+

डिम्याट खाता

२१ च्याप्टर
Chapter - 6

डिम्याट खाता कति प्रकारका हुन्छन् ? 

२०८० चैत  १३ गते १२:३८ २०८० चैत १३ गते १२:३८
१. व्यक्तिगत डिम्याट खाताः यो सामान्य प्रकारको डिम्याट खाता व्यक्तिगत लगानीकर्ताहरूको लागि हो । यसमा व्यक्तिलाई विद्युतीय रूपमा स्टक, बन्ड र म्युचुअल फन्डका एकाइहरू सुरक्षित राख्ने सुविधा हुन्छ ।
२. संयुक्त डिम्याट खाताः संयुक्त डिम्याट खाताले दुई वा दुईभन्दा बढी व्यक्तिलाई सँगै खाता खोल्न र सञ्चालन गर्न अनुमति दिन्छ । संयुक्त खातामा परिवारका सदस्यहरू वा व्यापार साझेदारहरूलाई समावेश गर्न सकिन्छ । लेनदेनको लागि सबै खाताधनीहरूको सहमति आवश्यक हुन्छ । खाताधनी (हितग्राही) बीचको सम्झौताको आधारमा पनि खाता सञ्चालन हुनसक्छ ।
३. नाबालक (माइनर) डिम्याट खाताः नाबालिगको तर्फबाट अभिभावकले डिम्याटले खाता खोल्न सक्छन् । उमेरले १८ वर्ष नपुगेका व्यक्तिलाई नाबालिग मानिन्छ । यस्तो खातामा प्यान नं. राख्नुपरेमा संरक्षकको प्यान नं. राख्ने गरिन्छ ।
४. संस्थागत डिम्याट खाताः बैंक, वित्तीय संस्था तथा अरू कोषहरू, व्यापारिक कम्पनीहरू एवं गैर व्यापारिक संंस्थाहरूले पनि डिम्याट खाता खोल्न सक्छन् ।
५. एनआरएन डिम्याट खाताः विभिन्न कारणले विदेशमा गई त्यहींको स्थायी बसोबास लिई त्यहींको नागरिक भएको अवस्थामा नेपालमा पहिलेदेखि रहेको विभिन्न धितोपत्रको लगानीलाई अभौतिकीकरण गर्नको लागि यस्तो खाता खोल्ने गरिन्छ । तर यस्तो खातामा एनआरएन भइसकेपछि थप धितोपत्र खरिद गर्न वा बिक्री गर्न भने तोकिएको आवश्यक शर्तहरू पूरा गरेर मात्रै गर्न सकिन्छ ।

धेरै पढिएका

डिम्याट खाता

डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?  

डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...

डिम्याट खाता

डिम्याट खाता भनेको के हो ?

डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...

डिम्याट खाता

निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?

सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...

डिम्याट खाता

डिम्याट खाता कति प्रकारका हुन्छन् ? 

डिम्याट खातालाई नेपालमा ५ किसिमबाट वर्गीकरण गरिएको छ । ती हुन् - व्यक्तिगत, संयुक्त, नाबालक (माइनर), संस्थागत र एनआरएन डिम्याट...

डिम्याट खाता

अनलाइन डिम्याट खाता कसरी खोल्ने ?

सीडीएससीमा आवद्धमध्ये केही डीपीले डिम्याट खाता अनलाइन खोल्न सकिने सुविधा दिएका छन् । त्यहाँ निम्नानुसार डिम्याट खाता खोल्न सकिन्छ ।...

डिम्याट खाता

एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?

एउटा लगानीकर्ताले एउटा वा एउटा भन्दा धेरै डिम्याट खातामा आफूसँग भएका धितोपत्रहरू राख्न सक्छ । यस क्रममा एउटा डिम्याट खाताबाट...

0 %

पढिसक्नुभयो !