आईपीओमा कसरी आवेदन गर्ने ?

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने चरणबद्ध प्रक्रिया हुन्छ । तपाईंले धितोपत्र बोर्ड (सेबोन) र सम्बन्धित कम्पनीले तोकेका शर्तहरू पालना गर्नुपर्छ । यहाँ उक्त प्रक्रियाको सामान्य जानकारी दिइएको छ ।
१. पूर्व तयारी
क) बैंक खाता : आईपीओेमा आवेदन दिन बैंक खाता अनिवार्य रूपमा खोल्नुपर्छ । तपाईंको पायक पर्ने बैंकमा गएर खाता खोल्नुहोस् ।
ख) डिम्याट खाता : तपाईंसँग डिम्याट खाता हुनुपर्छ । यो खातामा इलेक्ट्रोनिक रूपमा तपाईंको शेयर जम्मा हुन्छ । इजाजतपत्र प्राप्त डिपोजिटरी पार्टिसिपेन्ट (DP) सँग (बैंक वा शेयर ब्रोकरसँग) डिम्याट खाता खोल्न सक्नुहुन्छ ।
ग) मेरो शेयर : डिम्याट खातालाई अनलाइन प्रयोग गर्नको लागि मेरो शेयरको आईडी र पासवर्ड लिनुपर्छ । जसले तपाईंको डिम्याटमा भएको शेयरको विवरण थाहा पाउन सकिन्छ । आईपीओेमा आवेदन दिन मेरो शेयर अनिवार्य हुन्छ ।
घ) सीआरएन र पिन नम्बर : तपाईंले डिम्याट खातालाई बैंक खातासँग जोड्नुपर्छ । त्यो खातालाई लिङ्क गरेपछि तपाईंलाई बैंकले सीआरएन नम्बर दिन्छ । आईपीओ आवेदन दिंदा बैंक खाताको रकमलाई रोक्का गर्नलाई यसको प्रयोग गरिन्छ ।
अर्को हुन्छ पिन नम्बर, जो मेरो शेयर पहिलो पल्ट लगइन गर्दा सेट गरिएको ४ अंकको हुन्छ । सीआरएन र पिन नम्बर तपाईंलाई थाहा हुनुपर्छ । यी दुवैको प्रयोग आईपीओेको आवेदनमा अनिवार्य हुन्छ ।
२. आईपीओ छनोट
आईपीओमा आवेदन गर्दैगर्दा, तपाईंले लगानी गर्न चाहनुभएको कम्पनीको बारेमा थाहा पाउनु जरूरी हुन्छ । आईपीओमा आवेदन दिंदा कम्पनीका बारेमा जानकारी सेबोनको वेबसाइट https://www.sebon.gov.np/ipo-approved, सम्बन्धित कम्पनी वा बिक्री प्रबन्धकको वेबसाइटमा पनि राखिएको हुन्छ । विभिन्न न्यूजपोर्टलले पनि आईपीओका बारेमा जानकारी दिएका हुन्छन् । आउँदै गरेको आईपीओेसँगै अन्य जानकारी लिएर शेयरमा लगानीयोग्य छ÷छैन विचार गर्नुपर्छ ।
क) वित्तीय विवरण : आईपीओे निष्काशनको लागि तयार भएको कम्पनीले कस्तो विवरण पेश गरेको छ भनेर जान्नु आवश्यक हुन्छ । कम्पनीले विगतमा गरेको आर्थिक कारोबार र कारोबार पछिको प्रतिफल कस्तो छ भन्ने विषय महत्वपूर्ण हुन्छ ।
ख) सञ्चालक र संस्थापकहरू : सार्वजनिक हुन लागेको कम्पनीमा सञ्चालक र संस्थापकहरू को को छन् र उनीहरूको बजारमा कस्तो प्रभाव छ त्यसले पनि कम्पनीको भविष्य निर्धारणमा ठूलो भूमिका खेलेको हुन्छ । यसैबाट कम्पनीको भविष्य अनुमान लगाउन सकिन्छ ।
ग) संस्थागत सुशासन : कम्पनीले कानून बमोजिमका सम्पूर्ण लेखा परीक्षण, साधारणसभा लगायत कार्यहरू समयमै सम्पन्न गरेको छ वा छैन सुनिश्चित गर्नुपर्छ ।
घ) सूचना र विवरणहरू : यसमा वित्तीय, कानूनी, सञ्चालन र नियमनका विविध पक्ष समावेश हुन्छन् । कम्पनीले यस सम्बन्धी सम्पूर्ण जानकारी सम्भावित लगानीकर्तालाई दिएको छ कि छैन हेर्नुपर्छ ।
