मेरो सेयर अनलाइन सेवा कसरी प्रयोग गर्ने ?

‘मेरो सेयर’ एक अनलाइन प्लेटफर्म हो । सीडीएससीले डिम्याट खाता धारक (धितोपत्र धनी) लाई आफ्नो डिम्याट खातामा भएको जानकारी अनलाइन मार्फत हेर्नको लागि मेरो शेयर अनलाइन सेवा प्रयोगमा ल्याएको हो । यसले तपाईलाई डिम्याट खातामा विद्युतीय माध्यमबाट पहुँच प्रदान गर्दछ । तपाईलाई धितोपत्र लेनदेन, आईपीओमा आवेदन र पोर्टफोलियो व्यवस्थापनसँग सम्बन्धित विभिन्न कामहरू गर्न सजिलो बनाएको छ । यसलाई लगानीकर्ताले ‘मेरो सेयर’ भनेर चिन्छन् ।
१. ‘मेरो सेयर’ को सुविधा लिन चाहने लगानीकर्ताले आफ्नो निक्षेप सदस्यकोमा गई फारम भर्नुपर्छ । फारमको नमूना तल दिइएको छ ।
२. फारम बुझाइसकेपछि निक्षेप सदस्यले ‘मेरो शेयर’ खाता खोली प्रयोगकर्ताको डीपी आईडी, लगइन आईडी, पासवर्ड र ‘मेरो शेयर’को लिंक लगायतको जानकारी सम्बन्धित प्रयोगकर्ताको इमेल ठेगानामा पठाउँछ ।
(प्राप्त हुने नमूना)
३. आफ्नो इमेलमा प्राप्त भएको लिंक meroshare.cdsc.com.np लाई सेलेक्ट गरेपछि मेरो शेयरको पेज खुल्छ, जुन यस प्रकार देखिन्छ ।
४. लगइन गर्नका लागि ‘सेलेक्ट योर डीपी’ लेखिएको ठाउँमा तपाईले डिम्याट खाता खोलेको बैंक, वित्तीय संस्था वा ब्रोकरको नाम छान्नुपर्छ ।
५. युजरनेम लेखिएको ठाउँमा आफ्नो बीओआईडीको अन्तिम आठ अंकमध्येको अघिल्लो भागमा रहेका शून्यहरू बाहेकको अंक राख्नुपर्छ ।
६. पासवर्ड लेखिएको ठाउँमा इमेलमा प्राप्त भएको पासवर्ड टाइप गरी लगइन बटन थिच्नुहोस् ।
७. ‘मेरो शेयर’ सफ्टवेयरमा पहिलो पटक लगइन गरिसकेपछि अनिवार्य रूपमा पासवर्ड परिवर्तन गर्नुपर्छ । पासवर्ड परिवर्तनपछि फेरि लगइन गर्नुपर्छ । लगइन पश्चात् ४ अंकको पिन सेट गर्नुपर्छ, जुन पिन आईपीओ भर्दा आवश्यक हुन्छ ।
८. डिम्याट खातामा रहेका शेयर विवरण हेर्न बायातर्फ मेनुमा रहेको ‘माई शेयर’ लाई थिच्नुहोस् ।
(डिम्याटमा रहेको सेयर विवरणको नमूना)
डिम्याट खातामा देखाएका सम्पूर्ण विवरणहरू शतप्रतिशत सुरक्षित हुन्छन् । तर पनि तपाईलाई आफ्नो सेयर विवरणहरूको अभिलेख भौतिक रूपमा पनि चाहिएको खण्डमा प्रिन्ट गरी राख्न सक्नुहुन्छ ।
धेरै पढिएका
डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?
डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...
डिम्याट खाता भनेको के हो ?
डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...
निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?
सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...
डिम्याट खाता कति प्रकारका हुन्छन् ?
डिम्याट खातालाई नेपालमा ५ किसिमबाट वर्गीकरण गरिएको छ । ती हुन् - व्यक्तिगत, संयुक्त, नाबालक (माइनर), संस्थागत र एनआरएन डिम्याट...
अनलाइन डिम्याट खाता कसरी खोल्ने ?
सीडीएससीमा आवद्धमध्ये केही डीपीले डिम्याट खाता अनलाइन खोल्न सकिने सुविधा दिएका छन् । त्यहाँ निम्नानुसार डिम्याट खाता खोल्न सकिन्छ ।...
एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?
एउटा लगानीकर्ताले एउटा वा एउटा भन्दा धेरै डिम्याट खातामा आफूसँग भएका धितोपत्रहरू राख्न सक्छ । यस क्रममा एउटा डिम्याट खाताबाट...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- डिम्याट खाता भनेको के हो ?
- डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?
- अनलाइन डिम्याट खाता कसरी खोल्ने ?
- डिम्याट खाता खोल्दा के फाइदा हुन्छ ?
- मेरो सेयर अनलाइन सेवा कसरी प्रयोग गर्ने ?
- डिम्याट खाता र ट्रेडिङ खाताबीच के भिन्नता छ ?
- डिम्याट खाता कति प्रकारका हुन्छन् ?
- एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?
- डिम्याट खातामा लाग्ने शुल्क
- एक जनाले कतिवटा डिम्याट खाता खोल्न मिल्छ ?
- गैरआवासीय र वैदेशिक रोजगारीका लागि बेग्लै डिम्याट चाहिन्छ ?
- नाबालक डिम्याट खाता भनेको के हो ?
- शारीरिक अपांगता भएकाहरूलाई डिम्याट खाता
- डिम्याट खातामा गर्न हुने/नहुने काम
- डिम्याट खाता सम्बन्धी भ्रम र यथार्थ
- डिम्याट र प्यान कार्ड : जान्नैपर्ने कुराहरू
- डिम्याट खाता कसरी बन्द गर्ने ?
- बीओआईडी भनेको के हो ?
- निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?
- भौतिक सेयर प्रमाणपत्र कसरी डिम्याट गर्ने ?
- डिम्याट खातालाई कसरी सुरक्षित राख्ने ?
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।