+

शेयर बजार

३० च्याप्टर
Chapter - 25

नेपाली शेयर बजार इतिहासका पाँच मुख्य क्र्यास

२०८० चैत  २० गते १४:५२ २०८० चैत २० गते १४:५२

नेपाली शेयर बजारले इतिहासमा साना–ठूला गिरावट भोगेको छ । यहाँ केही उल्लेखनीय क्र्यासहरूको चर्चा गरिएको छ ।

१. सन् २००८ वैश्विक वित्तीय संकटः सन् २००८ को विश्वव्यापी वित्तीय संकटले नेपाल सहित विश्वभरका शेयर बजारलाई असर गरेको थियो । त्यसबेला नेप्सेमा सूचीकृत शेयरको मूल्यमा तीव्र गिरावटको अनुभव गरिएको थियो । धेरै लगानीकर्ताले घाटा व्यहोरेका थिए । बजार पुरानो स्थितिमा फर्किन धेरै वर्षसम्म पर्खिनु परेको थियो । लगभग ४२ महिनाको अवधिमा नेप्से ११७५ को विन्दुबाट २९२ विन्दुसम्म झरेको थियो ।

२. सन् २०१५ को भूकम्पः वैशाख २०७२ (अप्रिल २०१५) नेपालमा विनाशकारी भूकम्प गएको थियो । यस प्राकृतिक प्रकोपले नेपाली अर्थतन्त्र र शेयर बजारमा नकारात्मक प्रभाव पारेको थियो । लगानीकर्ताको मनोबल गिरेको थियो र शेयरको भाउ निरन्तर ओरालो लागेको थियो । लगभग ४२ दिनको अवधिमा नेप्से ९५० को विन्दुबाट घटेर ८४० विन्दुसम्म झरेको थियो ।

३. भारतीय विमुद्रीकरणः नोभेम्बर २०१६ मा भारतले विमुद्रीकरण नीति लागू गरेको थियो । यसबाट नेपालको शेयर बजार पनि प्रभावित भएको मानिन्छ । मुद्रा परिचलनमा आएको अचानक परिवर्तन र आर्थिक अनिश्चितताले नेप्सेमा गिरावट आएको हो । लगभग ३९ महिनाको अवधिमा नेप्से १८८८ को विन्दुबाट घटेर ११०० विन्दुसम्म ओर्लिएको थियो ।

४. कोभिड–१९ को महामारीः सन् २०१९ को अन्त्यबाट सुरु भएर २०२० सम्म जारी रहेको विश्वव्यापी कोभिड–१९ महामारीले नेपाललगायत विश्वभरका शेयर बजारहरूमा गम्भीर असर पारेको थियो । नेप्सेमा महामारीको प्रारम्भिक चरणहरूमा स्टक मूल्य घटेको थियो । यद्यपि नेप्से लगायत धेरै शेयर बजारहरू २०२० को उत्तराद्र्धमा द्रुत गतिमा बढेका थिए । त्यतिबेला लगभग ११९ दिनसम्म नेप्से १६६७ को विन्दुबाट ११५० विन्दुसम्म झरेको थियो ।

५. तरलता संकटः सन् २०२० मा नेपालको बैंकिङ क्षेत्रले तरलता संकटको सामना गर्दा शेयर बजारमा असर परेको थियो । तरलता समस्या, कोभिड–१९ महामारीसँग सम्बन्धित आर्थिक अनिश्चिततासँगै नेप्सेमा गिरावट आएको थियो । लगभग ७९१ दिनको गिरावटमा नेप्से ३२२७ को विन्दुबाट घटेर आजको दिनसम्ममा १८०० देखि २२०० को सेरोफेरोमा बसिरहेको छ ।

शेयर बजारको गिरावट स्वाभाविक घटना हो । शेयर बजारले विगतमा धेरै पटक साना–ठूला गिरावट र सुधार देखेको छ । लगानीकर्ताहरूले गहिरो अनुसन्धान गर्न, आफ्नो पोर्टफोलियोमा विविधता ल्याउन र बजार उतारचढावको प्रभावलाई कम गर्न दीर्घकालीन लगानीमा जोड दिनुपर्छ ।

धेरै पढिएका

शेयर बजार

शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय

स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा...

शेयर बजार

दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?

दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई...

शेयर बजार

कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?

कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन...

शेयर बजार

शेयर बजारका लगानीकर्ता

धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन्...

शेयर बजार

वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?

वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार...

शेयर बजार

शेयरको फेस भ्यालु भनेको के हो ?

जसरी केन्द्रीय बैंकले कागजी नोट जारी गर्दा त्यसमा मूल्य लेखिएको हुन्छ त्यसैगरी शेयरको पनि मूल्य तोकिएको हुन्छ । यसलाई अंकित...

0 %

पढिसक्नुभयो !