३. बैंक खातामा रकम : तपाईंले आवेदन गर्न चाहनुभएको आईपीओका लागि डिम्याट लिङ्क भएको (सीआरएन नम्बर लिएको) बैंक खातामा पर्याप्त रकम भएको सुनिश्चित गर्नुपर्छ ।
४.अनलाइन आवेदन फारम : सबै जानकारी लिएपछि आईपीओे आवेदन फारम भर्नुहोस् । आफ्नो डिम्याट खाता विवरण, आवेदन गर्न चाहेको शेयर संख्या र अन्य आवश्यक जानकारी उपलब्ध गराउनुहोस् ।
यसरी भर्नुहोस् अनलाइन आईपीओ :
क) मेरो शेयर लगइन गर्नुहोस् ।
ख) मेरो शेयर लगइन पछि MY ASBA मा जानुहोस् ।
ग) Apply for Issue मा देखाएको लिस्टमा आवेदन दिनुपर्ने शेयरको Apply Button मा जानुहोस् ।
घ) आफ्नो डिम्याट खाता विवरणहरू, तपाईंले आवेदन गर्न चाहनुभएको शेयरहरूको संख्या, बैंक खाता, सीआरएन नम्बर उपलब्ध गराउनुहोस् । र, तलको Checkbox मा गएर टिक लगाई Proceed मा जानुहोस् ।
ङ) PIN राखेर Apply Button मा जानुहोस् ।
च) तपाईंको आवेदन सफल भएपछि बैंकले तपाईंको खातामा रहेको रकम ब्लक गरेर राख्छ ।
आईपीओमा कसले लगानी गर्न पाउँछन् ? कति प्रकारका लगानीकर्ता हुन्छन् ?
आईपीओ त्यो प्रक्रिया हो जस मार्फत कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गरेर स्टक एक्सचेन्जमा सूचीकृत हुन्छन् । यो प्रक्रियामा विभिन्न प्रकारका लगानीकर्ताले भाग लिन पाउँछन् ।
१. आरक्षण अन्तर्गतका लगानीकर्ता
क) आयोजना प्रभावित : आईपीओेको समयमा जारी पूँजीको १० प्रतिशत शेयर खरिद गर्ने अवसर कम्पनी वा आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाले पाउँछन् । कम्पनीले स्थानीय बासिन्दालाई अनिवार्य रूपमा तोकिएको आरक्षण शेयरको व्यवस्था गर्नुपर्छ । स्थानीयको हकमा उनीहरूले पाएको आरक्षणको शेयर कम्तीमा तीन वर्ष लक–इनमा बस्छ । तीन वर्षपछि मात्र दोस्रो बजारमा कारोबार गर्न मिल्छ ।
ख) म्युचुअल फन्ड : म्युचुअल फन्ड आफैंमा एक लगानी संयन्त्र हो । जहाँ धेरै लगानीकर्ताले आफ्नो पैसा लगाएका हुन्छन् । यसमा दक्ष तथा व्यावसायिक कोष प्रबन्धकहरूले लगानी सम्बन्धी निर्णयहरू गर्छन् । धितोपत्र बोर्डले म्युचुअल फन्डलाई ५ प्रतिशत शेयर छुट्याउनुपर्ने नियम बनाएको छ । यस्तो शेयर सूचीकरण भएको ६ महिनासम्म लक–इनमा बस्छ ।
ग) वैदेशिक रोजगारमा रहेका श्रमिक : नेपाल सरकारले वैदेशिक रोजगारमा श्रम मन्त्रालयबाट श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकलाई आईपीओेमा १० प्रतिशतको आरक्षण प्रदान गर्दै आएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई अनिवार्य रूपमा आरक्षण शेयरको व्यवस्था गर्नुपर्छ ।
घ) कर्मचारी : आईपीओेको समयमा कर्मचारीहरूले शेयरहरू खरिद गर्ने अवसर पाउँछन् । कम्पनीले कर्मचारीहरूलाई अनिवार्य रूपमा तोकिएको आरक्षण शेयरको व्यवस्था गर्नुपर्छ । कर्मचारीले पाएको आरक्षण शेयर कम्तीमा तीन वर्ष लक–इनमा बस्छ ।
२. सर्वसाधारण लगानीकर्ता : यी व्यक्तिगत लगानीकर्ताहरू हुन् । खुद्रा वा साना लगानीकर्ताले सामान्यतया १० कित्ता शेयर पाउने गरी आवेदन दिएका हुन्छन् । बढी आवेदन परेको अवस्थामा गोलाप्रथाबाट शेयर बाँडफाँट हुन्छ ।
