डिम्याट खाता सम्बन्धी भ्रम र यथार्थ

भ्रम १ : लाभको ग्यारेन्टी
यथार्थः डिम्याट खाता विद्युतीय रूपमा धितोपत्र राख्ने र व्यवस्थापन गर्ने माध्यम हो । डिम्याट खाताले नाफाको ग्यारेन्टी गर्दैन । तपाईको लगानीको प्रतिफल तपाईको स्वामित्वमा रहेको धितोपत्र र समग्र बजारको अवस्थामा निर्भर गर्दछ ।
भ्रम २ः कागजी काम शून्य हुन्छ
यथार्थः डिम्याट खाताहरूले भौतिक शेयर प्रमाणपत्रहरूको आवश्यकतालाई कम गर्ने भए पनि कागजी कामलाई पूर्ण रूपमा हटाउन सक्दैन । अझै पनि खाता खोल्ने, केवाईसी अपडेट गर्ने काम पूर्ण रूपमा विद्युतीय माध्यममा गइसकेको छैन ।
भ्रम ३ : डिम्याट खाता जोखिममुक्त हुन्छ
यथार्थः डिम्याट खाताहरू सुरक्षित छन् तर तिनीहरू पूर्ण रूपमा जोखिममुक्त भने छैनन् । खाता ह्याकिङ, अनधिकृत लेनदेन वा प्राविधिक त्रुटिहरूको जोखिम हुन्छ । जोखिम कम गर्ने उपायको चर्चा हामीले माथि गरेका छौं ।
भ्रम ४ : सबै लगानी डिम्याट खातामा राख्न सकिन्छ
यथार्थः स्टक, म्युचुअल फन्ड र बन्डहरू जस्तै धेरैजसो धितोपत्रहरू डिम्याट खातामा राख्न सकिन्छ । केही लगानीहरू (भौतिक सम्पत्ति, घरजग्गा वा सरकारी बचत योजनाहरू) लाई अहिलेको सन्दर्भमा अभौतिकीकरण गर्न सकिंदैन ।
भ्रम ५ : डिम्याट खाताहरू सक्रिय व्यापारीका लागि मात्र हो
यथार्थः डिम्याट खाताहरू सक्रिय व्यापारीहरू मात्र नभई दीर्घकालीन लगानीकर्ताहरूका लागि पनि उत्तिकै जरूरी छ जो धितोपत्रहरू सुरक्षित रूपमा राख्न चाहन्छन् । तपाई बारम्बार कारोबार गर्नुहुन्न भने पनि डिम्याट खाताले तपाइँको लगानीको कुशलतापूर्वक अभिलेख राख्न मद्दत गर्छ ।
भ्रम ६ : पोर्टफोलियो विविधीकरणको आवश्यकता छैन
यथार्थः डिम्याट खाता राख्नुले पोर्टफोलियो विविधीकरणलाई खास कुनै असर गर्दैन । पोर्टफोलियो विविधीकरण भनेको प्रभावकारी रूपमा जोखिम व्यवस्थापन गर्न विभिन्न क्षेत्रहरूमा लगानी गर्नु हो ।
भ्रम ७ : डिम्याट खाताहरू निःशुल्क हो
यथार्थः केही निक्षेप सदस्यले निःशुल्क डिम्याट खाता खोल्ने प्रस्ताव गर्न सक्छन् । तर डिम्याट खातासँग सम्बन्धित अन्य शुल्क (नवीकरण र हस्तान्तरण शुल्क) भने छुट हुँदैन । तपाइँको डीपीसँग शुल्क बारे बुझ्न आवश्यक हुन्छ ।
भ्रम ८ : धितोपत्र बेच्ने बित्तिकै रकम पाइन्छ
यथार्थः डिम्याट खाताहरूले धितोपत्रमा तत्काल पहुँचको सुविधा प्रदान गर्दछ । तर तिनीहरूलाई बेच्ने बित्तिकै रकम प्राप्त गर्न सकिंदैन । सेटलमेन्ट प्रक्रियाका कारण कारोबार भएको तेस्रो दिन तपाइँको खातामा रकम आइपुग्छ । खरिद गर्दा पनि यत्ति नै समयमा (आइतबार खरिद गर्नुभयो भने मंगलबार) तपाइँको डिम्याट खातामा धितोपत्र जम्मा हुन्छ ।
भ्रम ९ : लगानी विश्लेषणको आवश्यकता पर्दैन
