अनलाइन डिम्याट खाता कसरी खोल्ने ?

सीडीएससीमा आवद्धमध्ये केही डीपीले डिम्याट खाता अनलाइन खोल्न सकिने सुविधा दिएका छन् । त्यहाँ निम्नानुसार डिम्याट खाता खोल्न सकिन्छ ।
१. निक्षेप सदस्य (डीपी) छान्नुहोस्ः तपाईले सीडीएससीमा आबद्ध डीपी मार्फत डिम्याट खाता खोल्नुपर्छ । यी संस्थाहरूले सेबोनबाट इजाजत पाएका हुन्छन् र सीडीएससीको सदस्य पनि हुन्छन् ।
अनलाइन डिम्याट खाता खोल्न सकिने केही लिंक :
क्रम | डिपोजिटरी पार्टी | खाता खोल्ने लिंक |
1. | Global IME Capital | globalimecapital.com |
2. | Sun Securities Pvt. Ltd | https://kyc.sunsecurities.com |
3. | Himalayan Bank | www.himalayancapital.com/online-demat-opening |
4. | Kumari Bank | www.online-demat.kumaribank.com |
5. | Laxmi Bank | www.laxmicapital.com.np/demat/Demat-Registration.aspx |
6. | Nabil Bank | www.onlinedemat.nabilinvest.com.np |
7. | Nepal Bank Limited | www.demat.nepalbank.com.np |
8. | NIC Asia Capital | www.onlinedemat.nicasiacapital.com/#/ |
9. | Prime Commercial Bank | www.onlinedemat.primebank.com.np |
10. | Sunrise Capital | www.dts.sunrisecapital.com.np/dpform |
२. खाता खोल्नु अगाडि आवश्यक कागजात संकलन गर्नुहोस्ः डिम्याट खाता खोल्नको लागि तपाइँलाई केही कागजात चाहिन्छ । खाता खोल्नु अगाडि आवश्यक कागजात जम्मा गर्नुहोस् ।
कृपया, आवेदन दिनुअघि तलका कागजातहरूको डिजिटल कपी रहेको निश्चित गर्नुहोस् :
(Please ensure that you have digital copies of the following documents ready for application)
- Recently taken photograph (Passport size photo)- दुवै कान स्पष्ट देखिने गरी हालसालै खिचेको पासपोर्ट साइजको फोटो हुनुपर्ने ।
- Signature on plain and white paper – दस्तखत – अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा कालो वा नीलो पेनले गरेको हुनुपर्ने ।
- Thumb Print on plain and white paper -औंठाछाप (ल्याप्चे) – अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा दायाँ र बायाँ छुट्याइएको हुनुपर्ने । नागरिकता, लाइसेन्स वा अन्यत्र प्रयोग भएको औंठाछाप प्रयोग गर्न नपाइने ।
- Citizenship Copy (Front and Back) – नागरिकताको अगाडि र पछाडिको भाग स्पष्ट देखिने गरी खिचेको फोटो हुनुपर्ने ।
- Photo of Applicant holding their Citizenship Document – सक्कल नागरिकता हातमा लिएर अनुहार तथा हातमा लिएको नागरिकता देखिने गरी खिचिएको फोटो हुनुपर्ने । (नोटः यस्तो फोटोमा नागरिकता तथा जन्मदर्ताको विवरण पढ्न मिल्ने गरी खिचिएको हुनुपर्नेछ । अन्यथा पढ्न नमिलेको खण्डमा रुजु नहुने भएका कारण आवेदन रद्द हुनेछ ।)
- Birth Certificate in case of Minor – नाबालकको हकमा (१८ वर्षभन्दा मुनि) जन्मदर्ता अनिवार्य हुनुपर्ने । साथै संरक्षकमा बुवा वा आमा हुनुपर्ने । जन्मदर्ता बाहेक अन्य कागजातहरु जस्तै : अस्पतालको जन्मदर्ताको प्रमाणपत्र, नाबालक परिचयपत्र मान्य हुने छैन ।
- location map – लोकेसन म्याप आफू हाल बसोबास गरिरहेको घरबाट नजिकैको कुनै प्रचलित स्थान हुने गरी स्पष्ट हुनुपर्ने ।
- विवाहितको हकमा पति÷पत्नीको उल्लेखित सम्पूर्ण विवरण आवश्यक पर्छ । साथै, इच्छाएको व्यक्ति÷हकवाला÷नोमिनी राख्नु परेमा उक्त हकवालाको माथि उल्लेखित सम्पूर्ण विवरण आवश्यक पर्छ ।
अनलाइन डिम्याट खाता खोल्ने नमूना फारम
