्भिक अवस्थाका कम्पनीले सामान्यतया अंकित मूल्यमा शेयर जारी गर्छन् । लामो समयदेखि चलिरहेको स्थापित कम्पनीको नाफा र व्यावसायिक वृद्धि राम्रो रहेको अवस्थामा अंकित मूल्यमा प्रिमियम जोडेर शेयर जारी गरेको पाइन्छ । घोराही सिमेन्ट कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आईपिओ जारी गरेको थियो ।

सारांशमा शेयरको अंकित मूल्यले बजार मूल्यलाई प्रतिबिम्बित गर्दैन । बजार मूल्यलाई शेयर बजारमा आपूर्ति र मागले निर्धारण गर्छ । कम्पनीको वित्तीय अवस्था, लगानीकर्ताको भावना, समग्र आर्थिक अवस्था र बजारको गतिशीलता लगायत विभिन्न कारणले बजार मूल्य अंकित मूल्यभन्दा बढी वा कम हुन सक्छ ।

धेरै पढिएका

शेयर बजार

शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय

स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा...

शेयर बजार

दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?

दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई...

शेयर बजार

कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?

कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन...

शेयर बजार

शेयर बजारका लगानीकर्ता

धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन्...

शेयर बजार

वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?

वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार...

शेयर बजार

शेयरको फेस भ्यालु भनेको के हो ?

जसरी केन्द्रीय बैंकले कागजी नोट जारी गर्दा त्यसमा मूल्य लेखिएको हुन्छ त्यसैगरी शेयरको पनि मूल्य तोकिएको हुन्छ । यसलाई अंकित...

0 %

पढिसक्नुभयो !