डिम्याट खातालाई कसरी सुरक्षित राख्ने ?

शेयर वा अन्य धितोपत्रमा गरिएको लगानीलाई सुरक्षित राख्ने ढुकुटी हो, तपाईको डिम्याट खाता । यसमा तपाईले शेयर, बन्ड, म्युचुअल फन्डका एकाइहरूमा गरिएको लगानीको अभिलेखलाई सुरक्षित गर्नुहुन्छ ।
यो डिम्याट खाता स्टक एक्सचेन्जमा धितोपत्र किनबेचका लागि प्रयोग गरिने तपाईको कारोबार खाता र बैंक खातासँग जोडिएको हुन्छ । जसले गर्दा आईपीओ परेपछि बैंक खाता डेबिट हुन्छ र डिम्याट खातामा शेयर जम्मा हुन्छ । यसैले डिम्याट खातालाई सुरक्षा र हेरविचार पनि चाहिन्छ । यहाँ तपाईले आफ्नो डिम्याट खाता कसरी सुरक्षित गर्न सक्नुहुन्छ भन्ने सुझाव प्रस्तुत गरिएको छ :
बलियो पासवर्ड प्रयोग गर्नुहोस्ः तपाईको अनलाइन डिम्याट खाता सेटअप गर्दा अक्षर, अंक र विशेष वर्ण मिश्रित अरूले थाहा पाउन नसक्ने बलियो पासवर्ड प्रयोग गर्नुहोस् । जन्ममिति वा नाम जस्ता सजिलै अनुमान गर्न सकिने जानकारीहरूलाई पासवर्डको रूपमा प्रयोग नगर्नुहोस् ।
नियमित रूपमा पासवर्ड परिवर्तन गर्नुहोस्ः आफ्नो लगइन र पासवर्डहरू नियमित रूपमा परिवर्तन गर्नुहोस् । जस्तै, प्रत्येक तीन महिनामा आफ्नो ‘मेरो शेयर’ तथा टीएमएसको परिवर्तन गर्नु सुरक्षाको दृष्टिले राम्रो मानिन्छ । पासवर्ड परिवर्तन गर्ने समयावधि तपाइँलाई सहज हुने हिसाबले राख्न सक्नुहुन्छ । धेरै खाताहरूको लागि एउटै पासवर्ड प्रयोग नगर्नुहोस् । लगइन गर्ने क्रममा पासवर्ड सेभ नगर्नुहोस् ।
फिसिङ इमेल र कलहरूबाट सावधान रहनुहोस्ः तपाईको खाता विवरण वा संवेदनशील जानकारी सोध्ने अनावश्यक इमेल, फोन कल वा एप्लिकेसन र वेबसाइट (अटोमेटिक आईपीओ भर्ने वेबसाइट) बाट सावधान रहनुहोस् । वैधानिक वित्तीय संस्थाले इमेल वा फोन मार्फत संवेदनशील जानकारी कहिल्यै सोध्दैनन् ।
आफ्नो यन्त्र सुरक्षित गर्नुहोस्ः तपाइँले आफ्नो डिम्याट खाता लगइन गर्न प्रयोग गर्ने यन्त्र (मोबाइल, ल्यापटप, ट्याब) सबैको पहुँचमा नछोड्नुहोस् । विशेषगरी बच्चाले चलाउने डिभाइसमा बैंक तथा वित्तीय संस्थाका एप्लिकेसन नराख्नुहोस् ।
सार्वजनिक वाईफाईबाट जोगिनुहोस् : सार्वजनिक वाईफाई नेटवर्कबाट आफ्नो डिम्याट लगायत बैंक तथा वित्तीय कारोबार हुने खाता प्रयोग नगर्नुहोस्, किनकि सार्वजनिक वाईफाई नेटवर्क सुरक्षित नहुन सक्छ, वित्तीय लेनदेन गर्दा सुरक्षित र निजी नेटवर्क वा मोबाइल डाटा प्रयोग गर्नुहोस् ।
नियमित रूपमा आफ्नो खाता अनुगमन गर्नुहोस् : आफ्नो डिम्याट खाता विवरण र लेनदेन इतिहासलाई बेला–बेला अनुगमन गर्नुहोस् । कुनै प्रकारको अस्वाभाविक वा शंकास्पद लेनदेन देखिएमा तुरुन्त सम्बन्धित निकायमा रिपोर्ट गर्नुहोस् ।
सुरक्षित कम्प्युटर प्रयोग गर्नुहोस्ः डिम्याट खाता लगइन गर्न धेरैले प्रयोग गर्ने कम्प्युटर वा उपकरण प्रयोग नगर्नुहोस् । यसका लागि व्यक्तिगत, सुरक्षित कम्प्युटर वा स्मार्टफोन प्रयोग गर्नुहोस् ।
