के तपाईं ग्रोथ इन्भेस्टर हो ? यी सूत्र काम लाग्न सक्छन्

ग्रोथ इन्भेस्टर जहिले पनि नयाँ र नवीनतम सोचका साथ अगाडि बढेको तथा सञ्चालन इतिहास लामो नभएको तर वृद्धिको सम्भावना उच्च बोकेको कम्पनीहरूमा लगानी गर्न जोड दिन्छन् ।
यस्ता लगानीकर्ताहरूले निम्नानुसार काम गर्छन्ः
- कुनै लाभांश नदिने वा न्यून प्रतिफल दिने कम्पनीमा लगानी गर्छन् । उनीहरूको लगानीको उद्देश्य पूँजीको आकार बढाउने मात्रै हुन्छ ।
- कम्पनीको व्यवस्थापन कसले गर्छ पहिल्याउँछन् र तिनीहरूको विगतको कार्यसम्पादन र भविष्यको सम्भावना केलाउँछन् । कम्पनीको व्यवस्थापनमा भरोसायोग्य व्यक्ति भए शेयरको मूल्य बढ्ने विश्वासका साथ लगानी गर्छन् ।
- स्टक छनोट गर्नुअघि विभिन्न आधारभूत पक्षको अध्ययन गर्छन् । उनीहरूलाई शेयरमा गरिएको लगानीबाट नियमित आम्दानी आवश्यक हुँदैन, धैर्य गर्न सक्छन् ।
- छोटो अवधिको बजारको अस्थिरताले उनीहरू आत्तिंदैनन् ।
ग्रोथ इन्भेस्टरले यस्ता गल्ती गर्दैनन्ः
नयाँले मात्र होइन अनुभवी लगानीकर्ताले पनि बजारमा गल्ती गर्न सक्छन् । देख्दा सामान्य लाग्ने गल्तीले पीडा दिन्छन् । किनभने त्यस्ता गल्ती गर्दा लगानीकर्ताको मिहिनेतको पैसा बजारले खोसेर लैजान्छ ।
आफूलाई भन्दा अरूलाई विश्वास गर्नेः यो कुनै नौलो कुरा होइन । लगानीकर्ताले निर्णय गर्दा ट्रेडिङ टिप्स दिनेहरू, साथीभाइ र नातेदारमा भर पर्छन् । केही लगानीकर्ता पूर्ण प्रतिफल पाउनु अगावै अरूका सल्लाहमा धितोपत्र बेच्ने जस्ता कठोर कदम चाल्छन् । यस किसिमको गल्तीबाट बच्नुपर्छ ।
शेयर बजारमा लगानी गर्दा उचित अध्ययन, अनुसन्धान र विश्लेषण गर्नुपर्छ । तर त्यो अध्ययन, अनुसन्धान र विश्लेषण अरूले गरेर हुँदैन । बजारमा प्रत्येक लगानीकर्ताको आफ्नै किसिमका वित्तीय लक्ष्य तथा रणनीतिसँगै उनीहरूको वित्तीय क्षमता र जोखिम वहन क्षमता हुन्छन् । तपाईंले सुन्नुभएको विशेषज्ञ लगानीकर्ताको सल्लाहमा नाफा कमाइने कुनै ग्यारेन्टी हुँदैन ।
तसर्थ, ग्रोथ स्टकहरूमा लगानी गर्नुअघि तपाईं स्वयंले अध्ययन, अनुसन्धान र कम्पनी विश्लेषण गर्नुपर्छ । तपाईंको विश्लेषणलाई आधार मानेर अरू विश्लेषक वा सल्लाहकारका विचार जान्नुपर्छ ।
कम्पनीप्रति बफादार हुनुः कम्पनीको रिपोर्टले विगतको अवस्था बताउँछ, यसले बजारको सम्भावित दिशाको भविष्यवाणी गर्दैन । प्रायः लगानीकर्ता स्टकसँग यति टाँसिन्छन् कि कम्पनीमा आउन लागेको मन्दी देख्दादेख्दै पनि नबेचिकन घाटा बढाइरहन्छन् । स्टकको मूल्य जुनसुकै बेला पनि फर्कन सक्छ भन्नेमा उनीहरू आशावादी हुन्छन् ।
बजारमा हेर्नुभयो भने तपाईंले यस्ता स्टक भेट्नुहुन्छ जुन सगरमाथाको उचाइबाट फेदमा पुगेका हुन्छन् । बजार रूखो हुन्छ । यसले भावनाको कुनै पनि कदर गर्दैन । यसले कडा तथ्यहरूमा काम गर्छ । कुनै कम्पनीले उच्च वृद्धिको सम्भावना देखायो भने लगानीकर्ताहरू त्यसमा झुम्मिन्छन्, कम्पनीले चमक गुमाउन थालेपछि भने सबै जना चाँडै टाढा भाग्छन् । तसर्थ, आफ्नो पूरै पूँजी गुमाउनु भन्दा कहिलेकाहीं सानो घाटा बुक गर्नु बुद्धिमानी हुन्छ ।
विविधीकरणबाट टाढा रहनुः ग्रोथ इन्भेस्टरहरू सामान्यतया दीर्घकालीन दृष्टि सहित बजार प्रवेश गर्छन् । तीनदेखि पाँच वर्षको लगानी उद्देश्य भएकाले बजारको नियमित उतारचढावलाई वास्ता गर्दैनन् । बजार प्रवेश गर्ने र निस्किने ठिक समय यो वा त्यो हो भन्ने ठोकुवा गर्दैनन् । यो वा त्यो कम्पनीमा लगानी शतप्रतिशत सही हो, अर्को गलत हो भन्ने ग्यारेन्टीको पछि पनि लाग्दैनन् ।
