+

शेयर बजार

३० च्याप्टर
Chapter - 4

दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?

२०८० चैत  १४ गते १७:४८ २०८० चैत १४ गते १७:४८

दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई तलको टेबलमा दाँज्ने कोशिश गरिएको छ ।

 

दीर्घकालीन लगानी अल्पकालीन लगानी
१. दीर्घकालीन लगानीकर्ताको उद्देश्य सामान्यतया लामो समयावधिका लागि सम्पत्ति होल्ड गर्ने र त्यस कम्पनीको वृद्धि र नाफाबाट लाभ आर्जन गर्ने हुन्छ । सामान्यतया दीर्घकालीन लगानी पेन्सन फन्डको अवधारणामा गरिन्छ ।

 

२. दीर्घकालीन लगानीकर्ताले प्रायः समयसँगै पर्याप्त वृद्धि हुने, नियमित लाभांश बाँड्ने र बिक्री गर्न सहज कम्पनीको शेयरमा लगानी गर्छन् । यसमा कम्पनीको आधारभूत पक्षको आधारमा लगानी गरिन्छ ।

 

३. दीर्घकालीन लगानीकर्ताहरूले सामान्यतया बढी जोखिम सहन सक्छन् किनभने उनीहरूलाई बजारको उतारचढावबाट बाहिर निस्कने लामो अनुभव हुन्छ ।

 

४. दीर्घकालीन लगानीकर्ताको लागि एउटा निश्चित समयसम्मका लागि किन्नु र होल्ड गर्नु साझा रणनीति हुन्छ । बजारमा नयाँ लगानीकर्ताहरू डराएको अवस्थामा दीर्घकालीन लगानीकर्ता आफूले विश्वास गरेको कम्पनीको शेयर किन्छन् । जब नयाँ लगानीकर्ताहरूमा खरिदको माहोल बन्छ त्यतिबेला बिक्री गर्छन् ।

 

५.दीर्घकालीन लगानीकर्ताले लगानी अनुरूपको करबाट पनि लाभ लिन्छन् । किनभने एक वर्षभन्दा बढीको लागि राखिएको सम्पत्तिहरूमा पूँजीगत लाभकर ५ प्रतिशत मात्र तिर्नुपर्छ ।

 

६. दीर्घकालीन लगानीकर्ताहरूले नियमित कारोबार कम गर्ने गर्दछन् । एकपटक खरिद गरेपछि आफ्नो योजना र लक्ष्यमा विभिन्न कारणबाट विचलन नआएको खण्डमा वित्तीय लक्ष्य पूरा नगरी बिक्री गर्दैनन् तथा बिक्री गरेपछि आफ्नो खरिद तहमा नआउँदासम्म पुनः बजारमा प्रवेदश गर्दैनन् तसर्थ कारोबार अपेक्षाकृत कम हुने गर्दछ ।

१. छोटो अवधिको लगानी तुरुन्त प्रतिफल प्राप्त गर्ने उद्देश्यले गरिन्छ । लगानीकर्ताले बजारको उतारचढावलाई अवसर मानेर तरलता आवश्यकता परिपूर्ति गर्छन् । यसमा अल्पकालीन अवसरबाट फाइदा लिने काम गरिन्छ ।

 

२. लगानीकर्ताले सानो कम्पनी, बजारको हल्ला र साथीभाइको सल्लाहमा लगानी गर्छन् । यसमा कम्पनीको वृद्धि, लाभांश जस्ता कुरामा ध्यान दिइँदैन । यसमा प्राविधिक ज्ञानको आधारमा खरिद बिक्री गरिन्छ ।

 

३. छोटो अवधिका लगानीकर्तासँग जोखिम वहन गर्ने क्षमता कम हुन्छ र उनीहरूसँग लगानी पनि पर्याप्त मात्रामा नहुने भएकाले पूँजी जोगाउने र तत्काल प्रतिफल लक्षित हुन्छन् ।

 

४. सामान्यतया छोटो अवधिका लगानीकर्ताहरू सक्रिय कारोबारमा संलग्न हुन्छन् । छोटो समयमा खरिदबिक्री गर्छन् । उनीहरूले खरिदबिक्री निर्णय गर्न प्राविधिक विश्लेषण र बजार समयको सहायता लिन्छन् ।

 

 

५. अल्पकालीन लाभ कर सामान्यतया दीर्घकालीन लाभकर भन्दा बढी हुने गर्छ । खरिद गरेको शेयर एक वर्षभन्दा कम समयमा बेच्दा पूँजीगत लाभकर ७.५ प्रतिशत तिर्नुपर्छ । जसले गर्दा प्रतिफलमा असर गर्छ ।

 

६. अल्पकालीन लगानीकर्ताहरूले अल्पकालीन लक्ष्य प्राप्त भए पनि नभए पनि निरन्तर खरिद–बिक्रीको कार्य जारी राख्दछन् । यसरी निरन्तरको खरिद–बिक्रीबाट कारोबार लागत दीर्घकालीन लगानीकर्ताको तुलनामा धेरै रहने गर्दछ ।

बजारको उतारचढाव सहन सक्ने लामो समयको वित्तीय लक्ष्य भएका व्यक्तिहरूका लागि दीर्घकालीन लगानी उपयुक्त हुन्छ । छोटो अवधिको लगानी तुरुन्तै लाभ चाहिने, छोटो अवधिका अवसरहरूको फाइदा लिन चाहनेका लागि उपयुक्त हुन्छ । दुवै लगानीमा विविधीकरण र जोखिम व्यवस्थापन गर्नैपर्छ ।

विभिन्न वित्तीय आवश्यकता र उद्देश्य पूरा गर्न तपाईंको पोर्टफोलियोमा दीर्घकालीन र अल्पकालीन दुवै लगानीको संयोजन हुनु राम्रो मानिन्छ । दीर्घकालीन र अल्पकालीन लगानीहरू बीचको छनोट तपाईंको वित्तीय लक्ष्य, जोखिम वहन क्षमता र लगानीको अवधिमा निर्भर गर्छ । एक राम्रो सन्तुलित पोर्टफोलियोले विभिन्न वित्तीय आवश्यकताहरूलाई सम्बोधन गर्न र समयसँगै स्थिरता र वृद्धि प्रदान गर्न मद्दत गर्छ ।

धेरै पढिएका

शेयर बजार

दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?

दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई...

शेयर बजार

शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय

स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा...

शेयर बजार

कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?

कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन...

शेयर बजार

शेयर बजारका लगानीकर्ता

धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन्...

शेयर बजार

वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?

वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार...

शेयर बजार

शेयरको फेस भ्यालु भनेको के हो ?

जसरी केन्द्रीय बैंकले कागजी नोट जारी गर्दा त्यसमा मूल्य लेखिएको हुन्छ त्यसैगरी शेयरको पनि मूल्य तोकिएको हुन्छ । यसलाई अंकित...

0 %

पढिसक्नुभयो !