वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?

वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार छन्ः
भ्यालु इन्भेस्टिङः बफेट एक भ्यालु इन्भेस्टर हुन् । यसको मतलब उनले आन्तरिक मूल्यभन्दा कम मूल्यमा बजारमा कारोबार भइरहेका शेयर खरिद गर्नुपर्छ भन्छन् ।
दीर्घकालीन दृष्टिकोणः बजारमा समय महत्वपूर्ण हुन्छ भन्दै उनले खरिद गरिएका शेयर लामो समय होल्ड गर्ने गरेका छन् ।
सुरक्षाको मार्जिनः बफेटले लगानी गर्दा सुरक्षाको मार्जिनलाई जोड दिन्छन् । यसको मतलब सम्भावित नोक्सानीलाई सकेसम्म कम गर्ने हो । उनका अनुसार शेयरको आन्तरिक मूल्यभन्दा कममा खरिद गर्ने प्रयास निरन्तर जारी राख्नुपर्छ ।
परिमाणभन्दा गुणस्तरमा जोडः बफेट आफ्नो लगानीलाई व्यापक रूपमा विविधीकरण गर्नुको सट्टा राम्रो गुणस्तरका कम्पनीहरूमा केन्द्रित गर्न रुचाउँछन् । उनले भनेका छन्, ‘विविधता अज्ञानता विरुद्ध कवच हो ।’
बुझेको क्षेत्रमा मात्र लगानीः बफेटले लगानीकर्ताहरूलाई उनीहरूले बुझेको व्यवसायमा मात्र लगानी गर्न सल्लाह दिन्छन् । जुन वित्तीय उपकरणहरू र उद्योगहरूलाई बुझ्नुहुन्न त्यस्तो उपकरण र उद्योगमा लगानी नगर्नुहोस् ।
व्यवस्थापनका कुरा : बफेट कम्पनीको व्यवस्थापन टोलीको सक्षमता र अविच्छिन्नतामा जोड दिन्छन् । सफलताको ट्र्याक रेकर्ड बनाएको र शेयर होल्डरको चासोलाई प्राथमिकता दिने प्रबन्धक भएका कम्पनीको शेयर उनले खोज्ने गरेका छन् ।
आर्थिक गढ निर्माणः आर्थिक गढ निर्माण (इकोनोमिक मोट्स) बफेटको अर्को लोकप्रिय अवधारणा हो । यस अवधारणा अनुसार केही कम्पनीको प्रतिस्पर्धात्मक लाभ तथा लामो समयसम्म टिकिरहने क्षमता अरू कम्पनीको भन्दा बलियो हुन्छ । गहिरो, फराकिलो खाडलले घेरेको खण्डमा आक्रमणकारीबाट महल सुरक्षित हुन्छ भन्ने विम्बको प्रयोग यहाँ गरिएको हो ।
दीर्घकालीन लगानी गर्ने सोच भएका व्यक्ति जो पर्याप्त गृहकार्य गर्न र शेयरहरू सावधानीपूर्वक चयन गर्न चाहन्छन् तिनीहरूका लागि बफेटका सूत्रहरू उपयोगी छन् । सबैले बफेटको सफलताको नक्कल गर्न सक्दैनन् किनकि उनीसँग अनुभव, स्रोत र सूचनामा पहुँचको अद्वितीय संयोजन छ । यसबाहेक जोखिम सहनशीलता नभएका वा लगानीको स्पष्ट लक्ष्य नभएका लगानीकर्ताको लागि उनको रणनीति उपयुक्त नहुन सक्छ ।
धेरै पढिएका
दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?
दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई...
शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय
स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा...
कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?
कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन...
शेयर बजारका लगानीकर्ता
धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन्...
वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?
वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार...
शेयरको फेस भ्यालु भनेको के हो ?
जसरी केन्द्रीय बैंकले कागजी नोट जारी गर्दा त्यसमा मूल्य लेखिएको हुन्छ त्यसैगरी शेयरको पनि मूल्य तोकिएको हुन्छ । यसलाई अंकित...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- शेयर भनेको के हो ?
- शेयर बजार भनेको के हो ? अथवा स्टक मार्केट भनेको के हो ?
- शेयर बजारमा लगानी : नवप्रवेशीका लागि चरणबद्ध मार्गदर्शन
- दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?
- स्मल क्याप, मिड क्याप र लार्ज क्याप शेयरमा के फरक छ ?
- प्राथमिक बजार र दोस्रो बजार भनेको के हो, कसरी लगानी गर्ने ?
- पोर्टफोलियो भनेको के हो ? पोर्टफोलियो विविधीकरण किन जरूरी छ ?
- शेयरको फेस भ्यालु भनेको के हो ?
- शेयर बजारले कसरी काम गर्छ ?
- भ्यालु वा ग्रोथमध्ये लगानीको कुन शैली ठिक ?
- शेयर बजारमा कारोबार कसरी गर्ने ?
- वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?
- के तपाईं ग्रोथ इन्भेस्टर हो ? यी सूत्र काम लाग्न सक्छन्
- बजारमा सही कम्पनी वा स्टक कसरी छनोट गर्ने ?
- शेयरको मूल्य उतारचढाव कसरी हुन्छ ?
- सूचीकरण खारेज के हो ? के तपाईंको शेयर यस्तो खतरामा छ ?
- बुल मार्केट र बियर मार्केट भनेको के हो ?
- कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?
- लगानी रणनीति
- शेयर बजारका लगानीकर्ता
- सम्पत्ति कसरी बढाउने ? यस्तो छ लगानी र बचत बीचको अन्तर
- नेपालका महँगा १० शेयर, किन महँगा हुन्छन् कुनै कुनै शेयर ?
- शेयर लगानीकर्ताले पढ्नैपर्ने १० पुस्तक
- शेयर ट्रेडरले पढ्नै पर्ने १० पुस्तक
- नेपाली शेयर बजार इतिहासका पाँच मुख्य क्र्यास
- शेयर बजारमा नयाँ हुनुहुन्छ ? यी हुन् तपाईंले गर्न हुने र नहुने काम
- शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय
- शेयर बजारबारे केही भ्रम र यथार्थ
- राजनीतिसँग शेयर बजारको साइनो
- नेपालको शेयर बजारलाई तल–माथि पार्ने मुख्य तत्वहरू
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।