सबै लगानी एउटै कम्पनीमा राख्नु भन्दा विभिन्न क्षेत्रका स्टकहरूमा विविधीकरण गर्छन् । कोरोना महामारीको समयमा अन्य क्षेत्रभन्दा सूचनाप्रविधि र स्वास्थ्य क्षेत्रका कम्पनीको शेयर मूल्य संसारभर बढेको थियो । त्यतिबेला हवाई र पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको थियो । यस्ता घटनाले लगानीमा विविधीकरणको महत्वलाई पुष्टि गर्छन्।उतारचढावलाई सामना गर्ने क्षमता ठूला, मध्यम र साना पूँजी भएका कम्पनीहरूमा फरक हुन्छ । यो पक्षलाई पनि ध्यान दिएर आफ्नो लगानीलाई विभिन्न आकारका कम्पनीमा वितरण गर्छन् ।
बजारको प्रवृत्तिलाई वास्ता नगर्नेः बजार बुलिस छ भने तपाईं तीव्र गतिमा बढिरहेका शेयरहरूबाट नसोचेको नाफा कमाउन सक्नुहुन्छ । बजार बियरिस छ नोक्सानी पनि उत्तिकै हुनसक्छ । बियरिस प्रवृत्तिपछि बजार प्रायः स्थिर हुने गर्छ । कति समयसम्म स्थिर हुन्छ भन्न सकिंदैन । यसकारण भ्यालु इन्भेस्टिङमा तपाईंको जोड हो भने पनि बजारको प्रवृत्तिलाई पूरै बेवास्ता गरेर तटस्थ बस्न सकिंदैन ।
निष्कर्ष
तपाईं धैर्य गर्न सक्नुहुन्छ र नाफा कमाउनको लागि समय–परीक्षण गर्ने रणनीति लिनुहुन्छ भने ग्रोथ इन्भेस्टिङले राम्रो काम गर्छ । लगानी छनोटको लागि आधारभूत विश्लेषणसँगै प्राविधिक विश्लेषण पनि अनिवार्य हुन्छ ।
धेरै पढिएका
शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय
स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा...
दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?
दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई...
कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?
कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन...
शेयर बजारका लगानीकर्ता
धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन्...
वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?
वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार...
शेयरको फेस भ्यालु भनेको के हो ?
जसरी केन्द्रीय बैंकले कागजी नोट जारी गर्दा त्यसमा मूल्य लेखिएको हुन्छ त्यसैगरी शेयरको पनि मूल्य तोकिएको हुन्छ । यसलाई अंकित...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- शेयर भनेको के हो ?
- शेयर बजार भनेको के हो ? अथवा स्टक मार्केट भनेको के हो ?
- शेयर बजारमा लगानी : नवप्रवेशीका लागि चरणबद्ध मार्गदर्शन
- दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?
- स्मल क्याप, मिड क्याप र लार्ज क्याप शेयरमा के फरक छ ?
- प्राथमिक बजार र दोस्रो बजार भनेको के हो, कसरी लगानी गर्ने ?
- पोर्टफोलियो भनेको के हो ? पोर्टफोलियो विविधीकरण किन जरूरी छ ?
- शेयरको फेस भ्यालु भनेको के हो ?
- शेयर बजारले कसरी काम गर्छ ?
- भ्यालु वा ग्रोथमध्ये लगानीको कुन शैली ठिक ?
- शेयर बजारमा कारोबार कसरी गर्ने ?
- वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?
- के तपाईं ग्रोथ इन्भेस्टर हो ? यी सूत्र काम लाग्न सक्छन्
- बजारमा सही कम्पनी वा स्टक कसरी छनोट गर्ने ?
- शेयरको मूल्य उतारचढाव कसरी हुन्छ ?
- सूचीकरण खारेज के हो ? के तपाईंको शेयर यस्तो खतरामा छ ?
- बुल मार्केट र बियर मार्केट भनेको के हो ?
- कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?
- लगानी रणनीति
- शेयर बजारका लगानीकर्ता
- सम्पत्ति कसरी बढाउने ? यस्तो छ लगानी र बचत बीचको अन्तर
- नेपालका महँगा १० शेयर, किन महँगा हुन्छन् कुनै कुनै शेयर ?
- शेयर लगानीकर्ताले पढ्नैपर्ने १० पुस्तक
- शेयर ट्रेडरले पढ्नै पर्ने १० पुस्तक
- नेपाली शेयर बजार इतिहासका पाँच मुख्य क्र्यास
- शेयर बजारमा नयाँ हुनुहुन्छ ? यी हुन् तपाईंले गर्न हुने र नहुने काम
- शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय
- शेयर बजारबारे केही भ्रम र यथार्थ
- राजनीतिसँग शेयर बजारको साइनो
- नेपालको शेयर बजारलाई तल–माथि पार्ने मुख्य तत्वहरू
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।