तपाईको इमेल सुरक्षित गर्नुहोस्ः तपाईको डिम्याट खातासँग लिंक गरिएको इमेल खाता सुरक्षित राख्नुहोस् । बलियो पासवर्डको प्रयोग र इमेल मार्फत पठाउने र प्राप्त गर्ने जानकारी बारे सावधान रहनुहोस् ।
तपाईको भौतिक कागजात सुरक्षित गर्नुहोस्ः यदि तपाईले भौतिक विवरण वा प्रमाणपत्र प्राप्त गर्नुभएको छ भने, तिनलाई सुरक्षित राख्नुहोस् ।
आफैंलाई शिक्षित गर्नुहोस्ः वित्तीय क्षेत्रका नवीनतम सुरक्षा खतरा र घोटाला बारे जानकारी लिनुहोस् । केही होशियार रहनुपर्छ भन्ने कुरा जान्नाले तपाईलाई ठगीको शिकार हुनबाट जोगिन मद्दत गर्छ ।
यी कुराहरूमा सतर्क रहँदा आफ्नो डिम्याट खातामा अनधिकृत पहुँच र धोखाधडीको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न सक्नुहुन्छ । याद गर्नुहोस्, तपाईको लगानीको सुरक्षा गर्न तपाई आफैं सक्रिय हुनुपर्छ ।
धेरै पढिएका
डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?
डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...
डिम्याट खाता भनेको के हो ?
डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...
निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?
सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...
डिम्याट खाता कति प्रकारका हुन्छन् ?
डिम्याट खातालाई नेपालमा ५ किसिमबाट वर्गीकरण गरिएको छ । ती हुन् - व्यक्तिगत, संयुक्त, नाबालक (माइनर), संस्थागत र एनआरएन डिम्याट...
अनलाइन डिम्याट खाता कसरी खोल्ने ?
सीडीएससीमा आवद्धमध्ये केही डीपीले डिम्याट खाता अनलाइन खोल्न सकिने सुविधा दिएका छन् । त्यहाँ निम्नानुसार डिम्याट खाता खोल्न सकिन्छ ।...
एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?
एउटा लगानीकर्ताले एउटा वा एउटा भन्दा धेरै डिम्याट खातामा आफूसँग भएका धितोपत्रहरू राख्न सक्छ । यस क्रममा एउटा डिम्याट खाताबाट...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- डिम्याट खाता भनेको के हो ?
- डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?
- अनलाइन डिम्याट खाता कसरी खोल्ने ?
- डिम्याट खाता खोल्दा के फाइदा हुन्छ ?
- मेरो सेयर अनलाइन सेवा कसरी प्रयोग गर्ने ?
- डिम्याट खाता र ट्रेडिङ खाताबीच के भिन्नता छ ?
- डिम्याट खाता कति प्रकारका हुन्छन् ?
- एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?
- डिम्याट खातामा लाग्ने शुल्क
- एक जनाले कतिवटा डिम्याट खाता खोल्न मिल्छ ?
- गैरआवासीय र वैदेशिक रोजगारीका लागि बेग्लै डिम्याट चाहिन्छ ?
- नाबालक डिम्याट खाता भनेको के हो ?
- शारीरिक अपांगता भएकाहरूलाई डिम्याट खाता
- डिम्याट खातामा गर्न हुने/नहुने काम
- डिम्याट खाता सम्बन्धी भ्रम र यथार्थ
- डिम्याट र प्यान कार्ड : जान्नैपर्ने कुराहरू
- डिम्याट खाता कसरी बन्द गर्ने ?
- बीओआईडी भनेको के हो ?
- निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?
- भौतिक सेयर प्रमाणपत्र कसरी डिम्याट गर्ने ?
- डिम्याट खातालाई कसरी सुरक्षित राख्ने ?
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।