+

शेयर बजार

३० च्याप्टर
Chapter - 20

शेयर बजारका लगानीकर्ता

२०८० चैत  १९ गते १७:३७ २०८० चैत १९ गते १७:३७

धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन् । केही व्यक्तिगत लगानीकर्ता संस्थागत लगानीकर्ताकै हाराहारीमा ठूलो परिमाणमा कारोबार गर्ने हुन्छन् ।

१. संस्थागत लगानीकर्ताहरूः म्युचुअल फन्ड, बीमा कम्पनी, लगानी कोषहरू, बैंक लगायत संस्थागत लगानीकर्ताले स्टक मार्केटमा महत्वपूर्ण भूमिका खेल्छन् । तिनीहरूले आफ्ना ग्राहकहरूको तर्फबाट लगानी व्यवस्थापन गर्छन् । शेयर, ऋणपत्र लगायत धितोपत्रमा लगानी गर्छन् ।

नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रूपमा स्वीकृत संस्था :

२. हाई नेटवर्थ इन्डिभिजुअल (ठूला व्यक्तिगत लगानीकर्ता) : हाई नेटवर्थ इन्डिभिजुअल भनेका सामान्य बोलीचालीको भाषामा धनी व्यक्ति हुन् जसले स्टक मार्केटमा ठूलो परिमाणमा लगानी गर्छन् । संसारभरका बजारमा यस्ता ठूला लगानीकर्ताले के किन्दै छन् र के बेच्दैछन् भन्ने चासो र चर्चा हुने गर्छ ।

३. खुद्रा(साना)व्यक्तिगत लगानीकर्ताः खुद्रा (साना) व्यक्तिगत लगानीकर्ताले स्टक र अन्य धितोपत्र आफ्ना लागि खरिदबिक्री गर्छन् । संख्यात्मक हिसाबले बजारमा यस्ता लगानीकर्ताको उपस्थिति धेरै हुन्छ ।

४. भेन्चर क्यापिटल र प्राइभेट इक्विटीः यी फर्महरूले नेपालमा निजी कम्पनी, स्टार्टअपहरूमा लगानी गर्छन् । यिनीहरूले स्टक मार्केटमा प्रत्यक्ष रूपमा भाग लिंदैनन् तापनि देशको लगानी इकोसिस्टममा महत्वपूर्ण भूमिका खेल्छन् ।

५. सरकारी स्वामित्वका संस्थाः नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नेपाल टेलिकम, नागरिक स्टक डिलर लगायत सरकारी स्वामित्वमा रहेका संस्थाहरूले पनि नेपाली शेयर बजारमा लगानी गर्न सक्छन् ।

६. बैंक र वित्तीय संस्थाः नेपालका बैंक र वित्तीय संस्थाहरूले शेयर बजारमा लगानी गर्ने गरेका छन् ।

७. इन्स्योरेन्स कम्पनीहरूः नेपालको पूँजी बजारमा इन्स्योरेन्स कम्पनीहरूले आफ्नो लगानी क्षमताको १० प्रतिशतसम्म रकम लगानी गर्न सक्दछन् । लाइफ इन्स्योरेन्स कम्पनी तथा जेनरल इन्स्योरेन्स कम्पनीहरूले नेपालको शेयर बजारमा लगानी गर्दै आएका छन् ।

शेयर बजारमा लगानीकर्ताहरूको संरचना समयसँगै परिवर्तन हुनसक्छ । नयाँ लगानीकर्ताहरू बजारमा प्रवेश गर्न सक्छन् र अरू बाहिर निस्कन सक्छन् । बजारको उतारचढावमा ठूला लगानीकर्ताहरूको ठूलै भूमिका हुने गर्छ । ठूला लगानीकर्ताहरूले प्रायः बजारमा साना लगानीकर्ताहरू लोभिएका बेला बेच्ने र डराएका बेलामा खरिद गर्ने गरेको पाइन्छ ।

धेरै पढिएका

शेयर बजार

दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?

दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई...

शेयर बजार

शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय

स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा...

शेयर बजार

कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?

कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन...

शेयर बजार

शेयर बजारका लगानीकर्ता

धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन्...

शेयर बजार

वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?

वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार...

शेयर बजार

बजारमा सही कम्पनी वा स्टक कसरी छनोट गर्ने ?

आफ्नो सबै लगानी एउटै स्टकमा मात्रै नगर्नुहोस् । पोर्टफोलियो विविधीकरणले विभिन्न स्टकमा जोखिम वितरण गर्न मद्दत गर्न सक्छ । विभिन्न...

0 %

पढिसक्नुभयो !