सर्वसाधारण लगानीकर्ताहरूले सबै किसिमका (चुक्ता मूल्य वा प्रिमियममा निष्काशन भएका) आईपीओेमा आवेदन दिन सक्छन् । बुक बिल्डिङको हकमा भने योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरिसकेपछि कट अफ मूल्यमा १० प्रतिशत छुटमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउँछन् । यसरी सर्वसाधारणमा शेयर निष्काशन गर्दा बुक बिल्डिङ विधिबाट निष्काशन भएको शेयरमा आवेदन दिंदा सर्वसाधारणले न्यूनतम ५० कित्ताका लागि दिनुपर्छ भने बाँडफाँट गर्दा पनि प्रति आवेदक ५० कित्ता हुने गरी बाँडफाँट गर्नुपर्छ ।
धेरै पढिएका
सूचीकरण र खारेजीको नालीबेली
आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...
आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?
कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...
विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?
प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सार्वजनिक गर्नुअघि कम्पनीले धितोपत्र बोर्डमा बुझाउनुपर्ने महत्वपूर्ण दस्तावेज विवरणपत्र हो ।
फेस भ्यालु भनेको के हो ?
शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले...
बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?
बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गरिने विधि नेपालमा नौलो हो । यद्यपि अन्तर्राष्ट्रिय प्रचलनमा यो विधिबाटै सबैभन्दा धेरै प्रारम्भिक सार्वजनिक...
आईपीओ र एफपीओमा अन्तर
आईपीओ र एफपीओ दुवै कम्पनीका लागि शेयर जारी गरेर पूँजी जुटाउने विधि हुन् ।
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- आईपीओ भनेको के हो ? कसरी काम गर्छ ? कति प्रकारका हुन्छन् ?
- कम्पनीहरू किन पब्लिकमा जान्छन्, लगानीकर्तालाई के फाइदा ?
- आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?
- आईपीओमा कसरी आवेदन गर्ने ?
- आईपीओ सब्स्क्रिप्सन के हो ? यसले के संकेत गर्छ ?
- आईपीओ बाँडफाँट के हो ? कसरी चेक गर्ने आईपीओको नतिजा ?
- आईपीओमा लगानी किन गर्ने ?
- आईपीओ र एफपीओमा अन्तर
- विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?
- आईपीओका महत्वपूर्ण शब्दावली र अर्थ
- कम्पनीमा प्रि–आईपीओ लगानी सम्भव छ ?
- आईपीओमा आवेदन गर्नु अगाडि ध्यान दिनुपर्ने १० कुरा
- आईपीओ लिस्टिङ भनेको के हो ? लिस्ट भएपछि के हुन्छ ?
- आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?
- बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?
- फेस भ्यालु भनेको के हो ?
- ओभर सब्स्क्रिप्सन हुनुको अर्थ के हो ?
- एसएमई प्लेटफर्म भनेको के हो ? लगानीकर्ताले के ध्यान दिने ?
- सूचीकरण र खारेजीको नालीबेली
- आस्बा भनेको के हो ? यसले कसरी काम गर्छ ?
- आईपीओ आवेदन कसरी क्यान्सिल गर्ने ?
- इस्यु म्यानेजरले के काम गर्छ ?
- नेपालका केही ठूला आईपीओको नालीबेली
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।