यथार्थः डिम्याट खाता हुँदैमा लगानीको निर्णयहरू गर्नु अगाडि आधारभूत विश्लेषण गर्नुपर्दैन भन्ने हुँदैन । कुनै धितोपत्र किन्ने कुन बेच्ने भन्ने निर्णय गर्नका लागि सोचविचार गर्नै पर्छ । धितोपत्र किनबेच हुनु अगाडि वा पछाडिको विवरण मात्रै डिम्याट खाताले दिन्छ ।
डिम्याट खाताबाट प्राप्त हुने सुविधा र यसका सीमितता बुझेर खाता खोल्नु उचित हुन्छ । डिम्याट खाताले विद्युतीय रूपमा सुरक्षित तवरले धितोपत्रहरू राख्ने सुविधा दिन्छ । यो धितोपत्रमा लगानी सम्बन्धी फराकिलो कामको एउटा हिस्सा मात्र हो ।
धेरै पढिएका
डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?
डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...
डिम्याट खाता भनेको के हो ?
डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...
निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?
सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...
डिम्याट खाता कति प्रकारका हुन्छन् ?
डिम्याट खातालाई नेपालमा ५ किसिमबाट वर्गीकरण गरिएको छ । ती हुन् - व्यक्तिगत, संयुक्त, नाबालक (माइनर), संस्थागत र एनआरएन डिम्याट...
अनलाइन डिम्याट खाता कसरी खोल्ने ?
सीडीएससीमा आवद्धमध्ये केही डीपीले डिम्याट खाता अनलाइन खोल्न सकिने सुविधा दिएका छन् । त्यहाँ निम्नानुसार डिम्याट खाता खोल्न सकिन्छ ।...
एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?
एउटा लगानीकर्ताले एउटा वा एउटा भन्दा धेरै डिम्याट खातामा आफूसँग भएका धितोपत्रहरू राख्न सक्छ । यस क्रममा एउटा डिम्याट खाताबाट...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- डिम्याट खाता भनेको के हो ?
- डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?
- अनलाइन डिम्याट खाता कसरी खोल्ने ?
- डिम्याट खाता खोल्दा के फाइदा हुन्छ ?
- मेरो सेयर अनलाइन सेवा कसरी प्रयोग गर्ने ?
- डिम्याट खाता र ट्रेडिङ खाताबीच के भिन्नता छ ?
- डिम्याट खाता कति प्रकारका हुन्छन् ?
- एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?
- डिम्याट खातामा लाग्ने शुल्क
- एक जनाले कतिवटा डिम्याट खाता खोल्न मिल्छ ?
- गैरआवासीय र वैदेशिक रोजगारीका लागि बेग्लै डिम्याट चाहिन्छ ?
- नाबालक डिम्याट खाता भनेको के हो ?
- शारीरिक अपांगता भएकाहरूलाई डिम्याट खाता
- डिम्याट खातामा गर्न हुने/नहुने काम
- डिम्याट खाता सम्बन्धी भ्रम र यथार्थ
- डिम्याट र प्यान कार्ड : जान्नैपर्ने कुराहरू
- डिम्याट खाता कसरी बन्द गर्ने ?
- बीओआईडी भनेको के हो ?
- निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?
- भौतिक सेयर प्रमाणपत्र कसरी डिम्याट गर्ने ?
- डिम्याट खातालाई कसरी सुरक्षित राख्ने ?
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।