नमूनाको लागि ग्लोबल आईएमई क्यापिटलको अनलाइन डिम्याट खोल्ने फारम छनोट गरिएको छ । अरु धेरै कम्पनीको वेबसाइटमा अनलाइन फारम उपलब्ध छ । पहिले क्यापिटलको वेबसाइट खोल्नुहोस् । त्यसपछि Demat Account Menu मा गएर Demat Account Opening मा click गर्नुहोस् ।
त्यसपछि Open New Individual Demat Account मा जानुहोस् ।
तपाईको अनलाइन डिम्याट फारम खुल्छ, विवरण फरक नपर्ने गरी त्यो फारम राम्ररी भर्नुहोस् । टम्स एन्ड कन्डिसन पढेर आप्mनो नागरिकता र फोटो राखिसकेपछि प्रोसेस बटन क्लिक गर्नुहोस् । फारम भरिसकेपछि आवश्यक कागजात अट्याच गरी सबमिट गर्नुपर्छ । सबमिट गरिसकेपछि तपाइँले दिएको इमेलमा फारम सबमिट भएको जानकारी (केवाइसी रजिस्ट्रेसन रिफरेन्स नम्बर) आउँछ । उक्त फारम पश्चात् तपाइँ स्वयंले नै डिम्याटको फारम भरेको सुनिश्चित गर्न भिडियो केवाइसी भेरिफिकेसन गर्नुपर्ने हुन्छ ।
उक्त डिम्याट खाता लगइनको लागि ‘मेरो शेयर’ रजिस्ट्रेसन फारम पनि भर्नुपर्छ ।
फारमको सम्पूर्ण प्रक्रिया पूरा गरेपछि डिम्याट रजिस्ट्रेसनमा गई पेमेन्ट गर्नुपर्छ । पेमेन्ट गर्नु अगाडि ‘सब्सक्राइब टु मेरो शेयर’मा टिक गर्नुपर्छ ।
त्यसपछि तपाईको इमेलमा ‘मेरो शेयर’को युजरनेम र पासवर्ड आउँछ । स्टक एक्सचेन्जमा कारोबार गर्ने तपाइँको योजना भए ब्रोकरकहाँ गएर कारोबार खाता (ट्रेडिङ्ग एकाउन्ट) पनि खोल्नुपर्छ ।
धेरै पढिएका
डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?
डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...
डिम्याट खाता भनेको के हो ?
डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...
डिम्याट खाता कति प्रकारका हुन्छन् ?
डिम्याट खातालाई नेपालमा ५ किसिमबाट वर्गीकरण गरिएको छ । ती हुन् - व्यक्तिगत, संयुक्त, नाबालक (माइनर), संस्थागत र एनआरएन डिम्याट...
निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?
सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...
अनलाइन डिम्याट खाता कसरी खोल्ने ?
सीडीएससीमा आवद्धमध्ये केही डीपीले डिम्याट खाता अनलाइन खोल्न सकिने सुविधा दिएका छन् । त्यहाँ निम्नानुसार डिम्याट खाता खोल्न सकिन्छ ।...
एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?
एउटा लगानीकर्ताले एउटा वा एउटा भन्दा धेरै डिम्याट खातामा आफूसँग भएका धितोपत्रहरू राख्न सक्छ । यस क्रममा एउटा डिम्याट खाताबाट...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- डिम्याट खाता भनेको के हो ?
- डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?
- अनलाइन डिम्याट खाता कसरी खोल्ने ?
- डिम्याट खाता खोल्दा के फाइदा हुन्छ ?
- मेरो सेयर अनलाइन सेवा कसरी प्रयोग गर्ने ?
- डिम्याट खाता र ट्रेडिङ खाताबीच के भिन्नता छ ?
- डिम्याट खाता कति प्रकारका हुन्छन् ?
- एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?
- डिम्याट खातामा लाग्ने शुल्क
- एक जनाले कतिवटा डिम्याट खाता खोल्न मिल्छ ?
- गैरआवासीय र वैदेशिक रोजगारीका लागि बेग्लै डिम्याट चाहिन्छ ?
- नाबालक डिम्याट खाता भनेको के हो ?
- शारीरिक अपांगता भएकाहरूलाई डिम्याट खाता
- डिम्याट खातामा गर्न हुने/नहुने काम
- डिम्याट खाता सम्बन्धी भ्रम र यथार्थ
- डिम्याट र प्यान कार्ड : जान्नैपर्ने कुराहरू
- डिम्याट खाता कसरी बन्द गर्ने ?
- बीओआईडी भनेको के हो ?
- निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?
- भौतिक सेयर प्रमाणपत्र कसरी डिम्याट गर्ने ?
- डिम्याट खातालाई कसरी सुरक्षित राख्ने ?
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।